सुर्खेत : दैलेखको भैरवी गाउँपालिका-४ स्थित स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी कर्णबहादुर थापा मृत फेला परेका छन्। सोमवार कार्यालयको कामकाज सकेर फर्किएका थापा घरमै मृत फेला परेका हुन्। ३८ वर्षीय थापा गलबन्दीको पासो लगाएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक नैनबहादुर थापाले जानकारी दिए। ‘श्रीमती बिहानै माइत गएकी हुन् रे, श्रीमान् प्रायः जाँडरक्सी खान्थे रे, गोठमा झुण्डिएको…
सुर्खेत : कर्णाली प्रदेशलाई सहयोगापेक्षी सडक आश्रित मानवरहित प्रदेश घोषणा गरिएको छ। शनिवार प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले सहयोगापेक्षी सडक आश्रित मानवरहित प्रदेश घोषणा गरेका हुन्। कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णालीमा सहयोगापेक्षी, बेसहारा, असाहय, अशक्त, अभिभावकविहीन बालबालिका र मानव अब सडकमा बस्नुपर्ने दिनको अन्त्य भएको बताए। प्रदेश सरकारले प्रदेशका दश जिल्लामै आफ्नो संरचना बनाएर सडक आश्रित मानिसहरुको…
सुर्खेत : कर्णालीमा प्रदेश लोक सेवा आयोग गठनको बाटो खुलिसकेको छ। झण्डै एक वर्षअघि नै प्रदेश सभाबाट लोक सेवा आयोग विधेयक पास भएर आयोग गठनको बाटो खुलेको हो। तर कर्णाली प्रदेश सरकार भने आयोग गठन गर्न केन्द्रित नभएर करारमा कर्मचारी भर्ना गर्ने लहरमा छ। सरकारले लोक सेवा आयोग गठन प्रक्रियामा ढिलाइ गरेकै कारणले प्रदेशमा कर्मचारीको अभाव उस्तै छ। अर्कातर्फ सरकारले…
सुर्खेत : २०७१ साउनको बाढीपहिरोबाट विस्थापितको पुर्नस्थापना हुन नसक्दा पीडितहरु अझै पनि कष्टकर जीवन बिताउन बाध्य भएका छन्। ‘६-७ वर्ष भइसक्यो अहिलेसम्म न प्रदेश सरकारले केही गरेको छ न स्थानीय सरकारले,’ महिला प्रशिक्षण केन्द्र वीरेन्द्रनगरमा बस्दै आएकी बाढीपीडित सरस्वती सिंहले भनिन्,‘चुनावका बेला आएर हामी घर बनाइदिन्छौँ। जग्गा उपलब्ध गराइदिन्छौँ भने अहिले एक पटक पनि आएका छैनन्।’ आफुहरु मन्त्रालयमा पुग्दासमेत काम…
सुर्खेत: सुर्खेतको चौकुने गाउँपालिका यसअघि नै पूर्णरुपमा छाउपडी प्रथा अन्त्य घोषणा भइसकेको क्षेत्र हो। विभिन्न संघ-संस्थाले करोडौँ खर्चेर ठूलो तामझामका साथ २०७१ सालमा छाउपडी गोठमुक्त क्षेत्र घोषणा गरेका थिए। अहिले यहाँ संघीय संरचना अनुसार पालिकाभित्र गुटु, घाटगाउँ, लगाम, वेतान र बिजौरा साविकका गाविसहरु पर्दछन्। गाविसस्तरीय छाउपडी उन्मुलन समितिनै बनाएर ती गाविसहरुमा छाउपडीमुक्त घोषणा गरिएको थियो। अहिले ती क्षेत्रमा छाउगोठ जस्ताका तस्तै…
सुर्खेत : कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले प्रादेशिक रंगशाला निर्माण गर्ने योजना अघि सारेको छ। सोही बमोजिम गत आर्थिक वर्षमा प्रादेशिक रंगशाला निर्माणका लागि भनेर ७ करोड बजेट विनियोजन गरेको थियो। बजेट खर्च गर्ने बाटो नखुलेपछि रकमान्तर गरेर अन्य शीर्षकमा खर्च गरियो। मन्त्रालयले चालु आर्थिक वर्षमा पुनः रंगशाला तथा खेलकुद मैदान निर्माण गर्न ११ करोड ७५ लाख रुपैयाँ छुट्याएको जनाएको छ। प्रदेश…
सुर्खेत : राष्ट्रिय सभा सदस्यका लागि कर्णाली प्रदेशमा दुई पदका लागि चार जनाले मनोनयन दर्ता गराएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले र्यालीसहित निर्वाचन अधिकृतको कार्यालय सुर्खेतमा पुगेर मनोनयन दर्ता गराएका हुन्। नेकपाबाट मायाप्रसाद शर्मा र सुमित्रा बिसीले मनोनयन दर्ता गराएका छन् भने कांग्रेसबाट डिल्लीराज पाठक र गणेश कुमारी बस्नेतले मनोनयन दर्ता गराए। प्रदेशको मत संख्या कूल एक…
सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिका रामघाटस्थित शिखर माध्यमिक विद्यालयका दृष्टिविहीन विद्यार्थीलाई डिजिटल रेकर्डर प्रदान गरिएको छ। १३ जना दृष्टिविहीन विद्यार्थीलाई कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीले डिजिटल रेकर्डर, स्पीकर र नगद हस्तान्तरण गरे। विद्यालयमा एक कार्यक्रमका बीच विद्यार्थीलाई रेकर्डर, स्पीकर र नगद १६ हजार चार सय रुपैयाँ हस्तान्तरण गरिएको हो। केही समयअघि पहिलोपोस्टमा सोही दृष्टिविहीन विद्यार्थीको समाचार प्रकाशित भएको थियो। समाचार…
सुर्खेत : कर्णाली प्रदेशको दोस्रो प्रदेश समन्वय परिषद्को बैठकमा स्थानीय तहका जनप्रतिनिधिले चर्को असन्तुष्टि जनाएका छन्। प्रदेश समन्वय परिषद्को पहिलो बैठकमा गरिएको निर्णय कार्यान्वयन नभएको भन्दै जनप्रतिनिधिहरु प्रदेश सरकारप्रति असन्तुष्टि जनाएका हुन्। गत माघ १४ र १५ गते प्रदेश समन्वय परिषद्को पहिलो बैठकले ३१ बुँदे साझा प्रतिवद्धता जारी गरेको थियो। झण्डै एक वर्ष वित्नै लाग्दा पुनः बसेको दोस्रो बैठकले २१…
सुर्खेत : दुई वर्षअघि दैलेखका हिराबहादुर शाहीले वीरेन्द्रनगरमा ६ मिटरको घडेरी किने। उनले मिटरको अढाई लाखका दरले घडेर पास गराएका थिए। सोही ठाउँमा गएको माघ महिनामा जाजरकोटका मानबहादुर खड्काले ६ मिटरकै घडेर किने। जग्गा कारोवारीसंग किनेका उनले ६ लाख रुपैयाँ प्रतिमिटरका दरले घडेरी आफ्नो नाममा पास गराए। ‘मंगलगढीदेखि भित्र पट्टि ६ मिटर जग्गालाई ६ लाखका दरले पास गरेँ’, उनले भने,…
सुर्खेत : काठमाडौं र प्रदेशका विभिन्न जिल्लामा उडान भर्ने सुर्खेत विमानस्थल वरपर चराचुरुङ्गी झुम्मिने गर्छन्। विमानस्थल नजिकै बधशाला भएकै कारण र बजारको दुर्गन्धले चराचुरुङ्गी आउने हुँदा विमान अवतरण र उडान गर्दा दुर्घटनाको जोजिम बढेको छ। यसअघि दुई महिनामा दुई पटक विमानमा चरा ठोक्किइसकेको नागरिक उड्डयन प्राधिकरण सुर्खेतका प्रमुख उमेशकुमार पन्थीले जानकारी दिए। ‘विमानस्थल वरपर चराचुरुङ्गी आउने भनेको फोहोरमैला भएरै हो। जसले गर्दा…
सुर्खेत : कर्णाली प्रदेश सरकारको बजेट कार्यान्वयन निकै कमजोर देखिएको छ। चालु आर्थिक वर्ष २०७६/०७७ को चौमासिकसम्म पुँजीगततर्फ अर्थात विकास बजेट एक प्रतिशत पनि खर्च हुन सकेको छैन। प्रदेश सरकारले आर्थिक वर्षको कात्तिक मसान्तसम्म जम्मा बजेटको एक दशमलव ६१ प्रतिशत मात्रै खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी यमुना श्रेष्ठले जानकारी दिइन्। सरकारको खर्च प्रगति हेर्दा विकास बजेट भन्दा चालुतर्फ धेरै…
सुर्खेत : दैलेखको भगवतीमाई गाउँपालिकाको कट्टिबाट पढ्नकै लागि सुर्खेतस्थित शिखर मावि रामघाटमा आए विष्णुप्रसाद दाहाल। आयस्तर कम भएका परिवारका उनी कक्षा ९ मा अध्ययनरत छन्। माध्यामिक शिक्षा जसरी नि पार गर्ने हुटहुटी छ दाहाललाई। अध्ययनकै क्रममा उनले विद्यालयमा कम्ता आरोहअवरोह छिचोल्नु परेको छैन। जन्मँदै दृष्टि गुमाएका उनलाई विद्यालयमा अन्य विद्यार्थीसँगै एउटै कक्षामा पढ्नुपर्छ। यसैले निकै असहज छ उनलाई। कक्षा कोठामा…
सुर्खेत : कर्णाली प्रदेश सरकारले राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनमा थप विद्युत् उत्पादन गर्ने योजना अघि सारेको छ। संघीय सरकार मातहत रहेको आयोजनाको करिब ४८ मेघावाट विद्युत् उत्पादनमै पूर्ण लगानी गर्न खोजेको कर्णाली सरकारले बाँधबाटै भए पनि थप विद्युत उत्पादनको औपचारिक प्रक्रिया थालेको छ। आयोजनाबाट उत्पादन हुने करिब ४८ मेघावाट विद्युत् उत्पादन प्रभावित नहुने गरी आयोजना स्थलमा…
सुर्खेत : सुर्खेतको वीरेन्द्रनरमा मौसम सम्बन्धी पूर्व जानकारी दिने राडार सञ्चालनमा आएको छ। निर्माण कार्य सकिएको झण्डै एक वर्षपछि सञ्चालनमा आएको राडारको नेपाल सरकारका ऊर्जा, जलस्रोत, तथा सिँचाई मन्त्री वर्षमान पुनले शुभारम्भ गरेका छन्। अमेरिकी कम्पनी इन्टरप्राइज इलेक्ट्रोनिक को–अपरेशनले विश्व बैंकको करिव १७ करोडको लागतमा उक्त लागत निर्माण गरेको हो। मन्त्री पुनले राडारको उद्घाटन गर्दै मानविय क्षतीबाट बच्न, प्राकृतिक विपद्को…
सुर्खेत : दैलेखमा माइक्रो बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दैलेखको गुराँस गाउँपालिका-४ घोडाबास नजिकै माइक्रो बस दुर्घटना भएको हो। दुर्घटनामा परी १३ जना घाइते भएका छन्। सुर्खेतबाट दैलेख जाँदै गरेको भे १ ज १०२९ नम्बरको माइक्रो बस सडकदेखि करिब दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी हरिबहादुर ओलीले जानकारी दिए। मृत्यु हुनेहरुमा दुई जना पूरुष र…
सुर्खेत : राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको भेरी-बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनामा मुआब्जाको विषयले विवाद उत्पन्न भएको छ। आयोजना प्रभावित सुर्खेतका तीन नगरपालिकाले पटक-पटक मुआब्जाको विषयलाई उठाए पनि विवाद सुल्झिन नसकेको छैन। भेरीगंगा नगरपालिका, लेकबेँशी नगरपालिका र गुर्भाकोट नगरपालिकाका स्थानीयको तर्फबाट जनप्रतिनिधिले उचित क्षतिपूर्ति पाउनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालय, ऊर्जा मन्त्रालय र भूमि, व्यवस्था मन्त्रालयमा ज्ञापन पत्र बुझाएका छन्। तीन वटै नगरपालिकाका…
सुर्खेत: भौगोलिक रुपमा अधिकांश पहाडी जिल्ला भएको कर्णालीमा सहज हवाई यातायातको सेवा नहुदाँ यहाँका नागरिकले दैनिक समस्या भोग्नु परेको छ। कालिकोटमा करिब २५ वर्षदेखि विमानस्थल निर्माण कार्य पुरा हुन सकेको छैन भने दैलेख, जाजरकोट र सल्यानमा विमानस्थल नै छैन। हवाई सेवा भएका जिल्लामा पनि नियमित उडान नहुदाँ सर्वसाधारणले सास्ती भोग्दै आएका छन्। लामो समय बितिसक्दा पनि निर्माणाधिन अवस्थामा रहेको विमानस्थल…
सुर्खेत : कर्णालीका नागरिक समयमै उपचार नपाएर ज्यान गुमाउनुपर्ने बाध्यतामा छन्। रोग, भोक र शोकले पिल्सिएका यहाँका नागरिकको सहज पहुँचमा स्वास्थ्य सेवा पुग्न सकेको छैन। संघीय व्यवस्था निर्माण भइ जनतालाई जति सक्दो सेवा प्रवाह गर्ने सरकारको लक्ष्यमा अहिलेसम्म कुनै ध्यान पुगेको छैन। तीन तहका सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नागरिकको पहुँचसम्म पुर्याउने भनिए पनि व्यवहारमा अझै कार्यान्वयन भएको छैन। घण्टौँ…
सुर्खेत: शारीरिक रुपमा अशक्तहरुले सडकमा होस् या सवारी साधनमा यात्रा गर्दा, शौचालय होस् या विश्राम गर्ने प्रतिक्षालयमा प्रत्यक्ष सरोकार राख्ने स्थानसम्म उनीहरुको सहजै पहुँच छैन। अभाव र पहुँच नभएरै दिनहुँ सास्ती झेल्दै आएका छन् उनीहरुले। उनीहरुको आवश्यकता र सहजतालाई ध्यानमा राखेर प्राय कोही कसैले पनि भौतिक संरचना निर्माण गरिरहेका छैन। जसले गर्दा उनीहरु बेमतलवीको शिकारले पिरोलिएका छन्। यही बेमतलवीको…