PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

  • प्रदेश सरकारमा उथलपुथल भइरहँदा सर्वसाधारणलाई छैन चासो, ‘सरकार छ भनेर खै त नि हामीले के पाइयो?’

    प्रदेश सरकारमा उथलपुथल भइरहँदा सर्वसाधारणलाई छैन चासो, ‘सरकार छ भनेर खै त नि हामीले के पाइयो?’

    पोखरा : २०६२/०६३ को जनआन्दोलनमा उनले पनि लाठी खाएका थिए। गणतन्त्रका नारा लगाएका थिए। उनले समेत संघर्ष गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रमा अहिलेको सत्ताको लुछाचुँडी उनलाई मन परेको छैन। यसको मतलब यो होइन, कि गणतन्त्र भन्दा राजतन्त्र ठिक। पोखराको नयाँ बजारमा औषधि पसल चलाएका तिर्थराज अवस्थी देशको अवस्था देखेर दिक्दार छन्। संघीय गणतन्त्र आइसकेपछि जनप्रतिनिधिले सर्वसाधारण नागरिकलाई कुनै सुविधा दिन…

    विस्तृतमा पढ्नुस्

  • विश्वासको मत लिने अघिल्लो दिन विपक्षी सांसद प्रदेश प्रमुख कहाँ, पौडेलले भनिन् : संविधान मिच्दिन

    विश्वासको मत लिने अघिल्लो दिन विपक्षी सांसद प्रदेश प्रमुख कहाँ, पौडेलले भनिन् : संविधान मिच्दिन

    पोखरा : बुधवार गण्डकी प्रदेशका विपक्षी सांसदले प्रदेश प्रमुखसँग भेटवार्ता गरेका छन्।  मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुभन्दा एक दिनअघि गरिएको भेटघाटलाई अर्थपूर्ण रुपले हेरिएको छ।  भोलि प्रदेशसभामा मुख्यमन्त्री गुरुङले विश्वासको मत लिँदैछन्। उनले विश्वासको मत प्राप्त गर्न नसके प्रदेशमा नयाँ सरकार गठन प्रकृया सुरु हुन्छ।  आजको भेटघाटमा विपक्षीले वैशाख २९ गतेको जस्तो 'कीर्ते'को घटना दोहोरिए के गर्ने भन्ने विषयमा…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीका सांसद थापालाई पुनर्वहाली गर्ने आदेश खारेजीको माग सहित पुनरावलोकन निवेदन, भोलि पेशी

    गण्डकीका सांसद थापालाई पुनर्वहाली गर्ने आदेश खारेजीको माग सहित पुनरावलोकन निवेदन, भोलि पेशी

    पोखरा : जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पुनर्वहाली गर्न दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता भएको छ। निवेदन दर्ता भएको सर्वोच्च अदालतको रिट शाखाले जानकारी दिएको हो। भोलि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिँदैछन्। जनमोर्चा, प्रदेश सभामुख र प्रदेशसभा सचिवालयका  तीनवटा निवेदन सर्वोच्चमा परेको हो।   जनमोर्चा सांसद पियारी थापाले सर्वोच्चमा…

    विस्तृतमा पढ्नुस्

  • विघटनको बाटोमा गण्डकीको प्रदेश सभा, सत्तापक्ष र प्रतिपक्ष दुबैसँग छैन स्पष्ट बहुमत

    विघटनको बाटोमा गण्डकीको प्रदेश सभा, सत्तापक्ष र प्रतिपक्ष दुबैसँग छैन स्पष्ट बहुमत

    पोखराः गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने तयारी गरेका छन्। वैशाख २९ गते संविधानको धारा १६८(३) अनुसार गुरुङलाई मुख्यमन्त्री नियुक्त गरिएको थियो। संवैधानिक प्रावधान अनुसार उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। विश्वासको मत लिने पूर्वसन्ध्यामा कारबाहीमा परेका एक सांसदलाई सर्वोच्चले पुनर्बहाली हुने आदेश गरेको छ। अदालतले राष्ट्रिय जनमोर्चा सांसद कृष्ण थापाको कारबाही बदर गरेको…

    विस्तृतमा पढ्नुस्

  • अदालतले सांसद पद थमौती गरेपछि कृष्ण थापाको प्रतिक्रिया : प्रदेशलाई कम्युनिष्टमय बनाउनुपर्छ, थ्याङ्क यु सर्वोच्च

    अदालतले सांसद पद थमौती गरेपछि कृष्ण थापाको प्रतिक्रिया : प्रदेशलाई कम्युनिष्टमय बनाउनुपर्छ, थ्याङ्क यु सर्वोच्च

    पोखरा : गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाको सांसद् पद खारेज नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। राष्ट्रिय जनमोर्चाले पार्टी नियम उल्लंघन गरेको भन्दै थापालाई कारवाही गर्दै सांसद पदबाट हटाउने निर्णय गरेको थियो। त्यसपछि उनको प्रेदश सभा सांसदको पद खारेज भएको थियो। तर, आफूलाई कारवाही गरेकोविरुद्ध थापाले सर्वोच्चमा रिट दर्ता गराएका थिए। आइतबार रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालले…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी प्रदेशसभामा केन्द्रको आलोचना : विपक्षीद्वारा ओलीलाई 'तानाशाह' को संज्ञा, मन्त्रीले भने 'ओलीसँग डराए पनि गुरुङसँग डराउनु पर्दैन'

    गण्डकी प्रदेशसभामा केन्द्रको आलोचना : विपक्षीद्वारा ओलीलाई 'तानाशाह' को संज्ञा, मन्त्रीले भने 'ओलीसँग डराए पनि गुरुङसँग डराउनु पर्दैन'

    पोखरा : गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजबाट सुरु भएको छ। अधिवेशनको पहिलो दिन आज प्रदेश सभामा रहेका विभिन्न दलका नेताहरुले सम्बोधन गरेका छन्। बैठकमा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई विश्वासको मत लिन सके लिनका लागि शुभकामना दिए। तर विश्वासको मत लिन नसके वैकल्पिक सरकारलाई सहज बनाउनुपर्ने उनको मत छ। 'सहजरुपले विश्वासको मत लिन सक्नुहुन्छ भने…

    विस्तृतमा पढ्नुस्

  • अक्सिजन नपाएर बिरामी आधा घण्टा छट्पटिए, अक्सिजन आइपुग्दा गयो प्राण

    अक्सिजन नपाएर बिरामी आधा घण्टा छट्पटिए, अक्सिजन आइपुग्दा गयो प्राण

    पोखरा : बिहीवार राति अचानक कोरोना वार्डमा अक्सिजन अभाव भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जानकारी गरायो। रातिको करिब ९ देखि १० बजेसम्मको समयमा अस्पतालमा अक्सिजन अभावले खैलाबैला मच्चियो। बेडमा अक्सिजन अभावले छट्पटाइ रहेका बिरामी देखेर आफन्त आत्तिदै थिए। आइसोलेसन वार्डमा बसेको एकजना बिरामीका अनुसार आफन्तको कोलाहाल र रुवाबासी थियो। आफन्त बिरामीलाई छिटो अक्सिजन दिनु भनेर रोइकराई गरिरहेका थिए। ‘मेरो बिरामी मरिसक्यो!’…

    विस्तृतमा पढ्नुस्

  • बीस मिनेट बिजुली जाँदा 'हाइ फ्लो' अक्सिजनकै भरमा उपचार गराइरहेका सुत्केरी सहित ६ जनाको मृत्यु

    बीस मिनेट बिजुली जाँदा 'हाइ फ्लो' अक्सिजनकै भरमा उपचार गराइरहेका सुत्केरी सहित ६ जनाको मृत्यु

    पोखरा :  पोखरामा हाइ फ्लोमा अक्सिजन दिन नसक्दा सुत्केरीसहित ६ जनाले ज्यान गुमाएका छन्। कोभिड–१९ को उपचार गर्ने गण्डकी प्रदेशकै ठूलो अस्पतालमा बिहीवार अचानक अक्सिजन आपूर्तिमा समस्या भएको थियो। अक्सिजन आपूर्तिमा समस्या भएपछि हाइ फ्लोमा अक्सिजन दिएर उपचार भइरहेका बिरामीको मृत्यु भएको अस्पतालले जनाएको छ। बिहीवार अक्सिजन आपूर्तिमा समस्या भएकाले हाइ फ्लोमा अक्सिजन विरामीलाई नियमित भएन। अस्पतालले विद्युत समस्याका कारण हाइ फ्लोमा…

    विस्तृतमा पढ्नुस्

  • पार्टीको कारबाहीमा परेका जनमोर्चा सांसद थापा सोध्छन्, ‘सांसद पद केका लागि अड्काउन राखिएको हो?’

    पार्टीको कारबाहीमा परेका जनमोर्चा सांसद थापा सोध्छन्, ‘सांसद पद केका लागि अड्काउन राखिएको हो?’

    पोखरा : पार्टी नीति विपरीत मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पक्षमा खुलेरै लागेका राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा कारबाहीमा परेका छन्। शनिवारको पार्टी केन्द्रीय कमिटी बैठकले थापालाई पार्टीको केन्द्रीय सदस्यबाट निलम्बन गरेको छ। उनलाई बैठकले १ वर्षका लागि साधारण सदस्यबाटै निलम्बन गरेको छ। तर, प्रदेशको सांसदबाट भने हटाइएको छैन। प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएर कांग्रेस नेतृत्वको नयाँ सरकार बनाउन…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री नियुक्त भएको चार दिनपछि दीपक मनाङेले लिए सपथ

    मन्त्री नियुक्त भएको चार दिनपछि दीपक मनाङेले लिए सपथ

    पोखरा : गण्डकी प्रदेशका पुननियुक्त मन्त्री दीपक मनाङे (राजीव गुरुङ)ले पद तथा गोपनियताको सपथ लिएका छन्। आइतबार गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनीयताको सपथ दिलाएकी हुन्। गत विहीबार दोस्रो पटक मन्त्रिमण्डल विस्तार भएपछि मन्त्रीमा पुन: नियुक्त भएका मनाङे काठमाडौं बाहिर रहेकाले सपथ लिन भ्याएका थिएनन्। आज सपथ लिएका हुन्। युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएको ११ दिनमै मुख्यमन्त्रीले…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीमा पुन:नियुक्त मन्त्रीहरुले लिए सपथ, दीपक मनाङेको महिनामै दुईपटक सपथ

    गण्डकीमा पुन:नियुक्त मन्त्रीहरुले लिए सपथ, दीपक मनाङेको महिनामै दुईपटक सपथ

    पोखरा : गण्डकी प्रदेशका पुन: नियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख निवासमा पद तथा गोपनियताको शपथ लिएका छन्। गण्डकी प्रदेशका पुन: नियुक्त भएका सांसद राजीव गुरुङ (दीपक मनाङे) ले युवा तथा खेलकुद मन्त्री र किरण गुरुङले आर्थिक मामिला तथा योजना मन्त्रीमा पद तथा गोपनियता शपथ लिएका छन्। रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनले भने विनाविभागीय मन्त्री पदको शपथ ग्रहण गरेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तारः मन्त्रीमा पुरानै अनुहार, दीपक मनाङे पनि नियुक्त हुँदै

    गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तारः मन्त्रीमा पुरानै अनुहार, दीपक मनाङे पनि नियुक्त हुँदै

    पोखरा : राजीनामा दिएपछि वैशाख २९ गते पुन: मुख्यमन्त्रीमा नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले आज बुधवार मन्त्रीमण्डल विस्तार गर्दैछन्। बुधवार २ बजेपछि मन्त्रिमण्डल विस्तार हुँदैछ। स्रोतका अनुसार मन्त्रिमण्डलमा पुरानै मन्त्री दोहोरिने छन् । राजीव गुरुङ युवा तथा खेलकुद मन्त्री, रामशरण बस्नेत मन्त्री भौतिक मन्त्री, किरण गुरुङ मन्त्री अर्थ, विकास लम्साल मन्त्री पर्यटन, नरदेवी पुन मन्त्री सामाजिक विकास मन्त्री पुन दोहोरिएका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्री बिरामी हुँदा गण्डकीमा मन्त्रीमण्डल विस्तारमा ढिलाइ, आजबाट छलफल शुरु

    मुख्यमन्त्री बिरामी हुँदा गण्डकीमा मन्त्रीमण्डल विस्तारमा ढिलाइ, आजबाट छलफल शुरु

    पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बिरामी हुँदा मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएको छ। अविश्वासको प्रस्ताव दर्ता भएपछि राजीनामा दिएका गुरुङ बैशाख २९ गते मुख्यमन्त्री पदमा पुनः नियुक्त भएका थिए। दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएको हप्तादिन बितिसक्दा पनि मन्त्रीमण्डल विस्तार कार्य भने अगाडि बढेको छैन। बैशाख २२ गते कोरोना पुष्टि भएका गुरुङ पुनः नियुक्त भएको दिन आइसोलेसनबाट पद तथा गोपनियताको…

    विस्तृतमा पढ्नुस्

  • जनताको स्वास्थ्यमा सरकारले खेलबाड गरेको देउवाको आरोप, गण्डकीको बेहाल सुनाए कांग्रेस नेताले

    जनताको स्वास्थ्यमा सरकारले खेलबाड गरेको देउवाको आरोप, गण्डकीको बेहाल सुनाए कांग्रेस नेताले

    पोखरा : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार कोभिड १९ संक्रमणको विषयलाई लिएर चिन्तित नभएको टिप्पणी गरेका छन्। उनले जनताको स्वास्थ्यमाथि सरकारले खेलबाड गरेको गम्भीर आरोप पनि लगाए। नेपाली कांग्रेसले कोभिड १९ विरुद्धको अभियान अन्तर्गत गण्डकी प्रदेशमा आयोजना गरेको भर्चुअल छलफलमा देउवाले भने, 'सरकारलाई चिन्ता छैन। जनताको स्वास्थ्यमा खेलबाड गर्न थाले।' देउवाले आफ्ना नेताहरुलाई सम्बोधन गर्दै 'सोसल…

    विस्तृतमा पढ्नुस्

  • निजी अक्सिजन कम्पनीको भरमा गण्डकीका अस्पताल, कति हुन्छ उत्पादन?

    निजी अक्सिजन कम्पनीको भरमा गण्डकीका अस्पताल, कति हुन्छ उत्पादन?

    पोखरा : नेपाल कोरोनाको दोस्रो लहरले आक्रान्त छ। अस्पतालमा बेड र अक्सिजन अभाव मृत्युको कारण बनिरहेको छ। दोस्रो लहरमा नेपालले अक्सिजन अभावलाई झेलिरहेको छ। काठमाडौं, बुटवल, वीरगंज जस्ता ठूला शहरका अस्पतालमा समेत अक्सिजन अभाव छ। कति अस्पतालले अक्सिजन नभएकै कारण बिरामी लिन मानेका छैनन्। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकले पोखरामा संक्रमणको ग्राफ दिनानु दिन उकालो लागेको देखाएको छ। तर, हालसम्म…

    विस्तृतमा पढ्नुस्

  • पोखराको हेमजा याम्दी पुल मुनि दुई शिशुको भ्रुण फेला

    पोखराको हेमजा याम्दी पुल मुनि दुई शिशुको भ्रुण फेला

    पोखरा : पोखराको हेमजा याम्दीपुल मुनि दुई शिशुको भ्रुण फेला परेको छ। शुक्रबार बिहान पुलमुनी माछा मार्ने क्रममा स्थानियले देखेका थिए। खोला नजिकै गएर हेर्दा पहिला एउटा शिशुको भ्रुण देखिएको थियो। पहिलो भ्रुण भेटिएको स्थान वरपर हेर्दा पुनः अर्को भ्रुण भेटिएको हो। शुक्रबार बिहानै वेवारिसे अवस्थामा भ्रुण फेला परेपनि शनिबार अपराह्नसम्म प्रहरी भने बेखबर छ। शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी प्रदेश : नेता सत्ताको खेलमा, जनता आइसोलेसन बेडमा ! संक्रमित अवस्थामा पीपीईसमेत नलगाई शपथ

    गण्डकी प्रदेश : नेता सत्ताको खेलमा, जनता आइसोलेसन बेडमा ! संक्रमित अवस्थामा पीपीईसमेत नलगाई शपथ

    पोखरा: कोरोनाले गण्डकी प्रदेश आक्रान्त छ। कोरोनासँगै प्रदेशमा राजनीतिक गर्मी पनि चरम विन्दुमा छ। वैशाख २ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि प्रदेशको राजनीतिले ट्वीस्ट एण्ड टर्न लिइरहेको छ। बुधबार विपक्षी गठबन्धनले नयाँ सरकार गठन गर्न बहुमत पुर्‍याउन सकेनन्। संविधानको धारा १६८ (२) बमोजिम कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली आफूलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको कार्यालय पुगेका…

    विस्तृतमा पढ्नुस्

  • रोगले हैन भोकले सताउँछ, ‘कोही आइहाले साँझ पेट भर्ने बाटो हुन्छ कि?'

    रोगले हैन भोकले सताउँछ, ‘कोही आइहाले साँझ पेट भर्ने बाटो हुन्छ कि?'

    पोखरा : सधैँझै महेन्द्रपुल, नेपाल टेलिकमको भवन नजिकै सडकमा लाम लागेर बसेका थिए चारजना मानिस। ती अनुहार अघिल्तिर थिए – सियो, धागो,  बुटपोलीस र ब्रस। श्रम गरेर खानेहरूको भोकलाई निषेधाज्ञाले कहाँ निषेध गर्थ्यो र? भोक मेट्ने रकम जोहो गर्न बसेका थिए उनीहरू। बाटुवाको जुत्ता सिलाएर वा सफा गरेर जुटाउनु थियो छाक टार्ने खर्च।  सुनसान सडकमा कोही आउलान् भनेर पर्खनु उनीहरूको…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीमा प्रदेश प्रमुखको निर्णय असंवैधानिक रहेको विपक्षी दलको टिप्पणी

    गण्डकीमा प्रदेश प्रमुखको निर्णय असंवैधानिक रहेको विपक्षी दलको टिप्पणी

    पोखरा : गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्त भएका छन्। नियुक्ति भएलगत्तै प्रदेश प्रमुख सिताकुमारी पौडेलले गुरुङलाई पद तथा गोपनीयताको शपथ पनि खुवाएकी छन्। तर, गुरुङको पुनः नियुक्ति असंवैधानिक भएको विपक्षी गठबन्धनको ठहर छ। प्रदेश प्रमुखको उक्त निर्णय असंवैधानिक भएको नेकपा (माओवादी केन्द्र) निकट हरिबहादुर चुमान बताउँछन्। विपक्षी गठबन्धनले आज दिउँसो ३:५५ मिनेटमा नयाँ सरकार गठनका लागि बहुमतको…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीमा दोस्रोपटक मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले लिए शपथ, ३० दिनभित्र बहुमत जुटाउनुपर्ने

    गण्डकीमा दोस्रोपटक मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले लिए शपथ, ३० दिनभित्र बहुमत जुटाउनुपर्ने

    पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनियताको सपथ लिएका छन्। राजीनामा दिएको डेढ सातापछि पुन: मुख्यमन्त्री नियुक्त गुरुङले प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट बुधवार साझ सपथ लिएका हुन्। नयाँ सरकार गठनका लागि विपक्षी दलले समय सीमाभित्र बहुमत (३१ सांसदको हस्ताक्षर) जुटाउन नसकेपछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको दलको नेताको हैसियतमा आजै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell