PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

  • धादिङ बस दुर्घटना : हेलिकोप्टरमार्फत ल्याइएका १२ जनाको काठमाडौंमा उपचार हुँदै

    धादिङ बस दुर्घटना : हेलिकोप्टरमार्फत ल्याइएका १२ जनाको काठमाडौंमा उपचार हुँदै

    काठमाडौं : धादिङको मार्पाकमा यात्रुबाहक बस दुर्घटनाका १३ घाइतेलाई दुई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ।   घटनास्थलबाट उपचारका लागि ल्याउने क्रममा बाटैमा एक जनाको मृत्यु भएकाले अहिले त्रिवि शिक्षण अस्पतालमा १२ जनाको उपचार भइरहेको छ। केहीको अवस्था चिन्ताजनक रहेको चिकित्सकहरुले बताएका छन्। घाइते हुनेहरुमा मिलन तामाङ, नोमु लामा, बिक्की थापा, धनाबहादुर लामा, प्रेम विक, ईश्वर सुवेदी, मुनिङ तामाङ, टेकुमाया घले, मातेन…

    विस्तृतमा पढ्नुस्

  • घटनास्थलमै छोरो गुमाएकी धनकुमारीले आकाशमै लिइन् अन्तिम सास

    घटनास्थलमै छोरो गुमाएकी धनकुमारीले आकाशमै लिइन् अन्तिम सास

    काठमाडौं : ७२ वर्षीया धनकुमारी सापकोटा बिहानै भूकम्पपीडितको लागि सरकारले दिएको अनुदान रकम लिन धादिङ सदरमुकाम धादिङबेँसी पुगेकी थिइन्। उनका साथमा जेठा छोरा रामचन्द्र पनि थिए। सरकारी कार्यालयमा पुगेर उनले राहत स्वरुपको रकम आफ्नो पोल्टमा त हालिन् तर त्यो रकम न त खर्च गर्न पाइन्, न उनका सन्तानको हातमै पर्‍यो।   करिब १० बजेतिर उनी धादिङबेंसीबाट दारखाको लागि बस चढिन्।…

    विस्तृतमा पढ्नुस्

  • 'सावधान इन्डिया' हेरेपछि प्रेमिका अपहरणको नाटक, यसरी गर्‍यो प्रहरीले नाटकको पर्दाफास

    'सावधान इन्डिया' हेरेपछि प्रेमिका अपहरणको नाटक, यसरी गर्‍यो प्रहरीले नाटकको पर्दाफास

    काठमाडौं : 'आफ्नी छोरी सावित्रीलाई सकुशल हेर्ने मन भए दुई लाख रुपैयाँ लिएर आउनू।'   बुधबार बेलुका ६:२७ मा यही व्यहोराको मेसेज सावित्रीकी दिदीको मोबाइलमा आउँछ। अचानक आएको यस्तो धम्कीपूर्ण मेसेजले सिन्धुपाल्चोक कर्थली-४ स्थायी घर भई हाल ललितपुर बस्दै आएको खड्का परिवारमा बेचैनी छाउँछ।   आफ्नै २० वर्षिया बहिनीको अपहरण! दिदी अत्तालिन्छिन्। यो खबर परिवारका अन्य सदस्यलाई सुनाएपछि सबैको ओठतालु…

    विस्तृतमा पढ्नुस्

  • लागुऔषध कारोबारी रतन संघाईको अनुसन्धान म्याद अब कति?

    लागुऔषध कारोबारी रतन संघाईको अनुसन्धान म्याद अब कति?

    काठमाडौं : अन्तर्राष्ट्रिय रुपमा लागुऔषध कारोबारमा संलग्न रहेको भन्दै प्रहरीले व्यवसायी घरानाका रतन संघाइलाई पक्राउ गरेको दुई महिना भइसक्यो। तर अझै अनुसन्धान सकेको छैन।   प्रहरीले ललितपुरमा संघाइले सञ्चालन गरेको प्लास्टिक उद्योगबाट लागुऔषध बनाउन प्रयोग हुने ४ सय ७१ किलोग्राम सिउडोइफेड्रिन बरामद गरेपछि संघाइलाई पक्राउ गरी गत साउन १६ गते पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको थियो।  प्रहरीले अहिले अदालतमा म्याद…

    विस्तृतमा पढ्नुस्

  • विद्यालयमा आतंक फैलाउन माओवादीको विद्यार्थी संगठनले 'बम' जस्तै देखिनेगरी के राखेको थियो?

    विद्यालयमा आतंक फैलाउन माओवादीको विद्यार्थी संगठनले 'बम' जस्तै देखिनेगरी के राखेको थियो?

    काठमाडौं : मंगलबार बिहान राजधानीका ७ वटा विद्यालयमा बम जस्तो देखिने शंकास्पद वस्तुले विद्यार्थी तथा अभिभावकलाई भयभीत तुल्यायो। तर प्रहरीले विद्यालयमा बिहान भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि गरेको छ। महानगरीय प्रहरी परिसरका एसपी प्रद्युम्न कार्कीले भने, 'विद्यालयमा भेटिएका सबै शंकास्पद वस्तु बम थिएनन्। मानिसलाई भयभीत बनाउन उनीहरुले त्यस्तो कार्य गरेको देखियो।' बौद्धका दुई विद्यालय आकाशदीप र मनकामना उच्च माविमा पनि विस्फोट…

    विस्तृतमा पढ्नुस्

  • विद्यार्थी संगठनका नेता भन्छन्- 'आतंक फैलाउनेलाई कारबाही होस्, हामी सघाउँछौं'

    विद्यार्थी संगठनका नेता भन्छन्- 'आतंक फैलाउनेलाई कारबाही होस्, हामी सघाउँछौं'

    काठमाडौं : राजधानीमा आज बिहानै फैलिएको 'बम आतंक'को हल्लाले अभिभावक र विद्यार्थी मात्र होइन आम नागरिकलाई भयभीत बनायो। राजधानीका सात वटा विद्यालयमा बम जस्तो देखिने शंकास्पद वस्तु राख्ने र आतंक मच्चाउने अरु कोही नभएर विद्यार्थी संगठन नै थियो। घटनास्थलमा फेला परेको पर्चाले यो पुष्टि गरेको छ।   घटनामा संलग्न रहेको शंकामा प्रहरीले दुई जनालाई त समातेको छ तर पूरा परिचय…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् विद्यालयमा आतंक मच्चाउने पूर्वलडाकु, जसले दुई महिनाअघि बस जलाएका थिए

    यी हुन् विद्यालयमा आतंक मच्चाउने पूर्वलडाकु, जसले दुई महिनाअघि बस जलाएका थिए

    काठमाडौं : मंगलबार बिहान राजधानीमा सात वटा विद्यालयमा बम भनी शंकास्पद वस्तु राखेको हल्ला फैलिएपछि प्रहरीले दुई जनालाई पक्राउ गर्‍यो। घटना भएको केही घन्टामा नै जोरपाटीबाट पक्राउ परेका उनीहरु त दुई महिनाअघि बस जलाएको अभियोगमा पक्राउ पर्नेहरु नै रहेछन्।   गत साउन ६ गते काठमाडौंको स्वयम्भूस्थित डल्लुमा आइडियल मोडेल बोर्डिङ स्कुलको बस जलाएको अभियोगमा उनीहरुलाई प्रहरीले बौद्धबाट नियन्त्रणमा लिएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • स्कुल बम आतंकका यी हुन् अभियुक्त

    स्कुल बम आतंकका यी हुन् अभियुक्त

    काठमाडौं : मंगलबार राजधानीमा ११ बटा विद्यालयमा बम भनी शंकास्पद वस्तु राख्ने दुई जनालाई प्रहरीले सार्वजनिक  गरको छ। घटना भएको केही घण्टामै प्रहरीले जोरपाटीबाट दुई जनालाई पक्राउ गरेको थियो।   पक्राउ पर्नेमा शंकर लाखे र चन्द्रबहादुर तामाङ रहेका छन्। दुवै गत साउनमा पनि पक्राउ परेर छुटेका थिए। साउन ६ गते काठमाडौंको स्वयम्भूस्थित डल्लुमा आडियल मोडेल बोर्डिङ स्कुलको बस जलाएको अभियोगमा उनीहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • ​प्रहरीको खुलासा : बम आतंक मच्चाउनेहरु माओवादीका भगौडा लडाकु!

    ​प्रहरीको खुलासा : बम आतंक मच्चाउनेहरु माओवादीका भगौडा लडाकु!

    काठमाडौं : मंगबार बिहान देखि नै राजधानीको अवस्था भयावह बन्यो। बिहानदेखि नै राजधानीका विभिन्न निजी विद्यालयको गेट अगाडि आतंकित पार्नेगरी शंकास्पद वस्तु राखिए। राजधानीका ११ विद्यालयमा राखिएका शंकास्पद बस्तु 'बम' भएको हल्ला व्यापक भयो।   काठमाडौंको दक्षिणढोकामा रहेका मनकामना उच्च मावि र आकशद्वीप बोर्डिङ स्कुलमा राखिएको मिनी ग्यास बिस्फोट नै भयो। अन्य ९ ठाउँमा राखिएको वस्तु भने बम नभएको प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • केपी ओली भन्छन्- 'अरुकै रुचिमा संविधान संशोधन गर्न सरकार लागिपरेको छ'

    केपी ओली भन्छन्- 'अरुकै रुचिमा संविधान संशोधन गर्न सरकार लागिपरेको छ'

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशी वा अरु कसैको हितका लागि संविधान संशोधन हुन नसक्ने जिकिर गरेका छन्। 'जसले जति बेला चाह्यो त्यति बेला संशोधन हुन सक्दैन,' आज वसन्तपुरमा एमालेले आयोजना गरेको संविधान दिवस समारोहमा ओलीले भने, 'कुनै पनि देशमा शतप्रतिशत मान्य संविधान हुन सक्दैन।' वर्तमान सरकारले संविधान कार्यान्वनमा रुचि नदेखाएको आरोप लगाउँदै पूर्व प्रधानमन्त्री समेत रहेका…

    विस्तृतमा पढ्नुस्

  • जब विदेशी पर्यटक बन्छन् प्रहरीको टाउको दुखाइ

    जब विदेशी पर्यटक बन्छन् प्रहरीको टाउको दुखाइ

    काठमाडौँ : पर्यटन प्रवर्द्धन सरकारको प्राथमिकताको विषय हो। त्यसैले विदेशी पर्यटकका लागि नेपाल प्रवेश सहज छ। तर यही सहजताको फाइदा उठाउँदै जब गुणस्तरीय पर्यटक आउनुको साटो बेखर्ची र मानसिक सन्तुलन गुमाएका पर्यटकहरु यहाँ आइपुग्छन्, प्रहरीको लागि टाउको दुखाइ बन्न पुग्छ।  केही दिनअघि मात्र पर्यटक प्रहरीले १० वर्ष अघिदेखि मानसिक सन्तुलन गुमाएर राजधानीको सडकमा दिन र रात कटाइरहेका एक विदेशीलाई उद्दार…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँ उत्रने बित्तिकै प्रधानमन्त्रीले भने - नकारात्मक टिप्पणी गर्न जरुरी छैन

    काठमाडौँ उत्रने बित्तिकै प्रधानमन्त्रीले भने - नकारात्मक टिप्पणी गर्न जरुरी छैन

    काठमाडौँ : भारतको चार दिने ‍औपचारिक भ्रमण सकाएर स्वदेश फर्केका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफ्नो भ्रमणबारे नकारात्मक टिप्पणी गर्न जरुरी नभएको बताएका छन्।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित छोटो पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण सफल भएको जिकिर गर्दै कुनै महत्वपूर्ण सहमति गर्नुभन्दा पनि अघिल्लो सहमतिहरु कार्यान्वयनमा जोड दिएको बताए।  दुई देशको संयुक्त वक्तव्यमा संविधान संशोधनको विषय…

    विस्तृतमा पढ्नुस्

  • 'दुई दिनपछि आउँछौं दुई लाख ठिक पार्नु' भन्ने नकावधारी समूह प्रहरीको फन्दामा

    काठमाडौं : भदौ १६ गते बिहान ९ बजे।   दुई नकावधारीहरु काठमाडौं महानगरपालिका-१६ वनस्थलीस्थित अनिश रेमिटमा प्रवेश गर्छन्। रेमिटमा सञ्चालक गणेशमान श्रेष्ठ र एक कर्मचारी मात्र हुन्छन्। ती नकावधारीहरुले नक्कली पेस्तोल र खुकुरी देखाएर दुई लाख रुपैयाँ माग गर्छन्। पेस्तोल आफ्नो कन्चटमा तेर्सिसकेपछि सञ्चालक श्रेष्ठको केही उपाय चल्दैन।   तर संयोग मान्नुपर्छ, नकावधारीले मागे बराबरको रकम रेमिटमा हुँदैन। मागेजति पैसा…

    विस्तृतमा पढ्नुस्

  • उसले रक्सी छोडेन, उसलाई रक्सीले नि छाडेन!

    उसले रक्सी छोडेन, उसलाई रक्सीले नि छाडेन!

    एकाविहानै कल आएपछि महेश्वर राजभण्डारीले उठाए। फोन उठ्नासाथ परिचित युवक बोल्न थालिहाले, 'मैले रक्सी खान छोडिसके पूरै भेज भएको छु। अब फलफुल मात्र खाएर बलियो भएर फेरि सँगै गीत गाउनुपर्छ।'   फोनमा बोलिरहेका युवा सुनील बर्देवा थिए। एक साताअघि फोनमा कुरा गरेका सुनीलसँग महेश्वरले सँगै काम गर्न त पाएनन्। उनीसँग अब स्मृतिमात्र बाँकी छ - सुनील बर्देवाको।   'फोनमा त्यति…

    विस्तृतमा पढ्नुस्

  • ​अमेरिकीको बाल यौन दुराचार : पैसाको लोभमा यसरी फसाउँथे

    ​अमेरिकीको बाल यौन दुराचार : पैसाको लोभमा यसरी फसाउँथे

    काठमाडौँ :  अमेरिकी नागरिक केनेथ जोसेफ कोम्बस भदौ ७ गते नेपाल उत्रिएका थिए। उनी आफूलाई एप्स डिजाइनरका रुपमा चिनाउँथे। उनको यो पहिलो नेपाल भ्रमण भने थिएन। भ्रमण भिसामा उनी यसअघि पनि पटक-पटक नेपाल आइसकेका थिए।  नेपालमा रहेका उनका सहयोगी ‘लुच्चे’ भन्ने बुद्ध पुतवारले देखाएका केही दृष्यले नै उनको नेपाल आउने चाहनालाई बढाएको थियो। पुतवारले विभिन्न सामाजिक सञ्जालमार्फत् कोम्बसलाई पठाएका दृश्य…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमै बलि दिन लाग्दा एक किशोरी फुत्किइन्, योजनाकार प्रहरीको पञ्जामा

    काठमाडौंमै बलि दिन लाग्दा एक किशोरी फुत्किइन्, योजनाकार प्रहरीको पञ्जामा

    काठमाडौं : कन्याको बलि दिए धन प्राप्त हुने विश्वासले ग्रस्त हुन्छन् एक पुरुष। तनहुँ व्यास नगरपालिका-६ रुम्सीगाउँका ३७ वर्षीय भोजबहादुर थापा।   यही विश्वासमा परी उनी योजनासहित एक १६ वर्षीया किशोरीको अपहरण गर्छन्। तान्त्रिक विधिद्वारा हड्डी जगाई चमत्कारिक तरिकाले आर्थिक लाभ प्राप्त हुन्छ भन्ने त्यो विश्वासमा परेका उनी गतवर्षको साउन १४ गते किशोरी अपहरण गरी काठमाडौं सानो भर्‍याङमा रहेको एक…

    विस्तृतमा पढ्नुस्

  • डा. केसीद्वारा नवौं अनसनको घोषणा, माग पूरा गर्न असोज २ गतेसम्म सरकारलाई अल्टिमेटम

    डा. केसीद्वारा नवौं अनसनको घोषणा, माग पूरा गर्न असोज २ गतेसम्म सरकारलाई अल्टिमेटम

    काठमाडौं : मेडिकल क्षेत्रमा देखिएको विकृति अन्त्यको लागि भन्दै पटकपटक अनसन बस्दै आएको प्राडा गोविन्द केसीले नवौं अनसनको घोषणा गरेका छन्।    आज दिउँसो त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पत्रकारसँग कुरा गर्दै केसीले असोज ३ गतेबाट नवौं चरणको आन्दोलन थाल्ने चेतावनी दिए। उनले असोज २ गतेसम्म यसअघि आफूले राखेका चार बुँदे माग पूरा गर्न सरकारलाई अल्टिमेटम पनि दिएका छन्।  …

    विस्तृतमा पढ्नुस्

  • मानव तस्करको अन्तर्राष्ट्रिय सञ्जाल, अमेरिका पठाउन यस्ता छन् तीन रुट

    मानव तस्करको अन्तर्राष्ट्रिय सञ्जाल, अमेरिका पठाउन यस्ता छन् तीन रुट

      काठमाडौं : महानगरीय प्रहरी अपराध महाशाखा टोलीले अवैध रुपमा मानव ओसारपसारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। रुकुम माग्मा गाविस-१ घर भई ललितपुर बस्ने ३२ वर्षीय नवीन भनिने नवराज खत्री र बाग्लुङ रिगागा गाविस-८ घर भई काठमाडौं लैनचौर बस्ने ३७ वर्षीय सागर शिरीषलाई पक्राउ परेका हुन्। उनीहरु अन्तर्राष्ट्रिय रुपमा सञ्जाल बनाई मानव तस्करीमा रहेको प्रहरी अनुसन्धानले देखाएको छ। नेपालबाट अमेरिका…

    विस्तृतमा पढ्नुस्

  • एमाले अध्यक्ष ओली भन्छन्- 'प्रचण्डजी मयुर जस्तै नाच्नुभयो'

    एमाले अध्यक्ष ओली भन्छन्- 'प्रचण्डजी मयुर जस्तै नाच्नुभयो'

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हिजोको सम्बोधनलाई 'मयुर नाच'को संज्ञा दिएका छन्।   आज काठमाडौंमा राष्ट्रको समृद्धिमा युवाको भूमिका विषयक विचार गोष्ठीमा बोल्दै ओलीले हिजो संसदमा जनताको नाममा सम्बोधन गरेका प्रधानमन्त्री प्रचण्ड मयुर जस्तै नाचेको भन्दै व्यंग्य गरे। 'केके भन्नुभो भन्नुभो पत्तै पाइएन,' ओलीले भने, 'न भारत भ्रमणबारे केही बोल्नुभयो, न त चीनका…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा प्रहरी र अज्ञात समूहबीच दोहोरो फायरिङ

    काठमाडौं : आज बिहान काठमाडौंको मातातीर्थस्थित चिहानडाँडामा प्रहरी र अज्ञात समूहबीच दोहरो फाइरिङ भएको छ।   मातातीर्थमा खटिएको प्रहरी टोलीले जंगल नजिकै रोकिराखेको ना १ ज ३९४८ नम्वरको टाटा सुमो देखेपछि शंका लागेर पिछा गर्दा गाडीभित्र रहेका चार युवाले प्रहरीलाई लक्षित गरि दुई राउन्ड गोली चलाएका थिए। प्रहरीले पनि जवाफी कारबाहीमा दुई राउन्ड गोली चलाएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell