विराटनगरः सुनसरीको चतराधामस्थित जगत गुरु बालसन्त मोहनशरण देवाचार्य चतराकै अर्का जगत गुरु कृष्णदासजी महाराजप्रति आक्रामक देखिएका छन्। बिहिवार दिउँसो आयोजित पत्रकार सम्मेलनमा बालसन्तले कृष्णदासजी महाराजले दिनमा ९५ प्रतिशत झुठ बोल्ने गरेको आरोप लगाए। आफू जीवनभरी झुठ नबोल्ने र झुठ बोल्नेसित सङ्गत नगर्ने भएका कारणले नै कृष्णदासजीसित टाढिएको उनले खुलासा गरे। कृष्णदासजी महाराज विशेषतः नवरात्री र अन्य विभिन्न समयमा ९ दिनसम्म…
विराटनगर : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व एमाले र पूर्व माओवादीको एकता गर्दा दुई मूर्ख एक्कासि भीरबाट हाम्फालेजस्तो भएको बताएका छन्। नेकपा मोरङद्वारा आयोजित चियापानमा अध्यक्ष प्रचण्डले दुबै मूर्ख कमान्डर एकैचोटि र एक्कासि हाम्फालेपछि एकता सम्भव भएको टिप्पणी गरेका हुन्। ‘हामी हाम्फाल्यौँ तर यसलाई जनता र कार्यकर्ता सबैले अनुमोदन गरिदिए, मानिदिए’ उनले भने, ‘पहिले कसैलाई विश्वास थिएन, पछि सबैले स्वीकार गरे।’ अध्यक्ष…
विराटनगर महानगरपालिकाका जनप्रतिनिधिले ऐन उल्लंघन गर्दै मासिक पारिश्रमिक र सुविधा लिइरहेको पाइएको छ। प्रदेश नम्बर १ को कानुनले ११ वटा छुट्टाछुट्टै शीर्षकगत रूपमा भत्ता लिन पाउने व्यवस्था गरेको भए पनि उक्त व्यवस्थाको विपरीत प्रमुख, उपप्रमुखलगायत महानगरका ९९ जनप्रतिनिधिहरुले मासिक पारिश्रमिक र सुविधा लिएको पाइएको हो। विराटनगरको नागरिक अधिकारकर्मी संस्था पब्लिक फोरमलाई महानगरले प्रमाणित गरी सबै जनप्रतिनिधिको बैंक खाता नम्बरसहित दिएको…
विराटनगर: मोरङ जिल्लामा पर्ने राजमार्गका विभिन्न ३ खण्डमा ६० किलोमिटर क्षेत्रमा सिसी क्यामरा जडान गरिएको छ। सोमबार विराटनगरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल उपस्थित कार्यक्रममा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे। मोरङका हाइ वेमा राखिएको ६० किलोमिटर क्षेत्रफलको सिसीटिभीको क्षेत्रलाई काठमाडौंपछिको ठूलो सञ्जाल भनिएको छ। सिसी टिभीका लागि रानी–धरान कोशी राजमार्गको सीमान्त क्षेत्र रानीदेखि महानगरपालिकाको ढाटसम्म अप्टिकल फाइबर…
विराटनगर: गाईजात्राका अवसरमा चर्चित व्यङ्ग्य कलाकार मनोज गजुरेलले शनिबार विराटनगरमा सरकारका तर्फबाट प्रेस मिट नभई ‘प्रेस पिट’ कार्यक्रम गर्ने भएका छन्। ‘प्रेस पिटमा सरकारका प्रवक्ता होइन प्रभड्काले डिल गर्नेछन्’, कलाकार गजुरेलले भने, ‘अर्थात् उनको कुरा सुनेपछि प्रतिपक्षी र अन्य पनि भड्किने छन्। त्यसैले प्रवक्ता होइन, प्रभड्का भनेको।’ नेपाल लिकर्सको उत्पादन सिग्नेचर प्रिमियमको प्रायोजन र ब्रान्ड वर्थ प्रा.लि.को आयोजनामा हुन लागेको…
विराटनगरः प्रदेश नम्बर १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कानुन विपरीत जनशक्ति नियुक्त गर्न थालेको छ। कानुन निर्माण गरी त्यसको परिपालन गर्ने र गराउने मन्त्रालयले नै कानुन विपरीत नियुक्ति गरेको हो । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीको दबाबमा प्रदेश सरकारले कार्कीका सहयोगी रवि खनाललाई मन्त्रालयका दुई कार्यक्रमका लागि संयोजकमा नियुक्ति दिएको हो। मन्त्रिपरिषद्को निर्णयबाट उनलाई ‘स्थानीय युवा व्यवस्थापन…
विराटनगर : प्रदेश नम्बर १ को राजधानी विराटनगर महानगर क्षेत्रमा बिजुलीको लाइन नियमित हुन आगामी पुस महिनासम्म पर्खनु पर्ने भएको छ। नेपाल विद्युत प्राधिकरण विराटनगर शाखाका प्रमुख राजीव सिंहले ढिलोमा पुस मसान्तसम्ममा यस क्षेत्रको बिजुली नियमित भइसक्ने जानकारी दिएका हुन्। महानगर क्षेत्रमा दिनभरिमा दर्जनौँ पटक लाइन जाने गरेको छ। बिना सूचना पटक–पटक लाइन जाने समस्याले महानगरवासी पीडित भएका हुन्। लाइन आए…
विराटनगरः प्रदेश नम्बर १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आफ्नो कार्य जिम्मेवारीभन्दा बाहिर गएर आर्थिक वर्षको अन्तिम दिन ‘म अघि बढ्छु’ भन्ने कार्यक्रम गर्दै एकै दिनमा अढाई करोड रुपैयाँ सकेको छ। मङ्गलबार मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको ‘म अघि बढ्छु’ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अडियो रेकर्ड पठाएर शुभकामना दिएका थिए। आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीका अनुसार…
विराटनगर: लगातारको वर्षाका कारण आएको बाढीले धरान–विराटनगर सडक खण्डको दुहबीमा पर्ने बुढी खोलाको पुल क्षतिग्रस्त भएको छ। मोरङ र सुनसरी जिल्लाको सिमाना पर्ने पुलको उत्तरपट्टि पश्चिम तर्फको स्पर बाढीले भत्काएपछि पुल क्षतिग्रस्त भएको हो। इलाका प्रहरी कार्यालय, दुहबीका प्रहरी निरीक्षक रामनारायण माझीका अनुसार स्परसहित पुलको उत्तरतर्फको माटो बाढीले बगाएको थियो। पुलको उत्तरपट्टिको भाग क्षतिग्रस्त भएपछि पुलमाथिबाट चलाइने सवारी साधनमा नियन्त्रण…
विराटनगर : नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित जन प्रतितिनिधिले समेत वहिष्कार गरेपछि विराटनगर महानगरपालिकाको पोशाक भत्ता विवादित भएको छ। दुई हप्ताअघि सम्पन्न महानगरको चौथो नगर परिषद्ले हरेक जनप्रतिधिलाई पोशाक भत्ता वार्षिक १० हजार रुपैयाँ दिने प्रस्ताव पारित गरेको थियो। महानगर प्रमुख भीम पराजुलीले जनप्रतिनिधिलाई खुशी पारेर वार्षिक बजेट पारित गर्ने दाउमा भत्ता वृद्धिको निर्णय गराएको टिप्पणी आलोचकहरूले गरेका छन्। उक्त निर्णय…
नेपाल कम्युनिस्ट पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतमा भर्खरै बहुमत प्राप्त प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको विकासमा गहिरो चासो रहेको बताएका छन्। मोरङ व्यापार सङ्घको ६४ औँ साधारण सभाको उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले पुनःनिर्वाचित मोदीले नेपालको विकासलाई गम्भीर ढङ्गले हेरिरहेको बताएका हुन्। उनले भारत भ्रमणका बेला मोदीसित भेट भएको र द्विपक्षीय सम्बन्ध तथा विकासका बारेमा लामो कुराकानी भएको स्मरण गरे।…
विराटनगर : प्रदेश नम्बर एकमा डेढ खर्बको लगानीमा मेगासिटी बन्ने भएको छ। महेन्द्र राजमार्ग र कोशी राजमार्ग छेउछाउको भूभागलाई एउटै मेगासिटी बनाउन एसियाली विकास बैङ्कले डेढ खर्ब लगानी गर्ने भएको हो। मोरङ, सुनसरी र झापा जिल्लाअन्तर्गत तराइको भूभागमा पर्ने मुख्य राजमार्ग छेउछाउको भूभागलाई एउटै मेगासिटी बनाउन लागिएको हो । प्रदेश एकका योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले तीन जिल्लाको राजमार्गलाई समेटेर मेगासिटी…
विराटनगर: प्रदेश नम्बर १ को सरकारले खोलाजन्य खानी पदार्थका लागि नयाँ कार्यविधि तयार गर्ने भएको छ। प्रदेशका मुख्यमन्त्री शेरधन राईले खोलाजन्य उत्खनन विषय पेचिलो भइरहेको उल्लेख गर्दै नयाँ कार्यविधि बनाएर त्यसको उत्पादन र सदुपयोग गरिने जानकारी दिएका हुन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा विराटनगरमा आयोजित प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँटसम्बन्धी छलफल कार्यक्रममा राईले उत्खननका लागि ठेक्का प्रणाली उपयुक्त नभएको उल्लेख…
विराटनगरः प्रदेश नम्बर १ को सरकारले चालु आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने गरी ल्याएको मुख्यमन्त्री ग्रामीण सडक योजना अन्तर्गतका ९० वटा सडकको टेन्डर सूचनासमेत निस्कन सकेको छैन। प्रदेश सरकारले कार्यविधि ढिलो गरी फागुनमा मात्र बनाएको हुँदा ग्रामीण क्षेत्रमा ९० वटा सडक निर्माण गर्ने ४० करोडको योजना अधूरो रहेको हो। मुख्यमन्त्री शेरधन राईको योजना र चाहनामा आएको मुख्य योजना नै प्रदेशमा…
विराटनगर : प्रदेश नम्बर १ अन्तर्गतका प्रादेशिक कार्यालयमा २ हजार ४ सय कर्मचारी हुनुपर्नेमा १ हजार ५ सयमात्र छन्। कर्मचारी समायोजन प्रभावकारी हुन नसक्ता र प्रदेश सरकारले नै लोकसेवा आयोग गठन गरेर निजामति कर्मचारी भर्ना नगरेका कारण प्रदेशमा ९ सय कर्मचारी अझै अपुग भएका हुन्। भर्खरै सरुवा भई आएका प्रदेश नम्बर १ का प्रमुख सचिव सुरेश अधिकारीले प्रदेशमा अझै ९…
विराटनगरः नेपाली काङ्ग्रेसको देउवाइतर समूहले नेपाल महिला सङ्घको दुई दिने प्रशिक्षणमार्फत् मोरङमा शक्ति प्रदर्शन गरेको छ। आइतबार मध्याह्न १२ बजेदेखि अपराह्न ७ बजेसम्म चलेको उद्घाटन समारोहमा देउवाइतर सबैजसो मुख्य केन्द्रीय नेता उपस्थित थिए। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले बोल्दा कार्यक्रम स्थल वीरेन्द्र सभागृहको हल ७० प्रतिशत खाली भइसकेको थियो। कार्यक्रममा महामन्त्री शशाङ्क कोइराला, पूर्व महामन्त्री कृष्ण सिटौला, डाक्टर रामशरण महत,…
विराटनगर: प्रदेश नम्बर १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आफ्नो क्षेत्राधिकार बाहिर गएर करोडौँ खर्च गरिरहेको छ। मन्त्रालयले क्षेत्राधिकार बाहिर गएर ७० वटा एम्बुलेन्स खरिद, दुर्व्यसनविरूद्धको म अघि बढ्छु भन्ने कार्यक्रम र सीमा क्षेत्रका १३ स्थानमा सशस्त्र प्रहरीलाई चौकी बनाउन दिने लगायतका योजनामा खर्च गर्न लागेको हो। एम्बुलेन्स खरिद गर्ने कार्य आन्तरिक मामिला तथा कानुन मन्त्रालयको क्षेत्राधिकारभित्र छैन। तर…
विराटनगरः प्रदेश नम्बर १ को स्थायी राजधानी विराटनगर हुने भएको छ। प्रदेश नम्बर १ को प्रदेश सभाले सोमबार स्थायी राजधानीको विषय मतदानमार्फत टुङ्ग्याएको हो। प्रदेश सभाका कुल ९३ मतमा विराटनगर स्थायी राजधानीका पक्षमा ८६ मत परेको थियो। विपक्षमा कसैले मतदान गरेनन्। स्थायी राजधानीका लागि कुल सांसद् सङ्ख्याको दुई तिहाइ मत आवश्यक पर्छ। जसअनुसार ६२ मतले दुई तिहाइ हुनेमा ८६ मत…
विराटनगर: एक महिना अवधिमा तीनभन्दा बढी जति पटक कार्यपालिकाको बैठक गरिए पनि स्थानीय तहका जनप्रतिनिधिहरूले बढीमा तीन पटककोमात्र भत्ता पाउँदै आएका छन्। यो व्यवस्था अब खारेज हुने प्रक्रियामा पुगेको छ, कार्यपालिकाको बैठक जति पटक भयो उति नै पटकको भत्ता उनीहरूले पाउने कानुनी व्यवस्था प्रदेश नम्बर १ को सरकारले गर्न लागिरहेको छ। प्रदेश नम्बर १ को सरकारले कानुनमा परिमार्जन गर्दै हालको सेवा…
विराटनगर: एक नम्बर प्रदेश सभाका सात छुट्टाछुट्टै विषयगत समितिमा सभापतिको निर्वाचन निर्विरोध सम्पन्न भएको छ। एक नम्बर प्रदेश सभाको शुक्रबार भएको निर्वाचनबाट सातै सभापतिको चयन निर्बिरोध सम्पन्न भएको हो। प्रदेश सभा सचिवालयका निमित्त सचिव तथा मुख्य निर्वाचन अधिकृत अम्बिकाप्रसाद चौलागार्इंले सात वटै विषयगत समितिका सभापति सर्वसम्मतिले चयन भएको जानकारी दिए। मुख्य निर्वाचन अधिकृत चौँलागाईंका अनुसार न्यायप्रशासन तथा विधायन…