PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • बालुवाटारबाट कतिञ्जेल भ्रम फैलाइरहने प्रधानमन्त्रीज्यू, के सरकार साँच्चै नै बेबारिसे बनेको हो?

    बालुवाटारबाट कतिञ्जेल भ्रम फैलाइरहने प्रधानमन्त्रीज्यू, के सरकार साँच्चै नै बेबारिसे बनेको हो?

    प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार तेस्रो सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भने : हिजो झै आज सडकमा न सडक बालबालिका छन्। न सडकमा सहयोगापेक्षी मानवहरु छन्। न भिखमगुवाहरु छन्। जगजाहेर छ - सत्तासीन सहर काठमाडौंमा एक छाक खानका लागि भिख मग्नेहरुको गाँस खोस्न सरकार कसरी लागिपरेको थियो। 'के यसरी जबरजस्ती समस्याको समाधान हुन्छ?'…

    विस्तृतमा पढ्नुस्

  • 'राति राति ओलीलाई भेट्ने देउवा'लाई अफर : सहयात्रीबाट अप्ठेरो पर्दा प्रतिपक्षी रिझाउने ओली अस्त्र

    'राति राति ओलीलाई भेट्ने देउवा'लाई अफर : सहयात्रीबाट अप्ठेरो पर्दा प्रतिपक्षी रिझाउने ओली अस्त्र

    बहुमतको डोजर लगाएर मनपरी विभाग गठन गर्ने, पार्टीभित्रको प्रतिपक्षीको आवाज सुन्दै नसुन्ने, पार्टीलाई उचित नेतृत्व प्रदान गर्न नसकेको। यस्तै आरोप नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले खेपिरहेका छन्। आफ्नै नेतृत्वको सरकारले निर्वाचन गराउँदा पनि नराम्ररी हारेको दाग त छँदै छ देउवामाथि। यसैमाथि कोरोना भाइरसको महामारीमा सरकार छाडा बनेको छ। जनताको कुरा सुनेकै छैन। विभिन्न तरिकाले भ्रष्टाचारमा लिप्त छ सरकार। तर, प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • सरकारको पछिल्ला पाँच कदम जसले कोरोना संक्रमण व्यापक फैलिँदै

    सरकारको पछिल्ला पाँच कदम जसले कोरोना संक्रमण व्यापक फैलिँदै

    पछिल्लो दिनहरुमा कोभिड-१९(कोरोना भाइरस) व्यापक रुपमा फैलिने आँकलन गरिएको छ। कोभिड-१९ संक्रमण फैलाउने जोकोहीलाई सरकारले ६ महिना कैद सजाय हुने चेतावनी दिएको छ। तर देशमा लकडाउन शुरु भएदेखि सरकारले जुन कदम चालेका छन् यसबाट संक्रमण फैलाउन सरकार नै अघि बढेको देखिन्छ। औषधि किन्न जाने बिरामीदेखि साइकल लिएर हिँड्ने सर्वसाधारणलाई लाठी बर्षाइयो भने पहुँचवाला खुलमखुल्ला हिँड्दा पनि छुट दिइयो। कोरोना संक्रमितको…

    विस्तृतमा पढ्नुस्

  • फेरि देउवालाई नै नेतृत्व सुम्पे काँग्रेस इतिहासको पानामा सीमित हुन्छ : बलबहादुर केसी

    फेरि देउवालाई नै नेतृत्व सुम्पे काँग्रेस इतिहासको पानामा सीमित हुन्छ : बलबहादुर केसी

    कोरोना महामारीका कारण नेपाली काँग्रेसको १४ औं महाधिवेशन अनिश्चित बनेको छ। आउँदो फागुन ७ देखि हुने भनिएको महाधिवेशनको कार्यातालिकाको औपचारिक शुरुवात कातिक १६ बाट हुन्छ। तर त्यसका लागि क्रियाशील सदस्यता वितरण र समायोजन प्रक्रिया नै टुंगो लगाएको छैन। गत निर्वाचनमा नराम्ररी हारेको काँग्रेस यसपटकको महाधिवेशनमार्फत पुनर्जागरणमा जाने भनिए पनि नेताहरुमा जोश जाँगर देखिँदैन। सभापति शेरबहादुर देउवाकै कारण यो अवस्था आएको…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटार आफैँ भयो आइसोलेट : टेर्दैनन् जनता, सुन्दैन सरकार

    बालुवाटार आफैँ भयो आइसोलेट : टेर्दैनन् जनता, सुन्दैन सरकार

    'यस महामारीबाट नेपालभित्र कुनै पनि व्यक्तिको ज्यान जाने अवस्था आउन नदिन सरकार दृढतापूर्वक लागेको छ।' जेठ २ गते संघीय संसदको संयुक्त सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले वाचन गरेको नीति तथा कार्यक्रमको ३७ औं नम्बरमा उल्लेख सरकारी वाचा हो यो। राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम वाचन गरेकै भोलिपल्ट नेपालमा कोभिड-१९ संक्रमणका कारण एक सुत्केरी महिलाको ज्यान गएको पुष्टि भयो। जबकि महामहिम राष्ट्रपतिले…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीसामु किन निर्विकल्प हुन् युवराज खतिवडा? वाध्यता र परिबन्धको यस्तो छ साङ्लो

    प्रधानमन्त्री ओलीसामु किन निर्विकल्प हुन् युवराज खतिवडा? वाध्यता र परिबन्धको यस्तो छ साङ्लो

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको निगाहमा दोस्रो पटक अर्थमन्त्री बनेका डाक्टर युवराज खतिवडा यस्ता चामत्कारिक व्यक्तित्व भएका प्रतिभा हुन् जसले १५ दिनको अन्तरमा दुईवटा पद पाए। सिंगो नेपाल कम्युनिस्ट पार्टीभित्र अर्थशास्त्री र प्राज्ञहरुको चरम अभाव छ भन्ने यसले पुष्टि पनि गरेको छ। किनकि प्रधानमन्त्रीको नजरमा दलमा खतिवडा जति विलक्षण प्रतिभाका धनी कोही छैन। मन्त्रिपरिषदको बैठकमा सूचीकृत नै नभएको विषय…

    विस्तृतमा पढ्नुस्

  • काँग्रेसका महामन्त्री शशांक कोइरालाको आइसीयूमा उपचार, राति नै पुर्‍याइयो अस्पताल

    काँग्रेसका महामन्त्री शशांक कोइरालाको आइसीयूमा उपचार, राति नै पुर्‍याइयो अस्पताल

    काठमाडौं : कोभिड १९ संक्रमित नेपाली काँग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला अस्पताल भर्ना भएका छन्। उनको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि राति नै उनलाई अस्पताल लगिएको हो। 'सात दिनदेखि लगातार ज्वरो आइरहेको थियो। अस्पताल लैजाँदा नै ठीक हुन्छ भन्ने डाक्टरको सुझाव अनुसार अस्पताल लगिएको हो,' कोइरालाको पारिवारिक स्रोतले भन्यो। उनलाई राजधानीको ओम अस्पताल पुर्‍याइएको हो। उनलाई अहिले आइसीयूमा राखेर उपचार थालिएको…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसका तीन नेताको निचोड : फागुनमा महाधिवेशन हुँदैन

    कांग्रेसका तीन नेताको निचोड : फागुनमा महाधिवेशन हुँदैन

    काठमाडौँ: नेपाली कांग्रेसको १४‍औँ महाधिवेशन अब फागुनमा नुहने लगभग निश्चित जस्तै भएको छ। बुधबार विपी कोइरालाको १०७औँ जन्म जयन्तीको अवसरमा  'विपीको विचार नेपालको समुन्नतिको मुल बाटो' विषयमा आफ्नो धारणा राख्दै कांग्रेस शीर्ष नेताहरुले यस्तो सन्देश दिएका हुन्। कांग्रेस केन्द्रले आयोजना गरेको कार्यक्रममा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले यसबारे छलफल गर्न केन्द्रीय समिति डाक्नुपर्ने सुझाव सभापति शेरबहादुर देउवालाई दिए। पढ्नुस्ः फागुनमा महाधिवेशन…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसमा धमाधम विभाग विस्तारको देउवा 'फर्मुला': रणनीतिक 'मुभ' कि छ कुनै औचित्य?

    कांग्रेसमा धमाधम विभाग विस्तारको देउवा 'फर्मुला': रणनीतिक 'मुभ' कि छ कुनै औचित्य?

    काठमाडौं : तोकिएकै समय हुने हो भने १४ औं महाधिवेशन संघारमा आइपुगेको छ नेपाली काँगेस। यही छेको पारेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा धमाधम विभाग विस्तारमा लागिपरेका छन्। गएको सातामात्र देउवाले दुई विभागको विस्तार गरे। भदौ १७ गते देउवाले पार्टी प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेको सूचना, सञ्चार तथा प्रचार विभागमा ४८ जना सदस्य मनोनित गरे। त्यसको भोलिपल्ट भदौ १८…

    विस्तृतमा पढ्नुस्

  • नेपाल एयरलाइन्सको एउटा गम्भिर भूल जसले पुर्‍यायो २ सय ११ जना कोभिड-१९ नेगेटिभ भएकालाई क्वारेन्टाइन

    नेपाल एयरलाइन्सको एउटा गम्भिर भूल जसले पुर्‍यायो  २ सय ११ जना कोभिड-१९ नेगेटिभ भएकालाई क्वारेन्टाइन

    काठमाडौं : फागुनमा जापान घुम्न पुगेका बुबाआमा नेपाल फर्कने भएपछि सुमन घिमिरे बुधवार लमजुङबाट एम्बुलेन्स रिजर्भ गरेर सीधै विमानस्थल पुगे। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जापानको नरिताबाट उडेको नेपाल एयरलायन्सको विमान साँझ ६ बजे ल्यान्ड हुँदै थियो। एक महिनाका लागि जापान पुगेका बुबाआमा लकडाउनका कारण झन्डै ६ महिना उतै बस्नुपरेको थियो। बुबा भीष्मकान्त र आमा सबिता विरामी भएकाले सुरक्षित रुपमा घर लैजाने…

    विस्तृतमा पढ्नुस्

  • कोभिड १९ मुक्त भएपछि वाग्मती प्रदेश सभा उपसभामुख राधिका भन्छिन् : म संक्रमित हुँदा छोरो दङ्ग

    कोभिड १९ मुक्त भएपछि वाग्मती प्रदेश सभा उपसभामुख राधिका भन्छिन् : म संक्रमित हुँदा छोरो दङ्ग

    काठमाडौं : वाग्मती प्रदेश सभाकी उपसभामुख राधिका तामाङ कोभिड-१९ संक्रमणबाट मुक्त भएकी छिन्। उपसभामुख तामाङ र उनका ९ वर्षीय छोरा रिदमलाई भदौ १ गते कोभिड-१९ संक्रमण पुष्टि भएको थियो। दुवै जनाको रिपोर्ट आइतवार राति भने नेगेटिभ आएको छ। कोभिड-१९ पुष्टि भएपछि उनी हेटौंडास्थित आफ्नै निवासमा आइसोलेसनमा बसेकी थिइन्। पहिलो पटक जाँच गर्दा उपसभामुख तामाङमा कोरोना नेगेटिभ देखिएको थियो। नुवाकोट दुप्चेश्वर…

    विस्तृतमा पढ्नुस्

  • काँग्रेसमा लिगेसीका तीन पिल्लर : सभापतिको रेसमा कहाँ छ यिनको स्थान?

    काँग्रेसमा लिगेसीका तीन पिल्लर : सभापतिको रेसमा कहाँ छ यिनको स्थान?

    काठमाडौं : नेपाली काँग्रेसलाई यतिबेला १४ औं महाधिवेशनले छोपेको छ। गाउँदेखि केन्द्रसम्म महाधिवेशन केन्द्रित गतिविधि बढ्न थालेका छन्। नेता कार्यकर्ताको भेट बाक्लिएको छ। गएका सबै तहका निर्वाचनमा नराम्ररी हार व्योहोरेको काँग्रेस यतिखेर ‘गर या मर’को अवस्थामा पुगेको छ। आउँदो निर्वाचनमा जनमत आफ्नो पक्षमा पार्न नसक्ने हो भने काँग्रेसको अस्तित्वविहीन यात्रातिर हुनेछ। पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वलाई रुचाउनेहरु काँग्रेसभित्र भेटिने कठिन…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोकको लिदी पहिरो : स्थानीय भन्छन् ४० जनाभन्दा बढी बेपत्ता

    सिन्धुपाल्चोकको लिदी पहिरो : स्थानीय भन्छन् ४० जनाभन्दा बढी बेपत्ता

    काठमाडौं : सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा २ स्थित लिदीमा पहिरो खस्दा कम्तीमा २१ घर पहिरोले पुरिएको छ। पहिरोमा परी ४० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्। प्रहरी आइपुग्न पनि तीन घन्टा लाग्न सक्ने स्थानीय कान्छा तामाङले बताए। १३ जना जतिको पहिरोबाट उद्धार गरिसकिएको उनले घटनास्थलबाट जानकारी गराए। 'धेरै जसो परिवारको कोही निस्कन पाएन। ४० जना जति बेपत्ता छन् जस्तो लाग्छ,'…

    विस्तृतमा पढ्नुस्

  • पार्टी देउवाको कब्जामा छ, एक्लाएक्लै गए सकिन्छौं : रामचन्द्र पौडेल

    पार्टी देउवाको कब्जामा छ, एक्लाएक्लै गए सकिन्छौं : रामचन्द्र पौडेल

    नेपाली काँग्रेसको प्रतिपक्षीका रुपमा चिनिन्छन् वरिष्ठ नेता रामचन्द्र पौडेल। काँग्रेसमा पार्टी सभापति शेरबहादुर देउवाको गतिविधिमाथि कठोर रुपमा अभिव्यक्ति दिन्छन् पौडेल। पार्टी सभापतिको कार्यशैलीलाई उनी 'निरंकुश' भन्छन्। त्यसैले देउवा विरोधी गुटका नेताहरु पौडेलतिर निकट देखिन्छन्। नेपाली काँग्रेसको १४ औं महाधिवेशन नजिकिँदा देउवाविरोधी खेमाहरु काँग्रेसमा एकैतिर देखिन थालेका छन्। आउँदो महाधिवेशनमा पौडेललाई देउवा पक्षका सम्भावित प्रतिद्वन्द्वीका रुपमा हेरिएको छ। त्यसो त देउवाइतर…

    विस्तृतमा पढ्नुस्

  • पार्टीको हालत लथालिंग बनाएको देउवाले नै हो, असफल भइसकेकालाई ल्याए राम्रो हुँदैन : प्रकाशमान सिंह

    पार्टीको हालत लथालिंग बनाएको देउवाले नै हो, असफल भइसकेकालाई ल्याए राम्रो हुँदैन : प्रकाशमान सिंह

    यतिबेला नेपाली काँग्रेस १४ औं महाधिवेशनको तयारीमा जुटेको छ। पार्टीका नेता तथा कार्यकर्ता आउँदो ४ वर्षका लागि नयाँ नेतृत्व छान्ने दौडधुपमा लागिसकेका छन्। मंसिर मसान्तसम्ममा क्रियाशील सदस्यताको टुंगो लागिसक्नुपर्ने बाध्यता काँग्रेससामु छ। कोरोना महामारी आइनपरेको भए यतिबेला काँग्रेसले यो काम सकिसक्थ्यो। यद्यपि, काँग्रेस महाधिवेशनकै मेलोमा पसिसकेको छ। महाधिवेशन नजिकिएकै बेला सभापति शेरबहादुर देउवाले विभागहरु विस्तार गरिरहेका छन् भने उनी इतरका…

    विस्तृतमा पढ्नुस्

  • देउवाजी रातीराती भेट्न जान्छन्, हाम्रो महाधिवेशनमा ओलीले हस्तक्षेप गर्छन् : शशांक कोइराला

    देउवाजी रातीराती भेट्न जान्छन्, हाम्रो महाधिवेशनमा ओलीले हस्तक्षेप गर्छन् : शशांक कोइराला

    नेपाली काँग्रेसको १४ औं महाधिवेशन नजिकिँदा पार्टीभित्रको माहोल तातिएको छ। पार्टी सभापति शेरबहादुर देउवाले धमाधम विभाग विस्तार गर्न थालेका छन्। यता उनको विरोधमा उनी इतरका नेताहरु बैठक गरेरै भर्त्सना गर्नेक्रम पनि बढेको छ। १३ औं महाधिवेशनमा पौडेल प्यानलबाट महामन्त्री बनेका बीपीपुत्र शशांक कोइराला पनि पछिल्लो समय देउवाको चर्को विरोधमा उत्रिएका छन्। तीनै तहको निर्वाचनमा नराम्ररी हार ब्योहोरेका जिम्मा देउवामाथि थोपरेको…

    विस्तृतमा पढ्नुस्

  • महाधिवेशनपछि गुट उपगुट हट्नुपर्थ्यो, त्यो हटेन : विमलेन्द्र निधि (अन्तर्वार्ता)

    महाधिवेशनपछि गुट उपगुट हट्नुपर्थ्यो, त्यो हटेन : विमलेन्द्र निधि (अन्तर्वार्ता)

    प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई विस्तारै महाधिवेशनको चटारोले छोप्दैछ। आउँदो फागुनमा हुने १४ औं महाधिवेशनको तयारीमा काँग्रेसको केन्द्रदेखि गाउँ तहसम्म तात्न सुरु भएको छ। कोरोना कहरका बीच पार्टीका विभिन्न इकाई हाँक्नेदेखि केन्द्रीय नेता र पदाधिकारीका आकंक्षीहरुको चहलपहल अहिले राजधानीदेखि गाउँसम्मै देखिन थालेको छ। नेताहरुले सम्पर्क कार्यालय खोल्न थालेका छन्। यसै सन्दर्भमा पार्टीका उपसभापति एवं नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिसँग…

    विस्तृतमा पढ्नुस्

  • जोशीलाई कारबाहीपछि काँग्रेसमा किचलो, महाधिवेशनको माहोल बिग्रने डरले तैँ चुप मै चुप

    जोशीलाई कारबाहीपछि काँग्रेसमा किचलो, महाधिवेशनको माहोल बिग्रने डरले तैँ चुप मै चुप

    काठमाडौं : नेपाली काँग्रेस अनुशासन समितिले पूर्व सह-महामन्त्रीसमेत रहेका काँग्रेस नेता गोविन्दराज जोशीलाई शनिवार कारबाही गर्‍यो। पाँच वर्षसम्मका लागि पार्टीबाट निस्कासन गरेपछि जोशीले मुलधारे काँग्रेसलाई लखेट्न थालिएको अभिव्यक्ति दिए भने वरिष्ठ नेता रामचन्द्र पौडेललाई तोकेरै कुत्सित् भावना भएका व्यक्ति भएको आरोप लगाए। महासमिति सदस्य समेत रहेका जोशीले भोलिपल्ट १७ बुँदे स्पष्टिकरण बुझाए अनुशासन समितिलाई। जोशीले आफूले वरिष्ठ नेता पौडेलविरुद्ध वागी…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड प्रवृत्ति : माधव नेपालको हतियार कि ओलीको मतियार? (ब्लग)

    प्रचण्ड प्रवृत्ति : माधव नेपालको हतियार कि ओलीको मतियार? (ब्लग)

    देश सेमी लकडाउन छ। लकडाउनमा सुनसान देखिएका सडकमा जाम पर्न थालेको छ। तर पनि अगुवा र पछुवासहित बीचमा सेतो कार बिना रोकटोक हुइँकिरहेको छ। नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई 'खुमलटार टु बालुवाटार' गर्न अप्ठेरो छैन, किनकि प्रहरीका अगुवा र पछुवा भ्यानले बाटो क्लियर गरिहाल्छन्।  बेलाबेला उनी शीतल निवास पनि पुगिरहेकै छन्। कोटेश्वर, भैंसेपाटीतिर बेलाबेला नजर लगाउन भ्याइरहन्छ।…

    विस्तृतमा पढ्नुस्

  • कुनै बेला 'सिन्धुपाल्चोकमा घर छ, मलाई के को डर छ?' अहिले भने विपदले बदनाम

    कुनै बेला 'सिन्धुपाल्चोकमा घर छ, मलाई के को डर छ?' अहिले भने विपदले बदनाम

    सिन्धुपाल्चोक जिल्लामा मो च्याङ्बाको घर छ मैच्याङ… सानैबाट मुखमा बसेको गीत हो यो। रामचन्द्र काफ्लेको पप रिमिक्समा कम्मर भाँचेको यी गीतका असली सर्जकबारे पछिमात्र थाह पाएँ। काठमाडौं भित्रिएपछि चिनजान भएका मित्रदेखि अग्रजहरुले घर कता भनी सोध्दा जवाफ हुन्थ्यो - सिन्धुपाल्चोक। अनि उनीहरुको जवाफ हुन्थ्यो यही गीत। तातोपानी नाका, तातोपानी धारा, दुगुनागढी, बन्जी जम्प, भोटेकोशी र्‍याफ्टिङ, मेलम्ची खोला, हेलम्बु क्षेत्र, भोटेचौर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell