सुर्खेत : गत बैशाख ३ मा संकटमा परेका कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिई पद जोगाइदिएर मन्त्री पाएका तीन जना सरकारबाट बाहिरिने भएका छन्। तत्कालिन अवस्थामा एमालेका फ्लोर क्रस गरेर मन्त्री बनेका अमर बहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीको पदावधि (६ महिना) सकिएसँगै सरकारबाट बाहिरिने भएका हुन्। एमालेबाट निर्वाचित चार जनाले फ्लोर क्रस गरेर माओवादी केन्द्रका मुख्यमन्त्री…
सुर्खेत : कर्णाली प्रदेशमा उत्पादित वस्तु भण्डारण गर्न सुर्खतको वीरेन्द्रनगरस्थित औद्योगि क्षेत्रमा प्रदेशको ठूलो शीत भण्डार निर्माण थालिएको थियो। तर निर्माणाधीन शीत भण्डार भने ३ वर्षदेखि अलपत्र छ। जसका कारण यहाँका किसानलाई आफ्नो उत्पादित वस्तु अझै पनि नेपालगञ्ज, अत्तरिया र भैरहवालगायतका स्थानसम्म लैजानुपर्ने बाध्यता छ। तर, सुर्खेतको वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा चारवटा नीजि कम्पनी अर्गानिक माउण्टेन फ्लेभर प्रालि, बुलबुले एग्रीटेक प्रालि,…
सुर्खेत : दैलेख नारायण नगरपालिका खुर्सानीबारीकी सरस्वती हमाल(योगी)को सात जनाको परिवार थियो। नचिनेका व्यक्ति आएर उनका घर परिवारलाई बेलाबेला तनाव दिइरहन्थे। भन्थे, ‘तेरो दाई खोई, नत्र तिमिहरुको घरपरिवार रहदैनौँ’। यसरी धम्की दिनेहरु थिए - सशस्त्र द्वन्द्वका विद्रोही पक्ष। त्यत्तिबेला माओवादीलाई युवा केटा होस् या केटी करकाप र धम्कीले विद्रोहमा लाग्न दबाव दिन्थे। त्यसैगरी दबाव दियो सरस्वतीको घरपरिवारलाई पनि। विद्रोही पक्षले…
सुर्खेत : केन्द्रमा झैं कर्णाली प्रदेशमा पनि गठबन्धनको सरकार छ। केन्द्रमा कांग्रेसको नेतृत्व छ भने कर्णालीमा माओवादीको। तर दुबै सरकार फरक फरक परिस्थितिमा निर्माण भएको। सहमतिअनुसार सत्ताको काँध फेर्नुपर्ने भन्दै कर्णाली प्रदेशमा सत्तारुढ दलबीच नै सत्ता संघर्ष सुरु भएको छ। यसअघि नेकपा एमाले र माओवादीवीच चलेको संघर्ष अहिले नेपाली कांग्रेस र माओवादीवीच सुरु भएको हो। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद संकटमा…
सुर्खेत : अहिले पनि महिलालाई निर्णायक तहमा पुग्न फलामको चिउरा चपाउनुसरह मानिन्छ। पुरुष हावी हुँदा निर्णायक तहमा पुग्न सहज छैन। माथिल्लो पदमा पुग्न पुरुषसँग नभिडी सुखै छैन। आँट र साहस छैन भने अधिकांश महिला भूमिकाबिहीन पदमा खुम्चिनुपर्ने बाध्यता यथावत। यसरी पुरुषसँग भिडेर नेतृत्वमा पुग्ने महिला न्युन हुन्छन्। त्यस मध्येकी हुन् सल्यानको छत्रेश्वरी गाउँपालिकाकी सीता केसी। नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत…
सुर्खेत : कोरोना भाइरस महामारीले दुई वर्षको अवधिमा बोल्न र सुन्न नसक्ने बहिरा तथा सुस्त श्रवण शक्ति कम भएका बालबालिका समस्यामा परेका छन्। विशेष शिक्षा अन्तर्गत बालबालिकालाई अध्ययन अध्यापन सहज गराउने कुनै ठोस योजना र माध्यम नहुँदा उनीहरु समस्यामा परिरहेका छन्। यस्तै, समस्या भोगिरहेका छन् वीरेन्द्रनगरस्थित सिद्ध बहिरा बाल विद्यालयका बालबालिकाले। कर्णाली प्रदेशसहित १५ जिल्लाका बालबालिका अध्ययनरत यस विद्यालयका विद्यार्थी…
सुर्खेत : काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एअरको यु ४-१३३ नम्बरको विमान तीन फन्को घुमेर नेपालगञ्ज फर्केको छ। बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चालकदलसहित ४८ जना लिएर सुर्खेत विमानस्थलका लागि उडेको विमान कुहिरोका कारण सुर्खेतमा अवतरण गर्न नसकेको हो। सवा ९ बजे सुर्खेत पुगेको विमान कुहिरोकै कारण मिस एप्रोच भएपछि तीन फन्को घुमेको थियो। तीन फन्को घुम्दा पनि अवतरण…
सुर्खेत : नेपाली कांग्रेसमा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा विभाजित छन्। केन्द्रदेखि तल्लो तहसम्म यि दुई समूहमा नेता कार्यकर्ता विभाजित बनेका छन्। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा समेत मुख्य गरी यिनै दुई समूह प्रतिष्पर्धामा देखिएका छन्। कालीकोटमा समेत महाधिवेशनबाट जिल्लाको नेतृत्व हत्याउन पौडेल पक्षका अम्मबहादुर शाही र नेता देउवा पक्षका मोतीराज बम सक्रिय बने।…
सुर्खेत : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुम्लामा भएको सातौँ अधिवेशन विवादीत बनेको छ। संस्थापन पक्षले जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयन गरेको घोषणा गरेसँगै संस्थापन इतर पक्षले समेत समानान्तर समिति घोषणा गरेको छ। सभापति शेरबहादुर देउवा पक्षले एकलौटी रुपमा अघि बढेको भन्दै अधिवेशनमा सहभागि नबनेको बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले समानान्तर समिति घोषणा गरेको हो। विवाद नटुगिंदै अधिवेशन…
सुर्खेत : कर्णाली प्रदेशको लाइफलाइनका रुपमा हेरिएको जमुनाह–हिल्सा द्रुतमार्गको निर्माण अझै सुरु हुन सकेको छैन। नेपाल–भारत र चीन जोड्ने महत्वपूर्ण मार्ग सम्भावना अध्ययन गरे पनि काम अगाडि बढाइएको छैन। दक्षिणमा भारतीय सीमासँग जोडिएको बाँकेको जमुनाहदेखि उत्तरमा चीन जोड्ने हुम्लाको हिल्सा नाकासम्म निर्माण गर्ने भनिएको द्रुत मार्गको सम्भाव्यता अध्ययन बाहेकको थप काम अघि बढ्न नसकेको हो। प्रदेश सरकारकै सक्रियतामा चीनको चाइना…
सुर्खेत : कर्णाली प्रदेश सरकार गठन भएको चार वर्ष पुग्नै लागेको छ। तर नीति निर्माण तहमा भने पछिल्लो दुई वर्ष खासै उल्लेखनीय काम गर्न सकेको छैन। अघिल्ला दुई आर्थिक वर्षमा केही कानुन निर्माण गरेको प्रदेश सभा अहिले सुस्ताउन थालेको हो। बन्नैपर्ने कानून बनाउनेतर्फ ध्यान नदिँदा दिनानुदिन समस्या झेलिरहेको छ कर्णालीले। प्रदेश लोक सेवा आयोग कानून दुई वर्षअघिदेखि निर्माणाधिन अवस्थामा छ।…
सुर्खेत : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन चलिरहेको छ। जस अन्तर्गत हाल स्थानीय तहको अधिवेशन भइरहेको छ भने केही स्थानीय तहमा क्रियाशील सदस्यता विवादले हुन सकिरहेको छैन। महाधिवेशन अनिश्चित हुने जिल्लामध्ये कर्णाली प्रदेशका सुर्खेत र डोल्पा पनि छन्। तर, आठ जिल्लामा भने पार्टी हाँक्न नयाँ नेतृत्व आइसकेको छ। अर्थात् ती ठाउँमा महाधिवेशन भइसकेको छ। ढिला गरी क्रियाशील सदस्यता टुंगो लागेर…
सुर्खेत : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन चलिरहेको छ। जसअन्तर्गत हाल स्थानीय तहको अधिवेशन भइरहेको छ भने केही स्थानीय तहमा क्रियाशील सदस्यता विवादले हुन सकिरहेको छैन। महाधिवेशन अनिश्चित हुने जिल्लामध्ये कर्णाली प्रदेशका सुर्खेत र डोल्पा पनि हुन्। तर, आठ जिल्लामा भने पार्टी हाँक्न नयाँ नेतृत्व आइसकेका छन् अर्थात अधिवेशन भइसकेको छ। ढिला गरी क्रियाशील सदस्यता टुंगो लागेर सार्वजनिक भएको सुर्खेत…
सुर्खेत : नेकपा (एमाले) फुटको असर पार्टीभित्र मात्रै नभई अन्य निकायमा समेत देखा पर्न थालेको छ। राजनीतिक नियुक्त हुने आयोगलगायतका स्थानमा त्यसको असर देखा परेको हो। यस्तै, एमाले फुटको प्रत्यक्ष असर कर्णाली प्रदेशको योजना आयोगमा देखिएको छ। आयोग गठन गर्दा एमाले कोटाबाट आयोगको सदस्य पदमा नियुक्त भएका योगेन्द्र बहादुर शाहीले राजीनामा दिएका छन्। पार्टी फुटेसँगै उनलाई एमालेमै रहने या माधव…
सुर्खेत : कर्णालीका भूमिहीन र सुकुम्वासी वादी समुदायले गएको फागुनमा गाँस, बासको उचित व्यवस्था गर्न माग गर्दै प्रदेश सरकारको दैलोमा धर्ना दिए। घरघडेरी र कृषियोग्य जमिनको माग गर्दै गत फागुनको दोस्रो साता कर्णालीका वादी समुदाय काखे बालबालिकादेखि वृद्धवृद्धासम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडी खुला चौरमा २२ दिन धर्ना दिएर पाँच बुँदे सहमति गरे। प्रदेश सरकार र वादी समुदायवीच भएको सहमति…
सुर्खेत : अपराध अनुसन्धानमा महत्वपूर्ण युनिट मानिने नेपाल प्रहरीको कर्णालीमा हुनुपर्ने कुकुर शाखा अहिले लुम्बिनी प्रदेशको नेपालगञ्जमा छ। कर्णालीमा कुनै घटनाको तत्काल गहिरो अनुसन्धान गर्न कुकुर नै ल्याउनु परे राजधानी सुर्खेतबाट करिब ३ घण्टा समय लाग्छ। घटनास्थलमा मानिसको चहलपहल नहुँदै तत्काल कुकुरलाई पुर्याउन सके अनुसन्धान प्रभावकारी हुने र अपराधी पहिचान गर्न एकदमै सहज हुने प्रहरी अधिकारीको भनाइ छ। संघीय संरचनाको…
सुर्खेत : नेकपा (एमाले)बाट छुट्टिएर बनेको नेकपा (एकीकृत समाजवादी पार्टी)मा सनाखत गर्ने समय आज सकिएको छ। प्राप्त विवरण अनुसार यसअघि तत्कालिन एमालेभित्र नेता माधव कुमार नेपाल समूह बलियो मानिएको कर्णालीमा पार्टी फुटेसँगै खुम्चिएको छ। कर्णाली प्रदेशसभामा नेतृत्व गर्ने एमालेबाट निर्वाचित तीन सांसद रुकुम (पश्चिम)की देवी ओली, मुगुका चन्द्रबहादुर शाही र जुम्लाका पदम बहादुर रोकायाले एकीकृत समाजवादी पार्टी रोजेको प्रदेश निर्वाचन…
सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जडिबुटीको संकलन तथा प्रशोधन व्यवसाय केन्द्र विगत एक दशकअघिदेखि निर्माणाधिन अवस्थामा छ। २०६९ सालदेखि निर्माणाधिन अवस्थामा रहेको जडिबुटी संकलन तथा प्रशोधन केन्द्रको काम समयमै नसकिदाँ यहाँका व्यवसायीले समस्या भोग्नुपरेको छ। अन्तिम चरणमा रहेको केन्द्र सञ्चालनका लागि अझै २ वर्ष बढी कुर्नुपर्ने भएको छ। स्थानीयस्तरमा जडीबुटी संकलन तथा भण्डारका लागि अझै न्युनतम दुई वर्ष लाग्ने…
सुर्खेत : नेपाली राजनीतिको मूल पार्टीका रुपमा रहेको नेपाली कांग्रेसको १४ औँ महाधिवेशन जारी छ। पहिलो चरणमा भएको वडा तहको अधिवेशनमा युवाहरुको आकर्षण बढ्दो छ। जसको परिणाम स्वरुप पछिल्लो युवा पुस्ता नेतृत्व हाँक्ने तहमा पुगेका छन्। नेपाली कांग्रेसको जारी १४ औँ महाधिवेशनमा वडाको नेतृत्व हाँक्ने भएकी छिन् दैलेखकी १९ वर्षीया स्वस्तिका महतले। दुल्लु नगरपालिका-३ को वडा सभापतिमा निर्वाचित बन्न पुगेकी…
नेकपा एमालेभित्र लामो समय अन्तरविरोमा उत्रिएका नेता माधव नेपालले मुल पार्टीबाट अलग भई नयाँ दल दर्ता गरिसकेका छन्। एमाले टुक्रिएर नेता नेपालको नेतृत्वमा बनेको एकीकृत समाजवादी पार्टीले संस्थापन पक्ष एमालेलाई ठूलै चुनौती सिर्जना गरेको छ। एमालेभित्रका नेता कार्यकर्ता नेता नेपालको नवगठित पार्टीमा जाने या एमालेमै रहने केही नेताकार्यकर्ताले टुंगो लगाईसके भने, बाँकीले एक साताभित्र लगाउने छन्। यद्यपि, दुवै दलका नेता…