PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • लकडाउनले रोकेको परम्परा, बालबालिकाले बाँस ठड्याउँदै बिस्का जात्रालाई यसरी दिए निरन्तरता

    लकडाउनले रोकेको परम्परा, बालबालिकाले बाँस ठड्याउँदै बिस्का जात्रालाई यसरी दिए निरन्तरता

    आज विसं २०७६ को अन्तिम दिन। कोरोना भाइरसको कहरले देश लकडाउनमा छ। हरेक नयाँ वर्षको एक दिन अगाडी भक्तपुरमा मानिसहरुको ठेलमठेल हुन्थ्यो। बिस्का जात्रामा रमाउँदै उनीहरु य:सिं ठ्डयाउथे। तर यसपटक लकडाउनका कारण बिस्का जात्रा नै रोकियो। सँगै रोकिएको य: सिं ठ्डाउने परम्परा। यद्यपि, बालबालिकाहरुलाई लकडाउनले रोकेन। दिउँसो केही बालबालिका य: सिं ठड्याउने स्थानमा भेला भए र बाँसलाई य: सिं बनाएर…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा भक्तपुर : बिस्का रोकिएसँगै बन्द भए मन्दिर

    लकडाउनमा भक्तपुर : बिस्का रोकिएसँगै बन्द भए मन्दिर

    भक्तपुर : आज वि सं २०७६ को अन्तिम दिन। कोरोना भाइरसको कहरले देशमा लकडाउन छ। त्यसैले नयाँ वर्षको पूर्व सन्ध्यामा देखिने उत्साह अहिले देखिएको छैन। २० दिनदेखि घरभित्रै रहेका सर्वसाधारण होम क्वारेनाइनमा मै यसपटक नयाँ वर्ष २०७७ को स्वागत गर्दैछन्। हरेक नयाँ वर्षको एक दिन अगाडी भक्तपुरमा मानिसहरुको ठेलमठेल हुन्थ्यो। बिस्का जात्रामा रमाउँदै उनीहरु य:सिं ठ्डयाउने तयारीमा हुन्थे। तर यसपटक लकडाउनका कारण…

    विस्तृतमा पढ्नुस्

  • 'घर जान गाडी चल्दैन, काम नगरे सरकारले खान दिँदैन'

    'घर जान गाडी चल्दैन, काम नगरे सरकारले खान दिँदैन'

    लकडाउनका कारण विभिन्न कम्पनी, कलकारखानासँगै इट्टा भट्टा पनि प्रभावित छन्। आजभोलि भक्तपुरका अधिकांश इट्टा भट्टाबाट उड्ने धुँवाको बाक्लो मुस्‍लो देखिँदैन। न त भट्टा वरपरका बस्तीहरुमा कामदारहरुले बोलेको आवाज नै सुनिन्छ। कोरोना भाइरस संक्रमणविरुद्ध सावधानी अपनाउँदै लागू गरिएको लकडाउनका कारण भट्टा बन्द छन्। काम पनि बन्द। कामदार बिदामा छन्। कुनै भट्टामा भने फाट्टफुट्ट काम भइरहेका छन्। बाँकी रहेका काम सक्काउन। सामान…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनको मौकामा यसरी चम्किँदैछ उपत्यकाका सडक

    लकडाउनको मौकामा यसरी चम्किँदैछ उपत्यकाका सडक

    कोरोना भाइरस (कोभिड-१९)को जोखिमका कारण नेपाललगायत विश्वका करिब २०० मुलुक प्रभावित छन्। नेपालमा कोभिड-१९ को संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको ‘लकडाउन’का कारण सडकमा आवाजावत ठप्प छ। सडक खाली भएको मौकामा हालसालै मर्मत गरिएका काठमाडौं उपत्यकाको विभिन्न क्षेत्रमा ‘रोड मार्किङ’को काम जारी छ। कोभिड-१९ विरुद्ध आवश्यक सुरक्षा रणनीति अपनाएर ‘रोड मार्किङ’को लागि मजदुर परिचालन गरिएको छ। खानेपानीको पाइपलाइन…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्यकर्मीलाई संक्रमणबाट बचाउने प्रयास, भक्तपुरमा पनि बन्दै कोरोना टेस्टिङ बुथ

    स्वास्थ्यकर्मीलाई संक्रमणबाट बचाउने प्रयास, भक्तपुरमा पनि बन्दै कोरोना टेस्टिङ बुथ

    भक्तपुर :  कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्ने भन्दै सरकारले लकडाउन गरेको छ। कोरोना संक्रमितको संख्या ९ मा सिमित हुँदा चिकित्सकहरुलाई आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामाग्री लगायतका स्वास्थ्य सामाग्रीहरु निर्माण कार्य पनि भइरहेको छ। यसैबीच विरामीहरु चिकित्सकहरुको प्रत्यक्ष सम्पर्कमा आउने र संक्रमणको जोखिम हुने हुँदा त्यसलाई न्यूनिकरण गर्न नेपालमा पनि कोरियन मोडलको कोरोना टेस्टिङ बुथको निर्माण कार्य पनि भइरहेको छ। कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनका बीच यसरी चलिरहेछ दैनिकी...

    लकडाउनका बीच यसरी चलिरहेछ दैनिकी...

    देश १४ दिन देखि लकडाउनमा छ। संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमण नेपालमा फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउनको घोषणा गरेको थियो। लकडाउनको प्रभाव सबैतिर परेको छ। मानिस सामाजिक प्राणी भएकाले पनि यसको प्रभाव हाम्रो सामाजिक व्यवहारमा परेको छ। लकडाउनका बावजुद पनि हाम्रो दैनिकी भने चलिरहेको नै छ। शहरमा लकडाउनको उल्लंघन गर्दै बेपर्वाह हिँडडुल गर्नेहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • १२ फोटोमा लकडाउनको १२ औँ दिन...

    १२ फोटोमा लकडाउनको १२ औँ दिन...

    कोरोना भाइरस रोग (कोभिड-१९)को सम्भावित संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न सरकारले जारी गरेको लकडाउनको शनिवार १२ औँ दिन। लकडाउनको समयमा खाद्य सामग्री खरिद तथा अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन पाइँदैन। १२ औँ दिन बितिसक्दा लकडाउनका कारण नागरिकको दैनिकीमा प्रत्यक्ष प्रभाव पारेको छ। विशेषगरी दैनिक ज्याला मजदुरी गरी पेट पाल्ने वर्गलाई लकडाउनको प्रभाव बढी छ। यसबाट केही सास्ती अवश्य पाइएको…

    विस्तृतमा पढ्नुस्

  • कोरोना त्रासबीच फोहोरको महामारीबाट बचाउन खटिनेहरु, ज्यानभन्दा सफा शहरकै चिन्ता

    कोरोना त्रासबीच फोहोरको महामारीबाट बचाउन खटिनेहरु, ज्यानभन्दा सफा शहरकै चिन्ता

    कोरोना महामारी फैलिन नदिन लकडाउनले शहर ठप्प छ। मानिसहरु घरभित्रै छन्। बाहिर निस्किएका छैनन्। तर, यस्तो बेला केही मानिसहरु शहर सफा राख्न रातदिन बाहिरै छन्। मानिसहरु घरभित्र बसे पनि फोहोर उत्पादन रोकिने होइन। केही कम होला। यस्तो बेला ती मानिसहरु कोरोनाको महामारीका बीच फोहोरको महामारी फैलिन नदिन फोहोर उठाउने तथा सफा गर्दै हिँडिरहेका छन्। यी तस्विर भक्तपुर शहरलाई सफा राख्न खटिएकाहरुको…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा पशुपतिनाथ क्षेत्रको वाग्मती आरती, 'नियमित आरती खण्डित नहोस् भनेर सांकेतिक प्रयास'

    लकडाउनमा पशुपतिनाथ क्षेत्रको वाग्मती आरती, 'नियमित आरती खण्डित नहोस् भनेर सांकेतिक प्रयास'

    काठमाडौं : पशुपति क्षेत्रमा हरेक साँझ पशुपतिनाथ मन्दिरको पूर्वबाट मन्दिरतिरै फर्केर वाग्मतीको आरती हुन्छ। तेह्र वर्षदेखि नियमित हुने गरेको यस आरतीमा दैनिक सैयौं भक्त तथा दर्शकको उपस्थिति हुन्छ। कोरोना भाइरसको संक्रमणको जोखिमका कारण वाग्मती गंगा आरती समितिले आयोजना गर्दै आएको आरतीमा सांगीतिक प्रस्तुति, भजनकृतन र सयौं दर्शकको भिड भने हुँदैन। यसअघिको नियमित आरती तीन जना पूजारीले गर्थे। पृष्ठभूमिमा प्रत्यक्ष संगीतसहित भजन कृतन…

    विस्तृतमा पढ्नुस्

  • परिवार भेट्ने हाम्रो रहर : पैदलको भरमा कहिले पुगिएला घर?

    परिवार भेट्ने हाम्रो रहर : पैदलको भरमा कहिले पुगिएला घर?

    कोरोना भाइरस (कोभिड-१९)को सम्भावित संक्रमण नियन्त्रण तथा रोकथाम गर्न भन्दै सरकारले घोषणा गरेको लकडाउनको मंगलवार ८ दिन पुगिसकेको छ। लकडाउन शुरु भएदेखि नै सार्वजनिक यातायातहरु पूर्ण रुपमा ठप्प छन्। यस्तोमा कामको शिलशिलामा देशका विभिन्न स्थानबाट राजधानी आएकाहरु यतै रोकिए। विपद्को बेला परिवारको साथमा हुने उनीहरुको चाहना व्यग्र थियो। सोही व्यग्र चाहनाले केहीलाई लकडाउनले पनि रोक्न सकेन। सार्वजनिक यातायात नपाइने अहिलेको अवस्थामा…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा सफा अनि सुन्दर काठमाडौं !

    लकडाउनमा सफा अनि सुन्दर काठमाडौं !

    काठमाडौं : कोरोना भाइरसको प्रकोपको जोखिम बढेसँगै मानिसहरु काठमाडौं उपत्यका छाडेर घर फर्किन थाले। चैत लागेसँगै शैक्षिक संस्थाहरु बन्द भए। जसका कारण विद्यार्थीदेखि अभिभावकसम्म आ-आफ्नो गाउँ फर्किए। उपत्यकामा मानिसको चहलपहल कम हुन थाल्यो। एक साताअघि देशमा लकडाउन सुरु भएपछि त चहलपहल ठप्पै। त्यसयता मानिसहरु घरभित्रै रहेर कोरोना भाइरस संक्रमणविरुद्धको अभियानमा छन्। यस माहामारीको जोखिम कम गर्न र रोकथामका लागि मानिस…

    विस्तृतमा पढ्नुस्

  • इट्टाभट्टा बन्द भएसँगै माली गाउँबाट यस्तो देखियो भक्तपुर

    इट्टाभट्टा बन्द भएसँगै माली गाउँबाट यस्तो देखियो भक्तपुर

    भक्तपुर : भक्तपुरमा संचालित इट्टाभट्टाहरु अहिले बन्द छन्। लकडाउन सुरु भएको केही दिनसम्म भट्टाहरु संचालनमा थिए। पछि स्थानीय र प्रशासन मिलेर भट्टाहरु बन्द गर्न लगाएका थिए। भट्टाहरु बन्द गरिएसँगै भक्तपुरको आकाश सफा देखिन थालेको छ। सधैजसो भट्टाबाट आउने धुवाँले भरिने सो क्षेत्रको वातावरण अहिले सफा हुँदैछ।

    विस्तृतमा पढ्नुस्

  • भक्तपुर नगरपालिकाले ३ घन्टा किनमेल गर्न बजार खुलाएपछि यस्तो भिड

    भक्तपुर नगरपालिकाले ३ घन्टा किनमेल गर्न बजार खुलाएपछि यस्तो भिड

    भक्तपुर : भक्तपुर नगरपालिकाले बिहान ४ बजेदेखि ७ बजेसम्म दैनिक उपलब्ध वस्तुको किनमेलका लागि समय निर्धारण गरेकाले बजारमा मानिसको बाक्लै भिड लाग्यो। तीन घन्टा किनमेल गर्नेहरु वेपर्वाह देखिएका थिए। कोभिड १९ को संक्रमणविरुद्ध लकडाउन भएकाले उपभोग्य वस्तु लिन आउनेको भिड बढेको हो। नगरपालिकाले तीन घन्टा किनमेलका लागि छुट गरेको हो। मर्निङ वाकमा निस्किनेको संख्या पनि धेरै भएको छ।

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा यस्तो देखियो सम्पदा क्षेत्र : पाटनदेखि पशुपति, भक्तपुरदेखि बौद्ध

    लकडाउनमा यस्तो देखियो सम्पदा क्षेत्र : पाटनदेखि पशुपति, भक्तपुरदेखि बौद्ध

    आज लकडाउनको तेस्रो दिन। अति आवश्यकबाहेक मानिसहरु बाहिर निस्कन नपाउने नियम छ। यस्तो बेला सबैभन्दा धेरै मानिस जमघट हुने थलो सम्पदा क्षेत्रको वातावरण कस्तो देखिन्छ त? यही मेसोमा पहिलोपोस्टका अमित मचामसीले उपत्यकताका सम्पदा क्षेत्रको बिहीवारको दृश्यलाई यसरी कैद गरेका छन्।

    विस्तृतमा पढ्नुस्

  • यसो लकडाउन हेर्न निस्केको... लकडाउनमा कीर्तिपुरको फाट्टफुट्ट चहलपहल

    यसो लकडाउन हेर्न निस्केको... लकडाउनमा कीर्तिपुरको फाट्टफुट्ट चहलपहल

    विश्वभर कोरोना भाइरस (कोभिड-१९)ले महामारीको रुप लिएको छ। कोरोना भाइरसका कारण मृत्यु हुनको संख्या विश्वभर २१ हजार नाघिसकेको छ। यस्तोमा नेपालमा पनि कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले मंगलबारदेखि देशव्यापी लकडाउनको घोषणा गरेको छ। लकडाउनका कारण सबैतिर सुनसान छ। कीर्तिपुरमा पनि लकडाउनको प्रभाव छ नै। बेलाबेला फाट्टफुट्ट केही मानिसहरु देखिन्छन्, अरुबेला भने सुनसान छ कीर्तिपुर। जुन आवश्यक पनि छ। यहाँ…

    विस्तृतमा पढ्नुस्

  • बाइक बत्ताउँदै कता...? लकडाउन अवज्ञा गरी चलाइएका सवारीलाई नियन्त्रणमा लिँदै प्रहरी

    बाइक बत्ताउँदै कता...? लकडाउन अवज्ञा गरी चलाइएका सवारीलाई नियन्त्रणमा लिँदै प्रहरी

    विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)को सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले मंगलवारदेखि लकडाउन गर्‍यो। लकडाउन लागू भएको आज दोस्रो दिन पनि लकडाउन अवज्ञा गर्ने प्रशस्त भेटिए। विशेषगरी मानिसहरु मोटरसाइकलमा बजार डुलेको पाइयो। प्रहरीले अनावश्यक रुपमा त्यसरी बजार डुलिरहेकाहरुलाई सम्झाएर पठाएको छ। अनि उनीहरुका सवारी साधनलाई नियन्त्रणमा लिएर राखिएको छ। लकडाउन जारी रहेका बेला अत्यावश्यक बाहेकका अन्य सेवा…

    विस्तृतमा पढ्नुस्

  • साँझपख भक्तपुरमा यसरी निस्कन थाले सर्वसाधारण

    साँझपख भक्तपुरमा यसरी निस्कन थाले सर्वसाधारण

    कोरोना संक्रमण रोकथामका लागि सरकारले आजबाट देशभर लकडाउन शुरु गरेको छ। तर, सर्वसाधारण भने मार्निङ वाकदेखि इभनिङ वाकसम्म निर्धक्क निस्कन थालेका छन्। भक्तपुरका भित्री शहरमा सर्वसाधारण भेला भए र संकटबारे गफिन थाले। प्रहरीको उपस्थिति रहेको ठाउँमा सुनसान थियो भने बाँकी ठाउँमा निर्धक्क। घर बस्दाबस्दा वाक्क लागेको भन्दै आफूहरु बाहिर निस्केको कतिपयको प्रतिक्रिया थियो।  

    विस्तृतमा पढ्नुस्

  • ठप्प ठमेल…

    ठप्प ठमेल…

    काठमाडौं: सधैंजसो व्यस्त रहने ठमेल बजार आज शान्त छ। सरकारले देशव्यापी ‘लकडाउन’ घोषणा गरेसँगै सोमबार साँझदेखि नै ठमेल ठप्प भएको थियो। बिहानैदेखि पर्यटकको चहलपहल हुने ठमेल बजार सुनसान बनेको हो। हुन त चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिँदै गएसँगै ठमेलमा पर्यटकको आवगमन घट्दै गएको थियो। पर्यटकहरुको लागि मुख्य बजार बनेको ठमेलमा चिनियाँ पर्यटकहरु आउन छाडेसँगै पछिल्ला दिनमा खुलेका चिनियाँ पसलहरु…

    विस्तृतमा पढ्नुस्

  • अझै अटेरी हामी, लकडाउनमा मर्निङ वाकमा जनता

    अझै अटेरी हामी, लकडाउनमा मर्निङ वाकमा जनता

    काठमाडौं : कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन सक्ने भन्दै सरकारले देशभर आज बिहानबाट लकडाउन घोषणा गरेको छ। जसअनुरुप नागरिकहरुलाई घरबाट बाहिर ननिस्कन सरकारले आग्रह गरेको छ। तर, लकडाउनको पहिलो दिन नै मानिसहरु आ-आफ्ना घरबाट बाहिर निस्किएका छन्। भाइरसबाट भयावह स्थिति आउने सक्ने भन्दै बिहान ६ बजेबाट लक डाउन घोषणा गरिए पनि मानिसहरु शहरबजारमा हिँडिरहेका छन्। पार्कहरुमा मर्निङ वाकमा…

    विस्तृतमा पढ्नुस्

  • हेर्नुहोस्, ग्यासको रिटेल काउन्टरमा उपभोक्ताको लाइन

    हेर्नुहोस्, ग्यासको रिटेल काउन्टरमा उपभोक्ताको लाइन

    काठमाडौं : सरकारले ग्यास आपूर्ति सहज बनाउन उपत्यका विभिन्न स्थानमा रिटेल काउन्टर खोल्न उद्योगलाई निर्देशन दिएको थियो। सोही निर्देशन अनुसार काठमाडौंमा बिक्री हुने १७ उद्योगले रिटेल काउन्टरमार्फत ग्यास बिक्री गरिरहेका छन्। यस्ता काउन्टर उपभोक्ताहरुको लाइन लागेको छ। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका (कोभिड १९)का कारण ग्यासको आपूर्ति नहोला भन्ने त्रास उपभोक्तामा छ। सोही कारण धेरैले घरमा ग्यासलगायत इन्धनको सञ्चिति…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell