PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

  • मोदी नेपालसँग लिम्पियाधुराको विवाद अन्त्य होस् भन्ने चाहँदैनन् : प्रा. अशोक स्वैन (अन्तर्वार्ता)

    मोदी नेपालसँग लिम्पियाधुराको विवाद अन्त्य होस् भन्ने चाहँदैनन् : प्रा. अशोक स्वैन (अन्तर्वार्ता)

    लिम्पियाधुरालाई लिएर नेपाल र भारतबीचको सम्बन्ध चिसिएको छ। भारतले नेपाली भूमिमा सडक बनाएर त्यसको उद्‌घाटन समेत गर्‍यो कोरोनाको कहरको समयमा। त्यसको नेपालमा चर्को विरोध भयो। नेपालीको विरोधलाई सांकेतिक रुपमा चीनको प्रायोजन रहेको 'राजनीतिक' अभिव्यक्ति दिए भारतीय सेनाका प्रधान सेनापतिले। त्यसको काउन्टरमा सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमि, लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा सार्वजनिक गर्‍यो। नक्सालाई 'ऐतिहासिक प्रमाणबिनाको' भन्दै…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाले लडेको देश, बेखबर प्रधानमन्त्री!

    कोरोनाले लडेको देश, बेखबर प्रधानमन्त्री!

    जतिबेला देश कोरोना भाइरस संक्रमणसँग लड्ने तयारीमा थियो ठिक त्यही बेला प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो स्वास्थ्य अवस्थालाई स्थिर बनाउन लडिरहेका थिए। कुरा धेरै पुरानो होइन। गत फागुनको हो। प्रधानमन्त्री ओलीले दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराउँदा देशमा कोभिड १९ को एउटा केस देखिएको थियो। संक्रमित पनि निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका थिए। केही मन्त्रीको भाषामा 'नेपाल कोरोना मुक्त थियो।' नेपालमा कोरोनाले…

    विस्तृतमा पढ्नुस्

  • सातै प्रदेशमा फैलिँदो कोरोना संक्रमणः हटस्पट प्रदेश ५, गति लिँदै कर्णाली

    सातै प्रदेशमा फैलिँदो कोरोना संक्रमणः हटस्पट प्रदेश ५, गति लिँदै कर्णाली

    काठमाडौं: माघ ९ गते वाग्मती प्रदेशमा कोभिड १९ (कोरोना भाइरस) को पहिलो केस देखिएको थियो। दोस्रो केस त्यसको दुर्ई महिनापछि वाग्मती प्रदेशमा नै देखियो। त्यस लगत्तै सरकारले लकडाउन घोषणा गर्‍यो। लकडाउनको दुई महिना पूरा हुँदा वाग्मती हुँदै सुरु भएको संक्रमण सबै प्रदेशमा फैलिसकेको छ। खुल्ला सीमाका कारण भारतबाट सयौंको संख्यामा मानिस नेपाल भित्रिएसँगै प्रदेश १, प्रदेश २ र प्रदेश ५…

    विस्तृतमा पढ्नुस्

  • समुदायमा संक्रमणको खतरा : प्रश्न सरकारको तयारीमा

    समुदायमा संक्रमणको खतरा : प्रश्न सरकारको तयारीमा

    काठमाडौं : विश्व नै अहिले कोभिड-१९ सँग भिडिरहेको छ। भाइरस संक्रमण नियन्त्रणका लागि अधिकांश देश लकडाउनमा छन्। नागरिक थुनिएका छन्। कोरोना भाइरसको संक्रमण भने फैलिरहेको छ। सन् २०१९ को अन्त्यतिर चीनमा देखिएको यो भाइरसले विश्वका प्राय: मुलुक संक्रमित भएका छन्। नेपालमा यो भाइरसको संक्रमणको पहिलो केस देखिएको दुई महिनापछिमात्र दोस्रो केस देखियो। तर, ती दुई महिनामा दक्षिण एसियाली अन्य राष्ट्रहरुमा…

    विस्तृतमा पढ्नुस्

  • सुत्केरी महिलाको शव व्यवस्थापन टिम 'आरएनए १६' को पहिलो 'अपरेसन', सेनाको 'ड्रिल'बाट लिएका थिए तालिम

    सुत्केरी महिलाको शव व्यवस्थापन टिम 'आरएनए १६' को पहिलो 'अपरेसन', सेनाको 'ड्रिल'बाट लिएका थिए तालिम

    सेतो प्रोटेक्टिभ सुट, कालो चश्मा र बुट, हातमा पञ्जा लगाएका व्यक्तिहरु शनिवार कोरोना भाइरसका कारण मृत्यु भएको महिलाको शव लिएर पशुपति पुगे। प्रहरी र सेनाको स्कर्टिङमा बा ३ च ३६७६ नम्बरको गाडीमा शव पशुपतिस्थित विद्युतीय शवदाह गृहमा ल्याइएको थियो। रातो साइरन सहितको गाडीको अघिल्लो भागमा लेखिएको थियो, 'सेफ्टी रेस्क्यु एन्ड अवेर्नेस'। उक्त गाडीलाई कोरोना संक्रमितको मृत्यु भएको खण्डमा प्रयोग गर्न…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ५ पछि प्रदेश २ ले पनि कटायो शतकः वाग्मतीमा थपिँदै संक्रमित, घेरिँदै काठमाडौँ

    प्रदेश ५ पछि प्रदेश २ ले पनि कटायो शतकः वाग्मतीमा थपिँदै संक्रमित, घेरिँदै काठमाडौँ

    काठमाडौं: कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २६७ पुगेको छ। शुक्रवार स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार वीरगंजमा थप ४ जना र काठमाडौं तथा उदयपुर थप १/१ जनामा संक्रमण देखिएका छन्। पछिल्लो तथ्यांकका अनुसार दाङमा ३ जनामा संक्रमण देखिएको छ। संक्रमितहरुमा २३, ३६ र ३४ वर्षीय पुरुष छन्। दाङमा पहिलोपटक संक्रमण देखिएको हो। वीरगंजमा संक्रमितको संख्या थपिएसँगै प्रदेश २ मा पनि संक्रमितको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ५ मा शतक पार, पछिपछि प्रदेश २ : वाग्मतीमा सल्बलाउँदै संक्रमण

    प्रदेश ५ मा शतक पार, पछिपछि प्रदेश २ : वाग्मतीमा सल्बलाउँदै संक्रमण

    काठमाडौं : कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय ५० नाघेको छ। शुक्रवार स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा बाँके र मकवानपुरमा गरी थप ९ जनामा संक्रमण देखिएसँगै नेपालभर संक्रमितको संख्या २ सय ५८ पुगेको छ। सातवटा प्रदेशमध्ये भाइरसबाट प्रदेश २ र ५ सबैभन्दा प्रभावित बनेका छन्। शुक्रवार बिहानसम्मको तथ्यांक अनुसार प्रदेश ५ मा संक्रमितको संख्या एक सय नाघेको छ। प्रदेश ५…

    विस्तृतमा पढ्नुस्

  • सगरमाथाको सकस! पानी ढलोले छुट्याएको 'चोमोलुङ्गमा'को सीमा

    सगरमाथाको सकस! पानी ढलोले छुट्याएको 'चोमोलुङ्गमा'को सीमा

    काठमाडौं : चीन सरकारले सगरमाथाको उचाई लिने कार्य सुरु गरेको छ। त्यसका लागि प्राविधिक सहितको जम्बो टोली सगरमाथामा शिखर गइसकेको छ। एक हप्ता अघि चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) ले उक्त टोलीबाट प्राप्त'चोमोलुङ्गमा'(सगरमाथा) को तस्विर चीनको तिब्बतमा पर्ने भन्दै सार्वजनिक गर्‍यो। त्यसबेला उक्त समाचारमा धेरैको ध्यान गएन। जब भारतले नेपालको भूभाग हुँदै मानसरोवर जाने सडक निर्माण गर्‍यो र समाचारहरु बाहिरिए,…

    विस्तृतमा पढ्नुस्

  • किन रोकियो सगरमाथाको उचाई लिएर फर्किएको टोलीको प्रतिवेदन?

    किन रोकियो सगरमाथाको उचाई लिएर फर्किएको टोलीको प्रतिवेदन?

    काठमाडौं : नेपालले गत वर्ष पहिलो पटक आफ्नै स्रोतसाधनको उपयोग गर्दै विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्‍यो। नापी विभागका अधिकृतहरुको समूहले सगरमाथाको उचाइ मापन गरेको थियो। उचाई मापन पूरा गरेर गत वर्षको जेठ महिनामा सरकारी टोली काठमाडौं फर्किएको थियो। नापी विभागका प्रमुख अधिकृत खिमलाल गौतमको नेतृत्वमा गएको टोलीले सगरमाथाको चुचुरोमा १ घण्टाभन्दा बढी समय बिताएर अध्ययन गरेको थिए। 'ग्लोबल…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरपालिकामा पुग्यो नाकाबाट मानिस भित्रिएको गुनासो, निरीक्षणमा निस्किइन् उपप्रमुख हरिप्रभा खड्गी

    काठमाडौं महानगरपालिकामा पुग्यो नाकाबाट मानिस भित्रिएको गुनासो, निरीक्षणमा निस्किइन् उपप्रमुख हरिप्रभा खड्गी

    काठमाडौं : 'तराईको जिल्लाबाट मानिसहरु आएका छन्। उनीहरुको परीक्षण नगरी हामी घरमा राख्न सक्दैनौं', केही दिन अघि काठमाडौं महानगरपालिकामा खबर आयो। काठमाडौं महानगरपालिकाको चमतीमा बस्दै आएका चारजना लकडाउनका कारण तराई फर्किएका थिए। उनीहरु त्यहाँबाट भारत जाने तयारीमा थिए। तर उनीहरु जान पाएनन्। उनीहरु काठमाडौं नै फर्किए र चमतीस्थित बहाल बस्दै गरेको घरमा पुगे। यो बेला प्रदेश २ मा कोरोना संक्रमितको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ पछि प्रदेश ५ बन्दै कोरोनाको नयाँ 'हट स्पट'

    प्रदेश १ पछि प्रदेश ५ बन्दै कोरोनाको नयाँ 'हट स्पट'

    काठमाडौं : सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने भन्दै लागू गरिएको एक महिना बित्दासम्म प्रदेश ५ संक्रमण मुक्त थियो।  वैशाख १९ गते प्रदेश ५ को बाँके र रुपन्देहीका एकएक जनामा कोभिड १९ पोजिटिभ देखियो। त्यसबेलासम्म संक्रमणमुक्त भएका कारण प्रदेश ५ ले विद्यार्थी भर्ना गर्नसमेत सुरु गर्ने तयारी गरेको थियो। अहिले प्रदेश ५ को बाँके कोरोना भाइरसको 'नयाँ हटस्पट' बनेको छ।…

    विस्तृतमा पढ्नुस्

  • तिमी मेरो श्रममा चलेको सरकार !

    तिमी मेरो श्रममा चलेको सरकार !

    शहर बन्द छ बन्द छ मेरो कारखाना पनि जहाँ बगाएको पसिनाले रित्तिएको सन्दुक भर्ने प्रयास गर्दै थिएँ म   म, एक श्रमिक! अनि तिमी मेरो श्रममा बाँचेको मान्छे।   शहरको गति रोकिएसँगै बग्न बन्द भएको छ मेरो पसिना पनि थुनिएँ एक साँघुरो कोठामा फेरि श्रम बेच्ने आशामा   दिन बिते रित्तियो थौरै भरिएको सन्दुक पनि अनि खोज्न हिँडे साहुलाई आहतमा…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिको बीच्च बीच्चमा मात्र वामदेव : उनीमाथिका अधुरा 'स्क्रिप्ट' कहिले होलान् पूरा?

    राजनीतिको बीच्च बीच्चमा मात्र वामदेव : उनीमाथिका अधुरा 'स्क्रिप्ट' कहिले होलान् पूरा?

    वामदेव गौतमको प्रधानमन्त्री बन्ने आकंक्षा कसैसामु लुकेको छैन। २०७४ सालमा बर्दियाबाट चुनाव जितेको भए के हुन्थ्यो भन्न सकिन्न। त्यसैले उनकै शब्द सापटी लिने हो भने - चलखेल गरेर आफ्नैले हराइदिए। संसदको यात्रा रोकिएपछि उनको राष्ट्रिय राजनीतिको सिनबाट उनी करिबकरिब आउट भए। भावी प्रधानमन्त्रीका रुपमा मैदानमा बलियो दावेदारीसहित उत्रेको भए पनि उनलाई जनताले जिताएनन्। पटकपटक आफ्ना लागि अवस्था अनुकूल बनाउन उनले…

    विस्तृतमा पढ्नुस्

  • नेता सत्ताको खेलमा लाग्दा सडकमा देखियो भद्रगोल पारा, कोरोनाविरुद्ध सतर्कता ठूलो कि सत्ताको बार्गेनिङ?

    नेता सत्ताको खेलमा लाग्दा सडकमा देखियो भद्रगोल पारा, कोरोनाविरुद्ध सतर्कता ठूलो कि सत्ताको बार्गेनिङ?

    ३५ दिन भयो, कोरोना भाइरसको कहर फैलिन नदिन भन्दै देश लकडाउन भएको। लकडाउनको मुख्य ध्येय भन्नु नै समुदायमा संक्रमण फैलिन नदिनु हो। त्यसैले अहिले हामी जहाँ छौं, त्यही  नै बस्नुबाहेक अरु कुनै विकल्प छैन। तर, काठमाडौंमा बस्नै गाह्रो। दैनिक ज्याला मजदूरी गर्नेहरुलाई हेरोस् कसले? त्यसैले पैदलै घर हिँडे धेरै। कोही गन्तव्यमा पुगे त कोही क्वारेन्टाइनमा। यसरी हिँड्डुल गर्न दिइरहँदा एकातिर…

    विस्तृतमा पढ्नुस्

  • कोरोना उपचारमा मलेरियाको औषधिः अध्ययन भन्छ, 'प्रयोगले केही फाइदा भएको छैन'

    कोरोना उपचारमा मलेरियाको औषधिः अध्ययन भन्छ, 'प्रयोगले केही फाइदा भएको छैन'

    मलेरियाविरुद्ध प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग कोरोना भाइरस संक्रमितमा गर्न हुने वा नहुने भन्ने बारेमा अहिले बहस भइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संक्रमितको उपचारमा हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग हुन सक्ने बताएसँगै भाइरस प्रभावित देशहरुमा यसको प्रयोग बारेमा अनुसन्धान समेत भइरहेको छ। हाइड्रोक्सिक्लोरोक्वीन सबैभन्दा बढी उत्पादन गर्ने राष्ट्र मध्येको एक भारतले त यसको निर्यातमा समेत प्रतिबन्ध लगाएको थियो। इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च…

    विस्तृतमा पढ्नुस्

  • हामी रहे अर्को वर्ष जिब्रो छेडौंला नि! एम्बुलेन्सको स्ट्रेरिङ सम्हाल्दै बुद्धकृष्णले भने, 'अस्पताल जानु परे फोन गर्नुस्'

    हामी रहे अर्को वर्ष जिब्रो छेडौंला नि! एम्बुलेन्सको स्ट्रेरिङ सम्हाल्दै बुद्धकृष्णले भने, 'अस्पताल जानु परे फोन गर्नुस्'

    नयाँ वर्ष आउन लाग्दा बुद्धकृष्ण बाग श्रेष्ठ निकै व्यस्त हुन्थे। चैतको अन्तिम सातादेखि वैशाख २ गतेसम्म निराहार बस्थे। अन्न मुखमा राख्दैनन् थिए। पानीमात्रै पिउँथे। जिब्रोमा स्वाद बस्न नदिन र जिब्रोलाई नरम बनाउनु जो थियो। नयाँ वर्षको भोलिपल्ट अर्थात वैशाख २ गते बोडेमा हुने 'मे प्वा खनिउ जात्रा' (जिब्रो छेड्ने जात्रा) का लागि तयारी थियो यो। गत वर्ष सातौँ पटक जिब्रो…

    विस्तृतमा पढ्नुस्

  • 'र्‍यापिड टेस्टमा नेगेटिभ हुँदैमा ढुक्क नहुनु, तेस्रो व्यक्तिलाई आइसोलेसनमै राखौं'

    'र्‍यापिड टेस्टमा नेगेटिभ हुँदैमा ढुक्क नहुनु, तेस्रो व्यक्तिलाई आइसोलेसनमै राखौं'

    काठमाडौं : बेलायतबाट फर्किएर काठमाडौंस्थित पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसिरहेका एकै परिवारका तीन सदस्यमध्ये दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। हाल अस्पतालमा रहेका तीन जनामध्ये ५८ वर्षीया पुरुष र ८१ वर्षीया महिलामा भाइरस पोजेटिभ देखिएको हो। उनीहरु हाल पाटन अस्पतालको आइसोलेनमा रहेका छन्। चिकित्सकहरुले भने तीनजना मध्ये दुईजनामा संक्रमण देखिए पनि तेस्रो व्यक्तिलाई पनि आइसोलेसनमा राखेर निगरानी गर्नुपर्ने बताउँछन्। सरुवा…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा घण्टाघर : रोकियो काठमाडौंको समय देखाउने घडी

    लकडाउनमा घण्टाघर : रोकियो काठमाडौंको समय देखाउने घडी

    घण्टाघरको घडीको मोटो सुई ११ र लामो सुई ४० मा पुगेर टक्क अड्किएको छ। ती सुई घुमेका छैनन्। व्यस्त राजधानीको चहलपहलबीच प्रत्येक घण्टा गुञ्जने टङ… टङ… टङ… को आवाज सुनिएको छैन। नेपालजस्तै लकडाउनमा छ यो घडी। हुन त अहिले सबैको हातमा घडी। हाते घडी नभए पनि मोबाइलमै समय हेर्न सहज अवस्था छ। तर, एक समय थियो, नेपालमा आम मानिसले घडी…

    विस्तृतमा पढ्नुस्

  • चार सय वर्षपछि रोकियो बिस्का : टौमढी सुनसान बन्दा पहिलोपटक बनेन भैरवनाथको रथ, नठडिने भयो य: सिं

    चार सय वर्षपछि रोकियो बिस्का : टौमढी सुनसान बन्दा पहिलोपटक बनेन भैरवनाथको रथ, नठडिने भयो य: सिं

    भक्तपुर: चैत २७ गते। हरेक वर्ष यही दिन भक्तपुरमा बिस्का सुरु हुन्छ। हजारौं मानिस भैल ख: (भैरवनाथको रथ) हेर्न टौमढी पुग्ने गर्थे। आठ रात नौ दिनसम्म मनाइने बिस्का जात्रामा पहिलो दिन भैरवनाथ मन्दिरमा रहेको भैरवनाथको मूर्ति र वेताल देवतालाई टौमढीस्थित न्यातापोल मन्दिर प्राङ्गणमा प्यागोडा शैलीमा बनाइएको तीन तल्ले भैल ख: मा स्थापना गरी विधिवत् रुपमा जात्रा सुरु गरिन्थ्यो। सो क्रममा…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा कडाइ गर्दै भक्तपुर नगरपालिका : घरबाट बाहिर निस्कन वडाको अनुमति पत्र चाहिने, एक घर एक पास रणनीति

    लकडाउनमा कडाइ गर्दै भक्तपुर नगरपालिका : घरबाट बाहिर निस्कन वडाको अनुमति पत्र चाहिने, एक घर एक पास रणनीति

    भक्तपुर : कोरोना भाइरसको सम्भावित संक्रमण नियन्त्रण गर्न भन्दै सरकारले लकडाउन घोषणा गरेको आज ८ दिन पुगिसकेको छ। सुरुवाती दिनमा उपत्यकामा लकडाउनका समयमा पनि धेरै मानिस घरबाट बाहिर निस्किने क्रम बिस्तारै कम हुँदै गयो। बिहान र बेलुकीको समयमा बजारमा किनमेल गर्न मानिसहरु घरबाट बाहिर निस्किए। धेरै स्थानमा शारिरिक दुरी कायम गर्ने नियम लागू भयो। तर, भक्तपुरमा भने बिहान बेलुकी मानिसको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell