काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले ४० हजार मत कटाएका छन्। १ लाख १२ हजार ४४२ मत गणना सकिदा साहले ४० हजार ३ मत ल्याएका छन्। नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २२ हजार ९५ मत,नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २२ हजार ७ सय ४९ मत ल्याएका छन्। हालसम्म वडा नम्बर १ देखि ८ सम्म र…
काठमाडौं : वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको हालसम्म ७०७ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ। निर्वाचन आयोगका अनुसार गाउँपालिका, नगरपालिका र महानगरपालिका गरी ७०७ को मतगणना सम्पन्न भइ परिणाम सार्वजनिक भएको छ। मुलुकभर कूल ७५३ पालिका रहेकामा करिब ९४ प्रतिशत पालिकाको मतगणना सकिएकव छ। मतपरिणाममा नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ। कांग्रेसले १२७ पालिका प्रमुख र १८६…
काठमाडौं : परराष्ट्रमन्त्री डा नारायण खड्कासँग अमेरिकाका उपविदेश मन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेटवार्ता गरेको छ। परराष्ट्र मन्त्रालयमा भएको सो भेटमा उनीहरुबिच द्विपक्षीय-बहुपक्षीय मञ्चहरूमा मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध र सहयोग सम्बन्धी विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकसमेत रहेकी जिया तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार काठमाडौं आएकी हुन्। आज बिहानै जियाले प्रधानमन्त्री…
काठमाडौं : कञ्चनपुरको पुनर्वास नगरपालिका-८ मा सबै पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। वडा अध्यक्ष र वडा सदस्य पदमा स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका हुन्। वडा अध्यक्षमा श्रवण राना ८१८ मतसहित विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार परि रावलले ४५८ मत पाउँदा एमालेले ३३२ मत पाए। यस्तै, महिला सदस्यामा देवी कार्की ६३२, दलित महिला सदस्यमा लक्ष्मी सुनार ६७१, सदस्यमा दिपेश मल्ल…
काठमाडौं : काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा गठबन्धनका उम्मेदवार महेश खरेलले अग्रता लिएका छन्। वडा नं १० सम्म सम्पन्न मतगणनाको परिणाम अनुसार नेपाली कांग्रेसका खरेलले ९ हजार ९३७ मत प्राप्त गरेका छन्। नेकपा एमालेका कञ्चन अधिकारीले ६ हजार ४७ मत प्राप्त गरेका छन्। खरेल पाँचखालका निवर्तमान नगर प्रमुख समेत हुन्। त्यस्तै, उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का चेतप्रसाद गौतमले ७ हजार १५८ मत प्राप्त…
एन्थोनी अलबानिज अस्ट्रेलियाका नयाँ प्रधानमन्त्री बन्ने भएका छन्। एक दशकपछि लेबर पार्टीले संसदीय निर्वाचनमा बहुमत हासिल गरेपछि अलबानेसे प्रधानमन्त्री बन्ने पक्का भएको बीबीसीले उल्लेख गरेको हो। सन् २०१३ देखि सत्तामा रहेको कन्जर्भेटिभ लिबरल नेशनल गठबन्धनलाई हराउँदै लेबर पार्टीले अब अस्ट्रेलियामा सरकार निर्माण गर्नेछ। निवर्तमान हुन लागेका प्रधानमन्त्री स्कट मोरिसनको ठाउँ लिने तयारीमा रहेका अलबानिजले अस्ट्रेलियामा ‘सुरक्षित परिवर्तन’ ल्याउने बताएका छन्। २५…
काठमाडौं : मौसमी प्रतिकुलताका कारण आइतबार बिहानैदेखि हिमाली भेगका उडान प्रभावित भएका छन्। काठमाडौंबाट हुँदै आएको लुक्ला, तुम्लिङटार लगायत विभन्न गन्तव्यतर्फ हुँदै आएको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। हाल हिमाली गन्तव्य बाहेक सुगमतर्फको सबै उडान नियमित हुँदै आएको विमानस्थलका एक कर्मचारीले बताएका छन्। 'हिमाली भेगका गन्तव्यमा उडान प्रभावित भइरहेको छ। यसअघि प्रभावित हुने गरेको पोखरा, भैरहवा, भरतपुर…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी नागरिक सुरक्षा लोकतन्त्र र मानव अधिकारसम्बन्धी अमेरिकी उपविदेश मन्त्री उज्रा जियाबिच भेटघाट भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र जियाबिच छलफल भएको हो। आज भएको भेटवार्तामा उनीहरुबिच नेपाल-अमेरिका सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। तिब्बत मामिलासम्बन्धि विशेष संयोजक समेत रहेकी जिया दुई दिन अघि नेपाल आएकी थिइन्।…
काठमाडौं : इटहरी उपमहानगरको मेयरमा गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार हेम कर्ण पौडेल निर्वाचित भएका छन्। पौडेल ३३ हजार ४९ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन्। एमालेका यामकुमार चाङ्गवाङ सुब्बाले २८ हजार ३१ मत ल्याए। राप्रपा आकाशहाङ लिम्बुले ३ हजार ९ सय ८ मतमात्र ल्याए। प्रमुखमा गठबन्धनलाई सफलता मिल्दा उपप्रमुखमा भने गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार केशवकुमार विष्ट पराजित…
चितवन : महानगरपालिका मध्ये सबैभन्दा बढी चासोका साथ हेरिएको भरतपुर महानगरपालिकामा रेनु दाहालले मतान्तर थप फराकिलो बनाएकी छिन्। अघिल्लो पटक झिनो मतान्तरले मेयरमा जित निकालेर भरतपुरको मेयर सम्हालेकी रेनुले यसपाला ठूलो अन्तरले जिततिर आफूलाई उन्मुख गरेकी छिन्। आइतवार बिहान ७ बजेसम्म रेनुले ७ हजार ४१५ मतले अग्रता लिँदै जिततर्फको यात्रा सुनिश्चित गर्दै लगेकी हुन्। एउटा कार्यकाल मेयर सफलतापूर्वक सम्पन्न गरे…
कान्स फिल्म फेस्टिभलमा एकजना महिलाले युद्धग्रस्त युक्रेनमा भइरहेको यौन हिंसाको विरोधमा प्रदर्शन गरेकी छिन्। फेस्टिभलको रेड कार्पेटमा अर्धनग्न भएर पुगेकी युवतीले शरीरमा ‘स्टप रेपिङ अस’ (हामीलाई बलात्कार गर्न बन्द गर) लेखेकी थिइन्। युक्रेनी झण्डाको रंग पोतिएको शरीरमा उनले युक्रेनमा महिलामाथि भइरहेको यौन हिंसाको सन्देश लेखेर प्रदर्शन गरेकी हुन्। युक्रेन र रसियाबिच युद्ध सुरु भएको ८७ दिन भइसकेको छ। रसियाले दुई युक्रेनी विद्रोही क्षेत्रलाई…
काठमाडौंः ललितपुरमा एक महिला मृत फेला परेकी छिन्। ललितपुर महानगरपालिका-९ बालकुमारीमा मोरङ घर भएकी ३७ वर्षी गिता चौधरी मृत भेटिएकी प्रहरीले जानकारी दिएको छ। कुसुम कलेज अगाडि खाजा पसल संचालन गरी बस्ने चौधरी आफ्नै पसलमा शनिबार मृत अवस्थामा फेला परेकी हुन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
काठमाडौं : स्थानीय तह निर्वाचन अघि जुम्लाको सिंजामा आयोजित नेकपा (एमाले)को आमसभामा सयौंको संख्यामा मानिसको सहभागिता थियो। सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए। सर्वसाधारणहरुको उल्लेख्य सहभागितालाई पार्टीप्रतिको लोकप्रियताको रुपमा एमालेले प्रस्तुत गरेको थियो त्यतिबेला। तर, आमसभामा जनताको उल्लेख्य उपस्थिति रहेको देखिए पनि चुनावको नतिजा भने एमालेको पक्षमा देखिएन। जुम्लामा एमाले पालिका प्रमुख/उपप्रमुख बिहीन बन्यो। अघिल्लो निर्वाचनमा एमालेले तिला गाउँपालिको…
हेटौंडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ कुलेखानी सिमखोलामा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। शनिबार साँझ विरगंजबाट काठमाण्डौ जाँदै गरेको ना ४ च २३१५ नम्बरको गाडी सिमखोलामा दुर्घटना हुँदा ८ जना घाइते भएका थिए। घाइते मध्ये ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए। उनले मृत्यु हुनेको पहिचान नखुलेको…
पोखरा : पोखरा महानगरपालिका प्रमुख पदमा गठबन्धनले अग्रता कायमै गर्दा उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले पनि अग्रतालाई निरन्तरता दिएकी छिन्। एमालेबाट उपप्रमुख पदकी उम्मेदवार मञ्जु गुरुङ १ हजार ३१ मतले अगाडि छन्। उपप्रमुखमा गठबन्धन तर्फबाट कोपीला रानाभाटले ३७ हजार ५४५ ल्याउँदा मञ्जुले ३८ हजार ५७६ ल्याएकी छिन् । यस्तै, ९२ हजार ५६१ मतगणना गर्दा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ३७ हजार १२२ ल्याएका छन्। एमालेका कृष्ण थापाले…
पोखरा : 'अब त अति भो, नबोल्दा क्षति भो', 'वि वान्ट जस्टिस', 'हद म्याद खारेज गर' लगायतका नाराको प्लेकार्ड बोकेर युवाहरु शनिवार दिउँसो पोखराको मानव अधिकार चोकमा जम्मा भए। सामाजिक संजालबाट आफू बलात्कारमा परेको भन्दै भिडियो सार्वजनिक गरेकी युवतीको पक्षमा स्वस्फूर्त रुपमा उनीहरु भेला भएका थिए। पीडितलाई न्याय र बलात्कारीलाई सजायको माग गर्दै पोखरामा वुमेन्स रुम रिलोडेडले आयोजना गरेको दबाबमूलक…
वीरगंज : बारामा मतगणना अहिले पनि जारी छ। २ उपमहानगरपालिका, ५ नगरपालिका र ९ गाउँपालिका रहेको बारामा १२ वटा पालिकाको मतगणना सकिएको छ भने ४ वटा पालिकाको मतगणना जारी छ। बारामा मतगणना सकाउन अझै दुई दिन लाग्ने बताइएको छ। बाराको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बाराको दुई वटा उपमहानगरपालिका जितपुरसिमरा र कलैया, ५ नगरपालिकामध्ये निजगढ, सिम्रौनगढ र कोल्हबी गरी तीन…
हेटौंडा : मकवानपुरका सबै वडाको मतगणना सम्पन्न भएको छ। मतगणना सम्पन्न भएका १०२ वडामध्ये सबभन्दा बढी वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ। कांग्रेसले ४४ वडा अध्यक्ष जितेको छ भने एमालेले ३३ वडा अध्यक्ष जितेको छ। माओवादी केन्द्रले २४ र समाजवादीले एउटा वडामा जितेका छन्। नेपाली कांग्रेसले जितेका वडा १) इन्द्रसरोवर–१ सुवास थापा २) इन्द्रसरोवर–२ सुमन श्रेष्ठ ३) इन्द्रसरोवर–५ दूधराज…
काठमाडौं : स्थानीय तहको निर्वाचनको चटारो नभएको भए पक्कै डीआईजी बसन्त लामाले जेठ १ या २ गतेभित्रै एआईजीको दर्ज्यानी चिन्ह पाइसकेका हुन्थे। सामान्यतया कुनै उजुरबाजुर भएन भने बढुवामा सिफारिस भएको सात दिनपछि मात्रै बढुवा भएर दर्ज्यानी चिन्ह लगाउने प्रचलन छ। सात दिन पूरा हुँदा देश पूरै चुनावमा केन्द्रित रह्यो। प्रहरी नायब महानिरीक्षक (डीआईजी) बसन्तकुमार लामालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा…
काठमाडौं : प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथि छलफल चलिरहेको छ। विभिन्न दलका सांसदहरुले आ-आफ्नो धारणा राखिरहेका छन्। स्थानीय तह निर्वाचनको परिणाम, मुल्यवृद्धी लगायतका कारण संसदमा एकअर्काको दलप्रति सांसदहरुले घोचपेच गरिरहेका छन्। केहीदिन यता मुख्यगरि निर्वाचन परिणामले तातिरहेको संसद बैठकमा शनिवार भने अलि अनौठो दृश्य पनि देखियो। नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र बहादुर महतले नेकपा एमालेको विरोध गरे। उनको विरोध…