PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

  • डेढ वर्षीया नाबालकको बलात्कार पछि हत्या !, समातिए दुई युवक

    डेढ वर्षीया नाबालकको बलात्कार पछि हत्या !, समातिए दुई युवक

    काठमाडौं : मोरङको बेलबारीकी डेढ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको छ। प्रहरीले बलात्कारपछि हत्या गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले मोरङ सुन्दर हरैचा नगरपालिका वडा नम्बर ७ बस्‍ने २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मञ्जिल मुकारुङले बताए। फागुन २७ गते घरबाट खेल्दै गरेको अवस्थामा बालिका हराएकी…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ : प्रदेशसभाको शून्य समयमा कसले के भने ?

    प्रदेश १ : प्रदेशसभाको शून्य समयमा कसले के भने ?

    काठमाडौं : प्रदेश नं १ को प्रदेश सभाको आजको बैठकमा ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई व्यवस्था गर्न बनेको विधेयक, २०७८ माथि संशोधनसहित दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मत पारित भएको छ। बैठकमा सामाजिक विकासमन्त्री राजन राईले सो प्रस्ताव प्रस्तुत गरेका थिए। यस्तै, प्रदेशसभाको आजको बैठकको शून्य समयमा सदस्य अम्बिका थापाले रातो किताबमा उल्लेखित योजना र बजेटलाई सरकारले…

    विस्तृतमा पढ्नुस्

  • बिहेको लुगा किन्न जाने भन्दै युवतीलाई भारतमा बेच्‍ने तयारी, सीमा पार गर्नै लाग्दा समातिए अभियुक्त

    बिहेको लुगा किन्न जाने भन्दै युवतीलाई भारतमा बेच्‍ने तयारी, सीमा पार गर्नै लाग्दा समातिए अभियुक्त

    काठमाडौं : जनचेतना र प्रहरी प्रशासन लगायतको सक्रियता बढ्दै गए पनि नेपालबाट महिला बेचबिखन भने रोकिएको छैन। अहिले पनि मानव तस्करहरू विभिन्न बहानामा महिलालाई भारतदेखि तेस्रो विश्वसम्म पुर्‍याएर बिक्री गर्ने गरेको पाइन्छ। केही दिनअघि मात्र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले भारतीय बजारमा लैजान लागेकी एक युवतीको उद्धार गरेको छ। काठमाडौँ शंखरापुरा नगरपालिका बडा नम्बर  ४ लप्सेफेदीकी २० वर्षीय युवतीलाई प्रेम जालमा…

    विस्तृतमा पढ्नुस्

  • भारतीय सँगै छिमेकी मुलुकमा नागरिकको युक्रेनबाट भएको उद्दारबारे मोदीलाई ब्रिफिङ

    भारतीय सँगै छिमेकी मुलुकमा नागरिकको युक्रेनबाट भएको उद्दारबारे मोदीलाई ब्रिफिङ

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनको पछिल्लो अवस्था, त्यहाँबाट उद्धार गरिएका भारतीय र भारतका छिमेकी मुलुकका नागरिकका विषयमा जानकारी लिएका छन्। मोदीको अध्यक्षतामा बसेको हाइ लेभल मिटिङले युक्रेनको सन्दर्भमा भारतले लिएको सुरक्षा तयारीको विषयमा छलफल भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। मोदीलाई युक्रेनको अवस्था, त्यसले विश्वव्यापी रुपमा पारेको प्रभाव, रसियाली र युक्रेनी सेनाको अवस्था लगायतबारे जानकारी गराइएको थियो। गृह मन्त्री राजनाथ सिंह,…

    विस्तृतमा पढ्नुस्

  • चीनसँग सीमा जोडिएको क्षेत्र पर्यटकका लागि खुल्ला गर्दै भारत

    चीनसँग सीमा जोडिएको क्षेत्र पर्यटकका लागि खुल्ला गर्दै भारत

    भारतले चीनसँग सीमा जोडिएको क्षेत्र पर्यटकका लागि खुल्ला गर्ने भएको छ। सन् २०२२/२०२३ को केन्द्रिय बजेट अन्तर्गत  भाइब्रेन्ट भिलेज प्रोग्राममार्फत यो योजना सुरु हुने बताइएको छ। केहीदिन अघि भारतीय गृह मन्त्रालयले हिमाचल प्रदेश, उत्तराखण्ड, सिक्किम, अरुणाचल र केन्द्र शासित लद्दाखका प्रतिनिधिसँग वार्ता गरेको थियो। पर्यटकको आगमनले सीमा क्षेत्रमा रहेका गाउँहरुमा रोजगारी र विकास पुग्ने अपेक्षा गरिएको छ। योजनाको बजेट नरेन्द्र…

    विस्तृतमा पढ्नुस्

  • चैत २ गतेदेखि जबराविरुद्धको महाअभियोगबारे प्रतिनिधिसभामा छलफल हुने

    चैत २ गतेदेखि जबराविरुद्धको महाअभियोगबारे प्रतिनिधिसभामा छलफल हुने

    काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग प्रस्तावमाथि प्रतिनिधिसभामा चैत २ गतेदेखि छलफल हुने भएको छ। आजको प्रतिनिधिसभाको बैठकमा प्रस्तावकको तर्फबाट सांसद देव गुरुङले महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा पेश गरेका थिए। उनले प्रस्ताव पेश गरेसँगै सभामुख अग्नि सापकोटाले चैत २ गते अर्को बैठकमा महाभियोगबारे छलफल हुने बताए। प्रतिनिधिसभामा प्रस्ताव पेश गर्दै नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतकसमेत रहेका गुरुङले…

    विस्तृतमा पढ्नुस्

  • प्रधानन्यायाधीश जबरा विरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा पेश

    प्रधानन्यायाधीश जबरा विरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा पेश

    काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग प्रस्तावमाथि प्रतिनिधिसभामा छलफल प्रक्रिया अब सुरु हुने भएको छ। प्रतिनिधिसभाको आइतवारको बैठकमा प्रस्तावकको तर्फबाट सांसद देव गुरुङले महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा पेश गरेका हुन्। उनले प्रस्ताव पेश गरेसँगै अब छलफल प्रक्रिया प्रारम्भ हुनेछ। प्रतिनिधिसभामा प्रस्ताव पेश गर्दै नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतकसमेत रहेका गुरुङले भने, 'न्यायालयमा न्याय सम्पादन हुन सकेन। विकृति र विसंगतीको…

    विस्तृतमा पढ्नुस्

  • एमाले सांसदको अवरोधबिच सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    एमाले सांसदको अवरोधबिच सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    काठमाडौं : प्रतिनिधिसभाको आइतवारको बैठकमा सार्वजनिक लेखा समितिको २१ औं वार्षिक प्रतिवेदन पेश भएको छ।  समितिका सभापति भरतकुमार शाहले बैठकमा सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश गरेका हुन्।  शाहले प्रतिवेदन प्रस्तुत गर्दै गर्दा नेकपा (एमाले)का सांसदहरुले निरन्तर रुपमा नारावाजी गरेका थिए। आफूले कारवाही गरेका सांसदलाई हटाउनुपर्ने र सभामुखको राजीनामा माग्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ। 

    विस्तृतमा पढ्नुस्

  • संसदमा प्रधानन्यायाधीश जबराविरुद्ध दर्ता भएको महाअभियोग माथि छलफल हुने

    संसदमा प्रधानन्यायाधीश जबराविरुद्ध दर्ता भएको महाअभियोग माथि छलफल हुने

    काठमाडौं : प्रतिनिधि सभाको आइतवारको बैठकमा प्रधानन्यायाधीश चोलेन्दर शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव माथि छलफल हुने भएको छ। संसद सचिवालयले जारी गरेको कार्यसूचीमा महाअभियोगमाथि छलफल हुने उल्लेख छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९५ जना सांसदको हस्ताक्षरसहित महाअभियोग दर्ता भएको थियो। प्रस्ताव बारे छानबिन गर्न यसअघि ११ जना महाअभियोग छलफल समिति गठन भएको थियो। समितिमा एकबाल मियाँ,…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरपालिकामा कांग्रेसबाट को बन्ला मेयरका उम्मेद्‍वार?

    काठमाडौं महानगरपालिकामा कांग्रेसबाट को बन्ला मेयरका उम्मेद्‍वार?

    काठमाडौं : स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै प्रमुख दलहरुमा कसलाई उम्मेद्‍वार बनाउने भन्नेबारेमा रस्साकस्सी सुरु भएको छ। सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले प्रमुख दल बन्ने दाउका साथ 'घरघर जाऔं, कांग्रेस जिताऔं' अभियान आइतवारबाट सुरु गरेको छ। यही सन्दर्भमा काठमाडौं महानगरमा कसलाई मेयरको टिकट दिने भन्ने विषयमा पनि चर्चा सुरु भएको छ। अघिल्लो निर्वाचनमा मेयर गुमाएको कांग्रेसको दाउ छ -…

    विस्तृतमा पढ्नुस्

  • पाँच विधानसभामा पराजय पछि कांग्रेसमा हलचल, सोनियाले बोलाइन् कार्यसमिति बैठक

    पाँच विधानसभामा पराजय पछि कांग्रेसमा हलचल, सोनियाले बोलाइन् कार्यसमिति बैठक

    भारतीय राष्ट्रिय कांग्रेसले पाँचवटा विधानसभा निर्वाचनमा भएको हारको समीक्षा गर्दैछ। उत्तर प्रदेश, उत्तराखण्ड, मणिपुर, गोवा र पंजाबमा नराम्रो पराजय पछि कांग्रेसको शीर्ष नेतृत्वको आलोचना भइरहेको छ। कांग्रेस नेताहरुले पार्टीमा नेतृत्व परिवर्तनको माग गरिरहेका छन्। अहिले कांग्रेसको कार्यवाहक अध्यक्ष सोनिया गान्धी हुन्। यसअघि राहुल गान्धीलाई अध्यक्ष बनाइएको थियो। लोकसभा निर्वाचनमा पराजयपछि उनले अध्यक्ष पदबाट राजीनामा दिएका थिए। त्यसपछि कांग्रेसको नेतृत्वमा फेरि…

    विस्तृतमा पढ्नुस्

  • साफ यू १८ मा सहभागी हुन नेपाली टोली भारत प्रस्थान, कप्तान भन्छिन्: लक्ष्य उपाधि जित्ने

    साफ यू १८ मा सहभागी हुन नेपाली टोली भारत प्रस्थान, कप्तान भन्छिन्: लक्ष्य उपाधि जित्ने

    काठमाडौं : साफ यू १८ महिला च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आज भारत प्रस्थान गरेको छ। मार्च १५ देखि २५ सम्म हुने प्रतियोगितामा भारतको जम्शेदपुरमा हुँदैछ। टोलीलाई शुक्रवार अखिल नेपाल फुटबल संघले विदाइ गरेको थियो। नेपाली टोलीकी कप्तान प्रीति राईले राम्रो तयारी भएको भन्दै प्रतियोगितामा जित्ने विश्वास रहेको बताइन्। 'झण्डै एकमहिनाको ट्रेनिङ गर्‍यौं। सुरुदेखि अहिलेसम्म आइपुग्दा टिममा धेरै परिवर्तन छ।…

    विस्तृतमा पढ्नुस्

  • क्रिप्टोकरेन्सीबारे गठन भएको कार्यदलले के गर्दै छ?

    क्रिप्टोकरेन्सीबारे गठन भएको कार्यदलले के गर्दै छ?

    काठमाडौं : क्रिप्टोकरेन्सी, अनलाइन नेटवर्किङ, हाइपरफण्ड लगायत कारोबार नियन्त्रण गर्न अर्थ मन्त्रालयले सहसचिवको नेतृत्वमा गठन गरेको उच्चस्तरीय कार्यदलको प्रतिवेदन अन्तिम चरणमा पुगेको छ। फागुन ३ गते समितिको पहिलो बैठक बसेको थियो। त्यस बैठकले समितिमा रहेका सबैलाई देशभित्र क्रिप्टोकरेन्सी, अनलाइन लगायतका विषयमा सुझावदेखि नियन्त्रणका लागि आवश्यक सुझाव मागेको थियो। त्यसै अनुसार समितिमा भएका विज्ञहरुले सुझाव दिए। लिखित, मौखिक र अन्य जानकारीबाट प्रतिवेदन लेखन अन्तिम चरणमा…

    विस्तृतमा पढ्नुस्

  • 'परस्त्री' को शुभ मुहूर्तसँगै रिलिज डेट भयो घोषणा

    'परस्त्री' को शुभ मुहूर्तसँगै रिलिज डेट भयो घोषणा

    काठमाडौं : सुरज पाण्डेको डेब्यू निर्देशन रहेको फिल्म 'परस्त्री' को शुभमुहूर्त गरिएको छ। आइतबार ललितपुरको बंगलामुखी मन्दिरमा फिल्मको शुभमुहूर्तसँगै छायांकन सुरु भएको बताइएको छ। फिल्म निर्माण टिम गीतको छायांकनका लागि आजै मुस्ताङ हिँडेको छ। मुस्ताङमा १० दिनसम्म फिल्मको गीतको छायांकन हुनेछ। साथै, बांकी ३० दिन काठमाडौंमा छायांकन 'सेड्युल' राखिएको लेखक तथा निर्माता दीपेन्द्र के खनालले जानकारी दिए।  फिल्मको शुभमुहूर्तसँगै प्रदर्शन मिति समेत घोषणा गरिएको…

    विस्तृतमा पढ्नुस्

  • माओवादी छाडेर एमाले पसेका कार्यकर्ता देखेर अचम्ममा प्रचण्ड, 'एमाले र कांग्रेसका कार्यकर्ता दिनदिनै खुमालटार धाउँदै माओवादी प्रवेश गरिरहेका छन्'

    माओवादी छाडेर एमाले पसेका कार्यकर्ता देखेर अचम्ममा प्रचण्ड, 'एमाले र कांग्रेसका कार्यकर्ता दिनदिनै खुमालटार धाउँदै माओवादी प्रवेश गरिरहेका छन्'

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष्य पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) र नेपाली कांग्रेसबाट माओवादीमा आउनेको क्रम बढेको बताएका छन्। बिराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले माओवादीबाट एमालेमा जानेहरु देखेर आफूलाई अचम्म लागेको बताए। मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को बिरोध गरेर एमालेमै जानु अनौठो भएको प्रचण्डले बताए। 'एमसीसी पास गरेको भनेर भन्नेहरु एमालेमा गए? मलाई अनौठो लागेको छ। बरु जानुनी किरणजी कहाँ विप्लवजी कहाँ,' प्रचण्डले…

    विस्तृतमा पढ्नुस्

  • एमाले र माओवादी आफैमा विभाजित छन्, स्थानीय तह निर्वाचनमा पहिलो पार्टी हुन्छौं : गगन थापा

    एमाले र माओवादी आफैमा विभाजित छन्, स्थानीय तह निर्वाचनमा पहिलो पार्टी हुन्छौं : गगन थापा

    सुर्खेत : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन्। आईतवार सुर्खेतस्थित पार्टी कार्यालयमा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा सम्बोधन गर्दै उनले सानदार रुपमा जित हासिल गरी कांग्रेस पहिलो पार्टी बन्ने बताएका हुन्। महामन्त्री थापाले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्तालाई आग्रह पनि गरेका छन्। वडा र टोल…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिमलाई खेल पर्यटनको माध्यमबाट चिनाउनु पर्छ : प्रेम आले

    सुदूरपश्चिमलाई खेल पर्यटनको माध्यमबाट चिनाउनु पर्छ : प्रेम आले

    काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेमगरले सुदूरपश्चिमलाई खेल पर्यटनका माध्ययमबाट चिनाउनुपर्ने बताएका छन्। सुदूरपश्चिम खप्तड गोल्डकप समापन समारोहमा पुगेका उनले पछिल्लोपटक सुदूरपश्चिममा सर्वाधिक धनराशी भएका खेलकुद भइरहेकाले यो क्षेत्रलाई सांस्कृतिक, धार्मिक तथा प्राकृतिक पर्यटन मात्र नभएर खेलकुदका माध्ययमबाट चिनाउन आवश्यक रहेकामा जोड दिएका हुन्। आलेले धनगढी रंगशालामा रात्रिकालीन खेल हुने गरी स्तरोन्नति आवश्यक रहेको पनि बताए। त्यसका…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको चुनावी अभियान आजदेखि : नेकपा सरकारका काण्ड प्रस्ट पार्ने र एमसीसी भ्रम चिर्नेसम्म यस्ता छन् ८ उद्देश्य

    कांग्रेसको चुनावी अभियान आजदेखि : नेकपा सरकारका काण्ड प्रस्ट पार्ने र एमसीसी भ्रम चिर्नेसम्म यस्ता छन् ८ उद्देश्य

    काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय निर्वाचन केन्द्रित एक महिने अभियान आजदेखि सुरु गर्दै छ। अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरु खटिइसकेका छन्। 'घरघर जाऔं, कांग्रेस जिताऔं' नारा राखिएको अभियानमा कांग्रेसले स्थानीय निर्वाचन आफ्नो पक्षमा पार्न नेकपा सरकारको तीन वर्षे कार्यकालमा भएका अनियमितता जनता समक्ष व्यापक बनाउने कार्यक्रम अभियानमा राखेको छ। मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीबारे जनतामा रहेका भ्रमलाई समेत चिर्ने…

    विस्तृतमा पढ्नुस्

  • रोनाल्डोको ह्याट्रिकमा टोटेनहममाथि म्यानचेस्टर युनाइटेडको जित

    रोनाल्डोको ह्याट्रिकमा टोटेनहममाथि म्यानचेस्टर युनाइटेडको जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले टोटेनहम हट्सपरमाथि जित निकालेको छ। ओल्ड ट्राफोर्ड मैदानमा सम्पन्न खेलमा घरेलु टोली युनाइटेडले टोटेनहममाथि ३-२ गोलअन्तरले जित निकालेको हो। युनाइटेडको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक पुरा गरे। खेलको १२ औं मिनेटमा फ्रेडको पासमा गोल गर्दै उनले घरेल टोलीलाई अग्रता दिलाएका थिए। अर्कोतर्फ ३५ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै टोटेनहमका ह्यारी…

    विस्तृतमा पढ्नुस्

  • नुहाउने क्रममा भेरी नदीमा तीन बालबालिका बेपत्ता

    नुहाउने क्रममा भेरी नदीमा तीन बालबालिका बेपत्ता

    सुर्खेत सुर्खेतस्थित भेरी नदीमा तीन जना बालबालिका बेपत्ता भएका छन्। सुर्खेतको भरीगंगा नगरपालिका ११ रामघाटस्थित भेरी नदीमा नहाउने क्रममा तीन बालबालिका बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। शनिबार चार बजेतिर रामघाटको रानीघाट नदीमा नहाउन गएका भेरीगंगा ११ की अन्दाजी १०÷११ वर्षीया गंगा खड्का र कृष्णा सिँजाली लेकबेशी नगरपालिका ५ का ८ वर्षीय दिनेश बुढा बेपत्ता भएका हुन्। बेपत्ता…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell