A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6a7edfba08f222.01897648): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6a7edfba08f222.01897648,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

|| PahiloPost | PahiloPost.com - News Portal from Nepal ||
PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

  • माधव नेपालजीहरूको असन्तुष्टि कुन रुपमा प्रस्तुत हुन्छ भन्न सकिन्न : प्रकाशशरण महत (अन्तर्वार्ता)

    माधव नेपालजीहरूको असन्तुष्टि कुन रुपमा प्रस्तुत हुन्छ भन्न सकिन्न : प्रकाशशरण महत (अन्तर्वार्ता)

    पछिल्ला दिनहरू सकसपूर्ण बन्दै गएका छन्। कोभिड-१९ को बढ्दो संक्रमण र त्यसलाई रोक्न असफल सरकार। देशको अधिकांश हिस्सा निषेधाज्ञामा। कोरोना भाइरस विरुद्धको खोप अनिश्चित नै। अस्पताल भरिएर बिरामी भुँइदेखि आँगनसम्मै। कतै बेड त कतै अक्सिजनकै अभाव। उपचार नपाउँदा ज्यान गुमाउने उत्तिकै। यस्तो विषम अवस्थामा सरकार आफ्नो सत्ता जोगाउन विश्वासको मत लिने तयारीमा छ। सत्ताले लत्तो नै छाडिसक्यो। तर, प्रतिपक्ष पनि…

    विस्तृतमा पढ्नुस्

  • वैकल्पिक सरकारबारे पत्रकारलाई देउवाको प्रश्न : अविश्वासको प्रस्ताव केका लागि गर्ने हो?,एमसीसीबारे प्रचण्डसँग कुनै सम्झौता नभएको दाबी

    वैकल्पिक सरकारबारे पत्रकारलाई देउवाको प्रश्न : अविश्वासको प्रस्ताव केका लागि गर्ने हो?,एमसीसीबारे प्रचण्डसँग कुनै सम्झौता नभएको दाबी

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैकल्पिक सरकार गठनका लागि आफ्नो पार्टीमा संख्या नपुग्ने दोहोर्‍याएका छन्। आज आफ्नै निवास बुढानिलकण्ठमा कोरोना संक्रमण रोकथामका लागि सरकारसँग ११ बुँदे माग प्रस्तुत गर्दै यस्तो बताएका हुन्। देउवाले सरकार गठनका लागि कांग्रेसले चाहेर मात्र नहुने अडान दोहोर्‍याएका थिए। 'संख्या पुग्नुपर्‍यो नि। संख्या पुगेको छैन। चाहेर हुन्छ?'  सभापति देउवाले भने। 'अविश्वासको प्रस्ताव दर्ता गर्न…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको चरित्र दुई टाउके सर्पको : ज्योतिषको जोखना र सत्तासँगको हिमचिममै बित्यो वर्ष

    कांग्रेसको चरित्र दुई टाउके सर्पको : ज्योतिषको जोखना र सत्तासँगको हिमचिममै बित्यो वर्ष

    काठमाडौं : सर्प विज्ञहरुका अनुसार बेलाबेला प्रकृतिमा दुई टाउके सर्पको जन्म हुन्छ। वर्ष २०७६ को अन्त्यतिर हुनुपर्छ नेपालमा पहिलोपटक 'ब्यान्डेड् कुक्री' प्रजातिको दुई टाउके सर्प भेटिएको थियो। सोही वर्षको माघतिर करेत प्रजातिको दुई टाउके सर्प पनि भेटियो। तर यस्तो दुई टाउके सर्पको आयु धेरै नहुने अनुसन्धानकर्ता कमल देवकोटाले बताए। किन त? देवकोटाले भने, 'हिँडडुल गर्न गाह्रो हुन्छ। खाना खान लडाईँ…

    विस्तृतमा पढ्नुस्

  • सत्ताको ललिपपमा लुटुपुटिएका देउवा

    सत्ताको ललिपपमा लुटुपुटिएका देउवा

    नेपालको राजनीतिमा नैतिकताको प्रश्न आफैँमा दुर्लभ विषय हो। सबै ठाउँमा भागवण्डाको संस्कृति यसरी हुर्किएको छ कि त्यसले सत्ता र प्रतिपक्षमा भेद भेटिन्न। भेद त राजनीतिक दलका सिद्धान्तमा पनि मरिसकेको छ। सिद्धान्तलाई कमिसनले ढपक्कै ढाकिसकेको छ। आदर्शलाई अर्थले दपेचिसकेको छ। त्यसैले सर्वसत्तावादको मोह सत्ता र प्रतिपक्ष दुवैतिर व्याप्त छ। त्यसैको सिकार बनिरहेको छ मुलुकको राजनीति। सत्ता हाकिरहेका केपी शर्मा ओली हुन्…

    विस्तृतमा पढ्नुस्

  • 'दुवै हातमा लड्डु...' भन्दा भन्दै 'लद्दु' बनेको काँग्रेस : 'बिहाइन्ड द सिन'मै मस्त हुँदा भाँसियो धरातल

    'दुवै हातमा लड्डु...' भन्दा भन्दै 'लद्दु' बनेको काँग्रेस : 'बिहाइन्ड द सिन'मै मस्त हुँदा भाँसियो धरातल

    काठमाडौं : 'प्रधानमन्त्रीमा बसिरहने केपी शर्मा ओलीले राजनीतिक र नैतिक आधार गुमाइसके।' कम्युनिस्ट सरकारको विरोध गर्दै यस्तै आशयमा काँग्रेसका नेताहरुले बोल्न थालेको धेरै भइसक्यो। सरकारको आलोचना गरेर यस्तै भाषा फलाक्ने नेताहरुको सूचीको लम्बाई केन्द्रीय समितिको भन्दा लामो भइसक्यो। सभापति शेरबहादुर देउवा हुन् या वरिष्ठ नेता रामचन्द्र पौडेल, कुनै न कुनै मञ्चमा ओलीको शासन गर्ने हैसियत जोख्दै र तौलँदै कड्किँदै स्वर…

    विस्तृतमा पढ्नुस्

  • जन्मदिनमा ओलीलाई धक्का, किन फाप्दैन ओलीलाई बर्थडे ?

    जन्मदिनमा ओलीलाई धक्का, किन फाप्दैन ओलीलाई बर्थडे ?

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली मंगलवार जन्मदिन मनाउँदै थिए। जन्मदिनमा देशका प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका ओलीको व्यस्तता बढ्ने नै भयो। ओलीले आज पहिले बालुवाटारमै पारिवारिक भेटघाटमा जन्मदिन मनाए। जन्मदिन मनाउने क्रममा श्रीमती राधिका शाक्यको परिवारले ओलीलाई नेवारी परम्परा अनुसार अण्डा, माछा र अय्ला सगुन दिएका थिए। त्यसपछि ओलीले बालबालिकाहरुसँग जन्मदिन मनाए। नक्सालस्थित बालमन्दिर पुगेर…

    विस्तृतमा पढ्नुस्

  • सेटिङको सकस : जाँतोमा जनता

    सेटिङको सकस : जाँतोमा जनता

    राजनीति क्रमश: अराजनीति बन्दैछ। भिडमा शक्तिको प्रदर्शन जारी छ। सभाहरुमा निम्नकोटीका शब्द प्रहार र कटाक्ष चलिरहेको छ। धम्कीका भाषा उत्तिकै उछिट्टिरहेका छन्। चेतावनीका स्वरमा 'सेटिङ' शब्द अनिवार्य बन्न थालेको छ। सत्ता आफैँ सडक प्रदर्शनमा उत्रिएको छ। सत्तारुढ दलको एउटा हिस्सा यसै पनि आन्दोलनमै छ। प्रमुख प्रतिपक्षी दलका नेताको अभिव्यक्तिले 'सेटिङ'कै संकेत गर्छ। हुँदा हुँदा प्रधानमन्त्री केपी शर्मा ओली आफैँले विराटनगरमा…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेतृत्वको दुईथरि दाबी : देउवा भन्छन् -चुनाव हुन्छ, हुन्छ, पौडेल भन्छन् -हुनेवाला छैन

    कांग्रेस नेतृत्वको दुईथरि दाबी : देउवा भन्छन् -चुनाव हुन्छ, हुन्छ, पौडेल भन्छन् -हुनेवाला छैन

    काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको मतभेद पुनः सतहमा देखिएको छ। शुक्रबार दुई नेताले फरक-फरक कार्यक्रममा फरक दाबी पेस गरे। नुवाकोट पुगेर देउवाले जसरी पनि चुनाव हुनेमा जोड दिए भने धरान पुगेर पौडेलले यो चुनाव हुनै नसक्ने ठोकुवा गरे। देउवा चुनाव हुनेमा यति विश्वस्त देखिए कि उनले चुनावको विपक्षमा रहेकालाई राजनीति छाड्न सल्लाहसमेत दिन भ्याए।…

    विस्तृतमा पढ्नुस्

  • तस्करको तारोमा सोझा सालक, कडा सजाय तोकिँदा पनि सबैभन्दा बढी मारिने र बेचिनेमा किन?

    तस्करको तारोमा सोझा सालक, कडा सजाय तोकिँदा पनि सबैभन्दा बढी मारिने र बेचिनेमा किन?

    काठमाडौं : मानिसलाई आक्रमण गर्न नसक्ने जनावरका रुपमा चिनिने सालक पछिल्लो दिनमा तस्करको तारो बन्दै गएको छ। अति संकटापन्न अवस्थामा पुगेका सालक मारिने र बेचिने क्रम बढ्दो छ। कतैबाट आक्रमण भए सालक भाग्दैन बरु भकुण्डोको आकारमा गुडुल्किएर बस्छ। सजिलै समाउन सकिने र सोझो प्रकृतिको हुन्छन् सालक। त्यसैले होला दैनिकजसो सालक मारिने र समातिने क्रम बढेको। राष्ट्रिय अनुसन्धान ब्युरो(सिआइबी)मा मात्र सालकका…

    विस्तृतमा पढ्नुस्

  • 'नेपाली शिक्षकबाट विद्यार्थीलाई धोकैधोका'

    'नेपाली शिक्षकबाट विद्यार्थीलाई धोकैधोका'

    बेलायतको शिक्षा प्रणाली कस्तो रहेछ त? यही प्रश्न बोकेर गत फेब्रुअरीमा लन्डन पुगेका थिए बाल साहित्यकार विजयराज आचार्य। त्यतिबेला कीर्तिपुरस्थित शुभकामना एकेडेमीका प्रिन्सिपलसमेत रहेका आचार्यले १० दिन त्यहाँका स्कुलहरुको शिक्षण प्रणाली र पाठ्यक्रमको अवस्था हेरे। कक्षा कक्षामा पुगेर विद्यार्थीको पढाई र शिक्षकको खटाई हेरे। अनि नेपालको शिक्षा प्रणालीसँग दाँजे, 'ओहो पाठ्यक्रममा त खासै भिन्नता छैन। तर शिक्षकहरु चाहि औधी खट्ने…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री 'अफर' छाडी देउवाको 'अर्जुन दृष्टि' चुनावमै! कसको 'रणनीति'मा अघि बढ्दैछन् उनी?

    प्रधानमन्त्री 'अफर' छाडी देउवाको 'अर्जुन दृष्टि' चुनावमै! कसको 'रणनीति'मा अघि बढ्दैछन् उनी?

    कुनै बेला कलाकार र कमेडियनहरु जब रंगमञ्चमा आउँथे उनीहरु आफ्नो प्रहसनको सकेसम्म भिडियो नखिचिदिन आग्रह गर्थे। किनकि उक्त प्रदर्शन मिडिया, सामाजिक सञ्जालबाट क्षणमै देशविदेश पुग्थे। जसले गर्दा नयाँ मञ्चका लागि नयाँ प्रहसन तयार गर्न बाध्य हुन्थे उनीहरु। नयाँ प्रहसन तयारी गर्न कलाकारलाई हप्तौं लाग्थ्यो। सामाजिक सञ्जालमा एउटा पोस्टका कारण उनीहरुको मिहिनेत खेर जान सक्छ नेताहरुमा पनि यही नियम लागू हुन्छ।…

    विस्तृतमा पढ्नुस्

  • धर्नामा बसेका नेविसंघ नेतालाई कांग्रेस शीर्ष नेताबाटै गुटको घोचपेचः 'दिनभरि करायो, निर्णयमा मागै हरायो'

    धर्नामा बसेका नेविसंघ नेतालाई कांग्रेस शीर्ष नेताबाटै गुटको घोचपेचः 'दिनभरि करायो, निर्णयमा मागै हरायो'

    काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय समिति सुरु हुनुअघि नै केन्द्रीय कार्यालय सानेपामा नेपाल विद्यार्थी संघका कार्यकर्ता प्ले कार्डसहित धर्नामा उभिएका थिए। मंगलबार १ बजे केन्द्रीय समिति तोकिएको थियो। सभापति शेरबहादुर देउवा आइनपुगेकाले केन्द्रीय समिति अनिश्चित बनेको थियो। तैपनि नेताहरु भने फट्टफुट्ट आउने क्रम जारी रह्यो। आफ्नै संगठन निर्माण गर्न आफ्नै पार्टी कार्यालय कति धाउनु? विधानसम्मत चलायमान नेविसंघ निर्माण हुँदा नेपाली…

    विस्तृतमा पढ्नुस्

  • तीन दिने सडक आन्दोलनको तयारीमा काँग्रेस, १ बजे डाकिएको केन्द्रीय समिति बैठक ४ बजे सुरु

    तीन दिने सडक आन्दोलनको तयारीमा काँग्रेस, १ बजे डाकिएको केन्द्रीय समिति बैठक ४ बजे सुरु

    काठमाडौं : प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाली काँग्रेसले तीन दिने सडक आन्दोलनको कार्यक्रम गर्ने तयारी गरेको छ। आज पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिले आन्दोलनको कार्यक्रम घोषणा गर्न लागेको हो। तीन दिनको सडक आन्दोलन हुने नेपाली काग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिए। माघ १९ गते भातृ संगठन, २४ गते शुभेच्छुक सस्था र ३० गते जिल्लामा आन्दोलनको घोषणा गर्ने तय भएको नेता घिमिरेले…

    विस्तृतमा पढ्नुस्

  • देउवालाई सात पटक प्रधानमन्त्री बन्छन् भन्ने ज्योतिषको नजरमा अब नयाँ प्रधानमन्त्री को?

    देउवालाई सात पटक प्रधानमन्त्री बन्छन् भन्ने ज्योतिषको नजरमा अब नयाँ प्रधानमन्त्री को?

    काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको 'ह्याप्पी लुक्स' दुर्लभ मानिन्छ। गएको प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा यस्तै एउटा दुर्लभ दृश्य कैलालीमा देखिएको थियो। चुनावी सभाकै क्रममा २०७४ कात्तिक ३० गते धनगढीमा पत्रकारहरुसँग उनी यसरी खुले कि, उपस्थित पत्रकारहरुमेत अचम्ममा परे। त्यसको ठीक एकदिन अघि गोरखा पुगेका तत्कालीन नेकपा एमालेका अध्यक्ष रहेका केपी शर्मा ओलीले ठोकुवा गरेका थिए - देउवा काँग्रेसका…

    विस्तृतमा पढ्नुस्

  • जंगी देउवा, शाही ओली : को भीष्म, को कौरव?

    जंगी देउवा, शाही ओली : को भीष्म, को कौरव?

    'महाभारतका भीष्मको रूपमा नरहनुहोला है प्लिज!' नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिजो शनिबार एक जना कार्यकर्ताबाट भाषण गर्दा गर्दै पाएको सुझाव हो यो। 'के रे?' देउवाले पनि सोधिहाले। ती कार्यकर्ता पनि के कम। दोहोर्‍याइहाले, 'नेपाली महाभारतमा भीष्मको रूपमा नरहनुहोला के।' त्यसपछि देउवा जंगिए, 'दोहोरो कुरा गर्ने होइन के, दोहोरो कुरा गर्ने होइन।' देउवाले चुनावमा जान तयार हुनुपर्छ भनेपछि भाषण सुन्नेकै…

    विस्तृतमा पढ्नुस्

  • जागरण अभियान चलाएर पनि निन्द्रामै काँग्रेस : जोश न जाँगर

    जागरण अभियान चलाएर पनि निन्द्रामै काँग्रेस : जोश न जाँगर

    काठमाडौं : कोभिड-१९ महामारी नआएको भए सायद नेपाली काँग्रेस यतिबेला महाधिवेशनको रन्कोमा हुने थियो। प्रदेश अधिवेशन पुस १५ गतेका लागि तोकिएको थियो। यसैको लागि दौडधुपमा लागेको हुन्थे काँग्रेसका नेताहरु। गएको वर्षको माघ १३ गते केन्द्रीय समितिले केन्द्रीय महाधिवेशनको मिति तोकेको थियो - फागुन ७ गतेका लागि। त्यसपछि पनि महाधिवेशनको मिति फेरबदल भयो। पुस ११ गते तोकिएको मितिमा केन्द्रीय महाधिवेशनको मिति यथावत थियो -…

    विस्तृतमा पढ्नुस्

  • देउवाको प्रस्तावमा काँग्रेसले १ सय ६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने निर्णय

    देउवाको प्रस्तावमा काँग्रेसले १ सय ६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने निर्णय

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विषयलाई लिए प्रमुख प्रतिपक्षी दल  नेपाली काँग्रेसले १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ। आउँदो पुस १३ गते ती निर्वाचन क्षेत्रमा विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। 'यो काँग्रेस एक्लैले प्रदर्शन गर्न लागेको हो,' प्रवक्ता शर्माले भने।  पार्टी सभापति शेरबहादुर देउवाको प्रस्तावमा विरोध…

    विस्तृतमा पढ्नुस्

  • सरकारको विरोधमा उत्रेको काँग्रेस राजावादीविरुद्ध गरम, हिन्दु राष्ट्रको पक्षमा नरम: शीर्ष नेता कसले के भने?

    सरकारको विरोधमा उत्रेको काँग्रेस राजावादीविरुद्ध गरम, हिन्दु राष्ट्रको पक्षमा नरम: शीर्ष नेता कसले के भने?

    काठमाडौं: प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सोमबार देशभर सरकारको विरोधमा प्रदर्शन गर्‍यो। कम्युनिस्टको सर्वसत्तावाद लागू भएको आरोप लगाउँदै नेपाल कम्युनिस्ट पार्टीको सरकारविरुद्ध आन्दोलनमा उत्रिएको काँग्रेस शीर्ष नेताहरु राजावादीविरुद्ध गरम देखिए भने हिन्दु राष्ट्रको पक्षमा नरम देखिए। २०६२/०६३ को जनआन्दोलनसँगै देश गणतन्त्रमा गइसकेको छ। नयाँ संविधान जारी भएसँगै देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन सुरु भएपछि राजतन्त्र समाप्त भयो र हिन्दु राष्ट्रबाट…

    विस्तृतमा पढ्नुस्

  • सरकारको दिमाग नभएको भन्दै रत्नपार्कमा मुमुर्रिए रामचन्द्र पौडेल : राजावादीलाई प्रश्न, 'तिमीहरुले कस्तो राजा ल्याउन खोजेको?'

    सरकारको दिमाग नभएको भन्दै रत्नपार्कमा मुमुर्रिए रामचन्द्र पौडेल : राजावादीलाई प्रश्न, 'तिमीहरुले कस्तो राजा ल्याउन खोजेको?'

    काठमाडौं : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओली नेतृत्वको सरकारसँग कुनै योजना र 'आइडिया' नभएको आरोप लगाएका छन्। काँग्रेसले आज काठमाडौंको रत्नपार्कमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले नेपाल कम्युनिस्ट पार्टीको सरकारसँग कुनै योजना नभएको आरोप लगाएका हुन्। 'सरकारले काम गरेन। यिनीहरुसँग आइडिया छैन। कुनै योजना छैन। चुनावमा हामी जनतासँग यसको हिसाब माग्छौ,' पौडेलले भने। पौडेलले सम्बोधनको क्रममा तनहुँमा पुल उद्घाटन गर्न…

    विस्तृतमा पढ्नुस्

  • सम्झनामा भीमबहादुर तामाङ : पूर्वश्रीमतीलाई नमस्कार गरेर भोट मागे होलान्?

    सम्झनामा भीमबहादुर तामाङ : पूर्वश्रीमतीलाई नमस्कार गरेर भोट मागे होलान्?

    नेपाली काँग्रेसको बाह्रौ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिए भीमबहादुर तामाङले। त्यही मेसोमा भेट्न उनको निवास पुग्नु थियो मलाई। ‘नयाँ बानेश्वरको थापागाउँमा आइपुगेपछि राधेश्याम अधिकारीको घर सोध्नु, मेरो बसाँई त्यहीँ हो,’ मलाई भेट्ने समय पनि दिए। पूर्वमन्त्रीहरुलाई सम्बोधन गर्न मलाई निकै गाह्रो हुने। ‘मन्त्री ज्यू’ कसरी भनौं ?  दाई भनौ धेरै पाको, अंकल भनौं या हजुरबुवा भनौं वा नेताज्यू। यसअघि कहिल्यै नभेटेकोले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell