सुर्खेत : नेकपा एमाले कर्णालीको प्रदेश कमिटी ०७५ साल जेठ २ अघिमा फर्किएको छ। केन्द्रमा यसअघिनै केन्द्रीय कमिटि र स्थायी समितिको बैठक बसेर कार्यान्वयन गरिएकोमा प्रदेश हुदैँ जिल्लातहमा समेत कार्यान्वयन गर्न लागेको हो। एमाले उपाध्यक्ष एवं कर्णालीका संयोजक युवराज ज्ञवालीले पार्टी जेठ अघि फर्किएको भन्दै कार्यान्वयनको चरणमा रहेको बताएका छन्। ‘त्यत्तिबेला जो जुन जिम्मेवारी छ, त्यही जिम्मेवारी सम्हाल्ने हो,’ सुर्खेतमा…
सुर्खेत : कर्णाली प्रदेशमा २०७४ असार १ देखि जुम्लाबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले प्रदेशका दश वटै जिल्लामा सञ्चालनमा छ। नागरिकलाई स्वास्थ्य बीमाको आधारमा सवैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले सरकारले आर्थिक वर्ष २०७२/७३ देखि लागु गरेको कार्यक्रम कर्णालीमा २०७३/०७४ बाट सुरु भएको हो। तर संघीय सरकारले तामझामका साथ सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम कर्णालीमा प्रभावकारी बन्न नसकेको…
सुर्खेत : वीरेन्द्रनगर–५ चिसापानीकी देउकली थापा एक दशकअघिसम्म घरको कामकाजमै सीमित थिइन्। छोराछोरीलाई खुवाउने, चुठाउने र स्कुल पठाउने अर्थात गृहणीको काममा उनको दिन बित्थ्यो। बचेको समय दुई चारजना छिमेकीसँग अरुको कुरा काटेरै बित्थ्यो। यता घरव्यवहार चलाउन भने मुश्किल। न होस् पनि कसरी, न पेशा व्यवसाय थियो, न जागिर नै। १३ वर्षअघिको कुरा - गाउँकै छिमेकी दिदीले ढाका बुन्ने तालिमको अवसर…
सुर्खेत : तीन वर्षअघि सुर्खेतमा मेडिकल कलेज निर्माण गर्न भनेर मेडिकल कलेज पूर्वाधार विकास कार्यालय स्थापना भयो। प्रत्येक प्रदेशमा एउटा मेडिकल कलेज निर्माण गर्ने नीतिअनुसार सरकारले उक्त कार्यालय स्थापना गरेको हो। तर कलेज स्थापना हुनु त परको कुरा अहिलेसम्म जग्गा प्राप्तिको टुंगो छैन। २०७६ जेठमा वीरेन्द्रनगरमा सुर्खेत मेडिकल कलेज पूर्वाधार विकास कार्यालय स्थापना भए पनि जग्गाको टुंगो नलाग्दा आयोजनाको काम…
सुर्खेत : आइतवार बेलुका एकाएक कर्णाली प्रदेश सरकारका एक मन्त्रीमाथि एकाएक बलात्कार आरोप लागेको खबर बाहिरियो। भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले आफ्ना पूर्व स्वकीय सचिवकी पत्नीमाथि बलात्कार गरेको आरोप खबरहरुमा लगाइएको थियो। आरोप सामाजिक सञ्जालमा छरपस्ट भए। कतिपय मिडियाले प्राथमिकताका साथ समाचार बनाए। समाचारमा यौन दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको समेत उल्लेख गरियो। तर, यो समाचार तयार…
सुर्खेत : कर्णाली प्रदेश सरकारले किसानका लागि ल्याएको ब्याज अनुदान कार्यक्रम सुर्खेत केन्द्रित बनेको छ। कर्णालीका १० जिल्लामध्ये ९ जिल्लाका किसान यसपटक यो कार्यक्रममा छुटेका छन्। गत आर्थिक वर्ष २०७७/०७८ मा कार्यान्वयन गर्ने गरी बैंकहरुसँग सम्झौता गरी प्रदेश सरकारले सुरु गरेको ब्याजमा अनुदान कार्यक्रममा लगि प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सात करोड बजेट विनियोजन गरेको थियो। तर कार्यक्रम…
सुर्खेत : राष्ट्रिय गौरवको आयोजना भेरी बबई बहुउश्द्देयीय आयोजना अन्तर्गतको दोस्रो चरणको काम सुस्त बनेको छ। पहिलो चरण अन्तर्गतको सुरुङ खन्ने काम तोकिएको समय सीमा अगावै सकिएको भेरी बबई आयोजनाको दोस्रो चरणको काम सुस्त बनेको हो। दोस्रो चरण अन्तर्गत हेडवर्कस् र पावर हाउसको काम चार वर्षभित्र सक्नुपर्ने भएपनि दुई वर्ष बितिसक्दासमेत हालसम्म ३० प्रतिशत मात्रै काम सकिएको छ। आयोजनाको बाँधस्थल…
सुर्खेत: नेकपा (एमाले) कर्णाली प्रदेशमा नेता माधव नेपाल समूहको पकड बलियो थियो। पार्टी विभाजनको प्रक्रिया अघि बढेसँगै पकड कमजोर बनेको छ। प्रस्तावित नेकपा एमाले (समाजवादी) पार्टी अर्थात् नेपाल समूह कमजोर बनेको हो। यसअघि नेता नेपालको पक्षमा काँध थाप्दै आएका नेताहरु समेत पछिल्लो समय एमालेको ओली पक्षमा खुलेका छन्। केही तटस्थ देखिएका छन्। विगत एक वर्षदेखि अध्यक्ष ओली र नेपालबीच शक्ति…
सुर्खेत : चार महिनाअघि प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय टुक्रिएर जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय स्थापना भएदेखि कायममुकायम सचिवको भरमा छ। मन्त्रालय टुक्रिएपछि भौतिकमा कार्यरत कर्मचारी ऊर्जामा कामु सचिव भएर जिम्मेवारी तोकिएको छ। ऊर्जा विकास मन्त्रालयको मात्रै नभई भौतिक पूर्वाधार विकास मन्त्रालयको काम समेत भरथेग गरिरहेका छन्। त्यस्तै, सेवाग्राहीको भिड लाग्ने यातायात व्यवस्था कार्यालय समेत लामो समयदेखि निमित्तको भरमा छ।…
सुर्खेत : लेकबेशी नगरपालिका वडा नं. ५ की मनिता बुढा साउनको दोस्रो सातातिर छोरी लिएर नजिकैको रामघाट बजारको साइत गरिन्। तर बजार पुग्न झोलुङ्गे पुल तर्नुको विकल्प थिएन। जीर्ण अवस्थामा रहेको झोलुङ्गे पुलमा हिड्दै गर्दा पुलको पाता उप्किएको ठाउँबाट छोरीको खुट्टा चिप्लियो। खुट्टा छिर्यो। आत्तिएकी उनले हत्तपत्त छोरीको खुट्टालाई माथितिर तानिन्। ‘साउनको दोस्रो हप्ता हो, बजार जाने भनेर गएको छोरी…
सुर्खेत : कोरोना संक्रमणको दोस्रो लहर कम हुन थालेपछि निषेधाज्ञा खुकुलो भएसँगै पछिल्लो समय फेरि जोखिम बढेको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बजार, पसल तथा सवारी साधन निर्वाध सञ्चालनमा आएपछि एकाएक कारोना संक्रमण दर फेरि उकालो लागेको छ। सरकारी तथा गैरसरकारी कार्यालयहरुमा समेत स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेको देखिँदैन भने सवारी साधनमा समेत उस्तै लापरवाही गरिएको छ। भिडभाड र स्वास्थ्य…
सुर्खेत : संघीय राजधानीसँग सीधा जोडिएको सुर्खेत विमानस्थल स्तरोन्नति गर्ने भनिए पनि विवादको कारण काम भने अझै अघि बढ्न सकेको छैन। साना विमान उडान र अवतरण गर्दै आएको सुर्खेत विमानस्थल यसअघि चार पटक विस्तार भए पनि ७२ सिटे जहाज नियमित चल्न सकिरहेका छैनन्। सुविधा सम्पन्न र सहज ठानिएको सुर्खेत विमानस्थल विस्तार गरेर तत्काल ठूला विमान अवतरण गराउने विकल्पका रुपमा लिइए…
सुर्खेत : तीन वर्षअघि छाडा चौपायाको व्यवस्थापन गर्ने भन्दै प्रदेश सरकारको अनुदानमा वीरेन्द्रनगरमा गौशाला निर्माण गरियो। अहिले गौशालामा छाडाभन्दा उन्नत जातका गाईभैसी राखिएको छ भने बजारमा चौपायाकै समस्या छ। अहिले पनि वीरेन्द्रनगर बजारमा दिनदिनै छाडा पशुचौपाया भेटिन्छन् भने दूर्घटनाको जोखिमसमेत उस्तै छ। चौपाया नियन्त्रण, जैविक मल तथा विषादी उत्पादनका लागि सरकारले वीरेन्द्रनगरमा केपी व्यवसायिक सेवा प्रालिलाई जिम्मा लिएको थियो। तर,…
सुर्खेत : स्थानीय सर्पे दमाईमाथि कुटपिट प्रकरणमा जाजरकोट जुनिचाँदे गाउँपालिका २ मजकोटका वडाअध्यक्ष रामबहादुर नेपालीलाई जिल्ला प्रशासनले सोधपुछका लागि सदरमुकाम खलंगा बोलाइएको छ। त्यसैगरी पीडित सर्पेलाई पनि सदरमुकाम बोलाइएको छ। साउन १५ गते वडा कार्यालयस्थित सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा स्थानीय युवा सर्पेले मदिरा सेवन गरेर होहल्ला गरेपछि उनलाई नियन्त्रणमा लिन यसो गरिएको वडाअध्यक्ष रामबहादुरे दाबी गरेका छन्। घटनालाई प्रहरीकै…
सुर्खेत : अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ। एक जना युवालाई केही व्यक्तिहरु मिलेर लछारपछार गर्दै बाँध्ने प्रयास गरेको देखिन्छ। जुन भिडियो जाजरकोटको जुनिचाँदे गाउँपालिका २ मजकोटका वडाअध्यक्षले स्थानीय युवालाई बाँध्न प्रयास गरेका हुन्। साउन १५ गते वडा कार्यालयस्थित सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा स्थानीय युवा सर्पे दमाईले मदिरासेवन गरेर होहल्ला गरेपछि उनलाई नियन्त्रणमा लिन यसो गरिएको वडाअध्यक्षले दाबी गरेका…
सुर्खेत : यसअघि पटक पटक धरापमा परेको मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली सरकार सर्वोच्च अदालतको पछिल्लो फैसलापछि थप सुरक्षित बनेको छ। सोमबार सर्वोच्च अदालतको फैसलापछि फ्लोरक्रस गरेका एमालेका प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिं बुढालाई पदमुक्त भएपछि नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनको कर्णाली सरकार थप सुरक्षित बनेको हो। गत वैशाख ३ गते संसदीय दलको ह्विप अर्थात निर्देशन…
सुर्खेत : कर्णाली प्रदेश सरकारको आम्दानीभन्दा खर्च निकै बढी छ। आम्दानीको स्रोत कमजोर भएको कर्णालीमा प्रदेश सरकारले सुविधामाथि थप सुविधा बढाइरहेकाले पनि खर्च वृद्धि भइरहेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयले दिएको जानकारी अनुसार प्रदेशमा मुख्यमन्त्री, मन्त्री, सांसद, योजना आयोग तथा लोक सेवा आयोगका पदाधिकारीको पारिश्रमिक एक आर्थिक वर्ष २०७७/०७८ मा चार करोड एक लाख बढी खर्च भएको छ। बैठक भत्ता…
सुर्खेत : बिहानको खाना खाइसकेपछि छोरालाई खोप लगाउन निस्किइन् कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ की हसना आले। खोप लगाउने थलो थियो, सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर ४ स्थित बिजौरा स्वास्थ्यचौकी। जुन स्वास्थ्य चौकी पुग्न आधा घण्टा लाग्थ्यो, तर बीचमा कर्णालीको उर्लने भेल तर्नुको विकल्प थिएन। नदी तर्न झोलुंगे पुल नहुँदा विकल्प थियो डुंगाको भर। उनीसहित बालबच्चा लिएर अरु तीन…
सुर्खेत : कर्णाली नदीमा डुंगा पल्टिँदा मृत्यु भएका एक जनाको सनाखत भएको छ। मृत्यु हुनेमा मोहन्याल गाउँपालिका-३ की धनसरी शाही रहेकी छिन्। शव पानीले ढाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बावियाचौरका इन्सपेक्टर बखतबहादुर शाहीले जानकारी दिए। कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका आउने क्रममा चालक सहित १० जना सवार डुंगा दुर्घटना भएको थियो। डुंगा पल्टिँदा बेपत्ता हुनेहरुमा सोही स्थानका…
सुर्खेत : कक्षा १० मा पढ्दै गरेकी रियाना बानु विदाको दिन नुहाईधुवाई गरेर कपडा सुकाउन घरको छतमा पुगेकी थिइन्। त्यहीबेला घरको छतबाट खसिन् उनी। त्यसपछि उठ्नै नसक्ने भइन्। अस्पताल पुग्दा थाह भयो उनको मेरुदण्ड नै भाँचिएछ। गत जेठ १६ गतेको कुरा हो यो। वीरेन्द्रनगर–१० की बानु त्यस दिनदेखि थला परेकी छिन्। ‘कपडा सुकाउन छतमा गएको थिएँ, एक्कासी खसेर यस्तो भयो,’…