काठमाडौं : काठमाडौं महानगरले सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्ती सेवन गर्न निषेध गर्ने भएको छ। महानगरपालिकाको नगरसभाको ११ औं अधिवेशनबाट सार्वजनिक स्थलमा धुम्रपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारीरूपमा कार्यान्वयन गर्ने नीति पारित भएको महानगरले जनाएको छ। 'संवत् २०७९ आश्विन १ गतेबाट सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा…
चीनका राष्ट्रपति सि जिनपिङ मध्य एसियाको भ्रमणमा निस्किएका छन्। कोरोना कहरपछि सि पहिलोपटक विदेश यात्रामा निस्किएका हुन्। बुधवार काज्किस्तानमा त्यहाँका राष्ट्रपति कस्याम जोमार्ट टोकएभले नुरसुल्तान नजरबएभ अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। काजकिस्तानको भ्रमणमा निस्किएका उनले भ्रमणका क्रममा रासियाका राष्ट्रपति भ्लादमिर पुटिनसँग पनि भेट्नेछन्। रसियाले युक्रेनमा युद्ध शुरु गरेयता पुटिन र जिनपिङबिच यो पहिलो प्रत्यक्ष भेट हुन लागेको हो। युक्रेन युद्धमा…
काठमाडौं : नेकपा (माओवादी केन्द्र) ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फका सांसद नदोहोर्याउने निर्णय गरेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा बुधवा बसेको पार्टी पदाधिकारीको बैठकले समानुपातिकतर्फका उम्मेदवारको सूची तयार गर्दा अन्तरिम व्यवस्थापिकाबाहेक अरु समयमा समानुपातिक सदस्य भएकालाई नदोहोर्याउने निर्णय गरेको हो। गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरेका उम्मेदवारलाई समानुपातिकमा प्राथमिकता नदिने र बन्दसूची पेश गर्दा सम्बन्धित समितिको…
काठमाडौंः साफ यु-१७ च्याम्पियनसिपमा नेपाल भारतसँग फेरि पराजित भएको छ। श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स स्टेडियममा बुधबार साँझ भएको खेलमा नेपाल ४-० गोल अन्तरले पराजित भएको हो। नेपाल पहिलो हाफमा २-० ले पछि परेको थियो। बाँकी २ गोल दोस्रो हाफमा खाएको थियो। खेलको ३८औँ मिनेटमा नै नेपाल १० खेलाडीमा सीमित भएको थियो। कप्तान प्रशान्त लक्समले रातो कार्ड पाएका थिए। समूह चरणमा भारतलाई…
काठमाडौंः सरकारले सुरक्षा दिन नसक्ने जनाएपछि नेपाल टी–२० लिग सारिएको छ। नेपकल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको फ्रेन्चाइज लिगमा ६ टोलीको सहभागिता निश्चित भएको थियो। यस्तै, ३३ जना विदेशी खेलाडी समेत सहभागी हुन जनाइएको थियो । असोज ८ गतेदेखि कात्तिक ५ गतेसम्म खेल हुने तय भएको थियो। गृह मन्त्रालयले निर्वाचनका कारण सुरक्षा दिन नसक्ने जानकारी बुधबार क्यानलाई गराएसँगै…
काठमाडौं : नेपाली कांग्रेसले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार भएकाहरुलाई समानुपातिक उम्मेदवार बन्न रोक लगाएको छ। नेपाली कांग्रेस केन्द्रीय संसदीय समितिको बैठक सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा बुधवार बसेको बैठकले उक्त निर्णय गरेको हो। यो निर्णयसँगै अब कांग्रेसमा स्थानीय निर्वाचनमा उम्मेदवार बनेका समानुपातिकमा दुबैतर्फ उम्मेदवार बन्न पाउने छैनन्। 'हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको…
काठमाडौं : नेपाली कांग्रेसले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार भएकाहरुलाई समानुपातिक उम्मेदवार बन्न रोक लगाएको छ। नेपाली कांग्रेस केन्द्रीय संसदीय समितिको बैठक सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा बुधवार बसेको बैठकले उक्त निर्णय गरेको हो। यो निर्णयसँगै अब कांग्रेसमा स्थानीय निर्वाचनमा उम्मेदवार बनेका समानुपातिकमा दुबैतर्फ उम्मेदवार बन्न पाउने छैनन्। 'हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको…
काठमाडौं : राप्रपा नेपालको केन्द्रीय सचिवालयको बैठकले उपाध्यक्ष डा विष्णु भण्डारीद्वारा प्रस्तुत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापत्र परिमार्जनसहित पारित गरेको छ। अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो। त्यस्तै, आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि प्रदेश तथा जिल्लाहरूबाट प्राप्त उम्मेदवारहरूको नामावली सचिवालयले बैठकमा पेश गरेको थियो। उक्त नामावलीलाई…
काठमाडौं : महाभियोग सिफारिस समितिले छलफलका लागि बोलाएका ६ जना बहालवाला न्यायाधीशहरु समितिमा नजाने भएका छन्। बहालवाला न्यायाधीश संसदीय सुनुवाई बाहेक अन्यमा जान नमिल्ने भन्दै उनीहरुले समितिको बैठकमा उपस्थित नहुने बताएका हुन्। आज बिहान सिंहदरबारमा बसेको महाभियोग सिफारिस समितिको बैठकले बयानको क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आरोप लगाएका व्यक्तिहरुलाई छलफलको लागि बोलाउने निर्णय गरेको थियो। जसअन्तर्गत बहालवाला न्यायाधीशहरु दीपक…
काठमाडौं : बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक अगाडि नबढ्ने भएको छ। आज कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सहमति जुट्न नसक्दा विधेयक अगाडि बढ्न नसक्ने भएको हो। तीनदिन भित्र समितिले विधेयकको टुङ्गो लगाएर दुई वटै सदनमा पठाउन पर्ने थियो। तर, हत्यालाई गम्भीर अभियोगमा राख्ने कि नराख्ने विषयमा सहमति जुट्न नसक्दा विधेयक…
काठमाडौं : पछिल्लो २४ घण्टामा थप १ सय १९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ८४ जनामा परीक्षण गर्दा १ सय १९ जनामा संक्रमण देखिएको हो। १ हजार ९५५ पीसीआर परीक्षण गरिएकोमध्ये ८९ जनामा र २ हजार १२९ एन्टीजेन परीक्षण गरिएकोमा ३० जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा १३० जना…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष लि चान्शुसँग शिष्टाचार भेटवार्ता भएको छ। राष्ट्रपति भण्डारीसँग आज अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो। आज बिहान चिनियाँ नेता लि नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूको अवलोकन र निरीक्षण गरेको थियो। सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष लि सोमबार विशेष विमानबाट काठमाडौँ आइपुगेका थिए। भ्रमणको पहिलो दिन…
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा टिकट व्यवस्थापन गर्न पार्टी भित्र गाह्रो भईरहेको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रममा उनले अध्यक्ष नेपालले आंकाक्षीहरु बढ्दा समस्या भएको बताएका हुन्। ‘अब मंसीर ४ गते चुनाव हुन गईरहेको छ। सबैलाई टिकट चाहिएको छ। अब टिकट नपाउने हो भने कता बेहोस हुने…
काठमाडौं : वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद्को पदावधि सकिएपनि महाभियोग नमर्ने बताएका छन्। संसद्मा महाभियोग लागेर निलम्बनमा रहेका प्रधान न्यायाधीश चोलेन्द्र समशेर जबराले लगाएका आरोपको जवाफ दिन पूर्व न्यायाधीश फोरमले गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। उनले संसद्को अवधि सकिएपछि पनि अर्को संसद्ले यसको फैसला गर्न सक्ने उनको दाबी थियो। महाभियोग संसद्मा दर्ता भइसकेपछि नमर्ने भन्दै उनले संसद् पुरै मार्ने षड्यन्त्र भइरहेको…
काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संक्रमणकालीन न्यायको विषयलाई राजनीतिकरण गर्नु नहुने बताएका छन्। संघीय संसदको कानून, न्याय तथा मानव अधिकार समितिको बुधवार बसेको बैठकमा पहिलो पटक पुगेका उनले यस्तो बताएका हुन्। समितिमा सरकारले संसदमा पेश गरेको सत्यनिरुपण तथा मेलमिलाप आयोग तथा वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक माथिको छलफलका क्रममा उनले…
काठमाडौं : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले डेङ्गु रोगले जनता पीडित रहेको अवस्थामा यसलाई नियन्त्रण गर्न सरकारले के काम गरिरहेको छ भनेर प्रश्न गरेका छन्। आजको प्रतिनिधिसभा बैठकमा उनले स्वास्थ्य मन्त्रीले डेंगु प्रकोप र नियन्त्रण प्रयासबारे सदनलाई जानकारी गराउनपर्ने माग गरेका हुन्। ‘कोरोना पछि डेंगु रोगले जनता एकदमै पीडित छन। अस्पतालहरुमा शैय्याको अभावछ । स्वास्थ्यमन्त्रीज्यूले के छ देशका…
काठमाडौं : नेकपा एमालेका सांसद खगराज अधिकारीले गुठी विधेयकबारे सरकारको धारणा माग गरेका छन्। आज प्रतिनिधिसभा बैठकमा अधिकारीले गुठीको समस्या समाधान सरकारले के गरिरहेको छ भन्नै प्रश्न गरेका हुन्। २०७६ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारले गुठी विधेयक ल्याएपछि काठमाडौं उपत्यकामा नेवार समुदायले आन्दोलन गरेको थियो। चर्को जनदबाबपछि ओली सरकारले विधेयक फिर्ता लिएको थियो। शेरबहादुर देउवा सरकारले गुठी विधेयकलाई फेरि…
बेलायती महारानी एलिजाबेथ द्वितीयको कफिन (शव राखिएको काठको बाकस) आज वेस्टमिनिस्टर हलमा ल्याइँदैछ। बकिङ्घम दरबारबाट महारानीको कफिनलाई बग्गीमा राखेर स्थानीय समय अनुसार ३ बजे वेस्टमिनिस्टर हलमा ल्याइने बताइएको छ। महारानीको कफिनलाई वेस्टमिनिस्टर हलमा सर्वसाधारणले श्रद्धाञ्जली दिनको लागि ४ दिनसम्म राखिने बताइएको छ। महारानीको अन्तिम संस्कार सोमवार गरिने तय भएको छ। लण्डनको सडकबाट महारानीको कफिनलाई लैजादै गर्दा बग्गी पछिपछि राजा चार्ल्स, उनका…
काठमाडौं : नेपाल-भारत परराष्ट्र सचिव स्तरीय बैठक नयाँ दिल्लीमा भएको छ। बैठकमा दुई देशबिच द्विपक्षीय साझेदारीका विभिन्न पक्षमाथि छलफल भएको छ। बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका तर्फबाट भारतीय विदेश सचिव विनय क्वात्राको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी भएको थियो। बैठकमा आर्थिक तथा वाणिज्य साझेदारी, सम्पर्क सञ्जाल विस्तार, विकास साझेदारी, व्यापार सम्बन्ध बारे समीक्षा भएको थियो। त्यस्तै, गत अप्रिलमा प्रधानमन्त्री…
काठमाडौं : राष्ट्रियसभाका सांसदहरुले महामारीको रुपमा फैलिँदै गएको डेंगु नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारसँग माग गरेका छन्। बुधबार बसेको राष्ट्रियसभा बैठकको शून्य समयमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदद्वय देवेन्द्र दाहाल र गोपाल भट्टराई तथा सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले डेंगु रोगको उपचारका लागि अतिआवश्यक रहेको सिटामोलको अभाव हुन नदिन पनि सरकारको ध्यानाकर्षण गराएका छन्। प्रमुख प्रतिपक्ष…