काठमाडौं : पछिल्ला तीस दिनमा मात्र नेपालमा अघिल्ला महिनासम्मको तुलनामा कोरोना भाइरस संक्रमित ७७.८४ प्रतिशतले बढेका छन्। साउन ८ गते देशभर १८ हजार ३ सय ७४ जना कोभिड-१९ का संक्रमित पहिचान भएकोमा भदौ ८ गते यो संख्या बढेर ३२ हजार ६ सय ७८ पुगेको छ। यो एक महिनामा देशभर १४ हजार ३ सय ४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। त्यस्तै, एक…
काठमाडौं : वागमती प्रदेशमा पछिल्लो दुई सातामा २७ सय बढी कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। संक्रमण पुष्टि भएकामध्ये दुई साता अगाडि साउन २४ मा संक्रमितको संख्या प्रदेशमा संक्रमितको संख्या एक हजार ६ सय ३७ थियो। साउन २५ देखि भदौ ६ सम्म २ सय ६४ प्रतिशतले संक्रमितको संख्या बढ्दै ४ हजार ३ सय २१ पुगेको वागमतीको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा…
काठमाडौं : प्रदेश ५ मा लक्षण सहितका कोभिड-१९ संक्रमितको संख्या बढ्दै जान थालेपछि उपचारका लागि आइसीयू सहितका अस्पतालको अभाव हुन थालेको छ। कोभिड-१९ संक्रमितको उपचारका लागि भनेर लुम्विनी प्रादेशिक अस्पताल मातहत सञ्चालित कोभिड विशेष अस्पताल धागो कारखानाका आइसीयू भरिएको छ। प्रदेश ५ मा चार वटा कोभिड-१९ विशेष अस्पताल सञ्चालनमा छ। अहिलेसम्म बुटवलको धागो कारखानामा निर्माण भएको अस्थायी अस्पतालमा मात्र संक्रमितको आइसीयूमा राखेर…
काठमाडौं : पछिल्लो समय कोभिड-१९ संक्रमण पुष्टि हुनेमा लक्षणसहितका संक्रमितहरु बढी देखिन थालेका छन्। हाल प्रदेश ५ मा रहेका एक्टिभ केसमध्ये करिब २० प्रतिशत लक्षणसहितका संक्रमित रहेको स्वास्थ्य निर्देशनालय प्रदेश ५ को तथ्यांकमा उल्लेख छ। शुक्रवार साँझको तथ्यांकअनुसार प्रदेशमा एक हजार ५६ जना संक्रमित उपचारका क्रममा रहेका छन्। हालसम्म प्रदेशमा पाँच हजार ४३९ जनामा संक्रमण पुष्टि भएको छ। कुल एक्टिभ…
काठमाडौं : काठमाडौं उपत्यका अहिले कोभिड-१९ संक्रमणको हटस्पट बन्दै गएको छ। नेपालमा रहेका ७७ जिल्लामध्ये सबैभन्दा बढी कोभिड-१९ संक्रमित काठमाडौंमै छन्। संघीय सरकारको तर्फबाट अहिलेसम्म काठमाडौं, ललितपुर र भक्तपुरमा ५ सय १८ वेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको तथ्यांक मन्त्रालयसँग छ। मुलुकको केन्द्र भए पनि तयारीको हिसाबले शून्य छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कोभिड-१९ प्रतिकार्य योजना कोभिड-१९ व्यवस्थापनका लागि…
काठमाडौं : देशभर कोभिड-१९ को संक्रमण दर बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सेरोलजिकल टेस्ट सुरु गर्ने तयारी गरेको छ। पछिल्लो केही साता देखि उपत्यका लगायत देशभरी नै संक्रमण र मृत्युदर बढ्दै गएपछि महाशाखाले सेरोलजिकल टेस्टको तयारी गरेको हो। संक्रमणको जोखिम कुन तहसम्म पुगेको छ भनेर अध्ययन गर्न सेरोलजिकल टेस्टको तयारी गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.…
काठमाडौं : नेपालमा कोभिड-१९ को संक्रमण पछिल्लो साता दैनिक औसतले ६१५ जनाका दरले संक्रमण थपिँदै गएका छन्। पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकामा दैनिक १०० भन्दा बढीले नयाँ संक्रमित थपिँदै गएका छन्। पछिल्लो दूई साताको नेपालको दैनिक संक्रमण दर हेर्दा साउन २१ मा ३८१ जनामा संक्रमण पुष्टि भएकोमा भदौ २ मा आइपुग्दा अहिलेसम्मकै सबैभन्दा बढी एक हजार १६ जनामा संक्रमण पुष्टि भएको…
काठमाडौं : कोभिड-१९ को संक्रमणबाट बढी प्रभावित मध्येको प्रदेश ५ मा कूल संक्रमितमध्ये करिब ८७ प्रतिशत निको भएर घर फर्किएका छन्। प्रदेशमा बिहीवार साँझसम्मको अध्यावधिक विवरण अनुसार चार हजार ८ सय ७५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको प्रदेशको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ। संक्रमण पुष्टि भएकामध्ये चार हजार २ सय ३९ जना निको भएर घर फर्किसकेका छन्। जुन ८६.९५ प्रतिशत…
काठमाडौं : गण्डकी प्रदेशका ९० प्रतिशत बढी कोभिड-१९ का संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार प्रदेशमा एक हजार ६५६ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये एक हजार २२२ जना संक्रमित उपचारपछि निको भएर फर्किएका छन्। त्यस्तै, ७ जनाको मृत्यु भएको छ। यद्यपि, प्रदेशको तथ्यांकमा मृत्यु हुनेको संख्या ५ रहे पनि त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा…
काठमाडौं : कोभिड-१९ को संक्रमण पुष्टि भएका थप पाँच जनाको मृत्यु भएको छ। बुधवार बिहान विभिन्न अस्पतालमा पाँच जनाको मृत्यु भएको हो। मृत्यु भएका चार जनाको विभिन्न अस्पतालका सघन उपचार कक्षमा उपचार भइरहेको थियो। मृत्यु भएकामध्ये एक जना कपिलवस्तुका पुरुष रहेका छन्। कपिलवस्तुका ४२ वर्षका पुरुषको बुटवलस्थित कोभिड-१९ विशेष अस्पतालमा उपचारका क्रममा बुधवार बिहान मृत्यु भएको हो। अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको…
चीन र अमेरिकाबीच एकपछि अर्को गर्दै तनावपूर्ण अवस्था सिर्जना हुँदै गएको छ। कोभिड-१९ फैलिएसँगै एकअर्काबीचको यो तनाव शितयुद्धको चरणमा प्रवेश गर्दैछ। कोभिड-१९ लाई अमेरिकाले चाइना भाइरस भन्दै आक्षेप लगाउँदै आयो। अहिले कोभिड-१९ सँगैसँगै अमेरिकाबीच आर्थिक-कुटनीतिक टकराब पनि चलिरहेको छ। अमेरिकाले ह्युस्टनमा रहेको चिनियाँ कन्सुलेट बन्द गरेपछि चीनले पनि छन्दुमा रहेको कन्सुलेट बन्द गरायो। अहिले अमेरिकाले चिनियाँ टेक कम्पनी वाइट डान्सको…
काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड-१९ का लागि जनस्वास्थ्य निगरानी सम्बन्धी अन्तरिम निर्देशिका तयार गरेको छ। कोभिड-१९ सम्बन्धि पछिल्ला अनुसन्धानका निष्कर्ष तथा यसअघि प्रकाशित गरेका दुई अन्तरिम निर्देशिकालाई समायोजन गर्दै नयाँ अन्तरिम निर्देशिका जारी गरिएको हो। निर्देशिकामा शङ्कास्पद तथा सम्भावित संक्रमितलाई परिभाषित गर्दै कोभिड-१९ सम्बन्धि भाइरस सार्स-सीओभी-२ का लक्षणका विषयमा चर्चा गरिएको छ। सदस्य राष्ट्रहरुलाई कोभिड-१९ को निगरानीका लागि सहयोग…
काठमाडौं : पछिल्लो साता काडमाडौं उपत्यकामा कोभिड-१९ को संक्रमणको ग्राफ उकालो लागिरहेको छ। पछिल्लो १० दिनमा यो ग्राफ दोब्बरले बढ्दै एक हजार नाघेको छ। साउन १५ गते काठमाडौं उपत्यकामा ५३८ जना कोभिड-१९ का संक्रमित रहेकोमा साउन २४ गते सम्म आइपुग्दा एक हजार ४३ पुगेको छ। जसमध्ये काठमाडौं जिल्लामा मात्र ८२३ जना कोभिड-१९ का संक्रमित छन्। जुन साउन १५ मा ३९२…
काठमाडौं : पछिल्लो २४ घण्टामा ४६४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। त्यस्तै, पाँच जनाको मृत्यु भएको छ भने मृत्यु भएका पाँच जनामा पनि संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभरका ३२ सरकारी र ६ वटा निजी प्रयोगशालाबाट सात हजार ९२६ जनाको थ्रोट स्वाब परीक्षण गर्दा २७ जिल्लाका व्यक्तिहरुमा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी पर्साका…
काठमाडौं : गत बुधवार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले काठमाडौंलगायत बाक्लो बस्ती भएको ठाउँमा कोभिड १९ को संक्रमण बढ्दै जान थालेको भन्दै सतर्कता नअपनाए काठमाडौंमै अस्पतालका बेड खाली नहुने चेतावनी दिए। सरकारले लगाएको लकडाउन १२० दिनमा खुला भएपछि काठमाडौं उपत्यकामा संक्रमण बढ्दै गएको छ। अहिले काठमाडौंका तोकिएका अस्पतालहरु भरिन थालेका छन् भने संक्रमितलाई होम आइसोलेसनमा राख्न थालिएको छ। 'काठमाडौंमा…
काठमाडौं : सरकारले अस्पताल तोकेरै कोरोना भाइरस परीक्षण गर्न सार्वजनिक सूचना जारी गरेपछि वीर अस्पताल पुगे दिनेश शर्मा। अस्पतालमा थ्रोट स्वाबको नमुना दिनका लागि पुगेका उनीसँग अस्पतालले ५ हजार ५ सय रुपैयाँ तिर्न भन्यो। रुघा खोकी र ज्यान दुख्ने समस्यापछि उनलाई कोरोना संक्रमणको शंका लागेको थियो। उपत्यका बाहिरबाट सात दिन अघिमात्र काठमाडौं आइपुगेका उनी परीक्षणमा शुल्क लाग्ने भनेपछि त्यसै फर्किए।…
काठमाडौं : बिना तयारी चैत १२ गते देखि सुरु भएको लकडाउन विना तयारी साउन ६ गते अन्त्य भयो। संक्रमण नियन्त्रण र रोकथामका लागि लगाइएको लकडाउन यस्तो बेला खोलियो जतिबेला संक्रमण उच्च बिन्दुमा जाँदै थियो। संक्रमण उच्च बिन्दुमा नपुग्दै नियन्त्रणमा नआउँदै खोलिएको लकडाउन फेरि लगाउने चर्चा चलिरहेको छ। १ सय २० दिन लामो लकडाउनले संक्रमण नियन्त्रणमा हदसम्मको काम गर्यो तर पूर्णरुपमा नियन्त्रण…
काठमाडौ : दक्षिण एसियामा यतिबेला कोभिड-१९ को संक्रमणको उच्च जोखिममा रहेको छ। अधिकांश देशमा क्लस्टर ट्रान्समिसन भइरहेको दक्षिण एसियाली क्षेत्रीय सयहोग संगठन सार्क अन्तर्गतका ८ मुलुकहरुमा साढे २३ लाख जनसंख्यामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। डब्लुएचओको अगस्ट १ सेन्ट्रल युरोपियन समर टाइम (सीईएसटी) ५ बजेसम्मको तथ्यांकअनुसार दक्षिण एसियाका ८ मुलुकहरुमा २३ लाख ३२ हजार ५५० जनामा कोभिड-१९ को संक्रमण…
काठमाडौं : पछिल्लो २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै परीक्षण भएको छ। देशभरका २९ प्रयोगशालामा गरिएको १० हजार ७६८ जनाको नमुना परीक्षणका क्रममा २२४ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा हालसम्म १९ हजार ७७१ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढी पर्सा जिल्लाका ४१ जना रहेका छन्। त्यस्तै, काठमाडौंका ३२ जनासहित उपत्यकामा ३८ जनामा संक्रमण पुष्टि भएको…
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ सम्बन्धी राष्ट्रिय परीक्षण निर्देशिकाको तेस्रो संस्करण जारी गरेको छ। सडक र सदनमा कोभिड-१९ को निदानका लागि प्रयोग हुँदै आएको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)को विरोध भइरहेको छ। आरडीटी नेगेटिभ आएर क्वारेन्टाइनबाट फर्किएकाको मृत्यु भइसकेको छ। मृत्युपछि कोरोना पुष्टि भएको छ। बुधवारमात्र मृत्यु भएका मोरङका एक व्यक्ति पनि १४ दिन क्वारेन्टाइनमा बसेर आरडीटी परीक्षण पछि…