PahiloPost

Jan 2, 2025 | १८ पुष २०८१

  • निको भएको डेढ महिनामै नर्सलाई दोस्रो पटक कोरोना संक्रमण

    निको भएको डेढ महिनामै नर्सलाई दोस्रो पटक कोरोना संक्रमण

    वीरगंज : वीरगंजमा निको भएकी एक जना ३६ वर्षीया नर्स डेढ महिनाकै अवधिमा दोस्रो पटक संक्रमित भएकी छिन्। नारायणी अस्पतालको आइसियू वार्डमा कार्यरत स्टाफ नर्सको भदौ १० गते राति दोस्रो पटक संक्रमित भएको पुष्टि भएको हो। उनी डेढ महिना पहिले नारायणी अस्पतालमा काम गर्ने क्रममा पनि संक्रमित भई एक सातापछि निको भएकी थिइन्। उनका ४० वर्षीय श्रीमान स्वास्थ्य कार्यालय पर्साका…

    विस्तृतमा पढ्नुस्

  • थुनामा रहेका एक जनाको उपचारको क्रममा मृत्यु

    थुनामा रहेका एक जनाको उपचारको क्रममा मृत्यु

    वीरगंज : रौतहट प्रहरीको एक जना थुनुवाको वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ। रौतहटका २५ वर्षीय युवक विजय महरा चमारको मृत्यु भएको हो। उनको वीरगंजको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारको क्रममा गएराति ११ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारीले ६ दिनदेखि अस्पताल भर्ना भएको युवकको दुबै मिर्गौला…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा गरिएको ५१० नमुना परीक्षणमा ३३ जनामा पोजेटिभ

    वीरगंजमा गरिएको ५१० नमुना परीक्षणमा ३३ जनामा पोजेटिभ

    वीरगंज : नारायणी अस्पताल वीरगंजमा भदौ १० गते अबेर राति नारायणी अस्पतालले सार्वजनिक गरेको पीसीआर रिपोर्टअनुसार पर्सा, बारा र रौतहटका ५१० वटा नमुना परीक्षणमा ३३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। कुल नमुनाको ६ दशमलव ४६ प्रतिशतमा संक्रमण देखिएको नारायणी अस्पतालकका प्रवक्ता डा. अतुलेश चौरसियाले बताए। उनका अनुसार ३३ जनामध्ये ४ जना महिला र २९ जना पुरुष रहेका छन्। १२…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा ३ जना कोरोना संक्रमितको मृत्यु

    वीरगंजमा ३ जना कोरोना संक्रमितको मृत्यु

    वीरगंज : पर्साको वीरगंजको दुई वटा अस्पतालमा पछिल्लो १४ घण्टाको अन्तरालमा ३ जनाको मृत्यु भएको छ। मृत्यु भएकामा तीन जना कोभिड-१९ का संक्रमित रहेका छन्। बुधवार साँझ ६ बजेर २२ मिनेटदेखि बिहीवार बिहान साढे ८ बजेसम्म ३ जनाको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी गराए। हिजो साँझ ६ बजेर २२ मिनेटमा नारायणी अस्पतालमा धोबिनी गापा–३ का ७२…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा कोभिड-१९ : सामुदायिक आइसोलेसनमा रहेका २० जना संक्रमण मुक्त

    वीरगंजमा कोभिड-१९ : सामुदायिक आइसोलेसनमा रहेका २० जना संक्रमण मुक्त

    वीरगंज : पर्साको वीरगंज बसपार्कस्थित एक सामुदायिक आइसोलसन केन्द्रमा एकैदिन २० जना कोभिड-१९ संक्रमण मुक्त भएका छन्। बुधवार राति रानीपोखरी होटलमा बनाइएको कोभिड-१९ विशेष उपचार केन्द्रमा उपचाररत् २० जना संक्रमण मुक्त भए लगत्तै डिस्चार्ज गरिएको छ। होटलमा रहेका कुल ७७ जना संक्रमित मध्ये ५ दिन अघि २० जना संक्रमित मुक्त भएर घर फर्किएका थिए। प्रवन्धक दिलिपराज कार्कीका अनुसार आज डिस्चार्ज…

    विस्तृतमा पढ्नुस्

  • नारायणीले 'सिटी भ्यालु'सहित पीसीआर रिपोर्ट दिन थाल्यो, के हो कोरोना संक्रमितको सिटी भ्यालु?

    नारायणीले 'सिटी भ्यालु'सहित पीसीआर रिपोर्ट दिन थाल्यो, के हो कोरोना संक्रमितको सिटी भ्यालु?

    वीरगंज : नारायणी अस्पताल पीसीआर प्रयोगशाला वीरगंजले बहुप्रतिक्षित मानिएको सिटी भ्यालु(साइकल थ्रेसहोल्ड)सहितको पीसीआर दिन शुरु गरेको छ। नारायणी अस्पतालमा नयाँ मेडिकल सुपरिटेन्डेन्ट डा. सन्जयकुमार ठाकुरको सक्रियता एवं पीसीआर ल्याबका प्राविधिकहरुको सहयोगमा सिटी भ्यालुसहितको पीसीआर रिपोर्ट दिने शुरुवात गरिएको हो। वीरगंज आएपछि जनसमुदायसँग गरिएको जुम छलफलमा चौतर्फी रुपमा पीसीआर रिपोर्टमा सिटी भ्यालु उल्लेख भएर दिदाँ संक्रमितको वर्गिकरण गर्न सहज हुने आवाज…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा एकै दिन ४ कोभिड-१९ संक्रमितको मृत्यु, निमोनियाको कारण जाँदैछ अधिकांशको ज्यान

    वीरगंजमा एकै दिन ४ कोभिड-१९ संक्रमितको मृत्यु, निमोनियाको कारण जाँदैछ अधिकांशको ज्यान

    वीरगंज : वीरगंजमा भदौ ९ गते मंगलवार मात्र चार जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। मृतक सबैले उपचारको क्रममा कोभिड विशेष उपचार केन्द्रमा ज्यान गुमाएका हुन्। विहान ६ बजेदेखि १० बजेको अन्तरालमा गण्डक कोभिड अस्पतालमा दुई जनाको मृत्यु भएको थियो। त्यस्तै मंगलवार राति ८ बजेदखि ११ बजेको बीचमा वीरगंज हेल्थकेयर कोभिड अस्पतालमा थप दुई जनाको मृत्यु भएको हो। मंगलवार ज्यान…

    विस्तृतमा पढ्नुस्

  • गण्डक कोभिड अस्पतालमा बाराका थप दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु

    गण्डक कोभिड अस्पतालमा बाराका थप दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु

    वीरगंज : गण्डक अस्थायी कोभिड अस्पतालमा मंगलवार थप दुई जना कोरोना भाइरस संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुने दुवै संक्रमित बाराका हुन्। मृत्यु हुनेमा महागढीमाई नगरपालिका-४ दहियारटोल बस्ने ५९ वर्षीय र स्वर्ण गाउँपालिका-४ परशुरामपुरका ७२ वर्षीय पुरुष रहेका छन्। गण्डक कोभिड अस्पतालका संयोजक डा उदयनारायण सिंहका अनुसार एक जनाको बिहान ६ बजे र अर्काको बिहान ११ बजे आइसीयूमा…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाविरुद्ध उपयोगी मानिने रेम्डिसिबिर पठाइयो वीरगंज : आयातमा सरकार मौन बस्दा व्यवसायीको मनोमानी मोल

    कोरोनाविरुद्ध उपयोगी मानिने रेम्डिसिबिर पठाइयो वीरगंज : आयातमा सरकार मौन बस्दा व्यवसायीको मनोमानी मोल

    वीरगंज : कोरोना उपचारमा उपयोगी मानिएको एन्टि रेट्रो भायरल ड्रगको रुपमा चिनिउको रेम्भिसिविर औषधि नेपालमा वैधानिक किसिमले आयात हुन थालेपछि कोरोना संक्रमितहरुको उपचार सहज भई ज्यान बचाउन सकिने आशा पलाएको छ। वीरगंजका चिकित्सकहरुले यूरोपसँगै भारतमा उक्त औषधि उपयोगी मानिएकोले सरकारले वैधानिक किसिमले औषधि व्यवस्था विभागमा दर्ता गरी न आयात गरे तस्करीको बाटोबाट उक्त इन्जेक्सन मगाएर संक्रमितको ज्यान बचाउने चेतावनी दिएपछि…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञासँगै वीरगंजमा घट्दो संक्रमणदर: दुई दिनमा ७ सयको परीक्षण, ९३ जनामा मात्रै कोरोना

    निषेधाज्ञासँगै वीरगंजमा घट्दो संक्रमणदर: दुई दिनमा ७ सयको परीक्षण, ९३ जनामा मात्रै कोरोना

    वीरगंज : पर्सा र बारामा पछिल्लो दुई दिनयता कोभिड १९ का संक्रमितको संख्यामा कमी आएको छ। नारायणी अस्पताल प्रयोगशालामा गरिएको भदौ ६ गते र ७ गतेको परीक्षणमा करिब १३ प्रतिशतको हाराहारीमा मात्र संक्रमण पुष्टि भएको देखिएको छ। हाल पर्सामा निषेधाज्ञा लगाइएको छ। भदौ ६ गते चार सय र भदौ ७ गते तीन सय नमूना परीक्षणमा क्रमश ५३ र ४० जनामा मात्र…

    विस्तृतमा पढ्नुस्

  • गण्डक कोभिड अस्पतालमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि

    गण्डक कोभिड अस्पतालमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि

    वीरगंज : गएराति सवा १० बजे गण्डक अस्थायी कोभिड अस्पताल वीरगंजमा मृत्यु भएका पुरुषको पीसीआर रिपोर्ट कोरोना पोजिटिभ आएको छ। नारायणी अस्पतालमा सोमवार राति आएको पीसीआर परीक्षणको नतिजा अनुसार उनको रिपोर्ट पोजिटिभ आएको अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले बताए। पटेर्वासुगौली गाउँपालिकाको सुगौली टोलका ६८ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको थियोे। तराई हस्पिटलमा भर्ना भइ उपचार गराउँदै आएकोमा उनको अवस्था…

    विस्तृतमा पढ्नुस्

  • गण्डक कोभिड अस्पतालमा ६८ वर्षीय वृद्धको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

    गण्डक कोभिड अस्पतालमा ६८ वर्षीय वृद्धको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

    वीरगंज : गएराति सवा १० बजे गण्डक कोभिड अस्पताल वीरगंजमा एक जना पुरुषको मृत्यु भएको छ। मृत्युु हुनेमा पटेर्वासुगौली गाउँपालिकाका ६८ वर्षका वृद्ध रहेका छन्। तराई हस्पिटलमा भर्ना भइ उपचार गराउँदै आएकोमा उनको अवस्था बिग्रदै गएपछि अक्सिजनसँगै राति ९ बजे गण्डक कोभिड अस्पताल रिफर गरिएको थियो। उनको मृत्युपछि स्वाब संकलन गरी परीक्षणको लागि नारायणी अस्पताल पठाइएको छ भने शव गण्डक…

    विस्तृतमा पढ्नुस्

  • पर्सा बारामा थप ५३ जनामा संक्रमण पुष्टि

    पर्सा बारामा थप ५३ जनामा संक्रमण पुष्टि

    वीरगंज : पर्सा बारामा ५३ जना नयाँ संक्रमित थपिएका छन्। नारायणी अस्पताल प्रयोगशालाले आइतवार अबेर राति सार्वजनिक गरेको रिपोर्ट अनुसार ७ महिला र ४६ पुरुष गरी कुल ५३ जना नयाँ संक्रमित थपिएका हुन्। जसमा पर्साका ३४ र बाराका १९ जना रहेका छन्। अढाई वर्षको बालकदेखि ७२ वर्ष उमेर समूहका संक्रमितहरु मध्ये बाराका १९ जना मध्ये अधिकांश जितपुरसिमरा उपमहानगरपालिकाको अमलेखगंज क्षेत्रका…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजका मेयर सरावगीले जिते कोरोना

    वीरगंजका मेयर सरावगीले जिते कोरोना

    वीरगंज : वीरगंज महानगरका मेयर विजयकुमार सरावगी २५ दिनपछि कोरोना संक्रमणलाई जितेका छन्। कोभिड १९ को संक्रमण भई काठमाडौं र वीरगंजको होम आइसोलेसनमा बस्दै आएका सरावगी आइतवार नारायणी अस्पतालमा भएको स्वाब परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएपछि उनी कोरोना मुक्त भएको जानकारी गराएका हुन्। वीरगंज महानगरको कामकाजलगायत राहत वितरण कार्यक्रममा उनी संक्रमित हुन पुगेका थिए। त्यसपछि उनको बुवा, आमा पत्नीलगायत वीरगंज…

    विस्तृतमा पढ्नुस्

  • निधारमा मास्क लगाउने सिडिओले फेसबुकबाट हटाए फोटो, जनाए बानी सुधार गर्ने प्रतिबद्धता

    निधारमा मास्क लगाउने सिडिओले फेसबुकबाट हटाए फोटो, जनाए बानी सुधार गर्ने प्रतिबद्धता

    वीरगंजः बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रप्रसाद पण्डितले अगामी दिनमा मास्क लगाउने विषयमा बानी सुधार गर्ने प्रतिबद्धता जनाएका छन्। अनुगमनका क्रममा पण्डितले प्रयोग गरेको मास्क निधारमा लगाएपछि आलोचना भएको थियो। सामाजिक सञ्जाल फेसबुकमा उनले आफ्नो गल्ती स्वीकार गर्दै अगामी दिनमा बानी सुधार गर्ने प्रतिबद्धता जनाएका हुन्। बाराको भारतीय सीमावर्ती क्षेत्रको अनुगमनको क्रममा सिम्रौनगढ क्षेत्रमा उनले मास्कले नाक मुख छोप्नुको सट्टा…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा एक ७० वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु

    वीरगंजमा एक ७० वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु

    वीरगंज : पर्सामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साको बिन्दाबासिनी गाउँपालिका वडा नम्बर ३ ईटियाहीकी ७० वर्षीया महिला हुन्। उनको मृत्यु आइतवार बिहान ११ बजेर ४० मिनेटमा उपचारको क्रममा नारायणी अस्पतालको आइसीयूमा भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। क्षयरोगको बिरामी रहेकी महिलाको श्वासप्रश्वासमा समस्या देखिएपछि साउन ६ गते नारायणी अस्पतालमा भर्ना गरी उपचार शुरु…

    विस्तृतमा पढ्नुस्

  • मास्क नलगाउनेलाई सय रुपैयाँ तिराउने सिडिओको निधारमा मास्क, कसले गर्छ कारवाही?

    मास्क नलगाउनेलाई सय रुपैयाँ तिराउने सिडिओको निधारमा मास्क, कसले गर्छ कारवाही?

    वीरगंज : देशमा कोरोना महामारी छ। प्रदेश २ को पर्सा, बारा र रौतहटमा संक्रमित बढेको बढ्यै छन्। प्रहरी प्रशासनले बाहिर हिँड्नेलाई मास्क अनिवार्य गरेको छ। मास्क नलगाउने तथा चिउडो र निधारमा लगाउनेलाई जरिवाना गर्ने गरेको छ। तर, जिल्ला प्रशासन कार्यालयका प्रमुख (सिडिओ) भने निधारमा मास्क लगाएर अनुगमनमा हिँडिरहेका छन्। बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित मास्क नलगाएर भारतीय सीमावर्ती क्षेत्रमा…

    विस्तृतमा पढ्नुस्

  • दुई जना थुनुवा कोभिड अस्पतालबाट पोखरीमा हामफालेर फरार, दुबै जना कोरोना संक्रमित

    दुई जना थुनुवा कोभिड अस्पतालबाट पोखरीमा हामफालेर फरार, दुबै जना कोरोना संक्रमित

    वीरगंज : नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल वीरगंज हेल्थकेयर अस्पताल गण्डक बहुअरीबाट दुई जना थुनुवा भागेका छन्। गए राति २ बजे दुई तल्लाबाट पछाडिको पोखरीमा हामफालेर उनीहरु फरार भएका हुन्। संक्रमित भई उपचारको क्रममा अस्पतालबाट भाग्ने थुनुवामध्ये वीरगंज १६ नगवाका केशव तिवारीका छोरा वर्ष १९ का छोटु तिवारी रहेका छन् भने अर्का सर्लाही, लालबन्दी नपा ३ स्थायी घर भई हाल…

    विस्तृतमा पढ्नुस्

  • ३ सय २० जनाको परीक्षण गर्दा १ सय ५६ मा देखियो संक्रमण : ५ डाक्टर र ५ पत्रकारलाई पनि कोभिड १९ पोजेटिभ

    ३ सय २० जनाको परीक्षण गर्दा १ सय ५६ मा देखियो संक्रमण : ५ डाक्टर र ५ पत्रकारलाई पनि कोभिड १९ पोजेटिभ

    वीरगंज : पर्सा र बारामा गरी कूल १ सय ५६ जना नयाँ संक्रमित थपिएका छन्। ३ वर्षका बालकदेखि ७० वर्षका वृद्धसम्मका संक्रमित थपिएको नारायणी अस्पताल वीरगंजले जनाएको छ। नारायणी अस्पताल पीसीआर प्रयोगशालाले शनिवार अबेर राति सार्वजनिक गरेको रिपोर्ट अनुसार ३ सय २० वटा नमूना परिक्षणबाट बाराका ११ र पर्साका १ सय ४५ गरी कूल १ सय ५६ जना कोरोना संक्रमित…

    विस्तृतमा पढ्नुस्

  • भेन्टिलेटरमा राखेर उपचारकै क्रममा गयो संक्रमित महिलाको ज्यान

    भेन्टिलेटरमा राखेर उपचारकै क्रममा गयो संक्रमित महिलाको ज्यान

    वीरगंज : गएराति वीरगंजमा थप एक संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगंज ११ श्रीपुरकी ५६ वर्षकी महिला रहेकी छिन्। उनको शनिवार राति साढे ७ बजे नारायणी अस्पताल अस्थायी कोभिड हस्पिटल वीरगंजमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। साउन २२ गते स्वाब संकलन गरी २४ साउनमा उनको रिपोर्ट पोजेटिभ आएको थियो। कोभिड अस्पतालको आइसीयूमा भर्ना गरी उपचार भइरहेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell