सुर्खेत : कोरोना संक्रमणको जोखिमले गत वर्षदेखि भौतिक उपस्थितिमा हुने शैक्षिक गतिविधि रोकियो। पछिल्लो समय बालबालिकाको पठनपाठन प्रभावित भएसँगै वैकल्पिक माध्यम अनलाइन कक्षा प्रयोगमा छ। तर, अभिभावक भने अनलाइन कक्षाले बालबालिकामा सिकाई उपलब्धि राम्रो नभएको र लगानी डुब्ने चिन्तामा छन्। बालबालिकालाई महंगो खर्च गरेर मोबाइल, ल्याप्टपजस्ता सामग्रीको जोहो गरेका अभिभावक विद्यालयको शुल्कले समेत थप थिचिएका छन्। भौतिक रुपमै विद्यालयमा उपस्थित…
सुर्खेत : प्रदेश सरकारले गएको वर्ष बाढी पहिरो प्रभावित घरपरिवारलाई एक लाख राहत रकम दिने घोषणा गर्यो। कालीकोट र जाजरकोट जिल्लामा गत साउनमा आएको बाढी पहिरो पीडितलाई राहत दिन २०७७ साउन १७ गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो। तर, निर्णय गरेको वर्ष दिन बित्नै लाग्दासमेत अझै पीडितले राहत पाउन सकिरहेका छैनन्। यो त गत वर्षमात्रै गरेको निर्णय हो। यसअघि २०७१…
सुर्खेत : कर्णाली प्रदेश सरकारले गठन भएयता पहिलो पटक ५० प्रतिशत बढी खर्च गरेको छ। यसअघि ५० प्रतिशत भन्दा कम बजेट खर्चिएको प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ मा ६५ प्रतिशत बढी बजेट खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार ६५.०८ प्रतिशत खर्च भएको छ भने, बाँकी ३४.९२ प्रतिशत बढी बजेट फ्रिज भएको छ। यसरी बजेट खर्च प्रगति हेर्दा प्रदेश…
सुर्खेत : कर्णाली प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा पेश गरेको कर्णाली प्रदेश विनियोजन अध्यादेश, २०७८ र कर्णाली प्रदेश आर्थिक अध्यादेश २०७८ जारी गर्न सिफारिस गरेको थियो। नेकपा एमालेका सांसदले निरन्तर संसद् बैठक अवरुद्ध गरेपछि चालु अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याइएको हो। बुधवार राति चालु अधिवेशन अन्त्य गरेर बिहीवार अध्यादेशमार्फत आगामी आर्थिक…
सुर्खेत : कर्णाली प्रदेश सरकारले बजेट प्रस्तुत गरे यता प्रदेशसभाको बैठक एक महिनादेखि निरन्तर अवरुद्ध हुँदै आएको छ। दल प्रतिपक्षमा हुँदा पार्टीको निर्देशनविपरीत तीन सांसद सरकारमा सहभागी बनेको भन्दै सांसद फिर्ता नभएसम्म संसद् चल्न नदिने दाउमा रहेको नेकपा (एमाले)ले बैठक निरन्तर अवरुद्ध गरेको हो। असार १ गते प्रस्तुत गरेको बजेट पारित हुने समय घर्किन लाग्दा समेत छलफल शुरु हुन सकेको…
सुर्खेत : कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हुम्लाको उत्तरी सिमाक्षेत्र स्थलगत निरीक्षण गरेका छन्। चीन र नेपालवीचको सीमा रहेको नाम्खा गाउँपालिका ६ लिमीको लाप्चा, (लोलुङजोङ) क्षेत्र निरीक्षण गरेका हुन्। तत्कालिन प्रमुखपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले सीमा मिचिएको विवादलाई राष्ट्रिय मुद्दा बनाए पनि मौन बसेका मुख्यमन्त्री शाही अहिले उनै नेता शाहीलाई साथमा लिएर त्यस क्षेत्रमा पुगेका हुन्। गत…
सुर्खेत : दोस्रो लहरको कोरोना भाइरस संक्रमणको चेन ब्रेक गर्न लागू गरिएको निषेधाज्ञा हटेसँगै चौतर्फी भिडभाड बढेको छ। प्रदेशको राजधानी सुर्खेत, त्यसैमाथि असार मसान्त, सरकारी अड्डा होस् या बैंक तथा वित्तीय संस्थाहरु, चहलपल निक्कै बढेको छ। यो चहलपहल हेर्दा निषेधाज्ञा हटेसँगै कोरोनाको जोखिम पनि हराइसक्यो कि भन्ने लाग्न सक्छ। डेढ/दुई महिनाको निषेधाज्ञाले अत्तासिएका नागरिक सामान्य अवस्थामा जस्तै कोभिड १९ को…
सुर्खेत : असार १ गते बिहान साढे पाँच बजेतिर सल्यानको एक गाउँपालिकास्थित एक महिलाको घाँटी थिचि हत्या भयो। अभियुक्तको पहिचान हुन नसक्दा घटना कसले र किन गरायो भन्ने विषय अझै अनुसन्धानकै क्रममा छ। त्यस्तै, गत साउनको दोस्रो साता दैलेख नारायण नगरपालिका घर भएकी एक महिला सुर्खेत वीरेन्द्रनगरस्थित सामुदायिक जंगलमा मृत अवस्थामा स्थानीयको सहयोगमा प्रहरीले फेला पार्यो। जबरजस्ती करणी पश्चात मारेर…
सुर्खेत : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै नेतृत्व हत्याउन शीर्ष तहदेखि गाउँका नेताकार्यकर्ता लबिङमा जुटिरहेका छन्। लामो समयपछि हुन लागेको महाधिवेशनमा कांग्रेसभित्र संस्थापन पक्ष र संस्थापन पक्षइतर दुवै खेमा सक्रिय भएका छन्। जसरी केन्द्रमा सभापतिका लागि गुटगत भेला र छलफल भइरहेका छन्, त्यसैगरी वडादेखि प्रदेशसम्म आन्तरिक रुपमा लबिङ तथा छलफललाई तिव्रता दिएका छन्। कर्णालीमा दुई खेमाविचको छलफल भइरहेको छ।…
सुर्खेत : नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको आन्तरिक किचलोले प्रदेश सभालाई बन्धक बनाइएको छ। एमालेको विवादकै कारण बजेट प्रस्तुत भएको दश दिन बितिसक्दा पनि अझै छलफल सुरु हुन सकेको छैन। असार १ गते प्रस्तुत बजेटमाथि छलफलका लागि शुक्रवार बसेको संसद बैठक एमालेकै अवरोधका कारण सुरु नहुदैँ स्थगित भयो। सरकारले संसदमा बजेट प्रस्तुत गरेदेखि पटकपटक आव्हान गरिएको कर्णाली प्रदेशसभाको बैठक…
सुर्खेत : सात वर्षअघि आएको बाढी पहिरोबाट सुर्खेतमा एक हजार ४५ घरपरिवारको उठिवास भयो भने, सयौं घरपरिवार विचल्ली हुनपुगे। करोडौँको धनमाल क्षति हुदाँ बाढी पहिरोमै परेर कतिपयको मृत्युसमेत भयो। अहिले पनि घरवास उठिवास भएकाहरु त्रिपालमुनी बस्न बाध्य छन्। २०७१ साउन अन्तिम साता आएको बाढी पहिरोबाट विस्थापिहरुका घरवास बनाईदिने आश्वासन दिएका सरकारले अहिलेसम्म पुर्नस्थापना गर्न सकेका छैनन्। प्राकृतिक विपत्ति रोक्न र…
सुर्खेत : कर्णाली प्रदेशसभामा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र राप्रपा गरी चार वटा दल प्रतिनिधित्व गर्छन्। चार वटा दलमध्ये राप्रपाबाहेक तीन ठूला दल अहिले सत्तारोहणमा छन्। सत्ता समीकरणमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारमा अहिले नेपाली कांग्रेस र एमालेको नेपाल समूह सहभागी बनेको हो। दुई समूहमा विभाजित एमालेको नेपाल समूह सरकारमा छ भने, ओली समूह प्रतिपक्ष भनिरहेको…
सुर्खेत : नेपााली कांग्रेस सुर्खेतका नेता एवं पूर्व मन्त्री तप्तबहादुर विष्टको निधन भएको छ। नेपाली कांग्रेस सुर्खेतका पूर्वसभापति समेत रहेका विष्टलाई एक महिना अघि कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भई प्रदेश अस्पतालमा भर्ना गरिएको थियो। प्रदेश अस्पतालमा सुर्खेतमा स्वास्थ्य अवस्था सुधारोन्मुख नभएपछि थप उपचारका लागि कोठमाण्डौँको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको परिवार स्रोतले जनाएको छ।…
सुर्खेत : सुर्खेतको लेकबेशी नगरपालिका–४ का सुरेन्द्र पोखरेलले संक्रमित दाजुलाई नगरपालिकाले निर्माण गरेको आइसोलेसन अर्थात उपचार केन्द्र दशरथपुरमा राखे। त्यस उपचार केन्द्रमा बीसको उन्नीस नभएपछि हतासिएका पोखरेललाई बिरामी दाजुलाई अब कहाँ लैजाने तनाव बढ्यो। जताततै सुनिन्छ ‘अस्पतालमा बिरामी भरिए, भर्ना नगर्ने, यदि गरिहाले पनि अक्सिजन अभावमा बिरामीको मृत्यु भयो।’ यस्तै खाले चर्चाले झनै थपिएको थियो तनाव। अब उनी सामु दुई…
सुर्खेत : स्वास्थ्य संस्थाहरुको पूर्वाधार कमजोर कर्णाली प्रदेशमा अहिले कोरोना भाइरस संक्रमितले भरिभराउ छन्। सामान्य महामारीमा सयौँले ज्यान गुमाउने कर्णालीमा कोरोना संक्रमणले समेत आक्रान्त बनेको छ। यस्तो बेला न पर्याप्त शैया छन्, न अक्सिजन। संक्रमण र मृत्युदर प्रतिदिन उकालो लागि रहेको कर्णालीमा रोकथाम र उपचारमा एक जुट हुनुपर्ने बेला प्रदेश अस्पतालमाथि राजनीतिक खेल सुरु भएको छ। तत्कालिन मध्यपश्चिमाञ्ल क्षेत्रीय अस्पताल…
सुर्खेत : प्रदेशकै प्रवेशद्वार सुर्खेतको भेरीगंगा नगरपालिकामा कोरोना भाइरस सक्रमणको जोखिम बढ्दो छ। प्रतिदिन संक्रमण र मृत्युदर बढिरहेको भेरीगंगा नगरपालिकाले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितका लागि टार्गेट गरेर ‘संक्रमितका लागि कोसेली’ अभियान सुरु गरेको छ। होम आइसोलेसनमा बसेका संक्रमितलाई पौष्टिक आहार र स्वास्थ्य सामग्रीहरु घरमै पुगेर वितरण गर्ने गरेको छ। नगरपालिकाका जनप्रतिनिधि स्वंयम कोरोना संक्रमितको घरमा पुगेर अण्डा, मास्क, सेनिटाइजर…
सुर्खेत : सल्यानको सिद्धकुमाख गाउँपालिका–२ की ४१ वर्षीया महिलामा वैशाख तेस्रो साता कोरोना भाइरस संक्रमण पुष्टि भयो। संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेकी उनमा सामान्य लक्षण देखिएको थियो। स्वास्थ्य संस्थाहरुमा लक्षणसहितको जटिल प्रकृतिको विरामीबाहेक अन्य विरामीलाई भर्ना नलिने भएकाले उनी घरमै बस्न बाध्य थिइन्। घरमा बसिरहेकी ती महिलामा अचानक श्वासप्रश्वासमा समस्या देखियो। घरपरिवारका सदस्यले फेरि स्वास्थ्य संस्था पुर्याउने तयारीमा लाग्दालाग्दै ओछ्यानमै श्वासप्रश्वास रोकियो।…
सुर्खेत : कर्णालीमा थप दुई जना मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्। नवनियुक्त आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्री सीताकुमारी नेपाली र आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले शपथ लिएका हुन्। नवनियुक्त मन्त्री नेपाली र शर्मालाई सोमबार प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले शपथग्रहण गराएका हुन्। मन्त्रीद्वयलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतवार मात्रै नियुक्त गरेका थिए। यसअघि मुख्यमन्त्री शाहीले…
सुर्खेत : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण र उपचारमा गम्भीर नबनेको भन्दै अस्पताल र प्रदेश सरकारविरुद्ध उच्च अदालत सुर्खेतमा रिट परेको छ। महामारीको अवस्थामा नागरिकहरुको उपचारमा तल्लीन हुनुपर्ने भन्दै उल्टै संक्रमित विरामीलाई भर्ना लिन सक्दैँन भन्ने निर्णय तत्काल फिर्ता हुनुपर्ने भन्दै अधिवक्ता गणेश बहादुर ओलीले रिट हालेका हुन्। सामान्य अवस्थामा भए अस्पताल जान नचाहने नागरिक अवस्था गम्भीर भएमात्र अस्पतालको…
सुर्खेत : कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुधवार तीन जना सांसदलाई मन्त्रीमा नियुक्त गरे। मुख्यमन्त्री शाहीले नियुक्त गरेर प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष सिफारिस गरेसँगै शपथ ग्रहणको समय बिहीवार बिहान ११ बजेका लागि तोकिएको थियो। तर, शुक्रवार साँझसम्म बधाईको ओइरो खाएका उनीहरु अन्ततः शपथ खान पाएनन्, भने मन्त्रालय सम्हाल्न पाउने कुरै भएन। बधाई खाने उनै थिए जो माओवादी केन्द्रबाट मन्त्रीमा नियुक्त गरिएका…