काठमाडौँ : उपत्यकाको फोहोर विसर्जनमा फेरि अवरोध भएको छ। पछिल्लो मन्त्रिपरिषद् बैठकले नुवाकोटमा पर्ने सिसडोल र धादिङसँग सीमा जोडिएको बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनको क्रममा उत्पन्न हुने प्रभाव न्यूनीकरण गर्न उच्चस्तरीय समिति बनाउने निर्णय गरेको थियो। तर आफूहरुको माग सम्बोधन नभएको भन्दै फोहर बिर्सजन कार्यमा जारी अवरोध कायमै रहेको सरोकार समितिले जनाएको छ। फागुन २३ गतेदेखि सुरु भएको स्थानीयवासीको विरोधको कारण…
सुर्खेत : कर्णाली प्रदेशसभा सदस्य ठम्मर बहादुर विष्टले पदबाट राजीनामा दिएका छन्। उनले नेकपा माओवादी केन्द्र पार्टी परित्यागको घोषणासँगै सांसद पदबाट समेत राजीनामा दिएका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत पुगेकै दिन प्रदेशसभा सदस्य विष्टले एससीसी परियोजना पारित गरेको विषयमा असन्तुष्ट जनाउँदै राजीनामाको घोषणा गरेका हुन्। माओवादी केन्द्रको सिद्धान्त र मूल्यमान्यता विपरित संसदबाट एमसीसी पारित गरेको भन्दै उनले पार्टी…
काठमाडौं: साफ यू १८ महिला च्याम्पियनसिपमा सहभागी हुन जाने महिला टोलीलाई आज अखिल नेपाल फुटबल संघ एन्फाले विदाइ गरेको छ। मार्च १५ देखि २५ सम्म हुने प्रतियोगितामा भारतको जम्सेदपुरमा हुँदैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोइराला, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतको उपस्थितिमा खेलाडीलाई विदाइ गरिएको थियो। प्रतियोगितामा नेपाल, भारत र बंगलादेश गरी तीन टोली…
वीरगंज : सशस्त्र प्रहरी बल नेपाल, मधेस प्रदेश छिन्नमस्ता बाहिनीको टोलीले १८ लाख भन्दा बढी रकम सहित एक व्यक्तिलाई पक्राउ गरेको छ। सूचनाको आधारमा बाहिनीको टोली तथा रौतहट सशस्त्र प्रहरीले शुक्रवार खोजतलासका क्रममा दीपनारायण प्रसादबाट १८ लाख ७३ हजार रुपैयाँ बरामद गरेको हो। ११ नं. गण रौतहटको सशस्त्र प्रहरी नायब निरीक्षक पञ्कजकुमार सिंहको कमान्डमा खटेको टोलीले रौतहट-९ बौधिमाई नपा –९…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई अपठ्यारो पर्दा जोगाउने र दिशा निर्देश गर्ने पार्टी भनेकै नेकपा माओवादी केन्द्र भएको बताएका छन्। कर्णाली प्रदेशको सुर्खेतमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले बेला बेला परिवर्तनका मुद्दा उल्टाउने र फेरी पुरानै ठाउँमा ल्याएर देशलाई डुबाउन खोज्ने विरुद्ध माओवादी सचेत भएको बताए। उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति टिप्पणी गर्दै ओली प्रवृत्तिविरुद्ध आफ्नो…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बज्रबाराही मन्दिरमा दर्शन गरेका छन्। शुक्रवार ललितपुरको गोदावरी नगरपालिकास्थित मन्दिर पुगेर उनले बज्रबाराही माइको दर्शन गरेका हुन्। ललितपुरको गोदावरी नगरपालिकाको छैटौँ स्थापना दिवस तथा नगरपालिकाको प्रशासनिक भवन समुद्घाटन समारोहमा सहभागी हुने क्रममा देउवा मन्दिर पनि पुगेका हुन्। त्यसक्रममा देउवाले पुजारीबाट प्रसाद ग्रहण गर्दै मन्दिरको अवस्थाबारे जिज्ञासा राखेका थिए।
कैलाली : चार दिनदेखि जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी टोली एउटा अटो (इलेक्ट्रिक रिक्सा) खोजीमा जुट्यो। प्रहरी जुन अटोको खोजी गरिरहेको थियो त्यसको नम्बर प्लेट खुलेको थिएन। कैलालीका सात हजार अटोबाट एउटा अटो पहिल्याउनु सहज थिएन प्रहरीका लागि। अटोको कनेक्सन प्रहरीले एउटा हत्यासँग गर्न खोजेको थियो। प्रहरीले अटो फेला पारे पनि अपराधको 'क्लु' र अपराधीसँग पुग्न सकिन्छ कि भन्ने झिनो आशा…
काठमाडौं: क्रिकेट विश्वकप लिग २ को तयारीमा श्रीलंकामा रहेको नेपाली टोली चौथो अभ्यास खेलमा पराजित भएको छ। आज सम्पन्न खेलमा श्रीलंकाका विभिन्न टिमबाट खेल्ने खेलाडी र अन्तर्राष्ट्रिय खेल खेलिसका खेलाडीको मिश्रित टिमसँग नेपाली टोली ९२ रनले पराजित भएको हो। टस जितेर ब्याटिङमा उत्रिएको श्रीलंकन टोलीले ४८.२ ओभरमा अलआउट हुँदै २३२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल १४० रनमा समेटियो। सुरुवाती…
काठमाडौं : अभिनेता राजेश हमालको आवाज रहेको गीत 'गाउँले ठिटो' सार्वजनिक भएको छ। राजधानीमा आयोजित एक कार्यक्रमबिच उनको गीत सार्वजनिक भएको हो। गीत सार्वजनिक कार्यक्रम भए पनि आज राजेश हमाललाई गीतको भन्दा उनको भ्लगको बारे प्रश्नहरु सोधियो। बिहीवार 'राजेश हमाल अफिसियल' युट्युव अकाउण्टमार्फत उनले भ्लग सार्वजनिक गरेका थिए। जसमा राजेशले शहरको चिन्ता गर्दैँ 'मेयर बन्नुपर्छ कि क्या हो!' भनेका थिए। त्यसपछि मिडियामा…
काठमाडौं : जवर्जस्ती करणीको अभियोगमा पक्राउ परेका पल शाहका म्यानेजर पनि समातिएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले पलका म्यानेजर कृष्ण जोशीलाई नियन्त्रणमा लिएको हो। जवर्जस्ती करणी घटनामा पलको पक्षमा सामाजिक सञ्जालमा अफवाह फैलाएको र घटना लुकाउन मद्दत गरेर मतियार बनेको अभियोगमा उनलाई नियन्त्रणमा लिएको हो। जोशीले विभिन्न युट्युवमा पीडित किशोरीको विभिन्न व्यक्तिसँग अवैध सम्बन्ध रहेको भन्दै अभिव्यक्ति दिएका थिए। पल शाह अहिले पूर्वी…
अनुसन्धानकर्ताहरुले कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको तथ्यांक 'रेकर्ड' गरिएको भन्दा तीन गुणा बढी हुन सक्ने दाबी गरेका छन्। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषणा गरेको दुई वर्ष पुग्दा उनीहरुको रिपोर्ट सार्वजनिक भएको हो। उक्त अध्ययन अमेरिकाको वासिङटन युनिभर्सिटीको टोलीले गरेको थियो। उक्त टोलीले १९१ देश र क्षेत्रहरुको अध्ययन गरेको थियो। अध्ययनमा केही मृत्यु भाइरसका कारण भएको र अरु संक्रमणका…
काठमाडौं : राजस्व अनुसन्धान विभागले कोकाकोलाको उत्पादन कम्पनी बोटलर्स नेपाल लिमिटेड विरुद्ध करछलीको मुद्दा दर्ता गरेको छ। आज उच्च अदालत पाटनमा राजस्व छली सम्बन्धि मुद्दा दायर गरेको विभागले जानकारी दिएको छ। ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँ छली गरेको देखिएकाले माग दावी सहित मुद्दा दर्ता गरिएको विभागले जनाएको छ। राजस्व अनुसन्धान विभागमा कर छलीको उजुरी परेपछि लामो समयदेखि…
बुटवल : नेपाली कांग्रेस रुपन्देहीले ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानलाई सफल पार्न विभिन्न कार्यक्रम गर्ने भएको छ। कांग्रेसले स्थानीय निर्वाचनलाई लक्षित गरि पार्टीको संगठन विस्तार र सुदृढीकरणका यही फागुन २९ गतेदेखि एक महिनासम्म अभियान संचालन गर्न लागेको हो। नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको गत बुधवार बसेको बैठकले उक्त अभियानलाई सफल बनाउन ७७ वटै जिल्लामा केन्द्रिय सदस्य प्रतिनिधिको रुपमा खटाएको छ। रुपन्देहीमा…
काठमाडौं : परराष्ट्रमन्त्री डा नारायण खड्का र गणतन्त्र टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुबिच द्विपक्षीय भेटवार्ता भएको छ। अन्तालिया कूटनीतिक मञ्चमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल टर्कीको अन्तालियामा रहेका खड्का र काभुसोग्लुबिच द्विपक्षीय सम्बन्ध र आपसी सहयोगका बारेमा छलफल भएको थियो। उक्त अवसरमा दुई मुलुकबिच व्यापार र लगानीका अवसरलाई थप विस्तार गर्न दुवै पक्ष सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।…
काठमाडौं : आइतवार दिउँसो प्रतिनिधिसभाको बैठक बस्ने भएको छ। दिउँसो १ बजे बस्ने बैठकमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि लगाइएको महाअभियोग छलफलमा लैजाने सम्भावित कार्यसूची समेत छ। यस्तै, बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले 'सार्वजनिक लेखा समितिको एक्साइसौं वार्षिक प्रतिवेदन' समेत पेश गर्ने कार्यसूची छ। प्रतितिनिधिसभामा महाभियोग प्रस्तावबारे सिफारिस समिति गठन गर्ने प्रस्ताव पारित भइसकेको छ। सभामुख अग्नि सापकोटाले ११…
काठमाडौं : निर्वाचन आयोगसँग साना दलहरुले निर्वाचन आयोगमा दिएको निवेदनमा उल्लेख भएको निर्वाचन चिह्न स्थानीय तहको निर्वाचनमा दिन आग्रह गरेका छन्। आयोगले भने माग गरिएको चुनाव चिह्न दिन कानुनी अडचन रहेको जवाफ दिएको छ। राष्ट्रिय दलको मान्यता नपाएका दलहरुले पार्टीको चुनाव चिन्ह लिएर स्थानीय तहको चुनावमा उम्मेद्वार हुन नपाउने कानुनी व्यवस्था छ। आज १७ वटा दलहरुलाई आयोगले स्थानीय तहको निर्वाचनबारे…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारिता देश र जनताको पक्षमा हुनुपर्ने बताएका छन्। हिजोको कुराको तारिफ भन्दा अहिलेको विषयमा कलम चलाउन उनले सुझाव दिए। प्रेस चौतारिको नवौं महाधिवेशनको पोखरामा उद्घाटन गर्दै ओलीले भने, 'मरेपछि मलाई सम्झिउन भन्ने इच्छा छैन्। वाइ द वे आगतमुखि हुनुपर्छ र त्यसका निम्ति काम गर्नुपर्छ।' सञ्चार क्षेत्र विकास विरोधी हुन नहुने उनको भनाइ छ। सामाजिक…
आफूलाई ‘न्युट्रल (तटस्थ) टेक फर्म’ भन्दै आएको मेटाले रसिया-युक्रेन द्वन्द्वको सन्दर्भमा 'पूर्वाग्राही' निर्णय गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्। फेसबुक र इन्स्टाग्रामको ‘प्यारेन्ट कम्पनी’ मेटाले रसियाको विरुद्धमा हिंसात्मक अभिव्यक्ति पोस्ट गर्न दिने बताएको हो। युक्रेनमा रसियाको आक्रमणपछि मेटाले हिंसात्मक भाषणमा आफ्नो नीतिलाई अस्थायीरूपमा खुकुलो बनाएको जानकारी दिएको छ। उसले ‘डेथ टू रसियन इन्भेडर्स (रसियाली आक्रमणकारीहरू मरुन्’ जस्ता अभिव्यक्तिहरुलाई अनुमति दिनेछ।…
काठमाडौं : साउदी अरबका परराष्ट्रमन्त्री आगामी साता नेपाल आउने भएका छन्। परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काको निमन्त्रणामा साउदी अरबका परराष्ट्र मन्त्री तथा राजकुमार फैसल विन फरहान अल साउदले नेपाल भ्रमण गर्न लागेका हुन्। आगामी फागुन ३० गतेदेखि चैत १ गतेसम्म हुने उनको भ्रमणका क्रममा द्वीपक्षीय छलफलका लागि सरकारले परराष्ट्र मन्त्री खड्काको नेतृत्वमा प्रतिनिधि टोली गठन गर्ने निर्णय गरेको छ। फरहान…
काठमाडौंः नोटबन्दीमा पारिएपछि प्रयोगमा नभएका भारु नोट बोकेका दुई विदेशी महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा थाइल्यान्डका ३२ वर्षीया वन्विसा जन्तसन र ४१ वर्षीया वारापर्न खुन्सोम्ब्यात छन्। बिहीबार काठमाडौंबाट भिस्तारा एयरको उडान नम्बर युके १५६ बाट दिल्ली जान लागेका उनीहरुको ब्याग एक्सरे मेसिनमा जाँच गर्दा भारु भेटिएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। वन्विसाको खैरो रङको लेडिज ह्यान्ड…