PahiloPost

Jun 7, 2025 | २५ जेठ २०८२

  • थपिए १०४ जना कोरोना संक्रमित, २ जना संक्रमितको मृत्यु

    थपिए १०४ जना कोरोना संक्रमित, २ जना संक्रमितको मृत्यु

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप १ सय ४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ५८७ जनामा परीक्षण गर्दा १ सय ४ जनामा संक्रमण देखिएको हो। १ हजार ५९२ पीसीआर परीक्षण गरिएकोमध्ये ८९ जनामा र १ हजार ९९५ एन्टीजेन परीक्षण गरिएकोमा १५ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा २०१ जना…

    विस्तृतमा पढ्नुस्

  • कमल खत्री र मेलिना मैनालीले गरे इन्गेजमेन्ट

    कमल खत्री र मेलिना मैनालीले गरे इन्गेजमेन्ट

    काठमाडौं : गायक कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट गरेका छन्। केही समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले आज इन्गेजमेन्ट गरेका हुन्। इन्गेजमेन्ट समारोहको फोटोहरू राख्दै उनीहरूले फेसबुकमार्फत यसबारे जानकारी दिएका हुन्। दुवैले एकअर्कासँग जीवनको नयाँ अध्यायको सुरुवात हुनु जीवनकै सुखद पक्ष रहेको स्टाटसमा उल्लेख गरेका छन्। ‘जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनकै सुखद पक्ष हो। चाहना…

    विस्तृतमा पढ्नुस्

  • व्यापारी अमित श्रेष्ठको मुद्दामा उच्चले उल्टायो जिल्ला अदालतको आदेश, अर्ब बढी बिगो माग गरिएका श्रेष्ठ १५ लाख धरौटीमा रिहा

    व्यापारी अमित श्रेष्ठको मुद्दामा उच्चले उल्टायो जिल्ला अदालतको आदेश, अर्ब बढी बिगो माग गरिएका श्रेष्ठ १५ लाख धरौटीमा रिहा

    काठमाडौं : क्रिप्टोकरेन्सीको कारोबारको अभियोगमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षको लागि थुनामा पठाएका व्यवसायी अमित श्रेष्ठको मुद्दा उच्च अदालतले उल्टाएको छ। उच्च अदालत पाटनले व्यापारी अमित श्रेष्ठलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। एक महिना अघि काठमाडौं जिल्ला अदालतका न्यायाधीश नारायण प्रसाद शर्माको एकल इजलासले श्रेष्ठलाई थुनामा पठाएको थियो। त्यसपछि श्रेष्ठलाई कारागार कार्यालय डिल्लीबजार चलान गरिएको थियो। त्यसपछि जिल्ला अदालतको आदेशविरुद्ध…

    विस्तृतमा पढ्नुस्

  • अलमुताइरीले नेपाली राष्ट्रिय फुटबल टिम छोडेको गरे घोषणा

    अलमुताइरीले नेपाली राष्ट्रिय फुटबल टिम छोडेको गरे घोषणा

    काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। आइतवार सामाजिक सञ्जालमार्फत अलमुताइरीले पद छाडेको घोषणा गरेका छन्। ‘नेपाली फुटबलको सेवामा रहेको ५२५ दिनपछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक पदमा मेरो कार्यकाल समाप्त भएको घोषणा गर्दछु,’ उनले भनेका छन्, ‘खुसी, माया, दु:ख र पीडासहितको यो यात्रामा मलाई साथ दिनुहुने सबैलाई धन्यवाद।’ अलमुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै एएफसी…

    विस्तृतमा पढ्नुस्

  • पनौतीका ७३ घरलाई सम्पदामैत्री बनाइँदै

    पनौतीका ७३ घरलाई सम्पदामैत्री बनाइँदै

    काभ्रेपलाञ्चोक : पनौती नगरपालिकाको संरक्षित क्षेत्रअन्तर्गत ऐतिहासिक पनौती शहरमा पुरानो शैलीका घर बनाइँदैछन्। नगरको वडा नं ७ स्थित सम्पदा क्षेत्रमा पर्ने एक हजार चार घरमध्ये पहिलो चरणमा ७३ घर सम्पदामैत्री बनाउन थालिएको हो। यसका लागि नगर कार्यालयले स्थानीयलाई प्रोत्सहानस्वरुप आर्थिक सहयोग गरिरहेको छ। नगरले संरक्षित स्मारक क्षेत्रमा रहेका पूराना शैलीका निजी भवनको संरक्षण तथा बाहिरी आवरण सम्पदामैत्री बनाउनेसम्बन्धि प्रोत्साहन मापदण्ड–२०७७…

    विस्तृतमा पढ्नुस्

  • सरकारलाई संसदीय समितिको निर्देशन : फास्टट्रयाकको ठेक्का सम्झौता सार्वजनिक खरिद ऐन अनुसार भएन, कारबाही गर्नू

    सरकारलाई संसदीय समितिको निर्देशन : फास्टट्रयाकको ठेक्का सम्झौता सार्वजनिक खरिद ऐन अनुसार भएन, कारबाही गर्नू

    काठमाडौं : संसदीय समितिले काठमाडौं-निजगढ द्रुतमार्ग (फास्टट्रयाक) आयोजनाको ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्न आयोजना प्रमुखलगायत जिम्मेवार पदाधिकारीहरुलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले सो आयोजनाको ठेक्का सम्झौतासम्बन्धि छानवीन समितिको प्रतिवेदनलाई आधार मानेर ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्न आयोजना प्रमुखलगायतका जिम्मेवार पदाधिकारीहरुलाई कारबाही गर्न निर्देशन दिएको हो। सार्वजनिक खरिद ऐन अनुसार…

    विस्तृतमा पढ्नुस्

  • दशैंका लागि काठमाडौं नआउने भयो च्याङ्ग्रा, एउटैको मूल्य ४० हजार माथि

    दशैंका लागि काठमाडौं नआउने भयो च्याङ्ग्रा, एउटैको मूल्य ४० हजार माथि

    काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो दशैंमा पनि च्याङ्ग्रा नल्याउने भएको छ। जिउँदो च्याङ्ग्राको मूल्य नै प्रतिकेजी १७ सय पर्ने भएपछि नल्याउने निर्णयमा कम्पनी पुगेको हो। च्याङ्ग्रा काठमाडौं ल्याउँदा एउटै च्याङ्ग्राको मूल्य ४० हजार माथि पर्ने देखिएको छ। 'खर्कमै जिउँदो च्याङ्ग्राको मूल्य प्रतिकेजी १७ सय रुपैयाँ रहेछ। त्यो ल्याएर काठमाडौंमा बेच्न सक्ने अवस्था देखिएन,' कम्पनीका एक कर्मचारीले भने,…

    विस्तृतमा पढ्नुस्

  • धोबिखोला डुबान रोक्ने योजनाबारे छलफल : मन्त्रीले मागे गगनको साथ, थापाले भने : सबैभन्दा बढी गाली मैले खान्छु

    धोबिखोला डुबान रोक्ने योजनाबारे छलफल : मन्त्रीले मागे गगनको साथ, थापाले भने : सबैभन्दा बढी गाली मैले खान्छु

    काठमाडौं : शहरी विकासमन्त्री मेटमणी चौधारीले धोबिखोला कोरिडोरको कपन–बुढानीलकण्ठ डुबान नियन्त्रणको लागि सरकारले छुट्टै आयोजना बनाएर काम गर्ने बताएका छन्। आइतवार प्रस्तावित धोबिखोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुबान नियन्त्रण आयोजनासम्बन्धी अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री चौधरीले धोबिखोला कोरिडोर निर्माणको लागि अब बस्ने मन्त्रिपरिषद्ले छुट्टै आयोजना बनाउने प्रस्ताव पास गर्ने बताए। चौधरीले कोरिडोर निर्माणका क्रममा सरकारले जनताहरु त्यहाँबाट विस्थापित हुनु नपर्ने गरी योजना बनाउने…

    विस्तृतमा पढ्नुस्

  • कृषिमा आधारित उद्योगको विकासमा प्रचण्डको जोड, 'बाँकी जीवन आर्थिक क्रान्तिका लागि व्यतित गर्छु'

    कृषिमा आधारित उद्योगको विकासमा प्रचण्डको जोड, 'बाँकी जीवन आर्थिक क्रान्तिका लागि व्यतित गर्छु'

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो बाँकी जीवन आर्थिक क्रान्तिका लागि व्यतित गर्ने बताएका छन्। आइतवार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै दाहालले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरुको विकास गर्नुपर्ने भन्दै आर्थिक क्रान्तिको नेतृत्व गर्ने बताएका हुन्। कार्यक्रममा उनले देशको आर्थिक विकासको मुख्य मेरुदण्ड कृषि नै…

    विस्तृतमा पढ्नुस्

  • प्रधान सेनापतिको निर्देशन : काठमाडौं-तराई फास्टट्र्याक समयमै निर्माण गर्नू

    प्रधान सेनापतिको निर्देशन : काठमाडौं-तराई फास्टट्र्याक समयमै निर्माण गर्नू

    काठमाडौं : प्रधान सेनापति प्रभुराम शर्माले राष्ट्रिय गौरवको काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फास्टट्र्याक) सडक आयोजना समयसीमाभित्रै निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन्। जङ्गी अड्डामा आयोजित कार्यक्रमका बिच नेपाली सेनाका सकलदर्जालाई पदबहालीको एक वर्ष पूरा भएको अवसरमा सम्बोधन गर्दै उनले सो निर्देशन दिएका हुन्। आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न जिम्मेवारी उत्कृष्ट ढंगबाट निर्वाह गर्न पनि उनले…

    विस्तृतमा पढ्नुस्

  • एसिया कपको फाइनल आज : पाकिस्तानलाई लयमा रहेको श्रीलंकाको चुनौती

    एसिया कपको फाइनल आज : पाकिस्तानलाई लयमा रहेको श्रीलंकाको चुनौती

    एसिया कप क्रिकेट अन्तर्गत आज फाइनल खेलमा पाकिस्तान र श्रीलंका भिड्दै छन्। दुबई इन्टरनेशनल क्रिकेट मैदानमा हुने फाइनल खेल पौने राति ८ बजे सुरु हुनेछ। आजको खेलमा जित निकाल्दै पाकिस्तान १० वर्षपछि र श्रीलंका ८ वर्षपछि च्याम्पियन बन्ने लक्ष्यमा हुनेछन्। टी २० इन्टरनेशनलमा यी दुई टोलीबिचको पछिल्ला २२ खेलमा पाकिस्तान बलियो देखिन्छ। यसमा पाकिस्तानले १३ खेल जित्दा श्रीलंकाले ९ खेल जितेको…

    विस्तृतमा पढ्नुस्

  • ग्वार्कोमा फ्लाइओभरको निर्माण कार्य असोजदेखि सुरु हुने

    ग्वार्कोमा फ्लाइओभरको निर्माण कार्य असोजदेखि सुरु हुने

    काठमाडौं : ललितपुरको ग्वार्कोमा फ्लाइओभरको निर्माण कार्य आगामी असोजदेखि सुरु हुने भएको छ। निर्माणको ठेक्का पाएको कम्पनीले फ्लाइओभरको डिजाइन अन्तिम चरणमा पुगेको जनाएको सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जानकारी दिएको छ। केन्द्रका इन्जिनियर सौरभ बज्राचार्यका अनुसार केन्द्रले डिजाइन पूरा भएपछि हेर्ने र स्वीकृति गरेपछि निर्माणका लागि बाटो खुल्नेछ। 'निर्माण व्यवसायीले फ्लाइओभरको डिजाइन बनाउने काम अन्तिममा पुगेको बताएका छन्,' उनले भने, 'डिजाइनको काम…

    विस्तृतमा पढ्नुस्

  • युवा तथा खेलकुद मन्त्रालयलाई विभाजन गर्न आवश्यक छ : मन्त्री गहतराज

    युवा तथा खेलकुद मन्त्रालयलाई विभाजन गर्न आवश्यक छ : मन्त्री गहतराज

    काठमाडौं : युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले युवा तथा खेलकुद मन्त्रालयलाई दुई मन्त्रालयमा विभाजन गर्न आवश्यक रहेको बताएका छन्। आइतवार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै उनले युवा तथा खेलकुद मन्त्रालयलाई युवा, श्रम तथा रोजगार मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयको रुपमा विकास गर्न आवश्यक रहेको बताए। उनले अहिले राज्यकै नीतिमा पनि अन्तरबिरोध भइरहेको बताउँदै…

    विस्तृतमा पढ्नुस्

  • तीन दिनअघि बुटवलबाट हराएका तीन बालक भारतमा भेटिए

    तीन दिनअघि बुटवलबाट हराएका तीन बालक भारतमा भेटिए

    रुपन्देही : बुटवलबाट हराएका तीन बालक भारतमा भेटिएका छन्। तीन दिनअघि विद्यालय जान हिँडेका बालकहरू भारतको केरलामा भेटिएका हुन्। बुटवल उपमहानगरपालिका वडा नम्बर ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी विद्यालय जान भनी सँगै घरबाट निस्किका थिए। विद्यालयमा उनीहरू अनुपस्थित भएपछि परिवारजनले खोजी गरेका थिए। सम्पर्कविहीन भएकामध्ये समीर लम्सालका बुबा भारतमा रहेको…

    विस्तृतमा पढ्नुस्

  • रणवीर र आलियाको फिल्म ‘ब्रह्मास्त्र’ले दुई दिनमा कति कमायो?

    रणवीर र आलियाको फिल्म ‘ब्रह्मास्त्र’ले दुई दिनमा कति कमायो?

    गत शुक्रवार रिलिज भएको बलिउड फिल्म ‘ब्रह्मास्त्र (भाग एक)’ ले बक्सअफिसमा सुखद व्यापार गरेको छ। बलिउड रियल कपल रणवीर कपुर र आलिया भट्ट अभिनित यस फिल्मले दुई दिनमा ७९ करोड भारतीय रुपैयाँको व्यापार गरेको हो। अयान मुखर्जी निर्देशित यस फिल्मले पहिलो दिन करिब ३६ करोड रुपैयाँ कमाएको थियो। फिल्मले पहिलो दिनमा विश्वव्यापी रूपमा ७५ करोड भारतीय रुपैयाँ कलेक्सन गरेको थियो। यो सँगै ब्रह्मास्त्र…

    विस्तृतमा पढ्नुस्

  • शंखपार्कबाट एक किलो सुनसहित दुई जना समातिए

    शंखपार्कबाट एक किलो सुनसहित दुई जना समातिए

    काठमाडौं : प्रहरीले अवैध तरिकामा ल्याएको सुनसहित दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-४ महाराजगंज शंखपार्कस्थित सडकबाट एक किलो सुनसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको हो। धादिङ रुबीभ्याली गाउँपालिका-३ घर भई हाल काठमाडौं टोखा बस्ने ३० वर्षीय तोकमान तामाङ लगायत २ जनालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। घटनाको…

    विस्तृतमा पढ्नुस्

  • चितुवाले आक्रमण गरेपछि प्रतिकारमा उत्रिए युवक, चितुवाको मृत्यु

    चितुवाले आक्रमण गरेपछि प्रतिकारमा उत्रिए युवक, चितुवाको मृत्यु

    बुटवल : चितुवाले आक्रमण गरेपछि प्रतिकारमा उत्रिएका युवक घाइते भएका छन्। युवकको प्रतिकारमा चितुवाको मृत्यु भएको छ। रेसुङ्गा नगरपालिका-६ निनीचौरका ३० वर्षीय यम बहादुर कुँवरलाई आइतवार बिहान चितुवाले आक्रमण गरेको हो। चितुवाको आक्रमणबाट कुँवरको शरीरका विभिन्न भागमा चोट लागेको छ। घर नजिकै रहेको कुखुराको खोरमा गएका कुँवरलाई चितुवाले एक्कासी आक्रमण गरेको हो। खोरमा कुखुरा मरेको देखेपछि कुँवर कुखुरा हेर्न भनी…

    विस्तृतमा पढ्नुस्

  • एमालेमै फर्किए एकीकृत समाजवादीका केन्द्रीय सदस्य बालकृष्ण चापागाईं

    एमालेमै फर्किए एकीकृत समाजवादीका केन्द्रीय सदस्य बालकृष्ण चापागाईं

    बुटवल : नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं पूर्व रुपन्देही जिल्ला इञ्चार्ज डा बालकृष्ण चापागाईं नेकपा (एमाले)मै फर्किएका छन्। उनलाई आइतवार बिहान बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा अध्यक्ष ओली र उपाध्यक्ष विष्णु पौडेलले पार्टीमा स्वागत गरेका हुन्। एकीकृत समाजवादी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को पुच्छर मात्रै बनेको र आफ्नो बेग्लै पहिचान स्थापित गर्न असफल भएको आरोप चापागाईंले लगाएका छन्। नेपालको…

    विस्तृतमा पढ्नुस्

  • पपुवा न्यूगिनिमा ७.३ म्यग्नेच्यूडको भूकम्प

    पपुवा न्यूगिनिमा ७.३ म्यग्नेच्यूडको भूकम्प

    पपुवा न्यूगिनीमा ७.६ म्यग्नेच्युडको भूकम्प गएको छ। भूकम्पका कारण त्यहाँका धेरै घरहरुमा क्षति पुगेको छ। मानवीय क्षतिको विवरण भने आएको छैन। भूकम्प लगत्तै त्यहाँका अधिकारीहरुले सुनामिको चेतावनी दिएको थियो। पछि सो चेतावनी फिर्ता लिइए पनि समुद्रको तटीय क्षेत्रमा बहाब कुनै पनि बेला बढ्न सक्ने बताइएको छ। पपुवा न्यूगिनिका बासिन्दाले भूकम्पका तस्विर र भिडियोहरु सामाजिक संजालमा सेयर गरिरहेका छन्।

    विस्तृतमा पढ्नुस्

  • बेलायती महारानी एलिजाबेथको अन्त्येष्टि मिति तोकियो

    बेलायती महारानी एलिजाबेथको अन्त्येष्टि मिति तोकियो

    बेलायतकी दिवंगत महारानी एलिजाबेथको अन्त्येष्ति सेप्टेम्बर १९ मा हुने भएको छ। बकिङ्घम दरवारले उक्त मितिमा एलिजाबेथको अन्त्येष्टि हुने मिति तय गरेको हफपोस्टले जनायो। दिवंगत महारानीको शव वेस्टमिनिस्ट अबेमा अन्त्येष्टि गरिनेछ। आइतवारबाट महारानीको शव स्कटल्यान्ड हुँदै बकिङ्घम लगिने तालिका रहेको बताइएको छ। वेस्टमिनिस्टरमा ४ दिनसम्म सर्वसाधारणलाई पनि एलिजाबेथको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्ने व्यवस्था मिलाइएको छ। बेलायती महारानी एलिजाबेथको बिहीवार ९६…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell