काठमाडौं : आर्यन सिग्देलको मुख्य भूमिकामा फिल्म ‘सायरा’ बन्ने भएको छ। मंगलवार आयोजित कार्यक्रमबिच नेपाली र भारतीय फिल्मकर्मीको संयुक्त लगानीमा सायरा निर्माण हुने औपचारिक घोषणा भएको हो। बलिउड निर्माता तथा निर्देशक पुस्कर झा ’सायरा’ मा निर्माताका रुपमा रहनेछन। पुस्करसँगै फिल्ममा नेपाली ब्यानर डीबीआर मेडिया एण्ड मुभिज प्रा लि र आइविल प्रोडक्सन अष्ट्रेलियाको संयुक्त लगानी रहनेछ। भारतमा सिरियल र फिल्म निर्माण गरेका पुस्करले नेपाली फिल्म बनाउन…
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग महाभियोगबारे समितिले लिएको बयान सकिएको छ। भदौ १५ गतेदेखि महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबराको बयान लिएको थियो। पटकपटक गरेर उनी ६ दिनसम्म बयानको लागि सिंहदरबार पुगेका थिए। समितिले जबरासँग ४३ वटा मूल प्रश्न सोधको थियो। जबराले पहिलो दिनको बयानमा न्यायाधीश,नेता र कानुन व्यवसायीमाथि आरोप लगाएका थिए। दोस्रो दिनमा उनले संसद र सांसदमाथि नै प्रश्न…
काठमाडौं: साफ महिला च्याम्पियनसिपमा आजसम्पन्न पहिलो खेलमा पाकिस्तानले माल्दिभ्समाथि फराकिलो जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा पाकिस्तानले माल्दिभ्समाथि ७-० को फराकिलो जित निकालेको हो। पाकिस्तानको जितमा नादिया खानको ह्याट्रिकसहित ४ गोलको सहायतामा प्रतियोगिताको अन्तिम खेलमा ८ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तानले जित निकालेको हो। खानबाहेक रमीन फरिद, खाडिया काज्मी र अनमोल हिराले समान १ गोल गरे। खेलको ३९ औं…
काठमाडौं : झण्डै तीन वर्षपछि चिनियाँ राष्ट्रपति सि चिनफिङ विदेश भ्रमणमा निस्किने भएका छन्। उनी सांघाई कोअपरेशन अर्गनाइजेसनको २२औँ राष्ट्र प्रमुखहरुको बैठकमा सहभागी हुन काजकास्तानको समरकान्ड जाँदै छन्। बैठकमा सहभागी हुनुका साथै उनले काजकास्तानको राजकीय भ्रमणसमेत गर्ने छन्। यस्तै, उनी त्यहाँ देखि उज्वेकिस्तान जाने कार्यक्रमसमेत रहेको छ। उनी दुई छिमेकी देशको भ्रमणका लागि वुधवार निस्किनेछन्। उनी पछिल्लो पटक २०१९ को नोभेम्बर…
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका महाशाखा प्रमुखहरुले लगातारको तालाबन्दी कायम रहेमा आसन्न बडादशैंमा तलब दिन नसकिने स्थिति उत्पन्न हुने बताएका छन्। विश्वविद्यालयका सबै महाशाखा प्रमुखले यससम्बन्धी एक विज्ञप्ति जारी गर्दै तालाबन्दीकै कारण विश्वविद्यालयमा कार्यरत कर्मचारीको तलब भत्ता र पेन्सन आदि गत असार महिनादेखि रोकिएको उल्लेख गरेका छन्। काम बापत पाउनु पर्ने न्यूनतम पारिश्रमिकसमेत नपाउँदा कर्मचारी मर्माहत भएकाले तत्काल तालाबन्दी खोलिनुपर्ने पनि…
संयुक्त राष्ट्रसंघ अन्तर्गत रहेको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले 'आधुनिक दासत्व'को चपेटामा ५ करोड मानिस रहेको जनाएको छ। जबरजस्ती श्रम र जबरजस्ती विवाहसँगै अन्य संकटका कारण मानिसहरु फस्दै गएको आइएलओले जनाएको हो। संयुक्त राष्ट्रसंघले वल्क फ्रि फाउन्डेसेनसँगको सहकार्यमा गरेको अनुसन्धानमा गए वर्षको अन्त्यसम्म जबरजस्ती काम र विवाह गर्नेको संख्या उच्च रहेको देखिएको हो। यसको अर्थ विश्वमा १५० जनामा १ जना 'आधुनिक…
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गुणादीवासीसँग माफी मागेका छन्। गुणादीको पानीको श्रोतबारे आफूले गरेको टिप्पणीले गुणादीवासीको भावनामा ठेस पुगेकोमा उनले सामाजिक सञ्जालमार्फत माफी मागेका हुन्। गत साता दमौलीमा आयोजित एक कार्यक्रममा आफूले दमौलीमा मादी नदीको पानी समेतलाई प्रशोधन गरेर वितरण गर्ने आयोजना संचालन हुँदा पानीको समस्या समाधान भएको कुरा गरेको बताएका छन्। त्यसअघि गुणादीलगायत अन्य श्रोतबाट ल्याइएको…
काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ नाकामा रोकिएका कन्टेनर छुटाउन चिनियाँ नेतासँग अनुरोध गरेका छन्। नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लि चान्शु नेतृत्वको प्रतिनिधि मण्डलसँग भेटवार्ता गर्दै उनले यस्तो आग्रह गरेका हुन्। नेपालमा दशैं, तिहार लगायतका चाडपर्व सुरु भएकाले तातोपानी, रसुवागढी सहितका नाकाहरु तत्काल खोल्न समेत आग्रह गरे। चीनको स्वशासित…
काठमाडौं : प्रहरीले नक्कली नोट सहित एक किशोरलाई नियन्त्रणमा लिएको छ। वीरगंज महानगरपालिका-८ बाट १ हजार दरको नक्कली जस्तो देखिने ३ थान नेपाली नोटसहित छिपहरमाई गाउँपालिका-२ टिउकी बस्ने १८ वर्षीय किशोरलाई सोमवार राति प्रहरीले पक्राउ गरेको हो। अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले उनलाई नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
काठमाडौं : पूर्वराष्ट्रपति डा रामवरण यादवले सङ्घीय संसद्बाट पुनःपारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको नागरिकतासम्बन्धी विधेयकले यथाशीघ्र निकास पाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। 'संविधानको अधिकार र परिधिभित्र रही राष्ट्रपतिबाट नागरिकता विधेयकलाई स्वीकार गरी यथाशीघ्र निकास दिनु नै उत्तम हुन्छ। यसरी नै यस विषयले निकास पाउँछ भन्नेमा म विश्वस्त छु,' उनले भने। नेपालको नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबिच भेटवार्ता भएको छ। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उनीबिच शिष्टाचार भेटवार्ता भएको हो। भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ। भेटमा माओवादीका तर्फबाट अध्यक्ष प्रचण्डसँगै नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, पम्फा भुसाल लगायत सहभागी थिए।…
काठमाडौं: साफ महिला च्याम्पियनसिपमा आज समूह 'ए' का दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा जितविहीन पाकिस्तान र माल्दिभ्स भिड्नेछ। यी दुबै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन्। ८ वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किएको पाकिस्तान पहिलो तथा सान्त्वना जितको खोजीमा हुनेछ। समूह चरणमा दुई खेल खेल्दा पाकिस्तानले भारतसँग ३-० र बंगलादेशसँग ६-० गोलको हार ब्यहोरेको थियो। त्यस्तै माल्दिभ्स पनि प्रतियोगितामा सान्त्वना जितको खोजीमा…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष लि चान्शुबिच भेटवार्ता भएको छ। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उनीबिच शिष्टाचार भेटवार्ता भएको एमाले पार्टी कार्यालयले जनाएको छ। भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ। भेटमा एमालेका तर्फबाट अध्यक्ष ओलीसँगै नेताहरु उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, डा राजन भट्टराई, अन्जान…
काठमाडौं : वीर अस्पतालले घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउने गरेको जनाएको छ। काठमाडौं महानगरपालिकाले वीर अस्पतालले पनि घरबहाल कर नबुझाएको भन्ने सूचना सार्वजनिक गरेकोप्रति आपत्ति जनाउँदै अस्पताल प्रशासनले राजस्व कार्यालयमा गएर विवरण हेर्न सकिने जनाएको हो। महानगरले यस्तो तथ्य सार्वजनिक गर्नुअघि पत्र लेखेको भए यस विषयमा जानकारी गराइने उल्लेख गर्नु हुँदै वीर अस्पतालका सूचना अधिकारी सागर मिश्रले संवेदनशील संस्थाका…
हेटौंडा : वाग्मती प्रदेश सरकारले प्रदेशभित्र बोलिने तामाङ र नेपाल भाषालाई प्रदेशको कामकाजको भाषा बनाउन प्रक्रिया थालेको छ। यसका लागि सरकारले प्रदेशका प्रमुख सचिवको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले जानकारी दिए। उनका अनुसार समितिका सदस्यहरूमा सामाजिक विकास मन्त्रालयका सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव एवं आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रहेका छन्। समितिले…
काठमाडौं : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष लि चान्शुबिच भेटवार्ता भएको छ । भेटवार्तामा आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उनीहरूबिच संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ। सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष लि सोमवार काठमाडौं आइपुगेका हुन्। सोही दिन सभामुख सापकोटा…
काठमाडौं : मंगलवार चिनियाँ राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष लि चान्शु उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुनेछन्। लिको भेटघाटले आज उपत्यकाको सवारी आवागमनसमेत प्रभावित हुने भएको छ। ट्राफिक प्रहरीले विशेष कारण देखाउँदै ९ बजेको आसपासमा रविभवन सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माइतीघर, नयाँ बानेश्वरदेखि तिनकुने आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको जनाएको छ। त्यस्तै, साढे ११ बजेको…
भारतको हैदरावादको एक होटलमा आगो लाग्दा ८ जनाको मृत्यु भएको छ। सोमवार राति १० बजे आगो लाग्दा उक्त घटना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ। आगलागीको खबर आउनसाथ दमकल पुगे पनि धुवाका कारण ८ जनाको ज्यान गएको बताइएको छ। प्रहरीका अनुसार होटलको ग्राउन्ड फ्लोरमा इलेक्ट्रोनिक स्कुटर रिचार्ज युनिट थियो। यहीबाट आगो फैलिएको हुनसक्ने प्रहरीको भनाई छ। घटनाको समयमा उक्त होटलमा…
घरपालुवा कंगारुको आक्रमणबाट अस्ट्रेलियामा एक जनाको मृत्यु भएको छ। कंगारुको आक्रमणबाट ७७ वर्षीय वृद्धको मृत्यु भएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। सोमवार रेडमन्डमा उक्त कंगारुले ती वृद्धलाई आक्रमण गरेको हो। अस्ट्रेलिय कंगरुका लागि प्रख्यात देश हो। तर यहाँ यस्तो आक्रमण विरलै हुने गर्छ। यस्तो घटना सन् १९३६ पछि अहिले पहिलोपटक भएको बताइएको छ।
काठमाडौं : नेपालद्वारा पाकिस्तानलाई दुई करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोगस्वरुप उपलब्ध गराइने भएको छ। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी पाकिस्तानमा आएको बाढीबाट धनजनको क्षति भएको जनाउँदै राहतस्वरुप सहयोग उपलब्ध गराइने बताए। यही भदौ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार सहयोग गर्न लागिएको मन्त्रालयले जनाएको छ। पाकिस्तानमा विपद्मा परी मृत्यु हुनेप्रति नेपाल सरकारले श्रद्धाञ्जलि व्यक्त…