PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

  • लभ सासा : नाटकीय प्रेम, वास्तविक कथा

    लभ सासा : नाटकीय प्रेम, वास्तविक कथा

    काठमाडौं : हामीले प्रेमलाई आ-आफ्नो दृष्टिकोणबाट हेर्‍यौँ र त्यही अनुसार बयान गर्‍यौँ। प्रेमको निश्चित परिभाषा छैन। त्यसैले केही अवस्थामा धेरै पटक प्रेम के हो? भन्ने प्रश्न उठ्छ। त्यही प्रश्नबीच उत्पन्न हुने द्वन्द्व नै फिल्म 'लभ सासा'को केन्द्र हो।   एउटा जीवनमा प्रेम कति पटक हुन्छ? एउटा प्रेमले दिएको पीडा भुलाउन अर्को प्रेमको प्रयोग! प्रेम भावना हो या फगत शब्द? अनि…

    विस्तृतमा पढ्नुस्

  • जब 'यम' सँग 'बुद्ध' हारे

    जब 'यम' सँग 'बुद्ध' हारे

    काठमाडौं: हिंसाको प्रतिक 'यम' र अहिंसाको प्रतिक 'बुद्ध'। र्‍याप संसारमा प्रवेश गरे पनि उनलाई स्टेजमा अनिल अधिकारीलाई लैजान मूड चलेन। उनी अलग पहिचानको खोजीमा थिए।गौतम बुद्धप्रति विदेशी साथीहरुको सम्मान र चासो देखेर उनमा मोह बढ्दो थियो। बुद्ध शब्द आफैमा बलियो हुने नै भयो तर उनको हकमा अपुरो। अहिंसाको प्रतिक बुद्धसँगै हिंसात्मक पक्ष जोड्ने रहर जाग्यो। हिंसाको प्रतिक 'यम' र अहिंसाको प्रतिक…

    विस्तृतमा पढ्नुस्

  • ​‘सान्त्वना त जताबाट पनि जुट्ला, आँसु पो आउन छोड्यो’

    ​‘सान्त्वना त जताबाट पनि जुट्ला, आँसु पो आउन छोड्यो’

    काठमाडौं : भुईंमा प्लास्टिकको कालो म्याट्रेस ओछ्याएको कोठा, एउटा लो बेड, लो बेडसँगै राखिएको अक्सिजन सिलिन्डर, हिटर र लुगाफाटो राखेको केही पोका। कोठामा सामान त्यति मात्रै देखिन्छ। लोबेडमा बसेर नजिकै राखेको हिटर ताप्दै थिइन् ममता बोहोरा। स्वर्गीय पत्रकार कर्ण बोहोराकी श्रीमती। ममताको दुवै मृगौला काम गर्दैन। अझै उनको किड्नी ट्रान्सप्लान्ट भएको छैन। थाहा थियो तर पनि सोधें, 'तपाईंलाई कस्तो छ…

    विस्तृतमा पढ्नुस्

  • एसएलसी दिँदै आजन्म कारावास सजाय पाएकी मेरिना अहिले के गर्दैछिन्?

    एसएलसी दिँदै आजन्म कारावास सजाय पाएकी मेरिना अहिले के गर्दैछिन्?

    काठमाडौं: “अभियुक्तलाई कर्तव्य ज्यानतर्फ जन्मकैद (२० वर्ष), अपहरणतर्फ १० वर्ष, गम्भीर प्रकृतिको अपहरण भएकोले दुई र महिलाको भएकाले थप दुई गरी १४ वर्ष कैद सजाय तोकिएको छ”, ६ वर्षअघि न्यायाधीश बालेन्द्र रुपाखेतीको इजलासले सजाय तोक्दा भर्खर १७ वर्षकी थिइन् मेरिना शाक्य।  उनलाई लाग्यो संसार रोकियो। संसार सकियो।  पढाइमा तीक्ष्ण उनको प्रतिभा देखेरै नेपालस्थित अमेरिकी दूतावासले राष्ट्रपति बाराक ओबामाको नीतिका बारेमा…

    विस्तृतमा पढ्नुस्

  • 'जीरे खुर्सानी'की डोमाको संघर्षयात्रा : श्रीमान् भन्थे - फिल्म खेल्नेले त जोसँग पनि अङ्गालो हाल्नुपर्छ

    'जीरे खुर्सानी'की डोमाको संघर्षयात्रा : श्रीमान् भन्थे - फिल्म खेल्नेले त जोसँग पनि अङ्गालो हाल्नुपर्छ

    काठमाडौं:  गाउँमा पानासोनिक रेडियो खुब चलेको थियो। रेडियोमा बज्थ्यो गीत 'डफली वाले डफली बजा'।  हेलम्बुको शेर्माथाङ गाउँमा आप्पा आमाहरुले आफ्नै भाषाको गीत गाउँथे 'मादल घनघन घन्काउँला, सुरती पाखामा नाचौंला'। ह्योल्मो भाषाका गीतहरु सुन्दै आएकी कलाकार डोमा ह्योल्मोको सपना पनि रेडियोका गीतसँगै फराकिलो बन्दै गए। ह्योल्मो गीतमा नाच्न त नाच्थिन् डोमा। तर रेडियो घन्किन थाले पछि रेडियोका गीतसँगै नाच्न मज्जा लाग्यो…

    विस्तृतमा पढ्नुस्

  • विवाहबारे केकीको मनमा के खेल्छ?

    विवाहबारे केकीको मनमा के खेल्छ?

    काठमाडौं : कुनै चाडपर्व होस् वा पारिवारिक भेटघाट, नायिका केकी अधिकारीलाई आफन्त, साथीभाइले सोध्ने एउटै प्रश्न हो- 'विवाह कहिले गर्ने?'   उनीसँग कुनै जवाफ छैन। त्यसैले एक वर्षयता हाँसेरै टार्दै आएकी छिन्। बरु यही प्रश्न सुन्दासुन्दा उनको मनमा अर्को प्रश्न जन्मिएको छ, जुन आफैंलाई सोध्ने गर्छिन्- 'वास्तवमा विवाह गर्ने उमेर कति हो?'   'मैले अझै पनि छोरी मान्छेले विवाह गर्ने…

    विस्तृतमा पढ्नुस्

  • 'बक्स अफिस'देखि किन डराउँछन् हल सञ्चालक?

    'बक्स अफिस'देखि किन डराउँछन् हल सञ्चालक?

    काठमाडौं : फिल्म छक्का पञ्जाको व्यापार १६ करोडको हुँदा हातमा मात्र ४ करोड ३० लाख मात्र परेपछि कलाकार दीपकराज गिरीलाई फिल्मको व्यापारको अपारदर्शिताले झस्कायो। गिरी आफैँ पनि हात परेको रकम देखेर छक्क परे।   मल्टिप्लेक्स र सिंगल थिएटर दुवैमा सय दिन मनाउन सफल फिल्मको शोहरु र टिकट सेल्सको डाटा हेरेर उनी घोत्लिए। गिरीलाई रियलाइजेशन भयो- सही डाटा पहिलो आवश्यकता रहेछ।…

    विस्तृतमा पढ्नुस्

  • टेलिशृंखला बन्दको असर : कोही बेरोजगार, कोही भन्छन्- 'नयाँ सोच्ने अवसर'

    टेलिशृंखला बन्दको असर : कोही बेरोजगार, कोही भन्छन्- 'नयाँ सोच्ने अवसर'

    काठमाडौं : केही समयअघिसम्म प्रसारण हुने टेलिशृंखला 'जिरे खुर्सानी'मा राजाराम पौडेल लोकप्रिय भूमिकामा थिए। यो टेलिशृंखला मिडिया हब र नेपाल टेलिभिजनबीचको व्यवसायिक लफडाको सिकार बनेपछि उनी 'बेरोजगार' भएका छन्।   'के गर्नु? टाउको कन्यायो बस्यो,' पाँच सयभन्दा बढी शृंखलासम्म लगातार अभिनय गरेका पौडेल सुुस्केरा हाल्छन्।   टेलिशृंखलाको प्रसारण रोकिनुले केही हद मानसिक तनाव दिएको पनि उनले बताए। कलाकार मात्र होइन…

    विस्तृतमा पढ्नुस्

  • जेलमा जीवन खोजिरहेकी मेरिना जसले १७ वर्षको कलिलो उमेरमै आजन्म कारावासको सजाय पाइन्

    जेलमा जीवन खोजिरहेकी मेरिना जसले १७ वर्षको कलिलो उमेरमै आजन्म कारावासको सजाय पाइन्

    काठमाडौं: “अभियुक्तलाई कर्तव्य ज्यानतर्फ जन्मकैद (२० वर्ष), अपहरणतर्फ १० वर्ष, गम्भीर प्रकृतिको अपहरण भएकोले दुई र महिलाको भएकाले थप दुई गरी १४ वर्ष कैद सजाय तोकिएको छ”, ६ वर्षअघि न्यायाधीश बालेन्द्र रुपाखेतीको इजलासले सजाय तोक्दा भर्खर १७ वर्षकी थिइन् मेरिना शाक्य।  उनलाई लाग्यो संसार रोकियो। संसार सकियो।  पढाइमा तीक्ष्ण उनको प्रतिभा देखेरै नेपालस्थित अमेरिकी दूतावासले राष्ट्रपति बाराक ओबामाको नीतिका बारेमा…

    विस्तृतमा पढ्नुस्

  • छक्कापञ्जाको अर्को रेकर्ड, सय दिन पुग्दा पनि दर्शकको क्रेज उस्तै

    छक्कापञ्जाको अर्को रेकर्ड, सय दिन पुग्दा पनि दर्शकको क्रेज उस्तै

    काठमाडौं : फिल्म ‘छक्कापञ्जा’ले आजबाट प्रदर्शनको सय दिन पूरा गरेको छ। रेकर्ड नै रेकर्ड बनाएको फिल्म काठमाडौंभित्र मात्र ६ सिनेमा हलहरुमा प्रदर्शन भइरहेको छ।   तीन मल्टिप्लेकस र तीन सिंगल स्क्रिनमा दैनिक दुई शोसम्म चलेको फिल्मले ग्रस १६ लाखको कमाइ गरिसकेको छ। २०७३ को लागि फिल्मले ब्लकबस्टर लिस्टमा नाम दर्ता गराइसकेको छ।   हलमा दर्शकको फ्लो सिटी सेन्टर बिग मुभिजको…

    विस्तृतमा पढ्नुस्

  • बुझ्ने भएपछि थाहा पाउँछे राजनीतिको महत्व : करिश्मा, आमा त हिरोइन नै ठिक : कविता

    बुझ्ने भएपछि थाहा पाउँछे राजनीतिको महत्व : करिश्मा, आमा त हिरोइन नै ठिक : कविता

    काठमाडौं : तोतेबोली बोल्दैदेखि आमाको फिल्मी डायलग सुनेर हुर्किइन्, कविता। बुझ्ने भएपछि थाहा पाइन्, आमामात्रै होइन बुबा पनि फिल्मी दुनियाँमै संघर्ष गरिरहेका छन्। यतिमात्र होइन दुवैको कर्मबाट सानैदेखि भिज्न पाइन् उनी।   नेपाली रजतपटकी ‘अग्ली नायिका’ करिश्मा मानन्धर र फिल्म निर्माता विनोद मानन्धरकी एक्ली छोरी कवितालाई आमाले राजनीतिको बाटो तय गरेको मन परेको छैन।      नेपाली फिल्मी क्षेत्रमा स्थान…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीबाट चन्द्रागिरी केबलकारको उद्घाटन, साढे तीन अर्वमा बन्यो 'सिटी आउट अफ दि सिटी

    प्रधानमन्त्रीबाट चन्द्रागिरी केबलकारको उद्घाटन, साढे तीन अर्वमा बन्यो 'सिटी आउट अफ दि सिटी

    काठमाडौँ। साढे तीन अर्ब रुपैयाँको लगानीमा निर्माण भएको चन्द्रागिरि केबलकार विहिवारदेखि औंपचारिक रुपमा संचालनमा आएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्डले' केबलकारको उद्घाटन गरे। आर्इएमर्इ र भाटभटेनी समूहको लगानीमा चन्द्रागिरि हिल्सले निर्माण गरेको यो केबलकार चार महिना अघि सफ्ट ओपन भएपछि   संचालनमा आएको थियो। ​ उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकारका आयोजना ढिलासुस्तीले थलिएको बताउँदै स्पष्ट सोंच र इच्छाशक्ति भएमा चमत्कारिक…

    विस्तृतमा पढ्नुस्

  • 'रातो सूर्य'मा एमाले अध्यक्ष ओलीले नै अभिनय गर्ने? तर वास्तविकता यस्तो रहेछ

    'रातो सूर्य'मा एमाले अध्यक्ष ओलीले नै अभिनय गर्ने? तर वास्तविकता यस्तो रहेछ

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि ‘रातो सूर्य’ नामक फिल्म बन्दैछ भनेर समाचार आएसँगै सामाजिक सञ्जालमा विभिन्न ट्रोल देखिन थाले। तर हल्ला भएजसरी फिल्ममा ओलीको अभिनय रहने/नरहने टुङ्गो लागिसकेको छैन। जसको कथामाथि फिल्म बन्दैछ भनेर हल्ला गरियो तर उनले नै निर्णय दिइसकेका छैनन्।   ‌ओलीका स्वकीय सचिव राजेश बज्राचार्यका अनुसार फिल्मप्रति उनी सकारात्मक देखिए पनि आफ्नो कथामा आफैं…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डकहाँ लालुपाते ननुघेपछि कमल थापाको आँगनमा रेखा

    प्रचण्डकहाँ लालुपाते ननुघेपछि कमल थापाको आँगनमा रेखा

    काठमाडौं : नायिका रेखा थापाले विगत चार वर्षदेखि देशको राजनीतिक पार्टीहरुको क्रियाकलाप अध्ययन गरेर आफू राजनीतिमा लागेको बताइन्। उनले आफ्नो विचार र व्यवहारसँग मिल्दो राष्ट्रिय प्रजातन्त्र पार्टी भएको बताउँदै आफू जीवनभर सोही पार्टीमा लागेर देश र जनताको हितका लागि काम गर्ने जानकारी दिइन्।   काठमाडौं इन्द्रेणी फुडल्यान्डमा सम्पन्न पार्टी प्रवेश घोषणा कार्यक्रममा उनले भनिन्,'राप्रपा नै मेरो रगतमा बग्ने हिन्दुत्वको सम्मान…

    विस्तृतमा पढ्नुस्

  • सकियो किम्फ: नेपाली डकुमेन्ट्री बढ्दा आयोजक मक्ख

    सकियो किम्फ: नेपाली डकुमेन्ट्री बढ्दा आयोजक मक्ख

    काठमाडौं: पोहोर साल २०७२ मा भूकम्पको मारका कारण काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिवल आयोजक फेस्टिवल सार्ने सोचसम्म पुग्यो। दर्शक नआए आयोजक मात्र होइन फिल्म निर्माण युनिटहरु पनि निरास हुन पर्ने जोखिम थियो। दोधारै–दोधारमा फेस्टिवलले निरन्तरता पायो र प्रतिकृया विश्लेषण सोचेभन्दा फरक आयो। 'उत्साहपुर्ण सहभागिता हुन्छ भन्ने सोचेकै थिएनौं,' आयोजक बस्नत थापाले भने 'अफ्ठ्यारो परिस्थितीमा किम्फको १३ औं संस्करण सफल भयो।'…

    विस्तृतमा पढ्नुस्

  • कमाइ १६ करोड, हातमा मात्र ४ करोड : 'छक्कापञ्जा' गरी कहाँ, कसरी जान्छ १२ करोड रकम?

    कमाइ १६ करोड, हातमा मात्र ४ करोड : 'छक्कापञ्जा' गरी कहाँ, कसरी जान्छ १२ करोड रकम?

    काठमाडौं : फिल्मले ५१ औं दिन मनाएपछि 'छक्कापञ्जा' टोलीले ब्याण्डबाजासहित नगर परिक्रमा गर्‍यो। नेपाली फिल्म इन्डस्ट्रीको हकमा सो फिल्मले ब्लकबस्टर नै गर्‍यो। रेकर्डै रेकर्ड बनाएको फिल्मले नेपाली फिल्म इन्डस्ट्रीमा अहिलेसम्मै बढी कमाएको (१६ करोड ग्रस) फिल्मको रेकर्ड पनि राख्यो। यो रेकर्डले आम दर्शक पनि उत्साहित मात्र होइन छक्क पनि परेका छन्। तर १६ करोड कमाइमा छक्कापञ्जा भएको महसूस निर्माता दीपकराज गिरी…

    विस्तृतमा पढ्नुस्

  • किम्फ आजबाट : सेतो सूर्यको विशेष प्रदर्शनी

    किम्फ आजबाट : सेतो सूर्यको विशेष प्रदर्शनी

    काठमाडौं : इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) आजबाट सुरु हुँदैछ । हरेक वर्ष अङ्ग्रेजी महिनाको ८ डिसेम्बरबाट सुरु हुने फेस्टिभलको यो १४ औं संस्करण हो। आज १२ बजे उद्घाटन हुने महोत्सवमा सिंगापुर फिल्म फेस्टिवलमा उत्कृष्ट घोषित फिल्म सेतो सुर्यको नेपाल प्रिमियर ओपनिङ शोका रुपमा प्रदर्शन हुँदैछ। यो संस्करणमा २६ देशका ८० भन्दा बढी फिल्म देखाइने आयोजकले बताएका छन्। फिचर फिल्मसँगै,…

    विस्तृतमा पढ्नुस्

  • डकुमेन्ट्रीका रफू मास्टर

    डकुमेन्ट्रीका रफू मास्टर

    काठमाडौं : फिल्म निर्देशक श्याम कार्कीले भूकम्पको समय एउटा 'अवलोकनात्मक सर्ट फिल्म' 'द एक्स्पेरिएन्स' तयार गरेका थिए। मान्छेमा देखिएको त्रास, डर, समस्या, पीडालाई रफ्ली खिचेका उनलाई ती फुटेजहरु फिल्मका लागि मिलाउन गाह्रो भयो। जसोतसो उनले ती फुटेजलाई फिल्मको रुप दिए। जुन फिल्मले भूकम्प र पटकपटक परकम्प भोग्न बाध्य नेपालीको अवस्थाको कथा बोल्छ। फिल्मले राम्रो प्रतिक्रिया पायो। उनी उत्साही भए अर्को…

    विस्तृतमा पढ्नुस्

  • जीवनमा 'छक्कापन्जा' गरेका दीपकको अनुभव : भाग्यमानी रहेछु- 'क्यासिनो'मा १० प्रतिशत जितेँ

    जीवनमा 'छक्कापन्जा' गरेका दीपकको अनुभव : भाग्यमानी रहेछु- 'क्यासिनो'मा १० प्रतिशत जितेँ

    काठमाडौं : फिल्म 'छक्कापन्जा'का निर्माता दीपकराज गिरीलाई फिल्म प्रदर्शनअघि कति रात त निद्रै परेन। उनलाई रातभर फिल्म चल्ने-नचल्ने पिरलो हुन्थ्यो।  फिल्म सार्वजनिक भयो। एक हप्ता लगातार हाउसफुल। दोस्रो हप्ता पनि हरेक दिन फिल्मले हाउसफुल सहित शो सफल गरेको खबर आउन थालेपछि उनलाई फेरि समस्या आइलाग्यो- रातभर निद्रा पर्न छोड्यो।   'मनमा उत्साह सहितको डर रह्यो। हरेक बिहान आज फिल्मले कस्तो…

    विस्तृतमा पढ्नुस्

  • १२ वर्षपछि खोलो फर्कियोस् नफर्कियोस्, फिल्मको नाम भने फर्कियो

    १२ वर्षपछि खोलो फर्कियोस् नफर्कियोस्, फिल्मको नाम भने फर्कियो

    काठमाडौं: सन् २००४मा श्याम राईको निर्देशनमा नेपाली फिल्म 'समर्पण' सार्वजनिक भएको थियो। प्रेम कथामा आधारित सो फिल्ममा त्यससमयका चर्चित कलाकारहरु सुशील क्षेत्री, सज्जा मैनाली, सुमी खड्का, वीरेन श्रेष्ठ आदिको अभिनय रहेको छ। कविता राई निर्मात्री रहेको यही फिल्म कै नाममा नयाँ 'समर्पण' सार्वजनिक मिति तय भएको छ।  उसो त केही समय यता पुराना हिट फिल्मको नामका पछाडि 'टु' थपेर फिल्म…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell