PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

  • कर्णालीको प्रदेशसभा बैठक अन्यौलमा, सभामुख भन्छन् : संसदले गर्ने काम नै केही छैन

    कर्णालीको प्रदेशसभा बैठक अन्यौलमा, सभामुख भन्छन् : संसदले गर्ने काम नै केही छैन

    सुर्खेत : कर्णाली प्रदेशसभाको बैठक अन्यौलमा परेको छ। साउन २५ गतेदेखि स्थगित भएको प्रदेशसभा बैठक अहिलेसम्म बस्ने कुनै टुङ्गो छैन। महिना दिन अघिदेखि सांसद र मन्त्रीहरु फुर्सदिला बनेका छन्। अहिले अधिकांश सांसदहरु प्रदेशको राजधानीमा भेटाउन समेत सकिँदैन। कानुन निर्माण गर्ने समयमा अहिले कर्णाली सरकार फुर्सदिलो बनेको छ।   प्रदेशसभा सचिवालयमा सरकारले दुई वटा विधेयक दर्ता गराएको छ। यसअघि संसदमा टेबल भइसकेका…

    विस्तृतमा पढ्नुस्

  • सुख्खा पहिरोमा परी दुई जनाको मृत्यु, ४ जना घाइते र एक वेपत्ता

    सुख्खा पहिरोमा परी दुई जनाको मृत्यु, ४ जना घाइते र एक वेपत्ता

    सुर्खेत : सुक्खा पहिरोमा परी हुम्लाको चंखेली गाउँपालिका वडा नम्बर ५ नेक्पामा दुई जनाको मृत्यु भएको छ। शनिवार दिउँसो खसेको पहिरोमा अर्का एक जना वेपत्ता छन् भने चार जना घाइते भएका छन्। पहाड फुटेर खसेको ढुंगाले चंखेली गाउँपालिका वडा नम्बर ५ की २४ वर्षीया वसन्ती तामाङ र १३ वर्षीया अनिता तामाङ्गको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।  …

    विस्तृतमा पढ्नुस्

  • पार्टीको नेतृत्व चयनका लागि कर्णालीका मन्त्रीदेखि सांसद महिना दिनदेखि काठमाडौंमा, संसदमा विधेयक अलपत्र

    पार्टीको नेतृत्व चयनका लागि कर्णालीका मन्त्रीदेखि सांसद महिना दिनदेखि काठमाडौंमा, संसदमा विधेयक अलपत्र

    सुर्खेतः कर्णाली प्रदेशका सांसद र मन्त्रीहरु संघीय राजधानी काठमाडौं लागेपछि प्रदेश सरकार रित्तिएको छ। महिनादिन अघिदेखि प्रदेशका अधिकांश सांसद र केही मन्त्रीहरु काठमाडौँमै छन्।  झण्डै महिना दिन बित्दा पनि मन्त्री र सांसद प्रदेशमा नफर्किदा संसद बैठक बस्न सकेको छैन। जसले गर्दा प्रदेशसभा बैठकले गर्ने काम सुस्ताएको छ। प्रदेशसभा बैठक महिना दिनदेखि बस्न नसक्दा प्रदेशस्तरमा बनाउनु पर्ने कानुन निर्माणमा ढिलाई भएको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेशको नाम 'कर्णाली' भएको ७ महिना बित्यो : तर, प्रहरी र स्थानीय तह लेख्छन् ६ नम्बर प्रदेश

    प्रदेशको नाम 'कर्णाली' भएको ७ महिना बित्यो : तर, प्रहरी र स्थानीय तह लेख्छन् ६ नम्बर प्रदेश

    सुर्खेत: कर्णालीमा अझै पनि प्रदेश सभाबाट पारित निर्णय कार्यान्वयमा गएका छैनन्। संसदले र सरकारले गरेका निर्णयसमेत कर्णालीमा रहेका प्रहरी प्रशासन र स्थानीय तहले कार्यान्वयन गर्न आलटाल गरेका छन्।  प्रदेशसभाले करिब ७ महिना अघि ६ नम्बर प्रदेशलाई कर्णाली प्रदेश र राजधानी वीरेन्द्रनगर तोक्ने निर्णय गरेर प्रदेश सरकार कार्यान्वयनमा गईसकेको छ। तर, यहाँका प्रहरी प्रशासन कार्यालय र स्थानीय तह भने ६ नम्बर प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • चट्याङ लाग्दा श्रीमानको मृत्यु, श्रीमती घाइते 

    चट्याङ लाग्दा श्रीमानको मृत्यु, श्रीमती घाइते 

    सुर्खेतः सुर्खेतको गुर्भाकोट नगरपालिकामा चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।  नगरपालिकाको वडा नं.–१४ जुगेपानीस्थित एकतले फुसले छाएको घरमा चट्याङ् पर्दा ५० वर्षीय प्रेमबहादुर कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।  चट्याङ लागेर उनकी ४८ वर्षीया खगीसरा पुन घाइते भएकी हुन्। घाईते पुनको मेहेलकुना अस्पतालमा उपचार भईरहेको छ।  चट्याङले गोठमा रहेका २…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली विकासको गुरुयोजना बनाउन काठमाडौंमा बसेको बैठकमाथि आक्रोश : 'प्रदेशको बैठक संघीय राजधानीमा किन?'

    कर्णाली विकासको गुरुयोजना बनाउन काठमाडौंमा बसेको बैठकमाथि आक्रोश : 'प्रदेशको बैठक संघीय राजधानीमा किन?'

    सुर्खेत: कर्णाली प्रदेश सरकारले बेलाबखत आलोचना खेप्ने काम गर्दै आईरहेको छ। केन्द्रिकृत शासन प्रणालीबाट देश संघीयता गए पनि प्रदेश सरकारका गतिविधिले आलोचित बनिरहेका छन्। सरकारले कर्णालीको समृद्धिका नाममा काठमाण्डौँका महँगा तारे होटलमा कार्यक्रम र अन्तक्रिया गर्दै आएपछि सर्वसाधारण देखि प्रदेश सांसदलेसमेत आलोचना गर्न थालेका छन्।   एक दिन अघिमात्र प्रदेश सरकारले कर्णालीको विकासका लागि गुरुयोजना बनाउने भन्दै विज्ञ टोलीसँगको छलफल…

    विस्तृतमा पढ्नुस्

  • यात्रुवाहक बस एकआपसमा ठोकिदा १३ जना घाइते, पाँचको अवस्था गम्भीर

    यात्रुवाहक बस एकआपसमा ठोकिदा १३ जना घाइते, पाँचको अवस्था गम्भीर

    सुर्खेतः सुर्खेतको सब्बाकुनाको ठुलो बिउरेनी भन्ने स्थानमा दुई यात्रुवाहक बस एक आपसमा ठोकिदा १३ जना घाइते भएका छन्। सुर्खेत देखि नेपालगन्ज जाँदै गरेको ना ४ ख ७०२४ नम्बरको बस र नेपालगन्ज देखि सुर्खेत आउँदै गरेको बा३ ख ६२१२ नम्बरको बस एक आपसमा ठोकिएका हुन्। घाइतेहरूको वीरेन्द्रनगर स्थित माया नर्सिङ होममा उपचार भइरहेको छ। पाँच जनाको अवस्था भने गम्भीर रहेको छ। 

    विस्तृतमा पढ्नुस्

  • भेरीमा पुल नहुँदा डुंगा र ट्युबको भर, दुर्घटनामा परी २० वर्षमा १४ जनाको मृत्यु

    भेरीमा पुल नहुँदा डुंगा र ट्युबको भर, दुर्घटनामा परी २० वर्षमा १४ जनाको मृत्यु

    सुर्खेत: भेरीगंगा नगरपालिका वडा नं. १ बसेरीकी कल्पना राना डोकोमा तरकारी बोकेर बजार पुर्‍याउँथिन्। घरमा उत्पादित तरकारी डोको भरी पारी बिहानै वीरेन्द्रनगर बजारमा पुग्थिन।  तरकारीकै आम्दानीले घर व्यवहार चलाउँदै आएकी रानालाई गाडीको ट्युबमा बसेर भेरी नदी तर्नुको विकल्प थिएन्। एक दिन ट्युबबाट नदी तर्दातर्दै ट्युब दुर्घटना भयो। ३० वर्षीया रानाको घटनास्थलमै मृत्यु भयो। उनीसँगै तीन जनाको पनि मृत्यु भयो।  २०७४…

    विस्तृतमा पढ्नुस्

  • आयोजना शुरु भएको ६ वर्षमा चौकुनेमा विद्युत: लालमाया भन्छिन्  ‘गाउँ नै झिलिमिली हुनेभयो’

    आयोजना शुरु भएको ६ वर्षमा चौकुनेमा विद्युत: लालमाया भन्छिन्  ‘गाउँ नै झिलिमिली हुनेभयो’

    सुर्खेत: कर्णाली प्रदेशको राजधानी सुर्खेतका सबै स्थानीय तहमा अझै विद्युतीकरण भइसकेको छैन। नौँ स्थानीय तह मध्ये नगरपालिकामा विद्युत पुगे पनि सबै गाउँटोलमा पुगेको छैन। गाउँपालिकको हालत उस्तै।  विद्युत लाईनले नछोएको गाउँपालिका हो चौकुने। गाउँपालिकाले विद्युतीकरण गर्नकै लागि ‘चौकुने उज्यालो अभियान’ समेत सञ्चालन गरेको छ। सोही योजना अनुसार गाउँपालिकाले २२ किलोवटा क्षमताको लघु जलविद्युत आयोजना सञ्चालनमा ल्याएको छ।   २०६९ बाट शुरु…

    विस्तृतमा पढ्नुस्

  • सामुदायिक वनको नमुना काम : सोलार जडानदेखि आयोजना सञ्चालन  

    सामुदायिक वनको नमुना काम : सोलार जडानदेखि आयोजना सञ्चालन  

    सुर्खेत : सुर्खेतको एक सामुदायिक वनले उदाहरणीय काम गरेको छ। पहिले वन संरक्षण गर्ने नाउमा संरक्षणमै सीमित थिए, सामुदायिक उपभोक्ता समुह। तर, दुई वर्ष अघिदेखि वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएसँगै उदाहरणीय काम गर्न थालेका छन्। अहिले वनले आयआर्जन सँगै सामाजिक काममा समेत सक्रियाता देखाउँदै आएको छ, सुर्खेतको बराहताल गाउँपालिका–५ मा रहेको रुइनियाडाँडा सामुदायिक उपभोक्ता समूहले।   सामान्यतया सामुदायिक वनले…

    विस्तृतमा पढ्नुस्

  • लाखे नाच हेर्दाहेर्दै मञ्चको छत भत्किँदा तीन जना घाइते

    लाखे नाच हेर्दाहेर्दै मञ्चको छत भत्किँदा तीन जना घाइते

    जाजरकोट: जाजरकोटमा एक सार्वजनिक मञ्चको पक्की छत भत्किँदा तीन जना घाइते भएका छन्। जाजरकोट सदरमुकाम खलङ्गामा भइरहेको लाखे नाँच हेर्दै गर्दा गौरीखाली सार्वजनिक मञ्चको छत भत्किएको हो। उक्त छत भत्किँदा भेरी नगरपालिका ४ की अनिता थापा, सोही ठाउँकी मेनुका शाही र कुशे गाउँपालिका–३ सुनिता कार्की घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका निमित्त प्रमुख लोकबहादुर विष्टले जानकारी दिए।   विगतका वर्षझै…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा पहिलो पटक राष्ट्रिय नाटक महोत्सव हुँदै, प्रथम हुने नाटकलाई डेढ लाख पुरस्कार

    कर्णालीमा पहिलो पटक राष्ट्रिय नाटक महोत्सव हुँदै, प्रथम हुने नाटकलाई डेढ लाख पुरस्कार

    सुर्खेत: कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पहिलो पटक राष्ट्रियस्तरको नाटक महोत्सव हुने भएको छ। सांस्कृतिक संस्थान काठमाडौंको मूख्य आयोजना एवं आरंग नेपालको संयोजन र स्थानिय  कला साहित्य तथा सांस्कृतिक संस्थाहरुसंगको सहकार्य, प्रदेश तथा स्थानीय सरकारहरुको संरक्षकत्वमा यही २०७५ मंसिर पहिलो सातामा प्रतियोगितात्मक राष्ट्रिय नाटक महोत्सवको आयोजना गर्न लागिएको आरंग नेपालका अध्यक्ष तथा महोत्सव सञ्चालन मुल समितिका संयोजक गणेशभक्त गौतमले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • डिजाइनमै डिफेक्ट : सडक विभागले नसच्याउँदा अलपत्र भयो पुल

    डिजाइनमै डिफेक्ट : सडक विभागले नसच्याउँदा अलपत्र भयो पुल

    सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिकाको (रामघाट) र लेकवेशी नगरपालिकाको दशरथपुर जोड्ने पक्की (ट्रष्ट) पुलको डिजाइन ढिला हुँदा अलपत्र परेको छ। डिजाइन फल्ट भएको डेढ वर्ष बितिसक्दा समेत सडक विभागले रि–डिजाइन गर्न ढिलाइ गर्दा काम अघि सरेको छैन।   यस अघि विभागले पास गरेको स्थानमा कमजोर भाग देखिएसँगै सुरुको डिजाइन असफल भएपछि पुनः डिजाइनको काम अघि बढाइएको थियो। २०७३ फागुनमा रि–डिजाइनका लागि…

    विस्तृतमा पढ्नुस्

  • अन्डरवेयर र बाइकको लुकिङ ग्लासमा ब्राउनसुगर, पाँच पक्राउ

    अन्डरवेयर र बाइकको लुकिङ ग्लासमा ब्राउनसुगर, पाँच पक्राउ

    सुर्खेत: सुर्खेतमा अहिले सम्मकै ठूलो परिमाणको लागुऔषध ब्राउन सुगरसहित ५ जना पक्राउ परेका छन्।  जिल्ला प्रहरी कार्यालय सुर्खेतको विशेष टोलीले मंगलवार वीरेन्द्रनगर ११ सुव्वाकुनाबाट १५.६ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी वसन्त रजौरेले जानकारी दिए।   नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेका तीन वटा मोटरसाइकल भे ४ प ३४२१ नम्बरको मोटरसाईकलमाको लुकिङ् ग्लासमा लुकाई ल्याएको ४…

    विस्तृतमा पढ्नुस्

  • डिजिटल प्रदेशको 'एक्सन'मा कर्णाली : २४ विद्यालय डिजिटल बन्दै, प्रादेशिक टिभी र रेडियो खुल्ने

    डिजिटल प्रदेशको 'एक्सन'मा कर्णाली : २४ विद्यालय डिजिटल बन्दै, प्रादेशिक टिभी र रेडियो खुल्ने

    सुर्खेत: कर्णाली प्रदेश सरकार डिजिटल कर्णाली बनाउने एक्सनमा जान थालेको छ। यसैबीच प्रदेश सरकारले कर्णालीका २४ वटा विद्यालयलाई डिजिटल बनाउने भएको छ। प्रत्येक निर्वाचन क्षेत्रका एक–एक वटा विद्यालय पर्ने गरी २४ वटा विद्यालय छनोट गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिए। छनोट गरिएका विद्यालयलाई देशकै नमुना विद्यालयका रुपमा विकास गरी डिजिटलमैत्री बनाउने उनको भनाई छ। विद्यालय छनोट गरी…

    विस्तृतमा पढ्नुस्

  • घरवास व्यवस्थाको वाचा गर्ने सत्तामा : चार वर्ष यता सुर्खेतका बाढीपीडित पालमै  

    घरवास व्यवस्थाको वाचा गर्ने सत्तामा : चार वर्ष यता सुर्खेतका बाढीपीडित पालमै  

    सुर्खेत: स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनामा विभिन्न पार्टीका उम्मेदवारले राहत र पुर्नस्थापनालाई मुख्य एजेण्डा बनाएर भोट मागे। निर्वाचन सम्पन्न भएर पनि स्थानीय सरकार आएको एक वर्ष बढी भयो भने, प्रदेश सरकार आएर पनि नीति तथा कार्यक्रम ल्याईसकेको छ। बाढीपीडितका समस्यालाई भने अहिलेसम्म सम्बोधन गर्न सकेको छैन।   करिब ४ वर्षअघि आएको बाढीले घरवारविहिन बनेका सुर्खेतका बाढीपीडित अझै पुर्नस्थापनाको आशमै छन्।  सुर्खेतको…

    विस्तृतमा पढ्नुस्

  • हतारमा पर्यटन वर्ष घोषणा : बल्ल चाँजोपाजो मिलाउँदै कर्णाली सरकार 

    हतारमा पर्यटन वर्ष घोषणा : बल्ल चाँजोपाजो मिलाउँदै कर्णाली सरकार 

    सुर्खेतः कर्णाली रारा–पर्यटन वर्ष–२०७५ सफल बनाउन उद्योग, पर्यटन, वन, तथा वातावरण मन्त्रालय लागी परेको छ। आवश्यक मात्रामा पूर्वाधार तयार नगरी सुरु गरिएको पर्यटन वर्ष सफल बनाउने कसरतमा मन्त्रालय लागेको छ। पछिल्लो समय मन्त्रालयले पर्यटन वर्ष सफल बनाउन प्रचार, प्रसार र आवश्यक स्रोत साधनको जोहो गर्न जुटेका देखिन्छ।   प्रदेश सरकारले आवश्यक पूर्वाधारविनै हतार हतारमा प्रधानमन्त्रीबाट कर्णाली रारा–पर्यटन वर्ष २०७५ उद्घाटन…

    विस्तृतमा पढ्नुस्

  • संसदमा पेश विधेयकमाथि जनताको सुझाव लिन गाउँ पस्दै मिनी संसद

    संसदमा पेश विधेयकमाथि जनताको सुझाव लिन गाउँ पस्दै मिनी संसद

    सुर्खेत: कर्णाली प्रदेश सभामा पेश भएका विधेयकमाथि रायसुझाव लिन संसदीय समिति गाउँ पस्ने भएको छ। प्रत्यक्ष जनताको रायसुझाव लिने उद्देश्यले समिति गाउँ पस्न लागेको हो। प्रदेश सरकारले बनाउने नीति नियम प्रत्यक्ष जनतासँग जोडिएकाले जनताको वास्तविक, यथार्थ समय सान्दर्भिक आवश्यकता र माग बुझ्न समिति कर्णालीका विभिन्न जिल्ला दौडाहामा निस्कने भएको छ।   ‘जनचासोका विषयमाथि जनताका प्रत्यक्ष सल्लाह सुझाव लिएर विधेयकलाई थप जनपक्षीय…

    विस्तृतमा पढ्नुस्

  • ढुंगाले जोगायो बसलाई नदीमा खस्नबाट, ३ सामान्य घाइते 

    ढुंगाले जोगायो बसलाई नदीमा खस्नबाट, ३ सामान्य घाइते 

    सुर्खेत: कालिकोटमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जना यात्रु घाइते भएका छन्। जुम्लाबाट सुर्खेतर्फ आउँदै गरेको ना ६ ख २५३६ नम्बरको बस र कालिकोटको मान्मादेखि जुम्ला जाँदै गरेको भे १ ख १८९८ नम्बरको ट्रक कर्णाली राजमार्गको नाग्मघाट नजिक खाँडाचक्रमा ठोक्किदा दुर्घटना भएको हो।  दुर्घटनामा बसमा सवार तीन यात्रु सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक निरज चौलागाईले…

    विस्तृतमा पढ्नुस्

  • बाइक र फोर्स ठोक्किँदा वडा अध्यक्ष र इन्जिनियर घाइते

    बाइक र फोर्स ठोक्किँदा वडा अध्यक्ष र इन्जिनियर घाइते

    सुर्खेत: मोटरसाइकल र फोर्स गाडी एकआपसमा ठोक्किदा दुई जना गम्भीर घाइते भएका छन्। सुर्खेत–दैलेख सडक खण्ड अन्तरगत दैलेखको गुराँस गाउँपलिकाको रिठ्ठामा बुधबार दुर्घटना हुँदा उनीहरु घाइते भएको प्रहरी चौकी रानिमत्ताका इन्चाजै भिमबहादुर बस्नेतले जानकारी दिए।   दैलेखबाट सुर्खेत आउँदै गरेको बा ४ ख ५४४१ नम्बरको फ्रोस गाडी र सुर्खेतबाट जुम्ला जाँदै गरेको लु ४२ प ६९९८ नम्बर मोटरसाइकल एकआपसमा ठक्किएको हो।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell