PahiloPost

May 15, 2024 | २ जेठ २०८१

  • उद्घाटन रोकेर ४३१ नम्बरको घरमा ४५ मिनेट किन बिताए ओलीले?

    उद्घाटन रोकेर ४३१ नम्बरको घरमा ४५ मिनेट किन बिताए ओलीले?

    चितवन: आज नेकपा (एमाले) को १०औँ महाधिवेशनको उद्घाटन सत्र। अध्यक्ष केपी शर्मा ओली नारायणी तीरमा बनेको महाधिवेशन मञ्चमा १२ बजे उक्लने कार्यतालिका थियो। तर ओली १२ बजे त्यहाँ पुगेनन्। महाधिवेशनका लागि ओली साढे १२ मा नारायणगढ पुगेका थिए। उनी केहीबेर मेनरोडमै अल्मलिए। महाधिवेशनस्थल पस्ने मुख्य गेट नजिकै रहेको मेनरोडको एक घरमा उनी साढे १२ बजे सुटुक्क उक्ले। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली…

    विस्तृतमा पढ्नुस्

  • चितवन पुगेर पनि केपी ओलीको बार्दलीबाट हाइ-हेल्लो

    चितवन पुगेर पनि केपी ओलीको बार्दलीबाट हाइ-हेल्लो

    चितवनः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चितवन पुगेर पनि बार्दलीबाट हाइ-हेल्लो गरेका छन्। नारायणगढस्थित रहेको मेन रोडको एक घरमा केही समय बिताएका उनले बार्दलीबाट हाइ-हेल्लो गरेका हुन्। महाधिवेशन उद्घाटन गर्न पुग्नुअघि ओली उक्त घरमा प्रवेश गरेका थिए। उनी उक्त घरमा पसेपछि कार्यकर्ता त्यहीँ ओइरेका थिए। सुरक्षाकर्मीलाई उक्त भीड सम्हाल्न मुस्किल परेको थियो। कार्यकर्ताको ओइरो लागेको थाहा पाएपछि दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • ओली, देउवा लगायतका नेताले भाषण दिइरहँदा नारायणी पुलमा अड्किए एम्बुलेन्स, अलपत्र परे सुत्केरीहरु

    ओली, देउवा लगायतका नेताले भाषण दिइरहँदा नारायणी पुलमा अड्किए एम्बुलेन्स, अलपत्र परे सुत्केरीहरु

    चितवन : नेकपा एमालेको १० औं महाधिवेशनका कारण बाटो अवरुद्ध हुँदा मध्य दिनदेखि नारायणी नदीको पुलमा एम्बुलेन्स रोकिएका छन्। अड्किएका अधिकांश एम्बुलेन्समा सुत्केरीहरु रहेका छन्।  नारायणी नदीको किनारामा एमालेको दशैं महाअधिवेशन जारी रहँदा पूर्व-पश्चिम राजमार्गको यस खण्डमा यातायात ठप्प छ। प्रधानमन्त्री शेरबहादुर देउवा देखि एमाले अध्यक्ष केपी शर्मा ओली र अन्य राजनीतिक दलका नेताले सभालाई सम्बोधन गरिरहँदा एम्बुलेन्समा अलपत्र परेकाहरु…

    विस्तृतमा पढ्नुस्

  • उत्तर प्रदेशमा मायावतीको हात्तीकै झल्को आउनेगरी चितवनमा ओलीको गैँडा ‘ब्रान्ड’

    उत्तर प्रदेशमा मायावतीको हात्तीकै झल्को आउनेगरी चितवनमा ओलीको गैँडा ‘ब्रान्ड’

    चितवन : भारतको उत्तर प्रदेशमा पटक पटक मुख्यमन्त्री बनेकी नेतृ मायावती प्रभुदासको पार्टी हो बहुजन समाज पार्टी। उनको पार्टीको चुनाव चिन्ह हो - हात्ती। दलित आन्दोलनमा चर्चामा आएसँगै पटकपटक मुख्यमन्त्री बनेकी मायावती यति चर्चामा छाइन् कि उनलाई कार्यकर्ताले 'बेहेनजी'को नामले पुकार्न थाले। उनको जन्मदिनलाई उत्सवका रुपमै मनाउन थालियो उत्तर प्रदेशमा। यतिमात्रमा सीमित भएनन् कार्यकर्ता। उनको देवत्वरकणमा लागे। त्यसपछि मायावतीको सालिक…

    विस्तृतमा पढ्नुस्

  • एमाले महाधिवेशन स्टेज नजिकै रातो कपडाले बेरेको सालिक कसको?

    एमाले महाधिवेशन स्टेज नजिकै रातो कपडाले बेरेको सालिक कसको?

    चितवन: नेकपा (एमाले) को १०औं महाधिवेशनको उद्घाटन चितवनको नारायणगढस्थित नारायणी किनारमा हुँदैछ। बिहीबार दिउँसो त्यसैको तयारी तीव्र रुपमा देखिन्थ्यो नारायणी तिरमा। स्टेज बनाउनेदेखि सरसफाइमा व्यवस्थापक खटिएको देखिन्थ्यो भने तयारी हेर्न नेता कार्यकर्ता पनि ओइरिएका थिए। यसै क्रममा अधिवेशन तयारी पूरा भएको जानकारी दिन प्रचार विभागका प्रमुख योगेश भट्टराईले पत्रकार सम्मेलन गरे। पत्रकार सम्मेलन अघिनै स्टेज पुग्नुअघि केही वर मदन भण्डारी,…

    विस्तृतमा पढ्नुस्

  • नेतृत्वमा देउवाका लागि मैदानमा सहज बनाउँदै पौडेल समूह

    नेतृत्वमा देउवाका लागि मैदानमा सहज बनाउँदै पौडेल समूह

    काठमाडौं : नेपाली कांग्रेस अहिले १४औँ महाधिवेशनको संघारमा छ। महाधिवेशन नजिकिँदा सबैभन्दा रोचक लडाईं सभापतिको पदमा हुने देखिएको छ। अहिले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा फेरि सभापतिमा दोहोरिने दाउमा छन्। संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधिको चुनौती छ देउवालाई। संस्थापन इतरमा देउवासँग को भिड्ने? मिलेर एक भएर लड्नुपर्छ भन्नेहरु अझै जुटेका छैनन्। बरु उनीहरु एकले अर्कोलाई नाङ्गो बनाउनतिर लागिपरेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस संस्थापन इतरको भेला : रामचन्द्र पौडेल नै सभापतिको साझा उम्मेद्वार! प्रकाशमान नहुँदा खल्लो

    कांग्रेस संस्थापन इतरको भेला : रामचन्द्र पौडेल नै सभापतिको साझा उम्मेद्वार! प्रकाशमान नहुँदा खल्लो

    काठमाडौं: नेपाली कांग्रेसमा जब भागबण्डाको कुरा आउँछ - संस्थापन पक्ष र संस्थापन इतर गरी भाग लगाउने। यो कांग्रेसको परम्परा जस्तै भइसक्यो। महाधिवेशनमा त झन् यसको रन्को नै बेग्लै छ। संस्थापन पक्षको नेतृत्व सभापति शेरबहादुर देउवाले गरिरहेका छन्। भने संस्थापनइ तरको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेल भनिए पनि चिराचिरा गुट छन्। १४औं महाधिवेशनको सम्मुखमा संस्थापन इतरबाट पौडेलसहित चार जनाले सभापतिमा उम्मेद्वारी…

    विस्तृतमा पढ्नुस्

  • मेलम्ची खानेपानीमा केपी ओलीले निकृष्ट व्यवहार गरे : खानेपानीमन्त्री चौधरी, 'अब नयाँ वर्षमा खुवाउन मिल्छ कि!'

    मेलम्ची खानेपानीमा केपी ओलीले निकृष्ट व्यवहार गरे : खानेपानीमन्त्री चौधरी, 'अब नयाँ वर्षमा खुवाउन मिल्छ कि!'

    काठमाडौं : बहुप्रतिक्षीत मेलम्ची खानेपानी विभिन्न कारणले चर्चामा छ। केपी ओली सरकारको समयमा कहिले परीक्षणबिनै पानी ल्याएर त कहिले गेट फुस्किएर चर्चामा रह्यो मेलम्ची। अघिल्लो असारको ३० गते पानी परीक्षणको क्रममा गेट फुस्किँदा दुई जनाको मृत्यु भएको थियो। दुर्घटनापछि पानी आउँछ कि आउँदैन? यसबारे अनेकन चर्चा भयो। तर, धरापमा परेको सरकारको नेतृत्व गरिरहेको ओलीले १० फागुन २०७७ मा मेलम्चीको सुरुङमा…

    विस्तृतमा पढ्नुस्

  • दुई पटक ‘१७ साल’ ल्याएका ओलीको बार्दली बर्बराहट!

    दुई पटक ‘१७ साल’ ल्याएका ओलीको बार्दली बर्बराहट!

    २०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित संसद् भंग गरेर ‘कु ’ गरेका थिए। त्यहीबेला प्रजातन्त्रको घाँटी निमोठियो र जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला जेल पुगे। प्रजातन्त्रको अन्त्य गरेर सुरु भएको निर्दलीय पञ्चायती व्यवस्था अन्त्य गर्न झन्डै ३० वर्ष लाग्यो। २०४६ सालको नागरिकको बलिदानीबाट बहुदलीय व्यवस्था पुनर्स्थापना भयो। अन्यथा नभए यही '१७ साल' हुनुपर्छ, आइतबार पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली सरकारमा पनि कांग्रेसको लगाम, ६ मात्रै सांसद भएर पनि मुख्यमन्त्री बने शाही

    कर्णाली सरकारमा पनि कांग्रेसको लगाम, ६ मात्रै सांसद भएर पनि मुख्यमन्त्री बने शाही

    काठमाडौं: ०७४ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा नराम्ररी हारेको कांग्रेस केन्द्रदेखि प्रदेशसम्म प्रतिपक्षमा बस्न बाध्य भयो। निर्वाचनमा हारको प्रतिरक्षा गर्दै कांग्रेसको झन्डै तीन वर्ष बित्यो। प्रतिपक्षमा पनि खासै कुशल भूमिका निभाउन नसकेको कांग्रेसलाई कम्युनिस्ट कलहले भने विस्तारै सत्ताको बागडोरतिर डोहोर्‍यायो। एकपछि अर्को गर्दै धमाधम सरकारको नेतृत्व पाउन थाल्यो कांग्रेसले। गत जेठ अन्तिममा कांग्रेसले गण्डकी प्रदेशको नेतृत्व पायो। जहाँबाट…

    विस्तृतमा पढ्नुस्

  • संघीयता केन्द्रीकृत भयो, सातै प्रदेशमा आ-आफ्नै प्रहरी तत्काल होस् : विमलेन्द्र निधि

    संघीयता केन्द्रीकृत भयो, सातै प्रदेशमा आ-आफ्नै प्रहरी तत्काल होस् : विमलेन्द्र निधि

    काठमाडौं : नेपाली कांग्रेसका उपसभापति तथा आसन्न महाधिवेशनमा सभापतिका प्रत्यासी विमलेन्द्र निधिले यतिखेर व्यवहारमा नियन्त्रित संघीयतामात्र लागू भएको बताएका छन्।  महेन्द्रनारायण निधि प्रतिष्ठानले आज आयोजना गरेको 'वर्तमान राजनीतिक अभ्यास र संविधान' विषयक कार्यक्रममा बोल्दै उपाध्यक्ष निधिले टोलका विकासका लागि पनि सिंहदरबारबाट निर्णय भइरहेको बताउँदै त्यसका लागि राजनीतिक दलहरुको कमजोरी रहेको सुनाए। केन्द्रीकृत शासन प्रणाली चलिरहेको उनको टिप्पणी थियो। संविधान जारी…

    विस्तृतमा पढ्नुस्

  • बिहानै खुसी देउवा भक्तपुर पुगेर किन एकाएक झोक्किए दुर्लभसँग?

    बिहानै खुसी देउवा भक्तपुर पुगेर किन एकाएक झोक्किए दुर्लभसँग?

    काठमाडौं : प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज पार्टीको वडा अधिवेशन शुरु हुने भएपछि बिहानै खुसी सुनिएका थिए। बिहानै भिडियो सन्देश जारी गर्दै देउवाले भनेका थिए, 'आज म निकै खुसी छु ८ लाखभन्दा बढी नेपाली कांग्रेसका क्रियाशील सदस्यहरु आजबाट १४ औं महाधिवेशनको प्रक्रियामा सहभागी हुनुभएको छ। मैले ती सबैको जोशजाँगर र सहयोगको अनुभुति गरिरहेको छु।' बिहानै खुसी सुनिएका…

    विस्तृतमा पढ्नुस्

  • देउवा विरुद्ध मोर्चाबन्दी सभामा रामचन्द्र देखिए ह्याप्पी, कोइराला दाजुभाइको ‘मुड अफ’

    देउवा विरुद्ध मोर्चाबन्दी सभामा रामचन्द्र देखिए ह्याप्पी, कोइराला दाजुभाइको ‘मुड अफ’

    काठमाडौं : नेपाली कांग्रेसको वडा अधिवेशन भोलिबाट हुँदैछ। यसैको पूर्व सन्ध्यामा संस्थापन इतरका नेताहरुले 'हामी एक हौं' भन्ने सन्देश दिन सानेपास्थित पार्टी मुख्यालयमा बिहीवार पत्रकार सम्मेलन आयोजना गरे। वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा रहेको संस्थाप नइतरले वडा अधिवेशन अघि नै सभापतिका साझा उम्मेद्वार तय गर्ने जनाएको थियो। पत्रकार सम्मेलनमा साझा उम्मेद्वार घोषणा हुने हो कि भन्दै मिडियाको भिड सानेपामा साढे एक…

    विस्तृतमा पढ्नुस्

  • देउवाविरुद्ध संस्थापन इतरका नेताहरु एक ठाउँमा, महाधिवेशनमा साझा उम्मेदवार ल्याउने घोषणा

    देउवाविरुद्ध संस्थापन इतरका नेताहरु एक ठाउँमा, महाधिवेशनमा साझा उम्मेदवार ल्याउने घोषणा

    काठमाडौं : नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा इतरको ठूलो समूहले एकीकृत हुँदै एकमात्र उम्मेद्वार अघि सार्ने प्रतिवद्धता जाहेर गरेको छ। 'हामी पार्टीभित्र चुनावमा एउटा मात्र उम्मेदवार बनाउँछौ भन्ने आश्वास्त पर्न चाहन्छु देशभरिका साथीहरूलाई,' पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेता रामचन्द्र पौडेलले भने।  पार्टी कार्यालय सानेपामा संस्थापन इतरको पत्रकार सम्मेलनमा बोल्दै उनले सभापतिमा देउवाविरुद्ध सामुहिक रुपमा प्रतिस्पर्धा गर्ने…

    विस्तृतमा पढ्नुस्

  • अहिलेसम्म कांग्रेस सभापतिमा तीन जनाको टक्कर, दाबेदार सबै नेविसंघ हाँकेकाहरु

    अहिलेसम्म कांग्रेस सभापतिमा तीन जनाको टक्कर, दाबेदार सबै नेविसंघ हाँकेकाहरु

    काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिरमा ९ बाट तोकिएको छ। लामो समयको रस्साकस्सी पछि हुन लागेको महाधिवेशनको आरम्भ भने यही १८ गते वडा अधिवेशनबाट हुँदैछ। यही क्रममा नेतृत्वका आकंक्षीहरुले धमाधम उम्मेद्वारी घोषणा शुरु गरेका छन्। भदौ ११ गते उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेद्वारी दिने उद्घोष गरे। सोही कार्यक्रममा पूर्वमन्त्री समेत रहेका 'राष्ट्र पूकार'का पूर्व सम्पादक होमनाथ दाहालले सम्झे -…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस सभापतिमा कल्याण गुरुङको उम्मेदवारी, यस्ता छन् उनका प्रतिवद्धता

    कांग्रेस सभापतिमा कल्याण गुरुङको उम्मेदवारी, यस्ता छन् उनका प्रतिवद्धता

    काठमाडौं : कल्याण गुरुङले १४ औं महाधिवेशनमा नेपाली कांग्रेसको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। अनामनगरस्थित युनियन हाउसमा एक कार्यक्रम गर्दै गुरुङले उम्मेदवारी घोषणा गरेका हुन्। कांग्रेस सत्तामा पुगे पनि जनताले केही परिवर्तन महसुस नगरेको उनले बताए। गुरुङले पार्टीमा व्यक्तिवाद हावी भएको आरोप समेत लगाए। 'कांग्रेस सत्तामा पुगेपछि ५ वर्ष टिकाउन सकेन। कांग्रेस सत्तामा गएपछि केही परिवर्तन आउँछ कि भनेको…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस महाधिवेशन गर्माउने गरी विमलेन्द्र निधिको सम्पर्क कार्यालय खुल्दाका १० दृश्य

    कांग्रेस महाधिवेशन गर्माउने गरी विमलेन्द्र निधिको सम्पर्क कार्यालय खुल्दाका १० दृश्य

    काठमाडौं : शुक्रवार नयाँ बानेश्वरको थापागाउँको मुल सडकमा मध्यान्हतिर एकाएक ट्राफिक जाम भयो। थापागाउँको बानेश्वर ब्याङ्क्वेट अगाडि ट्राफिक प्रहरीलाई मोटरगाडी भित्रतिर पसाउन र सडक खुकुलो बनाउन हम्मेहम्मे भइरहेको थियो। कांग्रेस उपसभापति विमलेन्द्र निधिले यही ब्याङ्क्वेटलाई रोज्दै सम्पर्क कार्यालय उद्घाटन गर्ने कार्यक्रम रहेकले नेतादेखि कार्यकर्ता आउने क्रमले केही समय अस्तव्यस्त नै बन्यो सडक। साढे १२ बजेका लागि कार्यक्रम तोकिए पनि निधि…

    विस्तृतमा पढ्नुस्

  • रुख चिह्नमा बहुमत ल्याउन आफूले सभापतिमा उम्मेदवारी दिएको निधिको भनाइ, 'कसैलाई पराजित गर्न होइन'  

    रुख चिह्नमा बहुमत ल्याउन आफूले सभापतिमा उम्मेदवारी दिएको निधिको भनाइ, 'कसैलाई पराजित गर्न होइन'  

    काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि विमलेन्द्र निधिले सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। थापागाउँस्थित बानेश्वर ब्याङ्क्वेटमा सम्पर्क कार्यालयको शुभारम्भ गर्दै निधिले उम्मेदवारीको औपचरिक घोषणा गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति निधिले आउने चुनावमा नेपाली काँग्रेसको रुख छापमा बहुमत ल्याउन उम्मेदवारी दिएको बताए। उनले आफ्नो उम्मेदवारी कसैलाई पराजित गर्न नभएको समेत बताए। 'कसैलाई पराजित गराउन उम्मेदवारी दिएको…

    विस्तृतमा पढ्नुस्

  • क्रियाशील सदस्यता विवादको प्रतिवेदन आफैँ बुझेका पौडेल फेरि किन पुगे अनशनको समर्थनमा?

    क्रियाशील सदस्यता विवादको प्रतिवेदन आफैँ बुझेका पौडेल फेरि किन पुगे अनशनको समर्थनमा?

    काठमाडौँ: नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले मंगलबारबाट पार्टी मुख्यालय सानेपामा विरोधस्वरुप धर्ना र अनशन सुरु गरेका छन्। मंगलबार एक घण्टा धर्ना बसेका जिल्ला सभापतिहरुले बुधबारबाट रिले अनसन थाले। जसमा माग थिए- क्रियाशील सदस्यताको सूची प्रकाशन गरियोस्। तल्लो तहबाट सिफारिस भएर आएका क्रियाशील सदस्यको नाम काटेर केन्द्रमै थपिएकाले सच्चाइयोस्। जिल्ला सभापति हुन बनाइएको दुईथरी मापदण्ड खारेज होस्। माग जायज भएको भन्दै नेता…

    विस्तृतमा पढ्नुस्

  • देउवाकै जिल्ला सभापति मल्लको चेतावनी :१४ औं महाधिवेशन कोतपर्व नहोस्

    देउवाकै जिल्ला सभापति मल्लको चेतावनी :१४ औं महाधिवेशन कोतपर्व नहोस्

    काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरु १४ औं महाधिवेशन नजिकिँदा आन्दोलित बनेका छन्। क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्नुपर्ने मागसहित उनीहरुले पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज धर्ना दिए। धर्नालाई कांग्रेस केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा शेखर कोइराला, गगन थापा लगायतका नेताहरुले एक्यबद्तासमेत जाहेर गरे। कांग्रेस जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता विवरण सार्वजनिक गर्न भने पनि सँगै तीन माग राखेका छन्। जिल्ला सभापतिहरुको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell