काठमाडौं: एएफसी यू २० एसिया कप छनोट अन्तर्गत गएराति सम्पन्न समूह 'बी' को खेलमा नेपाल कतारसँग पराजित भएको छ। बहराइनको शेख अली बिन मोहम्मद अल खलिफा स्टेडियममा सम्पन्न खेलमा नेपाल कतारसँग ३-१ गोलअन्तरले पराजित भएको हो। खेलको ३० औं मिनेटमा कतारका मोहम्मद मन्सुर अलीको गोलमा कतारले अग्रता बनाएको थियो। तर पहिलो हाफको इन्ज्युरी समयमा मोहम्मद सुरागले आत्मघाती गोल गर्न पुग्दा…
काठमाडौं: श्रीलंकामा जारी साफ यू १७ पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत गएराति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपालले श्रीलंकामाथि फराकिलो जित निकालेको छ। कोलम्बोस्थित रेडकोर्ष स्टेडियममा सम्पन्न खेलमा नेपालले घरेलु टोलीमाथि ६-० गोलको फराकिलो जित निकालेको हो। खेलको २१ औं मिनेटमा कप्तान प्रशान्त लक्ष्मणको गोलमा नेपालले अग्रता बनाएको थियो। त्यसको दुई मिनेट नबित्दै हरिसराज भट्टले अग्रता दोब्बर बनाए। त्यस्तै सुवास बमले ३०…
राधेश्याम पटेल/रमेश पराजुली- वीरगंज/बुटवलः पछिल्ला केही दिनयता तराईका विभिन्न जिल्लामा भारतीय नागरिकहरुले बालबालिकालाई अपहरण गरेर लैजाने गरेको विषय सामाजिक सञ्जालमा फैलिएको छ। फेसबुक, टिकटक र ट्वीटर प्रयोगकर्ताले यस्ता पोस्ट सेयर गरेका छन्। केही ठाउँमा बच्चा चोरको आरोप लगाउँदै मरणासन्न हुनेगरी कुटपिट गरेका घटना पनि सार्वजनिक भएका छन्। भारतबाट आएको बच्चा चोर्ने गिरोह सक्रिय भएको भन्दै शेयर भएका सामाग्रीले अभिभावक र…
हेटौंडाः वाग्मती प्रदेश सरकारले पुनः दुई अध्यादेश सिफारिस गरेको छ। चुनाव घोषणा भएपछि पनि प्रदेश सरकारले अध्यादेश सिफारिस गरिरहेको छ। सोमबार पुनः सरकारले दुई अध्यादेश प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। संसद् अधिवेशन अन्त्यपछि यसअघि पनि दुई अध्यादेश जारी भइसकेका छन्। प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले सरकारले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई…
काठमाडौंः मिटरव्याजी अपराध नियन्त्रणका लागि सिफारिस गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ। कार्यदलका संयोजक भीष्मकुमार भुसालले गृहमन्त्री बालकृष्ण खाणलाई सोमबार प्रतिवेदन बुझाएको हो। २०७९ साउन २७ गतेको मन्त्रीस्तरीय निर्णयबाट समिति गठन भएको थियो। कार्यदलले स्थानीय प्रशासनले प्राप्त उजुरीमा तत्काल छानबिन र कारबाहीमा निरन्तरता दिनुपर्ने शीर्षकमा ४ वटा, संघीय इकाईहरूको भूमिका र राजनीतिक प्रतिवद्धता शीर्षकमा ५ वटा, सरकारका वार्षिक नीति…
काठमाडौंः श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले सोमबार हत्या गरेको अभियोगमा दोलखा भीमेश्वर नगरपालिका घर भएका ६३ वर्षीय ध्याल्मो लामालाई सार्वजनिक गरेको हो। उनले रौतहट घर भएकी ४७ वर्षीय श्रीमती रुपा क्षेत्रीको हत्या गरेको खुलेको छ। आइतबार दिउँसो प्रहरीले ललितपुरको फुल्चोकीको जंगलमा सडेको अवस्थामा शव फेला पारेको थियो। हत्या श्रीमानले नै गरेको…
काठमाडौं: साफ महिला च्याम्पियनसिप अन्तर्गत आज सम्पन्न समूह 'बी' को खेलमा नेपालले श्रीलंकामाथि फराकिलो जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा घरेलु टोली नेपालले श्रीलंकामाथि ६-० गोलको सहज जित निकालेको हो। खेलको ९ औं मिनेटमै हिराकुमारी भुजेलको पासमा गोल गर्दै रश्मीकुमारी घिसिङले नेपाललाई अग्रता दिलाइन्। त्यसको दुई मिनेट नबित्दै मिडफिल्डर सरु लिम्बुले दोस्रो गोल थपिन्। १७ औं मिनेटमा…
काठमाडौंः सरकारले विभिन्न राजनीतिक दलसँग गरेका समझदारी र सम्झौता कार्यान्वयन गर्न प्रतिबद्धता दोहोर्याएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको बैठकले नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, थारु कल्याणकारी सभा, थरुहट र थारुवान संयुक्त संघर्ष समिति, स्वतन्त्र मधेस गठबन्धनलगायत तराई मधेस र अन्य क्षेत्रमा आन्दोलनरत समूहसँग विभिन्न मितिमा भएका समझदारी तथा सम्झौताहरूको कार्यान्वयनका लागि पुनः प्रतिबद्धता दोहर्याएको…
जनकपुरधाम : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेले कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएका छन्। एमालेले जनकपुरधाममा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने बताएका हुन्। एमाले कसैको सहारामा चल्ने पार्टी नभएको बताउँदै पूर्व प्रधानमन्त्री ओलीले भने, ‘एमाले एक्लै गठबन्धनविरुद्ध काफी छ, कसैको सहारा…
कैलाली : डा गोविन्द केसीले कैलालीको धनगढीमा २०औँ सत्याग्रह सुरु गरेका छन्। सरकारले आजका मितिसम्म दिएको अल्टिमेटममा माग सम्बोधन नगरेको भन्दै केसीले धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा सत्याग्रह थालेका हुन्। डा केसीले आफ्नो माग पूरा गर्न सरकारलाई दुई साता (भदौ २८) सम्म अल्टिमेटम दिएका थिए। तर, आफ्ना मागप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले बेवास्ता गरेकाले देउवाकै गृह क्षेत्रमा सत्याग्रह गर्ने निर्णयमा पुगेको केसीले…
काठमाडौं : चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समितिका अध्यक्ष लि चान्शु र प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाबिच भेटवार्ता भएको छ। संसद् भवन बानेश्वरमा दुई देशका संसद् प्रमुखबिच भेटवार्ता भएको हो। भेटवार्तापछि संसद् भवनमै दुई देशका संसदीय टोलीबिच द्विपक्षीय छलफल सुरु भएको छ। छलफलको नेतृत्व नेपालका तर्फबाट सभामुख सापकोटा र चीनका तर्फबाट अध्यक्ष लिले गरेका छन्। द्विपक्षीय छलफलपछि दुई देशबिच संसदीय साझेदारीसम्बन्धी समझदारी…
जनकपुरधाम : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनको सरकार देशका लागि कुनै पनि हिसाबले हितकर नरहेको दाबी गरेका छन्। सोमवार जनकपुरधाममा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। उनले राजनीतिक, धार्मिक र सामाजिक साँस्कृतिक हिसाबले पनि वर्तमान गठबन्धन सरकार देश र जनताका लागि घातक रहेको जिकिर गरे। अध्यक्ष ओलीले राष्ट्रियताको हिसाबले…
काठमाडौं : नेपाल सरकारले पाकिस्तानलाई दुई करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ। पाकिस्तानमा आएको बाढीले ठूलो जनधनको क्षति गरेको भन्दै सहयोग स्वरूप २ करोड रुपैयाँ बराबरको राहत सामग्री दिन लागेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोख्रेलले जानकारी दिए। भदौ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले राहत सामग्री दिने निर्णय गरेको थियो। पाकिस्तान सरकारले बाढी पहिरोका कारण भएको क्षतिमा जनतालाई राहत दिन प्रयास गरिरहेको…
काठमाडौं : नेपाल मानव विकास सूचकांकमा १ सय ४३औँ राष्ट्रमा परेको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युनडीपीले विश्वभरका १ सय ९१ वटा देशहरुको मानव विकास प्रतिवेदन सार्वजनिक गरेकोमा नेपाल लगभग स्थिर सूचकका साथ १ सय ४३औँ स्थानमा रहेको उल्लेख छ। प्रतिवेदन अनुसार विश्वभर नै मानव विकास सूचकांक ओरालो लागेको छ। युएनडीपीले सूचकांकलाई चार भागमा विभाजन गरेको छ। जसमा न्यून, मध्यम,…
काठमाडौं : पछिल्लो २४ घण्टामा थप १ सय ७९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ९५९ जनामा परीक्षण गर्दा १ सय ७९ जनामा संक्रमण देखिएको हो। २ हजार ६०० पीसीआर परीक्षण गरिएकोमध्ये १२७ जनामा र २ हजार ३५९ एन्टीजेन परीक्षण गरिएकोमा ५२ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा १७१ जना…
काठमाडौं : चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समितिका अध्यक्ष लि चान्शु नेपाल आइपुगेका छन्। अपराह्न ३:१५ मा त्रिभुवन विमानस्थलमा विशेष विमान मार्फत् अवतरण गरेका उनी त्यहाँबाट बास बस्ने होटल सोल्टी पुगेका छन्। सोल्टीमा केही समय आराम गरेपछि लि नेतृत्वको टोली बानेश्वरस्थित संसद् भवन पुग्ने छ। साँझ ५:०५ बजे लि नेतृत्वको टोली बानेश्वर पुग्ने छ। त्यहाँ उनलाई प्रतिनिधिसभाका अध्यक्ष अग्निप्रसाद सापकोटाले स्वागत…
जनकपुरधाम : नेपाली कांग्रेस धनुषाका नेता सन्तोष कुमार यादव नेकपा (एमाले)मा प्रवेश गरेका छन्। उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन्। कांग्रेसप्रति असन्तुष्टि जनाउँदै उनले पार्टी परित्याग गरेको लागेको बताए। यादवले आसन्न निर्वाचनमा प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’बाट एमालेको उम्मेदवार हुने तयारी गरेका छन्। यादव कांग्रेसको १४औँ महाधिवेशनमा शेरबहादुर देउवा समूहबाट सभापति पदमा उम्मेदवार…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सांस्कृतिक वैभवलाई विश्वसामु चिनाउन आवश्यक रहेको बताएकी छिन्। सोमवार काठमाडौंमा राष्ट्रिय कविता महोत्सव २०७९ का विजेता कविहरुलाई पुरस्कार वितरण कार्यक्रममा भण्डारीले परापूर्व कालदेखिका ज्ञानग्रन्थ र विज्ञानको महत्वलाई उजागर गर्न आवश्यक रहेको बताएकी हुन्। उहाँले नेपाली समाजका युगौंदेखि रहँदै आएका लोकसाहित्य एवं साहित्यिक कृतिहरुलाई संकलन गरी बाहिर ल्याउनुपर्ने आवश्यक रहेको पनि बताइन्। 'नेपाली सिर्जनाहरु पनि…
काठमाडौं : नेपालमा ‘प्रेम गीत ३’ नेपाली भाषासँगै हिन्दी भाषामा पनि एकैदिन रिलिज हुने भएको छ। असोज ७ गते प्रदर्शन मिति तोकेको सो फिल्मको नेपालीसँगै हिन्दी भर्सन एकैदिन रिलिज हुने निर्देशक तथा निर्माता सन्तोष सेनले जानकारी दिएका हुन्। केही समयअघि नै यस फिल्मको हिन्दी भर्सन नेपालमा पनि रिलिज गरिने चर्चा थियो। तर एकैदिन रिलिज गर्ने/नगर्ने विषयमा भने अन्यौलता नै थियो। अन्यौलताबिच सेनले फिल्म ‘प्रेमगीत ३’ लाई नेपालमा…
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल सरकारका कर्मचारीहरु एवं सार्वजनिक, सामुदायिक र नीजि क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई लामखुट्टेको टोकाइबाट बच्न अनुरोध गरेको छ। डेंगु रोग लाग्न नदिने सबैभन्दा उत्तम उपाय लामखुट्टेको टोकाइबाट जोगिनु भएको भन्दै मन्त्रालयले विज्ञप्ति जारी गर्दै लामखुट्टेको टोकाइबाट जोगिन सचेत गराएको हो। ‘प्रायः दिनको समय, विषेशगरी बिहान र बेलुकाको समयमा सक्रीय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट…