PahiloPost

Jun 4, 2025 | २२ जेठ २०८२

  • फेरिए जेठालालका फायरबिग्रेड : शैलेश बाहिरिए, सचिन बने नयाँ तारक मेहता

    फेरिए जेठालालका फायरबिग्रेड : शैलेश बाहिरिए, सचिन बने नयाँ तारक मेहता

    १५ वर्ष भयो भारतको सब च्यानलबाट 'तारक मेहताका उल्टा चश्मा' प्रशारण भइरहेको। सो कार्यक्रमको सुरुको एपिसोडबाटै तारक मेहताको भूमिका निर्वाह गर्दै आएका थिए शैलेश लोधाले। जेठालाल (दिलिप जोशी) का परम मित्र हुन् तारक मेहता। गोकुलधाममा कुनै समस्या परे सबैजना उनकै पुग्छन् सल्लाह लिन। हप्तामा ६ दिन आउने शो कार्यक्रममा अरु 'क्यारेक्टर' नदेखिएपनि तारक मेहता भने कार्यक्रमको अन्तिममा हरेकपल्ट देखिँदै आएका छन्।  तर,…

    विस्तृतमा पढ्नुस्

  • सुनको मूल्य घटेर तोलामा ९२ हजार ८ सय रुपैयाँ पुग्यो

    सुनको मूल्य घटेर तोलामा ९२ हजार ८ सय रुपैयाँ पुग्यो

    काठमाडौं : सुनको मूल्यमा फेरि गिरावट आएको छ। अघिल्लो दिनको भन्दा तोलामा ७ सय रुपैयाँले घटेर बुधवार ९२ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलवार सुन तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ५ सय रुपैयाँ रहेको थियो। चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ। बुधवार चाँदी प्रतितोला एघार सय ७५ रुपैयाँ कायम…

    विस्तृतमा पढ्नुस्

  • महाभियोग सिफारिस समितिको बैठकको निर्णय : निलम्बित प्रधानन्यायाधीश जबराले आरोप लगाएका व्यक्तिलाई बोलाउने

    महाभियोग सिफारिस समितिको बैठकको निर्णय : निलम्बित प्रधानन्यायाधीश जबराले आरोप लगाएका व्यक्तिलाई बोलाउने

    काठमाडौं : आज बिहान सिंहदरबारमा बसेको महाभियोग सिफारिस समितिको बैठकले बयानको क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आरोप लगाएका व्यक्तिहरुलाई छलफलको लागि बोलाउने  निर्णय गरेको छ। आरोपी व्यक्तिलाई आज नै पत्रचार गरिने निर्णय भएको समितिका एक सदस्यले जानकारी दिए। बहालबाला न्यायाधीश, पूर्व न्यायाधीश, नेपाल बार र सर्वोच्च बारका पूर्व अध्यक्षहरु र वरिष्ठ अधिवक्ताहरुलाई बोलाउने निर्णय गरेको हो। गत फागुन १ गते जबराविरुद्ध…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइयो

    प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइयो

    काठमाडौं : प्रतिनिधिसभाको आज बिहान ११ः०० बजे बस्ने गरि निर्धारण गरिएको बैठक अब दिउँसो १ बजे बस्ने भएको छ। प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जारी गरेको सूचनामा विशेष कारणवश बैठक १ बजे बस्ने उल्लेख छ। प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख अग्निप्रसाद सापकोटाले उक्त बैठक आजै दिनको १ः०० बजे बस्ने गरी निर्धारण गरेको प्रकाशित सूचनामा जनाइएको छ।

    विस्तृतमा पढ्नुस्

  • साफ यू-१७ फाइनल : नेपाल र भारत भिड्दै

    साफ यू-१७ फाइनल : नेपाल र भारत भिड्दै

    काठमाडौं : साफ यू-१७ फाइनल खेलमा आज नेपाल र भारत भिड्दैछन्। श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स स्टेडियममा साँझ सवा ७ बजे खेल सुरु हुनेछ। प्रतियोगितामा दोस्रो पटक यी दुई टोलीबिच प्रतिस्पर्धा हुँदैछ। यसअघि समूह चरणमा नेपालले भारतलाई हराउँदै समूह विजेता बनेको थियो। नेपाली टोलीका प्रशिक्षक उर्जेन श्रेष्ठले फाइनल खेलमा कडा प्रतिस्पर्धा हुने बताएका छन्। 'सेमिफाइनलमा भारतले बंगलादेशसँग राम्रो खेलेको थियो। नेपालले पनि सेमिफाइनलमा…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डसँग अमेरिकी राजदूत बेरीको बिदाई भेट

    प्रचण्डसँग अमेरिकी राजदूत बेरीको बिदाई भेट

    काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग बिदाई भेटवार्ता गरेका छन्। खुमलटारस्थित प्रचण्ड निवासमा बुधवार बिहान भएको भेटवार्तामा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको बताइएको छ। भेटमा अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका थिए। 'अध्यक्ष कमरेड प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत महामहिम…

    विस्तृतमा पढ्नुस्

  • सप्तरीमा एक पुरुष मृत भेटिए, सनाखत भने हुन सकेन

    सप्तरीमा एक पुरुष मृत भेटिए, सनाखत भने हुन सकेन

    काठमाडौंः सप्तरीमा एक पुरुष मृत भेटिएका छन्। आज बिहान तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर १ भन्सार चौकदेखि रामपुर मल्हनिया जाने बाटोमा मृत फेला परेका हुन्। मृतकको सनाखत भने हुन सकेको छैन। घोप्टो अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शवलाई पोस्टमार्टमको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज लगिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    विस्तृतमा पढ्नुस्

  • भक्तपुर घुम्न निस्कँदै चिनियाँ जनकांग्रेसका अध्यक्ष लि, त्यसपछि राष्ट्रपतिसँग भेट

    भक्तपुर घुम्न निस्कँदै चिनियाँ जनकांग्रेसका अध्यक्ष लि, त्यसपछि राष्ट्रपतिसँग भेट

    काठमाडौं : चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समितिका अध्यक्ष लि चान्शु बुधवार बिहान भक्तपुर पुग्ने भएका छन्। सोमवार नेपालको चार दिने भ्रमणमा आइपुगेका लिले मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरुसँग भेट गरेका थिए। बुधवार बिहानै उनी भक्तपुर घुम्न जानेछन्। साढे ९ बजे अध्यक्ष लिसहितको चिनियाँ टोली भक्तपुर दरबार क्षेत्रको अवलोकन तथा भूकम्पपछिको पुनर्निर्माण…

    विस्तृतमा पढ्नुस्

  • बालबालिकाको विकासमा परिवारको अनि राज्यको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

    बालबालिकाको विकासमा परिवारको अनि राज्यको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्वपूर्ण हुने उल्लेख गरेका छन्। बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा तथा विद्यालय बालमैत्री हुन जरुरी रहेकोसमेत देउवाले बताएका छन्। प्रधानमन्त्री देउवाले राष्ट्रिय बाल दिवस, २०७९ का अवसरमा देशभरका सम्पूर्ण बालबालिकामा बधाई तथा शुभकामना व्यक्त गर्दै उनीहरूको…

    विस्तृतमा पढ्नुस्

  • बायर्नसँग बार्सिलोना पराजित

    बायर्नसँग बार्सिलोना पराजित

    यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'सी' को खेलमा स्पेनिस क्लब बार्सिलोना जर्मन क्लब बार्यन म्युनिखसँग पराजित भएको छ। एलेनाज एरेनामा सम्पन्न खेलमा घरेलु टोली बार्यनले बार्सिलोनामाथि २-० गोलको सहज जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ५० औं मिनेटमा लुकास हेर्नान्डेजले जोसुवा किममिचको पासमा गोल गर्दै खेलमा अग्रता बनाएका थिए। त्यसको ४ मिनेट नबित्दै लेरोए सानेले…

    विस्तृतमा पढ्नुस्

  • साफ महिला च्याम्पियनसिपको सेमिफाइनल समीकरण, नेपालले भारतसँग र बंगलादेशले भुटानसँग खेल्ने

    साफ महिला च्याम्पियनसिपको सेमिफाइनल समीकरण, नेपालले भारतसँग र बंगलादेशले भुटानसँग खेल्ने

    काठमाडौंः साफ महिला च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पूरा भएको छ। समूह बी'का दुई खेल सकिएसँगै समीकरण पूरा भएको हो। मंगलबार सम्पन्न खेलहरुमा पाकिस्तानले माल्दिभ्समाथि ७-० को जित निकाल्दा बंगलादेशले भारतमाथि ३-० को जित निकाल्यो। योसँगै समूह 'ए'मा अपराजित रहँदै बंगलादेश विजेता बनेर सेमिफाइनलमा प्रवेश गर्दा भारत उपविजेता बनेर सेमिफाइनलको यात्रा तय गरेको छ। त्यस्तै एक खेल जितेको पाकिस्तान र जितविहीन माल्दिभ्स…

    विस्तृतमा पढ्नुस्

  • साफ महिला च्याम्पियनसिपमा भारत पहिलोपटक पराजित

    साफ महिला च्याम्पियनसिपमा भारत पहिलोपटक पराजित

    काठमाडौंः साफ महिला च्याम्पियनसिप अन्तर्गत मंगलबार सम्पन्न समूह चरणको अन्तिम खेलमा बंगलादेशले भारतलाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेशलाई भारतमाथि ३-० गोल अन्तरले सानदार जित निकालेको हो। खेलमा सुरुबाटै दबाब बनाएको बंगलादेशका लागि खेलको ११औं मिनेटमा मोहम्मत जहान सोप्नाले गोल गर्दै अग्रता दिलाएकी थिइन्। त्यस्तै २२औं मिनेटमा श्रीमोती सरकारले गोल गर्दा पहिलो हाफमै बंगलादेश दुई गोलले अघि रह्यो। दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • नुवाकोटको चतुरालेमा दुई दिने स्वास्थ्य शिविर सम्पन्न

    नुवाकोटको चतुरालेमा दुई दिने स्वास्थ्य शिविर सम्पन्न

    काठमाडौं : नुवाकोटको ककनी गाउँपालिका वडा ७ स्थित चतुरालेमा दुई दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ। वडा नम्बर ७ को कार्यालय, चतुराले स्वास्थ्य चौकी तथा मद्दत नेपाल र नेप अस एसोसिएसन एन्ड नेप अस डेन्टर काठमाडौंको प्राविधिक सहयोगमा सोमवार र मंगलबार शिविर सञ्चालन भएको हो। चतुराले स्वास्थ्य चौकीमा भएको शिविरमा ४५० भन्दा बढीले सेवा लिएको वडा ७ का वडाध्यक्ष रामकृष्ण…

    विस्तृतमा पढ्नुस्

  • ५ हजार ५९ जनाको परीक्षण गर्दा २०३ जनामा कोरोना संक्रमण पुष्टि

    ५ हजार ५९ जनाको परीक्षण गर्दा २०३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ सय ३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ५ हजार ५९ जनामा परीक्षण गर्दा २ सय ३ जनामा संक्रमण देखिएको हो। १ हजार ३०० पीसीआर परीक्षण गरिएकोमध्ये ८७ जनामा र ३ हजार ७५९ एन्टीजेन परीक्षण गरिएकोमा ११६ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा १२६ जना…

    विस्तृतमा पढ्नुस्

  • एक चीन नीतिप्रति देउवाले जनाए प्रतिबद्धता, लिले भने : नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रति सचेत छौं

    एक चीन नीतिप्रति देउवाले जनाए प्रतिबद्धता, लिले भने : नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रति सचेत छौं

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र चीनबिच बहुआयामिक सम्बन्ध रहेको बताएका छन्। चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष लि चान्शुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले आज सिंहदरबारमा गरेको शिष्टाचार भेटवार्ताका क्रममा देउवाले नेपालको परराष्ट्र नीति पञ्चशीलको सिद्धान्तमा आधारित रहेको जानकारी दिँदै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका हुन्। त्यसक्रममा प्रधानमन्त्री देउवाले चीनविरुद्ध नेपाली भूमिमा कुनै पनि गतिविधि गर्न नदिइने प्रतिबद्धता…

    विस्तृतमा पढ्नुस्

  • मोतीपुर औद्योगिक क्षेत्रमा ड्रोनबाट जग्गाको नापजाँच सुरु

    मोतीपुर औद्योगिक क्षेत्रमा ड्रोनबाट जग्गाको नापजाँच सुरु

    बुटवल : रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा नापजाँच गर्ने काम सुरु भएको छ। मंगलवार बुटवल उपमहानगरपालिका १७ रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट नापजाँचको काम सुरु भएको हो। नापजाँच कार्यक्रमको बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले ड्रोन उडाएर शुभारम्भ गरे। जग्गा नापजाँचको शुभारम्भ गर्दै प्रमुख पाण्डेयले मोतीपुर औद्योगिक क्षेत्रको वास्तविक जग्गा छुट्टिने र औद्योगिक क्षेत्र निर्माणका लागि सहज हुने बताए। औद्योगिक क्षेत्र…

    विस्तृतमा पढ्नुस्

  • नेपालद्वारा पाकिस्तानलाई राहत सामग्री हस्तान्तरण

    नेपालद्वारा पाकिस्तानलाई राहत सामग्री हस्तान्तरण

    काठमाडौं : नेपाल सरकारले विपदमा परेको पाकिस्तानलाई उपलब्ध गराएको मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ। राहत सामग्री लिएर आएको टोलीले केहीबेर अगाडि कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित कार्यक्रममा पाकिस्तानका सम्बद्ध अधिकारीलाई सहायता सामग्री हस्तान्तरण गरेको हो। अत्यावश्यक औषधि, खाद्यान्न, लत्ताकपडालगायत २२ टनभन्दा बढी सामग्री हस्तान्तरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सहायता सामग्री लिएर परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्साल नेतृत्वको नेपाली…

    विस्तृतमा पढ्नुस्

  • हेटौँडाको हटियामा वाग्मती सरकारका भौतिक संरचना निर्माण हुने

    हेटौँडाको हटियामा वाग्मती सरकारका भौतिक संरचना निर्माण हुने

    हेटौँडा : वाग्मती प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिका-१६ हटियास्थित सार्वजनिक जग्गामा प्रदेशको भौतिक संरचना निर्माण गर्ने भएको छ। करिब ५ वर्षसम्म जग्गा छनोट गर्न नसकेर अलमलमा परेको वाग्मती प्रदेश सरकारले प्रदेशको ‘सिंहदरबार’ अर्थात मुख्यमन्त्रीसहित सम्पूर्ण मन्त्रिपरिषद्को कार्यालय तथा सांसद भवन सहितका कार्यालयहरु हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ हटियामा निर्माण गर्ने भएको हो। वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मंगलवार हेटौँडा-१६ मा…

    विस्तृतमा पढ्नुस्

  • हेटौँडा बजारभित्र १६-१६ मिटर सडक विस्तार गर्ने मुख्यमन्त्री पाण्डेको आश्वसन

    हेटौँडा बजारभित्र १६-१६ मिटर सडक विस्तार गर्ने मुख्यमन्त्री पाण्डेको आश्वसन

    हेटौँडा : वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले हेटौँडा बजारभित्र १६-१६ मिटर सडक विस्तार गरिने बताएका छन्। चौकीटोल, राप्तीबगर हुँदै चुरियामाई निकाल्ने बाइपास सडक निर्माण गरिने र बजार क्षेत्रको सडक दायाँबायाँ १६ मिटर चौडा गरिने बताए। बजारभित्रको सडकलाई राष्ट्रिय राजमार्गबाट हटाउने र बाइपास सडकलाई रागर्माग बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक रहेको उनले बताए। तत्कालीन सरकारका प्रवक्ता एंव सूचना तथा…

    विस्तृतमा पढ्नुस्

  • विश्व बैंकको करिब ३५ अर्ब ऋण सहायता स्वीकार गर्ने, यस्ता छन् सरकारका निर्णय

    विश्व बैंकको करिब ३५ अर्ब ऋण सहायता स्वीकार गर्ने, यस्ता छन् सरकारका निर्णय

    काठमाडौं : सरकारले विश्व बैंकबाट यातायात तथा व्यापार आवद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २७५ मिलियन अमेरिकी डलर (करिब ३५ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ। भदौ २७ गते बसेको मन्त्रिपरिषद्का निर्णयहरु सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सो जानकारी दिएका हुन्। मन्त्री कार्कीले सरकारले महिला संरक्षण तथा उत्थान प्रणाली सुदृढीकरण…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell