काठमाडौं : फराकिलो मतान्तर कायम राख्दै काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो लिड कायम राखेका छन्। स्वतन्त्रबाटै उम्मेदवारी दिएका सुमन सायमिले पनि मत बढाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठलाई पछि पारेका छन्। मत गणनाको शीर्षस्थानमा स्वतन्त्र उम्मेदवार बालने रहँदा चौथोमा सुमन छन्। बालेन्द्र र सुमनको बिचमा छन् नेपाली कांग्रेसका सिजना सिंह र नेकपा एमालेका केशव स्थापित। यिनै ४…
चितवन : भरतपुर महानगरपालिका निर्वाचनमा गठबन्धनका तर्फका उम्मेदवार रेनु दाहाल जितको नजिक पुगेकी छिन्। झन्डै १० हजारको फराकिलो मतान्तर कायम रहेकाले उनले जित सुनिश्चित गरेकी हुन्। नेकपा माओवादी केन्द्रबाट दोस्रो कार्यकालका लागि मेयरमा प्रतिस्पर्धा गरेकी उनले पछिल्लो मत परिणाम अनुसार ४३ हजार ६१ मत हासिल गरेकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी विजय सुवेदीले ३३ हजार २ सय ३९ मत हासिल गरेका…
दमौली : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बलियो साथ लिएर दीपकराज जोशी तनहुँको व्यास नगरपालिकाको मेयरका लागि चुनावी मैदानमा उत्रिएका थिए। विदेशबाट फर्केर स्थानीय तहको निर्वाचनमा होमिएकाले धेरैको नजर उनीमाथि थियो। अझ नेपाली कांग्रेसका कार्यकर्ताको आक्रमणले पनि उनको चुनावी परिणाम सबैको प्रतीक्षाको विषय बनेको थियो। व्यास नगरपालिकाको चुनावमा उनी चर्चामा रहनुको अर्को कारण थियो - नेकपा एमालेको साथ। भ्रष्टाचारको मुद्दापछि कांग्रेस…
इङ्ग्लिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ। गएराति सम्पन्न खेलमा एस्टोन भिल्लामाथि उत्कृष्ट ३-२ गोलको उत्कृष्ट पुनरागमन जित निकालेसँगै सिटी प्रिमियर लिगको च्याम्पियन बनेको हो। इतिहाद स्टेडियममा सम्पन्न खेलको ३७ औं मिनेटमा एस्टोन भिल्लाका म्याट्टी क्यासले गोल गर्दा पहिलो पहिलो हाफमा घरेलु टोली एक गोलले पछि परेको थियो। दोस्रो हाफमा भिल्लाकै फिलिपे काउन्टिनोले गोल थप्दा सिटी थप दवाबमा आएको थियो।…
काठमाडौं : १६ वर्षीया एक किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका ग्लोबल कन्सल्टेन्सीका संचालक मनोज पाण्डे विरुद्ध मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ अन्तर्गत प्रहरीले म्याद लिने भएको छ। कानुनविद्हरुको परामर्श अनुसार भोलि जिल्ला अदालत काठमाडौंबाट म्याद थप गर्ने भएको हो। त्यसपछि हिरासतमा राखेर उनीमाथि थप अनुसन्धान हुने महानगरीय अपराध महाशाखाका एक प्रहरी अधिकृतले बताए। 'आजसम्मको कुरा अनुसार भोलि मानव बेचबिखनमा म्याद लिने तयारी…
इजरायल र स्वीटजरल्याण्डमा पनि ‘मंकिपक्स’ बाट संक्रमित हुनेहरुको पहिचान भएको छ। यससँगै १४ वटा देशहरुमा मंकिपक्सका केसहरु फेला परेको छ। स्वीटजरल्याण्डमा एक व्यक्तिमा यो संक्रमण देखिएको हो। इजरायलमा भने थप व्यक्तिहरुमा पनि यो संक्रमण देखिन सक्ने भन्दै अनुसन्धान भइरहेको छ। विश्व स्वास्थ्य संगठनले यसअघि मंकिपक्सका ८० केस फेला परेको भन्दै संक्रमण बढ्न सक्ने भन्दै चेतावनी दिएको थियो। संगठनले थप ५०…
काठमाडौं : युक्रेनमाथि रसियाको आक्रमणलाई कारण देखाउँदै आज फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको छ। पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रति लिटर १० रुपैयाँ बृद्धि भएको नेपाल आयल निगमले जनाएको छ। स्थानीय तहको निर्वाचन यतामात्रै पेट्रोल, डिजेल र मट्टीतेलमा २० रुपैयाँ प्रतिलिटर मूल्य बढिसकेको छ। त्यतिमात्र होइन, आज ग्यासमा समेत मूल्य वृद्धि गरिएको छ। एलपी ग्यासमा प्रति सिलिन्डर २ सय रुपैयाँ…
चितवन : भरतपुर महानगरपालिकामा ३१ हजार ५२८ मतगणना गर्न बाँकी रहेको छ। हालसम्म यस पालिकामा ९६ हजार ३११ मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार महानगरको वडा १ देखि २० नम्बरसम्म गणना सकिएको छ। अहिलेसम्मको गणनाअनुसार महानगरपालिकाको प्रमुख पदमा पाँच दलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेकी रेनु दाहालले आठ हजार २९५ मतले अग्रता लिएकी छिन्। दाहालले ३७ हजार…
पोखरा : पोखरा महानगरपालिकाको प्रमुख पदमा गठबन्धनको तर्फबाट नेकपा (एकिकृत समाजबादी)का धनराज आचार्यले अग्रता कायमै राख्दा उपप्रमुखमा नेकपा (एमाले)की उम्मेदवार मञ्जुदेवी गुरुङ अगाडि छिन्। १ लाख १२ हजार ५८० मतगणना हुँदा प्रमुखमा आचार्यले ४५ हजार २७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्ण थापाले ४१ हजार ५९० मत ल्याएका छन्। प्रमुख पदमा गठबन्धनको अग्रता रहँदा उपप्रमुखमा भने एमालेले…
पोखरा : पोखरा महानगरपालिकाको वडा नम्बर १६ मा नेपाली कांग्रेसका अमृत शर्मा तिमिल्सिना विजयी भएका छन्। उनले नेकपा (एमाले)का उम्मेदवार राजेश गुरुङलाई १ सय ४८ मतले पछि पार्दै विजयी हासिल गरेका हुन्। शर्माले ३ हजार ३ सय १८ मत ल्याउँदा गुरुङले ३ हजार १ सय ७० मत ल्याए। एमालेले हार व्यहोरेको यो वडा एमालेबाट प्रमुख पदको लागि उम्मेदवार रहेका कृष्णबहादुर…
काठमाडौं : सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले शपथ ग्रहण गरेका छन्। बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमार्फत निर्वाचित ३७ जना जनप्रतिनिधिहरुले आइतवार शपथ लिएको निर्वाचन अधिकृत मिना गुरुङले जानकारी दिइन्। यसैबिच, गाउँ कार्यपालिकाको निर्वाचन यही १६ गते हुनेछ। गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का बुद्धि किरण राई र उपाध्यक्षमा गठबन्धनका तर्फबाट माओवादीका गौरव राई निर्वाचित भएका छन्। नवनिर्वाचित अध्यक्ष…
काठमाडौं : सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित भएका छन्। ‘लोरो’ चुनाव चिह्न पाएका राई २० हजार ८२१ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत ल्याएका छन् भने तेस्रोमा रहेका नेकपा एमालेका उम्मेदवार मञ्जु भण्डारी सुवेदीले १२ हजार ८२५ मत प्राप्त गरेकी छिन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेश कुमार…
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को लक्ष्य उत्पादनमा आधारित अर्थतन्त्र निर्माण भएको बताएका छन्। संघीय संसदमा बजेट पेस गर्दै उनले उत्पादनमा आधारित अर्थतन्त्र निर्माणमा सरकारले जोड दिने बताएका हुन्। यस्तै, उनले उपलब्ध पुँजी र स्रोतको उपयोग गर्दै विकास निर्माणलाई टेवा दिने उल्लेख गरेका छन्। प्रदेश र स्थानीय तहमा साधन स्रोत हस्तान्तरण गर्ने पनि उनले बताएका छन्। यो…
काठमाडौं : महिला सांसदहरुले नाबालिकामाथि हुने बलात्कारलगायतका जघन्य अपराधका घटनामा हदम्याद लगाउने कानुनी व्यवस्था तत्काल हटाउन माग गरेका छन्। सौन्दर्य प्रतियोगिताका आयोजक मनोज पाण्डेले आठ वर्ष अघि एक नाबालिकमाथि बलात्कार गरेको घटना सार्वजनिक भएपछि प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले आईतबार सिंहदरवारमा आयोजना गरेको अनौपचारिक छलफल आयोजना गरेको थियो। त्यसक्रममा नेतृहरुले नाबालिकामाथि हुने बलात्कारलगायतका जघन्य अपराधका घटनाको अनुसन्धानमा समेत हदम्याद लगाउने…
काठमाडौं : राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् स्वर्णिम वाग्लेद्वारा लिखित पुस्तक ‘अतृप्त अवसर’ लोर्कापण गरिएको छ। किताबमा नेपालको आर्थिक अवस्था, विकासका चरण, विपि कोइरालाको समाजवादी चिन्तन लगायतका लेख समावेश छ। आज राजधानीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाली उत्पादनको प्रवद्र्धनमा ध्यान दिइने बताए। उनले आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको…
पोखरा : पोखरा महानगरको प्रमुख पदमा गठबन्धनको तर्फबाट धनराज आचार्यले अग्रता कायमै राख्दा उपप्रमुखमा नेकपा एमाले उम्मेदवार मञ्जुदेवी गुरुङ अगाडि छिन्। १ लाख ५ हजार ८६२ मतगणना हुँदा प्रमुख पदमा नेकपा एकीकृत समाजवादीका धनराजले ४२ हजार ३४८ ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका कृष्ण थापाले ३८ हजार ९३५ ल्याएका छन्। प्रमुख पदमा गठबन्धनको अग्रता रहँदा उपप्रमुखमा भने एमालेले अग्रता…
काठमाडौं : चितवन जिल्लामा शुक्रबार साँझ आएको हावाहुरीले रूख र बिजुलीका पोल ढालेपछि अवरूद्ध भएको भरतपुर महानगरपालिकाको विद्युत् सेवा पूर्णरुपमा संचालनमा आउन अझै पाँच दिन लाग्ने भएको छ। हावाहुरीका कारण भरतपुरका १४० विद्युत्का पोल ढलेका थिए। विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इञ्जिनियर राजेन्द्र पौडेलका अनुसार भरतपुर महानगरको १ देखि ६ वडासम्म ती पोल ढलेका हुन्। ती पोललाई व्यवस्थित गरेर पूर्णरुपमा…
काठमाडौं : पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन्। आइतवार दिउँसोसम्म एक लाख चार हजार २१२ मत गणना हुँदा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले आफ्नो अग्रतालाई कायमै राखेका हुन्। आचार्य अहिलेसम्म तीन हजार ३९५ मतले अघि छन्। उनले ४१ हजार ७०५ मत प्राप्त गर्दा उनका निकटतम प्रत्याशी नेकपा एमालेका कृष्णबहादुर थापाले ३८ हजार ३१० मत ल्याएका छन्। महानगरको…
जनकपुरधाम : धनुषा जिल्लाका विभिन्न नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका प्रमुख चार दलका अध्यक्षहरू निर्वाचनमा पराजित भएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादि पार्टी र नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्षहरू नै स्थानीय तह निर्वाचनमा पराजित भएका हुन्। नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियार क्षिरेश्वरनाथ नगरपालिकाको मेयर पदका लागि उठेका थिए। यसअघिको कार्यकालमा समेत मेयर रहेका कांग्रेस सभापति पजियार ६…
बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण खाण र नेकपा (एमाले)का मोहन चापागाईंबिच सुरुदेखि नै तीव्र प्रतिस्पर्धा भइरहेको छ। पछिल्लो मत परिणाम अनुसार कांग्रेसका खाण १७७ मत अन्तरले अगाडि छन्। खाणले ११ हजार ३६६ मत पाउँदा एमालेका चापागाईंले ११ हजार १८९ मत पाएका छन्। रामकृष्ण गृहमन्त्री बालकृष्ण खाणका सहोदर भाइ हुन्। उपमेयरमा भने सुरुदेखि नै एमालेकी…