काठमाडौं: साफ यू १८ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत प्रतिस्पर्धा गर्दैछन्। भारतको जमसेदपुरस्थित टाटा कम्पेक्सको मैदानमा आज साँझ सवा ७ बजे नेपाल र भारत प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताअघि नेपाली टोलीका प्रशिक्षक दर्शन भक्तराजले सहभागी तीनवटै टिमबीच उत्तिकै प्रतिस्पर्धा हुने विश्वास व्यक्त गरे। 'बंगलादेश र भारत बलियो टिम भए पनि नेपाल पनि बलियो टोली हो। त्यसैले तीन टोलीमध्ये कुन उत्कृष्ट हो…
काठमाडौं: भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता चैत ९ गतेदेखि हुने भएको छ। सातै प्रदेशका जिल्ला र तीन विभागीय टोलीबाट गरी करिब २ सय खेलाडीको प्रतियोगितामा सहभागिता रहने आयोजक संघका अध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिले बताए। प्रतियोगिताका खेलहरु भक्तपुरको लिवालिस्थित कभर्डहलमा सञ्चालन हुने छन् जसमा ६ स्पर्धा समावेश छन्। यु–१५ पुरुष/महिला सिंगल्समा शीर्ष स्थान हात पार्नेले क्रमशः…
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले मालोर्कालाई हराएको छ। इबेरोस्टार स्टेडियममा सम्पन्न खेलमा लिग लिडर रियल मड्रिडले घरेलु टोली मालोर्कामाथि ३-० गोलअन्तरको फराकिलो जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा मड्रिडलाई भिनिसियस जुनियरले अग्रता दिलाएका थिए। उनले खेलको ५५ औं मिनेटमा करिम बेन्जेमाको पासमा गोल गर्दा अग्रता दिलाए। त्यस्तै दोस्रो गोल बेन्जेमाले पेनाल्टीमा पाएको अवसर सदुपयोग…
सुर्खेतः भेरी नदीमा बेपत्ता भएका चार जना बालबालिका अझै भेटिएका छैनन्। उनीहरु चारै जनालाई सशस्त्र प्रहरीको तालिम प्राप्त गोताखोर टोलीले खोजी गरेको थियो। यद्यपि, बेलुकासम्म पनि फेला नपरेपछि टोली फर्किएको छ । भेरी नदीमा सोमबार बिहान करिव १० बजेदेखि सशस्त्रको गोताखोर टोलीले खोजी कार्य सुरु गरे पनि बेलुकासम्म फेला नपरेपछि फर्किएको हो। ३२ नम्बर रक्तकाली गण बांगेसिमल सुर्खेतका डिएसपी करण…
वीरगंजः जनता समाजवादी पार्टीले प्रतिनिधि सभा सदस्य प्रदीप यादवलाई गरेको कारबाही फुकुवा गरेको छ। जसपाले यादवलाई अनुशासनको कारबाही गरेको थियो। पार्टी केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार फागुन १३ गते नै लागू हुनेगरी केन्द्रीय कार्यकारिणी समितिको बैठकले कारबाही फिर्ता गरेको हो। पर्सा १ बाट निर्वाचित सांसद यादवले अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाउने लगायतका काम गरेपछि उनलाई केन्द्रीय कार्यकारिणी समिति सदस्यबाट हटाएर…
वीरगंजः नेपाली कांग्रेस सर्लाही सभापतिमा संस्थापन पक्षका सुरेन्द्रप्रसाद सिंह विजयी भएका छन्। मतपरिणाम अनुसार एक उपसभापतिबाहेक सबै पदाधिकारीमा संस्थापन पक्ष विजयी भएको छ। सभापतिमा विजयी सिंहले १ हजार ७५८ मत पाए भने संस्थापन इतरका प्रत्यासी लक्ष्मण रायले १ हजार ३७८ मत मात्र पाए। रायभन्दा सिंह ३८० बढी मत ल्याएर विजयी भएका हुन्। निर्वाचन समितिका अनुसार ३ हजार २७५ मतमध्ये ३…
हेटौँडाः वाग्मती प्रदेश स्तरीय प्रथम खेलकुद प्रतियोगिताको पुरुष फुटबल प्रतियोगिता अन्तर्गत मकवानपुर र रामेछाप विजयी भएका छन्। सोमबार हेटौँडाको क्याम्पा रंगशालामा भएको पहिलो खेलमा रामेछाप विजयी भयो रामेछापले सिन्धुपालचोकलाई पराजित गरेको हो। निर्धारित समयमा गोल नभएपछि ट्राइबेकरमा ४-२ गोल अन्तरले रामेछाप विजयी भएको हो। त्यस्तै, दोस्रो खेल नुवाकोट र मकवानपुरबीच भएको थियो। मकवानपुरले नुवाकोटलाई ३-० गोल अन्तरले पराजित गर्दै विजयी…
काठमाडौं: प्रथम वागमती प्रदेश खेलकुदअन्तर्गत महिला टी– २० क्रिकेटमा काठमाडौं सोमबार फाइनलमा प्रवेश गरेको छ। तीन टिम सहभागी क्रिकेटको राउन्ड रोविन लिगमा दोहोरो जित निकाल्दै काठमाडौं फाइनलमा पुगेको हो। पहिलो खेलमा काठमाडौंले भक्तपुरलाई १० विकेटले पराजित गर्यो। पहिले ब्याटिङ गरेको भक्तपुरले १७ ओभरमा पूरै विकेट गुमाउदै ४२ रन बनायो। जवाफमा काठमाडौंले बिना विकेट क्षति मात्र ३ ओभरमा लक्ष्य भेटायो। अर्को…
वीरगंजः नेपाली कांग्रेसको बारा जिल्ला सभापतिमा राजेश राय यादव निर्वाचित भएका छन्। आइतबार भएको दोस्रो चरणको निर्वाचनमा यादवले एक हजार २०६ मत ल्याई विजयी भएका हुन्। यादवले शम्भुबहादुर बुढाथोकीलाई पराजित गरेका हुन्। बुढाथोकीले एक हजार १५४ मत ल्याएका थिए। ५२ मतको अन्तरले यादवले बुढाथोकीलाई पराजित गरेका हुन्। विजयी यादव कलैया उपमहानगरका मेयर समेत हुन्। विजयी र पराजित दुबै संस्थापन पक्षका…
काठमाडौँः साउदी अरेबियाका परराष्ट्र मन्त्री एवम् राजकुमार फैसल विन रहरान अल साउद नेपाल आइपुगेका छन्। दुई दिने भ्रमणका लागि उनी सोमबार श्रीलंका हुँदै नेपाल आएका हुन्। अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र सचिव भरतराज पौड्यालले स्वागत गरेका छन्। दुई दिने नेपाल बसाइका क्रममा राजकुमार साउदले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गर्ने तालिका रहेको छ। मंगलबार दुई देशका मन्त्रालयका…
काठमाडौँः जनता समाजवादी पार्टीले तीन सदस्यीय मुख्यालय गठन गरेको छ। नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राई रहने ३ मुख्यालय गठन गरिएको हो। आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले स्थानीय तह निर्वाचन निर्देशिका पनि पारित गरेको छ। साथै केन्द्रीय सदस्यलाई निर्वाचन केन्द्रित कार्यविभाजन पनि गरेको छ। यस्तै असार १ र २ गते विधान अधिवेशन गर्ने बैठकले निर्णय गरेको छ।
काठमाडौँः मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले आसन्न स्थानीय निर्वाचन बहिस्कार गर्ने भएको छ। फागुन २५ गतेदेखि २९ गतेसम्म सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै स्थानीय निर्वाचनलाई उपयोग नभई बहिस्कारको नीति लिएको क्रान्तिकारी माओवादीले जनाएको छ। महासचिव किरणले वक्तव्य जारी गर्दै स्थानीय निर्वाचन र अन्य राजनीतिक दलविरुद्ध भण्डाफोर अभियानको पनि घोषणा गरेको जनाएका छन्। बहिस्कार आन्दोलनलाई दुई महिने…
काठमाडौं: फिल्म ‘कौसीद’ को फस्टलुक पोस्टरसहित प्रदर्शन मिति तय भएको छ। अभिनेत्री ऋचा शर्मा अभिनीत यो फिल्म आगामी वर्षको जेठ २७ मा रिलिज हुने पक्का भएको हो। शर्माले फिल्मको पोस्टर सेयर गदै रिलिज मितिबारे जानकारी दिएकी हुन्। ऋचाको प्रस्तुतिमा निर्माण भएको फिल्मलाई कुमार भाष्करले निर्देशन गरेका छन्। फिल्मले ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ समेटेको छ। फिल्ममा ऋचाका साथै भोलाराज सापकोटा र रुपेश…
काठमाडौं : आँखामा धुलो खुर्सानी छर्केर सुन तथा नगद लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले दाङ सौडियार गाउँपालिका घर भएका २८ वर्षीय महेश विश्वकर्मा र घोराही उपमहानगरपालिका घर भएका २४ वर्षीय राजेन्द्र सिनलाई नियन्त्रणमा लिएको हो। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङको सहयोगमा पक्राउ गरिएको परिसरका एसपी दिनेश मैनालीले जानकारी दिए। अपराध संहिता ऐन, २०७४ को परिच्छेद-२०…
काठमाडौं : वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले जनता समाजवादी पार्टी (जसपा)मा आफुमाथि दुर्व्यवहार हुने गरेकाले एमालेमा प्रवेश गरेको बताएका छन्। सरावगीले आफुले जनता समाजवादी पार्टीलाई महानगरमा जिताएको भएपनि पार्टीभित्र दुर्व्यवहार हुने गरेकाले सो पार्टी परित्याग गरी एमाले प्रवेश गरेको बताएका हुन्। विगतमा आफुले जसपा छाड्न दुई पटक राजीनामा दिएको भए पनि अध्यक्ष उपेन्द्र यादवले रोकेको पनि उनले बताए। ‘पूर्ण रुपमा…
काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई जवाफ फर्काएका छन्। नुवाकोटमा पुगेर देउवाले रावल मन्त्री भएकै बेलामा एमसीसी पास भएकाले अहिले रावल बोल्नुको तुक नभएको बताएका थिए। 'आफैँ मन्त्री भएका बेला मन्त्रिपरिषद्बाट पास गरेका भीम रावलले त्यसबेला किन आलोचना गर्नुभएन ? त्यतिबेला राजीनामा नदिएर के हेरेर बसेको ?” देउवाले आक्रोशित हुँदै भने्, 'आफू पार्टीको नेता र मन्त्री हुँदा…
काठमाडौं : संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेको छ। सोमवार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्यायपरिषद्बाट आएको विराटनगरका उच्च अदालतका मुख्य न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी भए १० दिनभित्र दर्ता गर्न आह्वान गरेको हो। बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले संसदीय सुनुवाईको कार्यविधि अनुसार १० दिनको सूचना जारी गर्ने निर्णय गरेको र…
हेटौंडा : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वाग्मती सरकारको कामको आलोचना गरेकी छिन्। सोमवार बसेको प्रदेशसभाको बैठकमा उनले सरकारसँग रकम भयो भन्दैमा जे पनि गर्न मिल्छ भन्दै प्रश्न गरेकी हुन्। मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नयाँ पार्टीमा कार्यकता बढाउन सरकारबाट गलत काम गराइएको उनको आरोप थियो। ‘साथीहरुले नयाँ पार्टी गठन गरेका छन्। त्यो पार्टीलाई बलियो बनाउनै पर्यो। धेरै चिन्ता…
काठमाडौं : गत शुक्रवार गायक प्रकाश सपुतले 'पिर' बोलको गीत सार्वजनिक गरे। गीतको भिडियोमा माओवादीको दशवर्षे जनयुद्ध र त्यसले भोग्नुपरेको परिणामलाई देखाइएको छ। गीत रिलिज भएसँगै चर्चामा आयो। साथै विवादित समेत बन्यो। गीतको भिडियोप्रति नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले रोष प्रकट गरे। गायक प्रकाश सपुतलाई म्युजिक भिडियो हटाउन माओवादीका भातृ संगठनले चेतावनी नै दिए। यद्यपि, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने प्रकाश सपुतले गम्भीर…
साहसी पदयात्रीहरूको समूहले गत वर्ष सगरमाथाको क्याम्प २ मा आयोजना गरेको चिया पार्टीलाई गिनिज बुकले मान्यता दिएको छ। समुद्री सतहबाट २१ हजार ३१२ फिट उचाइमा आयोजना गरिएको सो चिया पार्टीलाई गिनिजले अहिलेसम्मको सबैभन्दा उच्च स्थानमा गरिएको चिया पार्टीको आधिकारिक मान्यता दिएको हो। यसै महिना गिनिजले यसलाई आधिकारिक रूपमा मान्यता दिएको हो। यो ‘हाई टी’ले एन्ड्रयू ह्युजेस र उनको आरोहण टोलीका लागि पूर्ण…