PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • खल्लो बनेको तीजमा सदाबहार गीत 'तीजको रहर आयो बरिलै...' को सम्झना

    खल्लो बनेको तीजमा सदाबहार गीत 'तीजको रहर आयो बरिलै...' को सम्झना

    काठमाडौँ : विश्वव्यापी बनेको कोरोना भाइरसका कारण यसपालाको तीज खल्लो बनेको छ। एक किसिमको सांगीतक पर्व नै हो तीज। तीज भन्नासाथ धेरै गुञ्जिएको गीत 'तीजको रहर आयो बरिलै..' नसम्झने को होला? कलाकार बसुन्धरा भुसाल सानो छँदा आमा र दिदीहरुको लहलहैमा तीजको व्रत बस्थिन्। घण्टौं लाम बसेर पूजा गर्न पाउनुमा उनले छुट्टै आनन्द पाउँथिन्। त्यो समय उनलाई तीज खुब रमाइलो लाग्थ्यो। बाल…

    विस्तृतमा पढ्नुस्

  • ठूलो पर्दाबाट एपमा अट्दै सिनेमा : नेपाली फिल्म उद्योगमा सिफ्ट कहिले?

    ठूलो पर्दाबाट एपमा अट्दै सिनेमा : नेपाली फिल्म उद्योगमा सिफ्ट कहिले?

    जय नेपाल सिनेमाघरको माथि अहिले पनि एउटा ठूलो होडिङ बोर्ड छ फिल्म 'मुलान'को। सन् १९९८ मा डिज्नीले बनाएको एनिमेटेड फिल्मलाई नै एडप्ट गरेर बनेको यो फिल्म नेपालमा पनि रिलिज हुने तयारीमा थियो। त्यसो त यो फिल्म निर्माणको विगत पनि रोचक नै छ। सन् २०१० मा यसको 'लाइभ एक्सन' रिमेक गर्ने तयारी भएको थियो। तर, पूरा नै हुन सकेन। सन् २०१५ मा…

    विस्तृतमा पढ्नुस्

  • कथा खोज्दै हिँड्दा आफैँ पात्र बनेका एक 'हनी म्यान'

    कथा खोज्दै हिँड्दा आफैँ पात्र बनेका एक 'हनी म्यान'

    सञ्जय काफ्लेलाई कथा मनपर्छ, पढ्न अनि लेख्‍न पनि। त्यसैले आम मानिसको जीवनमा कथा र कथामा जीवन खोज्दै हिँड्छन् उनी। मानिसको सुख, दु:ख, संघर्ष र सफलताका कुराहरू सुन्ने र शब्दमा उन्ने हुटहुटीले उनलाई पुर्‍यायो लम्जुङको दोर्दी गाउँ। दोर्दीकै स्थानीयसँग राम्रै दोस्ती जमेको थियो उनको। लम्जुङ, सुन्दर बजारस्थित इन्स्टिच्युट अफ एग्रिकल्चर एण्ड एनिमल साइन्समा तिनै साथीहरूले उनलाई आफ्नो जातीय/सामुदायिक पेशाबारे सुनाए। संस्कृति,…

    विस्तृतमा पढ्नुस्

  • गीताको चितामा पटक पटकको आगो, न्याय प्रणालीले छियाछिया बनाएको बाबुआमाको मुटु

    गीताको चितामा पटक पटकको आगो, न्याय प्रणालीले छियाछिया बनाएको बाबुआमाको मुटु

    छोरीको हत्यारा जेलबाहिर निस्किएपछि आइतवार हरेराम ढकालको दिन सर्वोच्च अदालतमा बित्यो। आफ्नी छोरी गीता ढकालको हत्या गरेका पूर्व डीआइजी रञ्जन कोइरालाको सजाय सर्वोच्चले नै घटाइदिएपछि हरेराम केही दिन यता असमञ्जस्यमा छन्। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र तेजबहादुर केसीले जेलमा रहेका हत्यारालाई ११ वर्ष अघि नै बाहिर निकालिदिएपछि हरेरामको घाउ बल्झिएको छ। अझ हत्याका दोषी नेताको शैलीमा हात हल्लाउँदै जेलबाट…

    विस्तृतमा पढ्नुस्

  • गीताको चितामा पटक पटकको आगो, न्याय प्रणालीले छियाछिया बनाएको बाबुआमाको मुटु

    गीताको चितामा पटक पटकको आगो, न्याय प्रणालीले छियाछिया बनाएको बाबुआमाको मुटु

    छोरीको हत्यारा जेलबाहिर निस्किएपछि आइतवार हरेराम ढकालको दिन सर्वोच्च अदालतमा बित्यो। आफ्नी छोरी गीता ढकालको हत्या गरेका पूर्व डीआइजी रञ्जन कोइरालाको सजाय सर्वोच्चले नै घटाइदिएपछि हरेराम केही दिन यता असमञ्जस्यमा छन्। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र तेजबहादुर केसीले जेलमा रहेका हत्यारालाई ११ वर्ष अघि नै बाहिर निकालिदिएपछि हरेरामको घाउ बल्झिएको छ। अझ हत्याका दोषी नेताको शैलीमा हात हल्लाउँदै जेलबाट…

    विस्तृतमा पढ्नुस्

  • गाढा रङको मेहन्दीमाथि एसिडको कहालीलाग्दो धब्बा !

    गाढा रङको मेहन्दीमाथि एसिडको कहालीलाग्दो धब्बा !

    'अब यो घाउ दाग बनेर बस्छ होला है?' उनले आफ्नै गाला सुम्सुम्याउँदै प्रश्न गरिन्। कसैले जवाफ दिनुअघि नै उनका आँखाबाट आँसु झर्‍यो। त्यसपछि कोल्टे फेरिन्। एकछिन लगातार सुक्सुकाइन्। बिहीवार राति एउटा क्रुर अपराधीको निसाना बनिन् उनी। २२ वर्षीया उनीमाथि उनकै पहिलेको साहुले एसिड आक्रमण गरे। टाउको र अनुहारको दायाँपट्टिको भाग, निधार, आँखामाथि एसिडको असर प्रष्टै देखिन्छ। हातमा पनि चोट लागेको…

    विस्तृतमा पढ्नुस्

  • भाइरल तस्विरकी महिला भन्छिन् : सामाजिक सञ्जालमा सेलाएको विषय मिडियाले उचाल्यो, कहिलेसम्म सहनु?

    भाइरल तस्विरकी महिला भन्छिन् : सामाजिक सञ्जालमा सेलाएको विषय मिडियाले उचाल्यो, कहिलेसम्म सहनु?

    काठमाडौं : साउन २ गते। दिनभर निजामती किताब खानामा बित्यो उनको समय। सामाजिक सञ्जाल नचलाउने भएकाले घर फर्किएर परिवारसँग समय बिताउँदै थिइन्। अचानक कार्यालयका सहकर्मीले फोन गरे। केही आत्तिए सरह जानकारी दिए, 'तपाईंहरूको फोटो फेसबुक/ट्वीटरमा भाइरल भएको छ। हेर्नुस् त।' ट्वीटरमा उनको खाता छैन। फेसबुक पनि बन्द गरेकी थिइन्। परिवारमै कसैको फेसबुक लग-इन गरिन्। त्यसपछि उनलाई छाँगाबाट खसेजस्तै भयो। प्रसङ्ग…

    विस्तृतमा पढ्नुस्

  • प्यारालाइसिसले सताएका रामबहादुर राईको र्‍याप : जिन्दगीले यसरी धोका दियो... (भिडियो)

    प्यारालाइसिसले सताएका रामबहादुर राईको र्‍याप : जिन्दगीले यसरी धोका दियो... (भिडियो)

    रामबहादुर राईको घर इलाममा पर्छ। फिक्कलदेखि पारी नयाँ बजार भन्ने ठाउँमा। ५६ वर्षीय उनी अहिले भक्तपुरमा भेटिन्छन्। मानव सेवा आश्रममा। त्यहाँ ५५ जना आफूजस्तै बाटोबाट उद्धार भएर आएका साथीहरू छन् उनका। ती साथीहरू कोही शारीरिक रुपमा फरक छन्, कोही मानसिक रुपमा। रामबहादुर स्वयंलाई पनि प्यारालाइसिस भएको छ। उनलाई उच्च रक्तचाप पनि छ। रामबहादुरको ठूलो सपना थियो – गायक बन्ने। बाल्यकालमा रेडियो सुन्दा…

    विस्तृतमा पढ्नुस्

  • सडकमा गुड्न थाले तीन पांग्रे टेम्पो, तर ब्रेक लाग्यो धेरै सपनाहरूमा

    सडकमा गुड्न थाले तीन पांग्रे टेम्पो, तर ब्रेक लाग्यो धेरै सपनाहरूमा

    'दिदी स्यानिटाइजर राख्नु भएको छ?' कसैले झ्यालैमा आएर सोध्दा सुरुमा त झस्किइन् पार्वती सिनल। किनकि त्यसरी आउनेले 'दिदी यो टेम्पु कहाँ जान्छ?' भनेको सुन्ने बानी थियो उनलाई। स्यानिटाइजर शब्द कोरोना भाइरसको चर्चासँगै चल्नचल्तीमा आयो। नेपालमा पनि कोरोनाको खबरहरु सुनिन हुन थालेपछि मात्रै उनले स्यानिटाइजरबारे थाहा पाइन्। भाइरस रोकथामको लागि धेरै आवश्यक छ भने बुझेकी थिइन्। त्यसैले लकडाउनपछि करिब ४ महिना…

    विस्तृतमा पढ्नुस्

  • एयर होस्टेस सानुको फरक अवतरण : दुखीहरुको जीवनको दाग मेट्ने अभियानमा लोभलाग्दो सक्रियता

    एयर होस्टेस सानुको फरक अवतरण : दुखीहरुको जीवनको दाग मेट्ने अभियानमा लोभलाग्दो सक्रियता

    लमजुङ्की सानु गुरुङको सपना थियो- एयर होस्टेस बन्ने। प्लस टु सकिए लगत्तै दाजुले एभिएसन तालिमका लागि पठाए। काम थाले पनि पढाईलाई निरन्तरता दिनु पर्ने शर्तसहित। सानु राजी भइन्। तालिम लगत्तै अवसरहरुको खोजी थालिन्। आफूजस्तै एयरहोस्टेस बन्ने साझा सपना देखेकाहरुसँग प्रतिस्पर्धा गरिन्। छनौटमा पर्न सजिलो रहेनछ भन्ने थाहा भएपछि थप मेहनत गरिरहिन्। केही महिनामा उनको सपनाले उडान भर्‍यो। काम पाइन्, बुद्ध एयरमा। खुशीको…

    विस्तृतमा पढ्नुस्

  • कमेडी च्याम्पियनको 'केमेस्ट्री' प्रोफेसर बन्ने सपना ! हिमेशको रफ्तारमा कोरोनाको ब्रेक

    कमेडी च्याम्पियनको 'केमेस्ट्री' प्रोफेसर बन्ने सपना ! हिमेशको रफ्तारमा कोरोनाको ब्रेक

    'भाइको अभिनय दामी रै'छ। सिरियल खेल्ने भए दश हजार खर्च गर।' चार वर्षअघिको कुरा हो। त्यतिखेर हिमेश पन्तसँग टेलिश्रृङ्खलामा अभिनय गर्नकै लागि दश हजार रुपैयाँ थिएन। तर, हाँस्य अभिनयको हुटहुटी भने निकै थियो। ठाउँ पाए आफ्नो ट्यालेन्ट देखाएरै हिट हुन्छु भन्ने लाग्थ्यो उनलाई। त्यसैले 'दिमाग खराब' नामक टेलिश्रृङ्खलामा अभिनयका लागि बार्गेनिङ गरे। पाँच हजार तिरे। 'क्र्याक' नामक पात्र दिइयो उनलाई।…

    विस्तृतमा पढ्नुस्

  • ११ महिने अंकुशको निमोनियासँगै कोरोनासँगको संघर्ष : जितेरै छाडे दिल्लीदेखि अम्बरपुरसम्मको कठिनाइ

    ११ महिने अंकुशको निमोनियासँगै कोरोनासँगको संघर्ष : जितेरै छाडे दिल्लीदेखि अम्बरपुरसम्मको कठिनाइ

    काठमाडौं : पाँच महिना अघि अंकुशको निमोनिया बल्झियो। छोराको स्वास्थ्य उपचारका लागि श्रीमतीलाई भारत बोलाए वीर सुनारले। उनकी श्रीमती सोना ११ महिने छोरा च्यापेर दिल्लीको खान मार्केट पुगिन्। त्यहीँको होटलमा वीर कार्यरत। मासिक आम्दानी २२ हजार। खान, बस्नको खर्च बेग्लै। ठीकठाक रकम जोगिन्थ्यो। केही रकम जोगाएका थिए। त्यसैले त श्रीमतीलाई उतै डाक्न आँट गरे त्यो पनि छोराको उपचारका लागि। २१…

    विस्तृतमा पढ्नुस्

  • एउटा प्रेरक कथा : ‘जिरो केस’ बाट भाइरसको 'हट स्पट' हुँदासम्मको अनुभूति

    एउटा प्रेरक कथा : ‘जिरो केस’ बाट भाइरसको 'हट स्पट' हुँदासम्मको अनुभूति

    वैशाख अन्तिमसम्म पनि कर्णाली प्रदेशका कसैमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको थिएन। बनाइएका क्वारेन्टाइनहरु रित्ता थिए। कोरोना संक्रमितकै लागि भनेर बनाइएका आइसोलेसन वार्डहरु शून्य। तर, कर्णाली कोरोना महामारीको उच्च जोखिममा भने थियो। छिमेकी प्रदेशहरुमा कोरोना संक्रमित बढ्दै थियो। सीमामा अलपत्र परेका नेपालीहरु देश भित्रन थालेका थिए। कर्णाली प्रदेशका स्थानीय सरकारले पनि भारतबाट आएका हजारौं नागरिकको उद्धार थालिसकेको थियो। मानिस…

    विस्तृतमा पढ्नुस्

  • सामाजिक दुरीको नाममा असामाजिक व्यवहार : जसले आफ्नै विरामी छोरालाई घर छिराउन पाइनन्

    सामाजिक दुरीको नाममा असामाजिक व्यवहार : जसले आफ्नै विरामी छोरालाई घर छिराउन पाइनन्

    काठमाडौं : 'कसरी आयौ जेठा एक्लै?' अप्रत्यासित हिसाबले आइपुगेका ज्ञानेन्द्रलाई देखेपछि आमा नानीमायाले सोधिन्। मास्क लगाएका उनी ढोकामा चुपचाप उभिइरहे। सुरुमा त विश्वास गर्न गाह्रो भयो नानीमायालाई। कारण हो, लकडाउन। गाडी चलेको छैन। सँगै ज्ञानेन्द्रका भाइहरु पनि थिएनन्। आमाको प्रश्नको जवाफमा बस् फिस्स हाँसेमात्र ज्ञानेन्द्र। त्यसपछि उनले माइला छोरा भुवनलाई फोन लगाइन्। 'कतिखेर निस्किनु भयो थाहै पाएनौं। हामी काममा थियौं,'…

    विस्तृतमा पढ्नुस्

  • आफैँलाई चिन्दिनन् उनी, न ठाउँ थाहा छ न परिवार नै : कोरोनामुक्त हुँदाको खुशी साटुन् कोसँग?

    आफैँलाई चिन्दिनन् उनी, न ठाउँ थाहा छ न परिवार नै : कोरोनामुक्त हुँदाको खुशी साटुन् कोसँग?

    जेठ २३ गते। रातको ९ बजेको थियो। साँझदेखि परेको झरी रोकिने छाँट थिएन। सुर्खेत, वीरेन्द्रनगर चोकमा एक महिला निदाइरहेकी थिइन्। लकडाउनले ठप्प बजारमा भेटिएकी उनलाई त्यहाँ देखेपछि प्रहरीले प्रश्न गरे, ‘कहाँ हिँड्नु भयो?’ तर, उनी बोलिनन्। निकै बेरसम्म नाम, ठेगाना सोध्दा पनि चुप। आत्तिएकी जस्तो देखिएकी उनले केहीबेरमा आवाज त निकालिन् तर बोली निकै अस्पष्ट। बुझ्नै नसकिने। गुलावी र कालो रङ मिसिएको कुर्ता,…

    विस्तृतमा पढ्नुस्

  • चारवटा गाईसँग गोठमै जल्यो भूकम्पले थोपरेको ऋणबाट उकासिने योजना

    चारवटा गाईसँग गोठमै जल्यो भूकम्पले थोपरेको ऋणबाट उकासिने योजना

    लकडाउन लम्बिनेमात्र होइन, थप कडा हुँदैछ भन्ने खबरसँगै खड्गबहादुर ढकालले हतारहतार पराल किने, दाना र पिठोको जोहो पनि गरे। ऋण गरेरै करिव डेढ लाखको दानापानी थपेपछि ढुक्क भए। किनकि पाँचवटा गाईलाई केही महिनासम्म पुग्दो आहार जम्मा भएको थियो। वरपर घाँस हुर्किएका छन्। खड्गबहादुरकी श्रीमती पनि ढुक्क थिइन् – अब लकडाउन थपिए पनि गाई भोको रहँदैनन्। गएको जेठ ७ गते खड्गबहादुर…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीलाई नै बद्‍नाम गराउने त्यो इन्स्टाग्राम पोस्ट जसमा प्रहरीकै नजरअन्दाज

    प्रहरीलाई नै बद्‍नाम गराउने त्यो इन्स्टाग्राम पोस्ट जसमा प्रहरीकै नजरअन्दाज

    "वैशाख ३० गते। जोरपाटी आरुबारीको चामुण्डा गेट जाने बाटोमा दुई आम नागरिक आफ्नो घर बाहिर निस्किए। सायद् केही व्यक्तिगत काम थियो। बाहिर निस्किएकै कारण उनीहरु कुटिए। त्यो पनि नेपाल प्रहरीका दुई कर्मचारीबाट।" अध्याँरोमा खिचिएकाले भिडियो प्रष्ट छैन। तर, त्यसमा सुनिएको आवाजले धेरैको ध्यान खिच्यो। एक बालकसहित पुरुष चिच्याइरहेका सुनिए। रोइकराइ गर्दै 'ऐय्या आत्था' गरिरहेका छन् ती पुरुष। भिडियोमा सुनिएको आवाजमा…

    विस्तृतमा पढ्नुस्

  • के सुत्केरी महिला कोरोना भाइरस संक्रमणको उच्च जोखिममा हुन्छन् ?

    के सुत्केरी महिला कोरोना भाइरस संक्रमणको उच्च जोखिममा हुन्छन् ?

    काठमाडौं :  विहीवार धुलिखेल अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भयो। सन्तान जन्माएको ९ दिन पछि श्वासप्रश्वासमा समस्या देखिए पछि उनलाई त्यहाँ पुर्‍याइएको थियो। अस्पताल पुगेको छोटो समयमा नै उनको मृत्यु भयो। शनिवार तिनै महिलाको स्वाब परीक्षणको नतिजा आयो। जसले मृतक महिलामा कोरोना भाइरस संक्रमण रहेको पुष्टि गर्‍यो। समाचार सार्वजनिक भए – 'धुलिखेल अस्‍पतालमा कोरोना संक्रमित महिलाको निधन।' सामाजिक सञ्जाल एवं…

    विस्तृतमा पढ्नुस्

  • निःशुल्क डायलासिसमा बिरामीबाट असुल्न थालियो शुल्क

    निःशुल्क डायलासिसमा बिरामीबाट असुल्न थालियो शुल्क

    काठमाडौं : गोंगबुस्थित बुलन्द सिद्धि अस्पतालले गत वैशाख २२ गतेदेखि किड्नी डायलासिसका बिरामीसँग शुल्क लिन थाल्यो। बिरामीले साताकै ५ हजार रुपैयाँ तिर्नुपर्ने भयो। अस्पतालको राष्ट्रिय डायलासिस केन्द्र यसअघि बिरामीका लागि नि:शुल्क थियो। किनकि अस्पताललाई भुक्तानी स्वास्थ्य मन्त्रालयले दिन्थ्यो - एकजना बिरामीको एकपटकको दुई हजार पाँच सय रुपैयाँ। अस्पतालमा ७९ जना बिरामीले नि:शुल्क सेवा लिँदै आएका थिए। तर, लकडाउन सुरु भएको डेढ…

    विस्तृतमा पढ्नुस्

  • अस्पतालको 'रेड जोन'मा कुचो र कोलिन लिएर पुग्नेको कथा

    अस्पतालको 'रेड जोन'मा कुचो र कोलिन लिएर पुग्नेको कथा

    हरेक दिन कलंकीदेखि टेकु हिँडेरै ओहोरदोहोर गर्छिन् सीता कुँवर। उनी हिँड्ने बाटोमै मन्दिरहरु पर्छन्। ती मन्दिरका सामुन्ने पुग्नासाथ उनी टक्क उभिन्छिन्। दुई हात जोडेर आँखा चिम्म गर्छिन्। र, पुकार्छिन् – 'कोरोना भाइरस यतिमै साम्य होस्। सबैलाई चाँडै ठीक होस्। सबै सुरक्षित रहुन्।' टेकुस्थित सरुवा रोग अस्पताल काम गर्छिन् सीता। जब उनी अस्पतालको मुल गेटमा पुग्छिन् औषधीका राग मुखैमा ठोक्किन आउँछन्।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell