PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

  • न्युयोर्कमा कोरोनासँग लडाई जितेका नेपाली भन्छन् : रक्सी नखानु, रोग नलुकाउनु

    न्युयोर्कमा कोरोनासँग लडाई जितेका नेपाली भन्छन् : रक्सी नखानु, रोग नलुकाउनु

    काठमाडौं : यतिबेला अमेरिकाको न्युयोर्क कोभिड - १९ को नयाँ इपिसेन्टर बनेको छ। अमेरिकामा मृत्युदर बढ्दा न्युयोर्कमा मात्रै चीनमा भन्दा धेरैको मृत्यु भइसकेको छ कोभिड - १९ ले। न्युयोर्कमा रहेका केही नेपालीहरुमा पनि कोरोनाको संक्रमण फैलिएको छ भने चार जनाको मृत्यु भइसकेको छ। यसैबीचमा एक जना नेपाली कोरोनासँग लडाई जितेर फर्केका छन्। न्युयोर्क लङ आइल्यान्ड जुइस अस्पतालमा छ दिनको उपचारपछि…

    विस्तृतमा पढ्नुस्

  • कोक्रोमा कोचिएको कांग्रेसले किन खोज्यो सत्ताको डोरी र मध्यावधिको जोरी? सरकारको विरोध बिथोल्ने गरी कसको इशारामा बोल्दैछन् नेताहरु?

    कोक्रोमा कोचिएको कांग्रेसले किन खोज्यो सत्ताको डोरी र मध्यावधिको जोरी? सरकारको विरोध बिथोल्ने गरी कसको इशारामा बोल्दैछन् नेताहरु?

    काठमाडौँ: कोरोना भाइरस संक्रमण फैलन नदिन देश लकडाउनमा छ। यही मेसोमा स्वास्थ्य सामाग्री खरिद प्रकरणको अनियमितता बाहिर आयो। विवादपछि खरिद प्रक्रिया नै रद्द गरेको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दियो। सरकारले सेनालाई नयाँ खरिद प्रक्रिया अघि बढाउने जिम्मेवारी सुम्पियो।  भारी मुल्य अन्तरमा किनिएका स्वास्थ्य सामाग्रीका कारण पनि जनता असन्तुष्ट छन्। यही बेला जनताले सरकारको कडा प्रतिरोध गर्न थालेका थिए। प्रतिपक्षीको…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस-कम्युनिस्ट सरहको बन्ने लक्ष्य बोकेको राप्रपा : एकतापछि कति बलियो? यस्तो छ गणितीय अवस्था

    कांग्रेस-कम्युनिस्ट सरहको बन्ने लक्ष्य बोकेको राप्रपा : एकतापछि कति बलियो? यस्तो छ गणितीय अवस्था

    काठमाडौं : फागुन २८ गते राष्ट्रिय सभागृहमा राप्रपाको एकता घोषणा भयो। भोलिपल्ट तीनै जना अध्यक्षले पदभार ग्रहण गरे। पदभारपछि अध्यक्ष कमल थापाले राप्रपालाई कांग्रेस कम्युनिस्ट सरह देशको प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यका साथ पार्टी एक भएको दाबी गरे। वैकल्पिक शक्तिका रूपमा उदाउने भनी दाबी गरिएको पार्टी कांग्रेस र कम्युनिस्ट सरह बन्न कति सजिलो छ? हेरौँ मुख्य निर्वाचनहरूमा राप्रपाको…

    विस्तृतमा पढ्नुस्

  • महाधिवेशनका लागि सिटौलाको 'मोटिभेसन क्याम्प', गगन र प्रदीपले दिए साथ दिने वचन : उमाकान्त नआउँदा यस्तो स्पष्टीकरण

    महाधिवेशनका लागि सिटौलाको 'मोटिभेसन क्याम्प', गगन र प्रदीपले दिए साथ दिने वचन : उमाकान्त नआउँदा यस्तो स्पष्टीकरण

    काठमाडौं : अर्को वर्षको फागुनमा नेपाली कांग्रेसको १४ औं महाधिवेशन हुँदैछ। विश्वभर कोरोना महामारीको त्रास फैलिए पनि कांग्रेस पार्टीमा भने यतिबेला महाधिवेशनकै रन्को लाग्न थालेको छ। आगामी नेतृत्वमा दाबी गर्ने उद्देश्यका साथ कांग्रेसका नेताहरु यतिबेला आफ्नो पक्षलाई बलियो बनाउने अभियानमा लागेका छन्। कांग्रेसको महाधिवेशन प्रक्रिय सुस्त भए पनि नेताहरुको अभियान तीव्र छ। यही सिलसिलामा कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका कृष्णप्रसाद सिटौलाले सोमबार…

    विस्तृतमा पढ्नुस्

  • सत्ताको मह चाख्‍न पार्टी फुटाल्नेहरुको एकता : कतिञ्जेल अटाउलान् एकै घारमा?

    सत्ताको मह चाख्‍न पार्टी फुटाल्नेहरुको एकता : कतिञ्जेल अटाउलान् एकै घारमा?

    पूर्व पञ्चहरुको पार्टी भनेर चिनिएको राप्रपाहरुको बुधवार राष्ट्रिय सभागृहमा एकता भयो। सत्ताको स्वाद चुस्ने लोभले टुक्रिँदै गएको राप्रपाका नेताहरुलाई गणतन्त्र अफापसिद्ध भएपछि बल्ल एकै घारमा भेला गरायो। राजतन्त्र हुँदा चौथो/पाँचौं शक्तिका रुपमा उभिने राप्रपाका नेताहरुले प्रधानमन्त्री पद पनि हत्याइरहेका थिए। हलो र गाई देखाएर हिन्दुको नारा फलाक्दै दोस्रो संविधानसभासम्म पनि राप्रपाले राज गरेकै हो। तर, गणतन्त्रले राप्रपालाई उप प्रधानमन्त्रीमाथि नपत्याइदिएपछि…

    विस्तृतमा पढ्नुस्

  • मिडियामा कोरोना कभरेज : भाइरसभन्दा फैलिँदो डर

    मिडियामा कोरोना कभरेज : भाइरसभन्दा फैलिँदो डर

    पछिल्ला दिनहरुमा न्युजरुममा हरेक दिन कोरोना भाइरससम्बन्धी १०/१५ वटा समाचार पढ्नैपर्ने बाध्यता आइपरेको छ। अनि त्यस्तै समाचार पाठकसामु पस्कने जिम्मेवारी पनि। समाचारहरु कुनै आफ्नै देशका त कुनै विदेशका। चीनको वुहानबाट आउटब्रेक भएर विश्वभर फैलेको कोरोना भाइरस (कोभिड १९) को सुरुवाती दिनदेखि नै यस्ता समाचारमा प्राथमिकता दिनुहुन्न जस्तो लाग्थ्यो। न्युज रुममा यसबारे छलफल भएको पनि हो। तर, विश्वका चर्चित भनिएका मिडियाले…

    विस्तृतमा पढ्नुस्

  • बाँस्कोटाको 'भव्य' भनिएको घर खोज्न बालकोटदेखि टीकाथली पुग्दा, तर…

    बाँस्कोटाको 'भव्य' भनिएको घर खोज्न बालकोटदेखि टीकाथली पुग्दा, तर…

    काठमाडौं : आइतबार प्रधानमन्त्री केपी शर्मा ओली तेह्रथुमस्थित आफ्नो जन्मघरमा ६९ औँ जन्मदिनको केक काट्दै गर्दा भक्तपुरस्थित निवास भने सुनसान देखिन्थ्यो। ओलीका तीन घरमध्ये दुई घरमा राष्ट्रिय झन्डा फहराइरहेको थियो। माझघरमा एकजना सुरक्षाकर्मी देखिन्थे। भित्र कुनै चहलपहल थिएन। हामी 'अडियो काण्ड'का कारण बिहीवारमात्र राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको नयाँ घरको खोजीमा यहाँसम्म आइपुगेका छौँ। हामीलाई सूचना थियो…

    विस्तृतमा पढ्नुस्

  • रामचन्द्र पौडेलको दृष्टिकोणमा ७० करोड काण्डमा प्रधानमन्त्री ओली पनि ! भन्छन् : जनताले दिएको मत बाँदरको हातमा नरिवाल

    रामचन्द्र पौडेलको दृष्टिकोणमा ७० करोड काण्डमा प्रधानमन्त्री ओली पनि ! भन्छन् : जनताले दिएको मत बाँदरको हातमा नरिवाल

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार संस्थागत भ्रष्टाचारमा अगाडि बढेको दावी गरेका छन्। ७० करोड घुस प्रकरणमा मन्त्रीमात्र सीमित नहुने तर्क गर्दै उनले जनताको मत बाँदरको हातमा नरिवल झै भएको टिप्पणीसमेत गरे। सामाजिक लोकतन्त्र अध्ययन केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा उनले मुलुक कम्युनिस्टकरणति अगाडि बढेको दावी गरे। 'समावेशी, समानुपतिक नेकपालाई अल्झो भएको छ। कार्यकारी यिनै…

    विस्तृतमा पढ्नुस्

  • मुना र जगदीशको त्यो `रातो टालो´ चाङ्ला खोलामा बगाइदिए महेन्द्रले

    मुना र जगदीशको त्यो `रातो टालो´ चाङ्ला खोलामा बगाइदिए महेन्द्रले

    मुना गाग्रीमा पानी बोकेर घरतिर आउँदै थिइन्। तीन जनाको समूह लिएर आएका एक जनाले 'देउताको धजा' फालिदिए उनलाई। देउताको धजाले लागेपछि अब मुनाले कि त धजा हान्ने केटासँग बिहे गर्नुपर्ने हुन्छ कि त अर्कैसँग भाग्नुपर्छ। मुनाको प्रेम त जगदीशसँग चल्दै थियो। तर धजा लाग्यो अर्कैको। त्यसैले रातो टालो फाल्दै सबैलाई झट्कार्दै घरतिर अघि बढ्छिन् मुना। मुना हिँडिसकेपछि जगदीश र महेन्द्र…

    विस्तृतमा पढ्नुस्

  • दुबईको डेरा पुग्दा हत्कडीसहित आए प्रहरी अनि सोधे : दिस इज माई कन्ट्री, ह्वाइ यु कम हेयर? (दुबई डायरी ८)

    दुबईको डेरा पुग्दा हत्कडीसहित आए प्रहरी अनि सोधे : दिस इज माई कन्ट्री, ह्वाइ यु कम हेयर? (दुबई डायरी ८)

    डिसेम्बर ५। भोलि काठमाडौं फर्कने दिन। युनियन नजिकैको अल गुरेअर सेन्टरमा रहेको क्यालिफोरमा पुग्यौं हामी। घरका लागि केही सामान लियौं। त्यसपछि भीम भाइ ड्युटीतिर लागे। म भने एक जना नेपालीलाई यतै भेट्ने तयारीका साथ बसेंँ। नाम दिइएको थियो - कुल मगर। ओभर स्टेमा रहेका उनी आफ्नो पीडा सुनाउन चाहन्थे। उनलाई भेट्न म यहाँको बस प्रतीक्षालयभित्र पसेंँ। बस प्रतीक्षालय वातानुकूलित अनि वाइफाइसहितको। यही फोन…

    विस्तृतमा पढ्नुस्

  • सरकारको विरोधमा मण्डलामा कांग्रेसका भातृ संगठन : महिलालाई खै मञ्च? भन्दै नेविसंघ नेतृको आक्रोश

    सरकारको विरोधमा मण्डलामा कांग्रेसका भातृ संगठन : महिलालाई खै मञ्च? भन्दै नेविसंघ नेतृको आक्रोश

    काठमाडौं : शुक्रवार माइतीघरमा नेपाल विद्यार्थी संघले अख्तियारले हालै माउ पार्टी नेपाली काँग्रेसका उपसभापति विजय गच्छदारविरुद्ध दायर गरेको मुद्दाको विरोधमा सभा आयोजना गर्‍यो। विरोध सभा तरुण दलका अध्यक्ष जितजंग बस्नेत, प्रजातान्त्रिक सेनानी संघका अध्यक्ष, मगर संघका अध्यक्ष लगायतले सरकार र अख्तियारको विरोधमा मन्तव्य राखे। तर, महिला नेतृलाई भने मञ्चमा मन्तव्य राख्ने ठाउँ दिइएन। मञ्चमा महिलालाई आसन र भाषण पछिल्लोपटक चर्चाको…

    विस्तृतमा पढ्नुस्

  • सरकारविरुद्ध माइतीघर मण्डलामा कांग्रेसको विरोध प्रदर्शन : ‘टंगालको अख्तियार अब बालुवाटारमा राखे हुन्छ’

    सरकारविरुद्ध माइतीघर मण्डलामा कांग्रेसको विरोध प्रदर्शन : ‘टंगालको अख्तियार अब बालुवाटारमा राखे हुन्छ’

    काठमाडौं : बालुवाटार जग्गा प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा पार्टीका उपसभापति विजय कुमार गच्छदारविरुद्ध मुद्दा चलाएको भन्दै नेपाली कांग्रेसले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। कांग्रेस निकट तरुण दल, नेविसंघलगायतका संघहरुका नेताहरुको विरोध प्रदर्शनमा उल्लेख्य सहभागिता रहेको थियो विरोध कार्यक्रममा तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आक्रोश पोख्दै अख्तियारलाई बालुवाटारमा राख्न सुझाव दिए। उनले भने, ‘टंगालको अख्तियार अब बालुवाटारमा राखे हुन्छ, केपी ओलीले।…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको प्रश्न : कुनै मान्छे अपहरणको ४ वर्षपछि फिर्ता ल्याउँदा मुद्दा लगाइन्छ कि माला?

    कांग्रेसको प्रश्न : कुनै मान्छे अपहरणको ४ वर्षपछि फिर्ता ल्याउँदा मुद्दा लगाइन्छ कि माला?

    काठमाडौं : नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार माथि लगाइएको मुद्दामा आधिकारिक रुपमा मुख खोल्दै 'सबैलाई समान कानुन लागू' हुनुपर्ने अडान राखेको छ। नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने, 'कांग्रेसले विजय गच्छदारलाई उन्मुक्ति देउ भनेको होइन, कानुन सबैलाई समान लागोस्।' उनले सैद्धान्तिक र व्यवहारिक दुवै कुरामा स्पष्ट हुनुपर्ने तर्क…

    विस्तृतमा पढ्नुस्

  • बखुन्डोलको बीचमा आगलागी हुँदा यसरी मच्चियो भागदौड

    बखुन्डोलको बीचमा आगलागी हुँदा यसरी मच्चियो भागदौड

    ललितपुर : आज बिहान ललितपुरको बखुन्डोलमा रहेको एक कवाडी गोदाममा आगलागी भयो। बस्ती बीचमा आगो लागेपछि वरपर घरमा बसेकाहरु बालबालिका लिएर आत्तिँदै बाहिरिए। कतिपय भने ग्यास सिलिन्डर बाहिर निकाल्दै दौडिए। आगलागी भएको गोदाम नजिकका घरधनीहरु आफ्ना सवारी साधन आत्तिदै निकाल्दै थिए। बिहान करिब सवा १० बाट शुरु भएको आगलागी नियन्त्रणमा लिन प्रहरी, अग्नि नियन्त्रक बाहन र स्थानीयले प्रयास गरिरहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • कथाले मागेपछि : फालिएका थेसिस यसरी सजाउँदै डम्बर सर, स्मार्ट बन्दै टीयूको मानवशास्त्र विभाग

    कथाले मागेपछि : फालिएका थेसिस यसरी सजाउँदै डम्बर सर, स्मार्ट बन्दै टीयूको मानवशास्त्र विभाग

    अघिल्लो बिहीवार दिउँसोको २ बजे कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयस्थित घडी घरको प्राँगणमा न्यानो घाममा ढाड सेकाउँदै थिए विद्यार्थीहरु। 'विश्वविद्यालय क्याम्पस' लेखिएको बोर्ड भए पनि धेरैले घडी घर भनेरै चिन्ने रहेछन् यो भवनलाई। ठीक यही भवन अगाडि न्यानो घाम लागेको छ। फाँटमा कोही पढ्दै त कोही गफिँदै। बदाम पानी बेच्ने उनीहरुको सेवामा खटिएका छन्। त्यही भवनको भित्री भाग भने सुनसान। चिसोले होला, भित्री…

    विस्तृतमा पढ्नुस्

  • आक्रामक ओलीको डिफेन्सिभ डायलग : आलोचना सुन्न तयार

    आक्रामक ओलीको डिफेन्सिभ डायलग : आलोचना सुन्न तयार

    काठमाडौं : बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा गृहमा आयोजित पार्टीको पूर्ण केन्द्रीय कमिटीको बैठकमा झन्डै दुई घन्टा लामो सम्बोधन गरे। सम्बोधनका क्रममा ओली अघिल्ला भाषणहरुमा जस्तो आक्रामक देखिएनन्। पार्टीभित्रै एमसीसीको विषयमा खेपेका आलोचना, यति ग्रुपलाई उपलब्ध गराएको जग्गाका विषयमा खेपेका आलोचना र सीमा विवादको विषयले होला - निकै रक्षात्मक देखिए ओली। मृगौलाको डायलसिस गर्दै तांग्रिएका ओली मंगलवार प्रतिनिधिसभामा…

    विस्तृतमा पढ्नुस्

  • नेपालमै पहिलोपटक भेटियो दुई टाउके करेत सर्प, ६१ वर्ष अघि भेटिएको थियो भारतमा

    नेपालमै पहिलोपटक भेटियो दुई टाउके करेत सर्प, ६१ वर्ष अघि भेटिएको थियो भारतमा

    काठमाडौं : नेपालमा पहिलोपटक दुई टाउके करेत सर्प भेटिएको छ। सर्प अनुसन्धानकर्ता कमल देवकोटा र उनको समूहले दुई टाउको भएको सर्प फेला पारेका हुन्। सर्प मे, २०१८ मा पत्ता लागेको र अध्ययन पुरा गरी बल्ल प्रमाणित भएर लेख प्रकाशित भएको देवकोटाले बताए। रुपेन्देहीको बुटवलमा रहेका देवकोटाले भने, 'सर्प मे ८, २०१८ मा भेटिएको हो। यससम्बन्धी अध्ययन सकाएर दिएको लेख आठ…

    विस्तृतमा पढ्नुस्

  • 'ल्हो'को वर्ष गणनामा मनपरी, खरायोको ठाउँमा कसरी पस्यो बिरालो?

    'ल्हो'को वर्ष गणनामा मनपरी, खरायोको ठाउँमा कसरी पस्यो बिरालो?

    काठमाडौं : तामाङ समुदाय अहिले सोनाम ल्होछारको मुडमा छ। यसपटक जीवा अर्थात मुसा वर्ष। सामाजिक सञ्जालमा शुभकामना आदानप्रदानको होड चलिरहेकै छ। १२ वटा ल्हो (वर्ष) गणनाअनुसार मुसा वर्ग सबैभन्दा पहिलो वर्ग हो। अन्तिम चाहिँ सुँगुर। मुलत: चिनियाँ वर्ष गणनामा १२ जीवलाई पहिलो, दोस्रो र १२ औं गरी समावेश गरिएको छ। पहिलो-जीवा(मुसा) दोस्रो-लाङ(गोरु) तेस्रो-ताक(बाघ) चौथो-ह्योइ(खरायो) पाँचौ-ड्रुक(ड्रयागन) छैटौं-डुल(सर्प) सातौं-ता(घोडा) आठौं-लुक(भेँडा) नवौं-टे(बाँदर) दशौं-ज्या(चरा)…

    विस्तृतमा पढ्नुस्

  • सभामुखमा रोजिएका सापकोटाको अग्निपरीक्षा : 'लोकतन्त्रको मन्दिरमा अभियुक्त नै पुजारी?'

    सभामुखमा रोजिएका सापकोटाको अग्निपरीक्षा : 'लोकतन्त्रको मन्दिरमा अभियुक्त नै पुजारी?'

    काठमाडौं : लामो समयको रस्साकस्सीपछि नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले सभामुख पदको उम्मेद्वारमा अग्नि सापकोटालाई रोजेको छ। पूर्व मन्त्रीसमेत रहेका सापकोटा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आशिर्वाद पाएर उक्त पदको नजिकै पुगेका छन्। यद्यपि, सापकोटाको नाम सार्वजनिक भएलगत्तै द्वन्द्वकालसँग जोडिएको एउटा हत्याकाण्डको मुद्दा बहसमा आएको छ। काभ्रेका अर्जुन लामा हत्या अभियोगमा सापकोटामाथि लागेको मुद्दाको स्थिति छ : चलिरहेको। २०६२ वैसाख २१…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले सभामुखमा उम्मेद्‍वारी दिन्छ कि दिँदैन? यस्ता छन् दुई विकल्प

    कांग्रेसले सभामुखमा उम्मेद्‍वारी दिन्छ कि दिँदैन? यस्ता छन् दुई विकल्प

    काठमाडौं : प्रतिनिधि सभाको सभामुखमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेद्वार बनाउने निर्णय गरेसँगै उनको प्रतिस्पर्धी खोज्न थालिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सापकोटासँग भिड्न उम्मेद्वारी दिइने अनुमान धेरैले गरेका छन्। काँग्रेसका तर्फबाट संसदीय दलको सचेतक रहेकी पुष्पा भुसाललाई प्रतिपक्षी दलबाट उम्मेद्वार बनाइने बताइएको छ। यद्यपि, काँग्रेसले यसको औपचारिक निर्णय गरिसकेको छैन। यस विषयमा 'पर्ख रे हेर' को…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell