PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

  • काण्डैकाण्डमा मुछिएका मन्त्रीको थलो बन्दै कर्णाली प्रदेश : कीर्ते, यौन काण्डदेखि चोरीमा मुछिएका चार केस

    काण्डैकाण्डमा मुछिएका मन्त्रीको थलो बन्दै कर्णाली प्रदेश : कीर्ते, यौन काण्डदेखि चोरीमा मुछिएका चार केस

    सुर्खेत : बारम्बार राजनीतिक रुपमा चर्चामा आइरहने कर्णाली पुन चर्चामा छ। मूर्ति चोरीमा सजाय भोगेका गैरसांसदलाई मन्त्री नियुक्तीपछि यहाँको राजनीति पुन चर्चामा छाएको हो। सत्ता र शक्तिमा पुग्ने दाउमा नैतिकता र इमान हराएका नेताहरु धमाधम सत्तासीन हुन थाल्दा कर्णाली सरकार थप आलोचित बनेको छ भने दल भित्रभित्रै भुसको आगो सल्केको छ। बलात्कारको आरोपित, ठेकेदारदेखि फौजदारी अभियोग खेपेका व्यक्तिसम्म मन्त्री बनेका…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा टुंगियो मन्त्रालयको भागबण्डा, नयाँ मन्त्रीहरुको सपथ आजै

    कर्णालीमा टुंगियो मन्त्रालयको भागबण्डा, नयाँ मन्त्रीहरुको सपथ आजै

    सुर्खेत : कर्णाली प्रदेशमा मन्‍त्रिपरिष्द विस्तार हुने भएको छ। दलहरुबिच मन्त्रालयको भागबण्डाको टुंगो समेत लागेको छ। नेपाली कांग्रेसले आन्तरिक मामिला तथा कानून र सामाजिक विकास, नेकपा माओवादी केन्द्रले जलस्रो तथा उर्जाविकास विकास र उद्योग, पर्यटन, वन तथा वातावरण  र एकीकृत समाजवादीको भागमा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय बाँडफाट गरेका हुन् । आईतबार साँझ ७ बजे पद तथा गोपनियताको सपथ खुवाउने…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा आज बेलुकासम्म मन्त्रिपरिषद् विस्तार हुने, को-को बन्दै छन् मन्त्री?

    कर्णालीमा आज बेलुकासम्म मन्त्रिपरिषद् विस्तार हुने, को-को बन्दै छन् मन्त्री?

    सुर्खेत : कर्णाली प्रदेशमा आइतवार बेलुकासम्म मन्त्रिपरिषद् विस्तार हुने भएको छ। मुख्यमन्त्री जीवन बहादुर शाहीले आज बेलुकासम्म पाँच जना मन्त्री थप्ने तयारी गरेका छन्। यसअघि नेकपा (माओवादी केन्द्र)ले चार वटा र नेकपा (एकीकृत समाजवादी)ले दुई वटा मन्त्रालय दावी गर्दै आएको थियो। यता, सत्ताको बागडोर सम्हालेको कांग्रेसले पनि मुख्यमन्त्रीसहित दुई मन्त्रालय राख्ने दाउकै कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो। मन्त्रालय बाँडफाँडमा…

    विस्तृतमा पढ्नुस्

  • सरकार गठनको तीन महिना बितिसक्दा पनि कर्णालीमा मन्त्रिपरिषद्ले पाएन पूर्णता, भागबण्डा मिलाउन केन्द्रकै भर

    सरकार गठनको तीन महिना बितिसक्दा पनि कर्णालीमा मन्त्रिपरिषद्ले पाएन पूर्णता, भागबण्डा मिलाउन केन्द्रकै भर

    सुर्खेत : कर्णाली प्रदेशमा कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले मुख्यमन्त्री पद सम्हालेको तीन महिना बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। मुख्यमन्त्री शाहीले किस्ताबन्दीमा नेकपा (माओवादी केन्द्र)का एक र नेकपा (एकीकृत समाजवादी)का एक जना मन्त्री थपेका छन्। तर, लामो समय बितिसक्दा पनि गठबन्धनभित्र भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउन नसकेको हो। माओवादी केन्द्र प्रदेशसभामा संख्यात्मक हिसाबमा चार मन्त्रालय…

    विस्तृतमा पढ्नुस्

  • पाँच वर्षसम्म पनि टुंगिएनन् स्थानीय तहका केन्द्र, कतिपय कागजी प्रक्रियामै अल्झिए

    पाँच वर्षसम्म पनि टुंगिएनन् स्थानीय तहका केन्द्र, कतिपय कागजी प्रक्रियामै अल्झिए

    सुर्खेतः संघीय संरचना अनुसार स्थानीय तहको पहिलो निर्वाचन भएर पाँच वर्षे कार्यकाल सकिनै लागेको छ। निर्वाचित जनप्रतिनिधिको पदावधि सकिन लागेकाले सरकारले समेत स्थानीय तहको आगामी हुने निर्वाचनको मिति तय गरिसकेको छ।  पाँच वर्ष वितिसक्दा पनि अझै कतिपय स्थानीय तहको केन्द्र टुंगो लाग्न सकेको छैन।  कर्णालीमा ७९ स्थानीय तहमध्ये १२ वटा स्थानीय तहले अझै स्थायी केन्द्र टुंगो लगाउन नसकेका हुन्। जसमध्ये प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेतको लेकबेशीमा बाघ आतंक : दैनिक हुने पशुमाथिको आक्रमणले स्थानीय त्रसित

    सुर्खेतको लेकबेशीमा बाघ आतंक : दैनिक हुने पशुमाथिको आक्रमणले स्थानीय त्रसित

    सुर्खेत : सुर्खेतको लेकवेशी नगरपालिका-४ स्थित लोकबहादुर दर्लामीको घर जंगलको छेवैमा छ। दर्लामी खसीबाख्रा पालेरै जीविका चलाउँथे। खेतीपातीसँगै उनको खोरमा १०/१२ वटा खसीबाख्रा सधैँजसो हुन्थ्यो। गएको साउनयता भने दर्लामीको खोर खाली छ। कारण बाघको आतंक। साउनको अन्तिम साता घर नजिकै रहेको खोरमा बाघ पसेर खोर नै उनको रित्याईदियो। ‘खसीबाख्रा पालेर घर व्यवहार चलाउने हो। बाघ नै पसेर खोर नै रित्तो…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीका मुख्यमन्त्री शाहीलाई किन भनिँदैछ गरिव प्रदेशको ‘गरिव नेता’, सम्पत्ति विवरणले उठाएको तरङ्ग

    कर्णालीका मुख्यमन्त्री शाहीलाई किन भनिँदैछ गरिव प्रदेशको ‘गरिव नेता’, सम्पत्ति विवरणले उठाएको तरङ्ग

    सुर्खेत : कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि जीवनबहादुर शाहीले ढिला गरेरै भए पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। गएको कात्तिक १५ गते मुख्यमन्त्री पद सम्हालेका शाही ‘मन्त्रिपरिषद्का सदस्यहरुको आचारसंहिता-२०७४’को व्यवस्था अनुसार सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्। मुख्यमन्त्री शाहीले सम्पत्ति विवरण सार्वजनिक गरेसँगै गरिव प्रदेशको ‘गरिव नेता’ भनेर व्यङ्ग्य गर्दै आलोचना गर्न थालिएको छ। सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार यसअघि माओवादी केन्द्रका…

    विस्तृतमा पढ्नुस्

  • मदानेचौरका डेढ सय परिवारलाई एउटै धाराको भर, हिउँद लागेपछि बस्नुपर्छ घण्टौं लाइन

    मदानेचौरका डेढ सय परिवारलाई एउटै धाराको भर, हिउँद लागेपछि बस्नुपर्छ घण्टौं लाइन

    सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिका–१० मदानेचौरका स्थानीयवासीलाई खानेपानीको चरम अभाव छ। मदानेचौरका झण्डै डेढ सय घरपरिवारलाई खडेरी लागेपछि खानेपानीको अभाव झेल्नुपर्छ। वर्षातमा केही सहज बने पनि हिउँद लागेपछि शुरु हुन्छ खानेपानीको पिरलो। ‘वर्षामा त खासै समस्या हुदैँन, मंसिर यता नुहाउन, कपडा धुन त परको कुरा पशुचौपाया र मान्छेलाई पिउने पानी जुटाउने धौँ धौँ हुन्छ,’ स्थानीय दिपक बीसीले भने, ‘डेढ सय…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा कोरोना संक्रमणको जोखिम बढ्दो, तर बजारमा चहलपहल सामान्य अवस्थाको जस्तै

    कर्णालीमा कोरोना संक्रमणको जोखिम बढ्दो, तर बजारमा चहलपहल सामान्य अवस्थाको जस्तै

    सुर्खेत : कोरोना भाइरस (कोभिड-१९) संक्रमणको नयाँ भेरियन्ट (ओमिक्रोन)ले विश्व नै त्रसित बनिरहेको बेला कर्णालीमा भने सर्वसाधारण नागरिकको सतर्कतातर्फ ध्यान गएको छैन। संक्रमणबाट सुरक्षित रहन सर्वसाधारणले सामान्य स्वास्थ्य सुरक्षाको मापदण्ड भौतिक दुरी कायम, स्यानिटाइजर प्रयोग, माक्सको प्रयोग जस्ता सतर्कता अपनाउन छोडिसकेका छन्। यसअघि संक्रमणले थिलो-थिलो बनाएको सुर्खेतमा पनि अवस्था उस्तै छ। अझै पनि नागरिक बेलैमा सचेत नभए विगतको नियती नदोहोरिएला…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीका मन्त्रालयहरुमै कर्मचारी अभाव : लोकसेवाले भर्ना लिन नसक्दा कार्यालयहरु निमित्तकै भरमा

    कर्णालीका मन्त्रालयहरुमै कर्मचारी अभाव : लोकसेवाले भर्ना लिन नसक्दा कार्यालयहरु निमित्तकै भरमा

    सुर्खेत : कर्णाली प्रदेशमा कर्मचारीको अभाव जस्ताको तस्तै रहेको छ। प्रदेश सरकारले स्थापनाकालदेखि नै कर्मचारीको चरम अभाव झेल्दै आएको थियो। प्रदेश सरकारले कर्मचारी पूर्तिकै लागि प्रदेश लोक सेवा आयोग गठनसमेत गरिसकेको छ। तर कर्मचारी भर्ना गर्न नसक्दा अभाव उस्तै छ। अझ बढी प्राविधिक जनशक्तिको समस्या छ। यसअघि नै प्रदेश सरकारले कर्णालीमा आवश्यक कर्मचारीको दरबन्दी तथा कार्यालयको टुंगो लगाईसकेको छ। हाल…

    विस्तृतमा पढ्नुस्

  • आन्दोलनका घाइते र अपांगलाई कर्णाली सरकारको मासिक २ हजार भत्ता, के - के चाहिन्छ कागजात?

    आन्दोलनका घाइते र अपांगलाई कर्णाली सरकारको मासिक २ हजार भत्ता, के - के चाहिन्छ कागजात?

    सुर्खेत : सशस्त्र द्वन्द्व, जनआन्दोलन र प्रदेश प्राप्तिको आन्दोलनमा मृत्यु भएका परिवार तथा बेपत्ता पारिएका परिवार र घाइते–अपांग भएका व्यक्तिहरुलाई कर्णाली प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने भएको छ। प्रदेश सरकारले ‘सहिद स्मृति भत्ता वितरण कार्यविधि–२०७८’ र ‘घाइते अपांगता भएका व्यक्तिलाई जीवन निर्वाह भत्ता वितरण कार्यविधि–२०७८’ स्वीकृत गरिसकेकाले कार्यविधिमा तोकिएको मापदण्ड अनुसार मासिक दुई हजार जीवन निर्वाह भत्ता दिइने आन्तरिक…

    विस्तृतमा पढ्नुस्

  • बाढी पीडितको पुनर्स्थापनाका नाममा सकियो ३१ करोडः पीडित भन्छन्, ‘न खानेकुरा छ, न त सुत्ने ठाउँ’

    बाढी पीडितको पुनर्स्थापनाका नाममा सकियो ३१ करोडः पीडित भन्छन्, ‘न खानेकुरा छ, न त सुत्ने ठाउँ’

    सुर्खेतः सात वर्षअघि बाढी पहिरोबाट घरबास गुमाएका नागरिकको अझै पुनस्र्थापना हुन सकेको छैन। पीडितको पुनस्र्थापनाका नाममा सरकारले ३१ करोड बढी खर्चिए पनि अवस्था उस्तै छ। चालु वर्षमा पनि झण्डै १२ करोड बजेट सक्ने तयारी छ। २०७१ साल भदौ अन्तिम साता आएको बाढी पहिरो पीडितको घरबासका लागि सरकारले तीन चरणमा गरी हालसम्म ३१ करोड बजेट खर्च गरेको हो। विपद पीडित आवास…

    विस्तृतमा पढ्नुस्

  • बादी बालबालिकालाई पढ्नै धौ - धौ

    बादी बालबालिकालाई पढ्नै धौ - धौ

    सुर्खेत : दैलेखको तल्लो डुंगेश्वर घर भएका नविन बादी कक्षा पाँचमा पढ्दै छन्। घरमा आम्दानीको स्रोत नभएपछि उनका बावुआमा मजदुरी गर्न भारत पसे। त्यसयता नविन घरमा एक्लै भएका छन्। अनि सहारा बिहिन पनि। पढाईको त परको कुरा खान, बस्नै समस्या भयो उनलाई। तर, पनि पढ्ने सपना भने अझै मरेन। अनि झरे सुर्खेतको वीरेन्द्रनगर। ‘घरमा भोकभोकै बस्नुपरेपछि आमाबुवा इन्डिया जानुभयो’ नविनले…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली कांग्रेसको नेतृत्वमा त्रिपक्षीय भिडन्त निश्चित, ललितजंग, मोतीराज र भुपेन्द्रजंग सभापतिका प्रत्यासी

    कर्णाली कांग्रेसको नेतृत्वमा त्रिपक्षीय भिडन्त निश्चित, ललितजंग, मोतीराज र भुपेन्द्रजंग सभापतिका प्रत्यासी

    काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत कर्णाली प्रदेश कार्यसमितिको सभापति पदका लागि तीन जनाको उम्मेद्वारी परेको छ। कांग्रेस कर्णालीको नेतृत्वका लागि त्रिपक्षीय भिडन्त तय भएको छ।  प्रदेश सभापतिका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निकट ललितजंग शाहीले मनोनयन दर्ता गराएका छन् भने यसअघि संस्थापन पक्षकै भनेर चिनिएका पार्टी उप सभापति विमलेन्द्र निधि निकटका मोतीराज बमले उम्मेदवारी दिएका हुन्। …

    विस्तृतमा पढ्नुस्

  • आगलागी पीडितलाई राहत लिएर मुगुको गमगढी उडे मुख्यमन्त्री शाही

    आगलागी पीडितलाई राहत लिएर मुगुको गमगढी उडे मुख्यमन्त्री शाही

    सुर्खेत : मुगुको गमगढीमा सोमवार राति भएको आगलागीको अनुगमन गर्न पीडितहरूलाई राहत लिएर मुख्यमन्त्री जीवनबहादुर शाही सुर्खेतबाट त्यसतर्फ उडेका छन्। आगलागी पीडितका लागि त्रिपाल, कम्बल र खाद्यान्न सामग्रीहरु लिएर शाही सहितको टोली आज मुगु सदरमुकाम गमगढी उडेको हो। मुख्यमन्त्री शाहीसँगै नव नियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाही, प्रमुख सचिव राजकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव…

    विस्तृतमा पढ्नुस्

  • मुगुको गमगढीमा भिषण आगलागी, दियोबाट सल्केको आगोले १७ घर जले

    मुगुको गमगढीमा भिषण आगलागी, दियोबाट सल्केको आगोले १७ घर जले

    सुर्खेत : मुगुको गमगढी सदरमुकाममा राती १२ बजे भिषण आगलागी भएको छ। घरमा बालेको दियोबाट सल्केको आगोले २१ घरमा क्षति पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। ‘१७ वटा घर र तीन वटा घुम्टी जलेर नष्ट भएका छन् र एउटा घर आगो अन्यत्र नसल्कियोस् भनेर तोडफोड गरिएको छ,’ कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव प्रसाद श्रेष्ठले भने। अहिलेसम्म आगलागीबाट मानवीय…

    विस्तृतमा पढ्नुस्

  • तीन 'दाइ'हरु : जसले सात वर्षीया मनिषाको करणीपछि घाँटी रेटे, फुपुको ‘क्लु’ले पुगे प्रहरीकोमा

    तीन 'दाइ'हरु : जसले सात वर्षीया मनिषाको करणीपछि घाँटी रेटे, फुपुको ‘क्लु’ले पुगे प्रहरीकोमा

    सुर्खेत : सुर्खेतको लेकबेशी नगरपालिका–१ ढापखर्कस्थित गगनबहादुर सुनार श्रीमतीसँगै कात्तिक २१ गते (आइतवार) दिदीको घरमा थिए। त्यस दिन गगन छोरीहरुलाई घरमै छाडेर दिदीको घर पुगेका थिए। गगनको पाँच छोरी छन्। जसमध्ये कान्छी हुन् सात वर्षीया मनिषा। सोही दिन बिहान साढे १० बजेतिर मनिषा घरबाट चाउचाउ किन्न पसलतिर जान्छिन्। पसल पुग्नु अगावै बिच बाटोमा मनिषाको ठूलो बुवाका छोरा प्रकाशसँगै अरु तीन जना भेटिन्छन्।…

    विस्तृतमा पढ्नुस्

  • सहजै सत्ताको ‘साँचो’ लिएका मुख्यमन्त्री शाहीले किन गर्न सकेनन् कर्णालीमा मन्त्रिपरिषद् विस्तार ?

    सहजै सत्ताको ‘साँचो’ लिएका मुख्यमन्त्री शाहीले किन गर्न सकेनन् कर्णालीमा मन्त्रिपरिषद् विस्तार ?

    सुर्खेत : कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको छ। सत्ता गठबन्धनभित्र नमिलेपछि मुख्यमन्त्री जीवनबहादुर शाही एक्लैले पद तथा गोपनियताको सपथ लिएका थिए। पदबहाली भएको ९ दिन बितिसक्दा पनि अझै गठबन्धनभित्र भागबण्डा मिलेको छैन। जसकारण कर्णाली प्रदेशका मन्त्रालयहरु मन्त्रीविहीन भएका छन्। आफूसँगै एक-दुई जनामन्त्रीलाई सपथ खुवाउने तयारी गरेका मुख्यमन्त्री शाहीले गठबन्धनकै सल्लाह अनुसार तिहार लगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेका…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली सरकारको नयाँ समीकरणः ‘यस्तो छ मन्त्रालयको भागबन्डा, यी हुन् सम्भावित मन्त्री’

    कर्णाली सरकारको नयाँ समीकरणः ‘यस्तो छ मन्त्रालयको भागबन्डा, यी हुन् सम्भावित मन्त्री’

    सुर्खेतः कर्णाली प्रदेशमा सत्ता समीकरण फेरिएसँगै मन्त्रालय भागबन्डा र मन्त्री चयनको प्रक्रिया पनि प्रारम्भ भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले मुख्यमन्त्री सम्हालेसँगै मन्त्रिपरिषद् विस्तारको तयारीमा छन्। तर, मंगलबार विस्तार भने हुने छैन।   १६ महिनाको कार्यकालका लागि शाही मुख्यमन्त्री चयन भएका हुन्।  यस्तो छ मन्त्रालयको सम्भावित भागबण्डा अहिले कर्णालीमा मुख्यमन्त्रीसहित आठ मन्त्रालय छन्। यसअघि नेकपा (माओवादी केन्द्र) ले मुख्यमन्त्रीसहित अन्य दुई…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा, कांग्रेसलाई सत्ता हस्तान्तरण गरेको घोषणा

    कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा, कांग्रेसलाई सत्ता हस्तान्तरण गरेको घोषणा

    सुर्खेतः नेकपा (माओवादी केन्द्र) का तर्फबाट कर्णाली प्रदेशको मुख्यमन्त्री रहेका महेन्द्रबहादुर शाहीले अन्ततः राजीनामा दिएका छन्। शाहीले सोमबार नै प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष राजीनामा बुझाएका छन्।  सरकारको नेतृत्व थाम्ने कसरत अन्तिमसम्म गरे पनि उनले राजीनामा दिएका हुन्। राजीनामासँगै नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरणको पनि शाहीले घोषणा गरेका छन्। सोमबार साँझ प्रदेशबासीलाई सम्बोधन गर्दै सत्ता गठबन्धनमा भएको सहमति अनुसार नेपाली कांग्रेसलाई…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell