फूलमान तामाङ सिन्धुपाल्चोक: सिन्धुपाल्चोक कांग्रेसलाई यतिबेला अधिवेशनको रन्को लागेको छ। जिल्ला नेतृत्व हत्याउने दाउमा लागेका छन् वंशलाल तामाङ, डा प्रेमध्वज लामा र जंगबहादुर लामा। सिन्धु कांग्रेसवृत्तमा चर्चा छ - यो अधिवेशन अमेरिका छाडी आएका वंशलाल र त्रिभुवन विश्वविद्यालय छाडी आएका प्रेमध्वजबिच हुन लागेको हो। यद्यपि, सभापतिमा जंगबहादुर लामाको उम्मेद्वारी घोषणाले अधिवेशन थप रोचक हुने देखिएको छ। जिल्ला सदरमुकाम चौतारास्थित कांग्रेस…
काठमाडौं : अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म 'प्रकाश' को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी वर्षको भदौ १० मा रिलिज हुने पक्का भएको हो। प्रदीपको जन्मदिनको अवसरमा आज फिल्मको अफिसियल पोस्टरसहित रिलिज मिति घोषणा गरिएको हो। सार्वजनिक पोस्टरमा प्रदीप खड्का र दिया मास्केलाई देख्न सकिन्छ। फिल्ममा गाउँको युवाले शिक्षकको सरकारी जागिर खान गर्ने संघर्षलाई समेटिएको छ।…
काठमाडौं : अभिनेता राजेश हमालले काठमाडौं महानगरको मेयर बन्ने चाहना राखेका छन्। उनले 'राजेश हमाल अफिसियल' युट्युव अकाउन्टमार्फत एक भिडियो सार्वजनिक गरेका थिए। 'अ डे विथ राजेश हमाल' शीर्षक लेखिएको भ्लगको ट्रेलरमा उनले काठमाडौं महानगरको चिन्ता गर्दै मेयर बन्ने सपना व्यक्त गरेका छन्। 'शहरलाई चाहिँ खै ब्युटिफाई गर्ने भन्ने कुरामा चाहिँ कसैको ध्यानै गएन। भाषणमा चाहिँ भनिरहेका हुन्छन्, प्राक्टिकली गर्ने सोच नपुगेर…
काठमाडौं : सरकारले नेपाल आउने विदेशी नागरिकको लागि दुई वर्षअघि लागू गरेको अध्यागमन सम्बन्धी मापदण्ड खारेज गरेको छ। त्योसँगै नयाँ मापदण्ड लागू भएको अध्यागमन विभागले जानकारी दिएको छ। फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार कोभिड-१९ नयाँ भेरियन्टको संक्रमण रोकथामका लागि हवाइ मार्ग तथा स्थल मार्ग भई नेपाल प्रवेश गर्ने यात्रुहरुको लागि बनेको यसअघिको मापदण्ड राखेज गरिएको छ। अब विदेशबाट आउने…
बलिउड फिल्म ‘ओम : द ब्याटल विदिन’को प्रदर्शन मिति तय भएको छ। आदित्य रोय कपुर अभिनित यो फिल्म आगामी १ जुलाई २०२२ मा रिलिज हुने पक्का भएको छ। फिल्म निर्माण टिमले बिहीवार फिल्मको फस्टलुक पोस्टरसहित रिलिज मिति घोषणा गरेको हो। फस्टलुक पोस्टरमा आदित्यलाई एक्सन अवतारमा देख्न सकिन्छ। आदित्यले फिल्मको फस्टलुक पोस्टर सेयर गर्दैँ फिल्मको रिलिज मिति इन्स्टाग्राममार्फत जानकारी दिएका छन्। ‘ओम १ जुलाई…
काठमाडौं : नेकपा एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले आगामी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस बाहेकको गठबन्धन बन्नसक्ने बताएका छन्। बिहीवार केन्द्रिय कमिटीको तेस्रो बैठकका बारेमा जानकारी गराउने क्रममा तुलाधरले यस्तो बताएका हुन्। उनले गठबन्धनमा नेपाली कांग्रेस सहभागी नबने कांग्रेस स्वयंलाई घाटा हुने दाबी गरे। ‘नेपाली काँग्रेसको इच्छा भएन भने नेपाली कांग्रेस बाहेकको गठबन्धन बन्न पनि सक्छ । त्यो कुरा स्वयं…
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्यु पश्चात अंगदान गर्न आग्रह गरेका छन्। बिहीवार विश्व मिर्गौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको प्रभातफेरी कार्यक्रममा सहभागी भएका खतिवडाले मृत्युपश्चातको अंग दान गरेमा मिर्गौला पीडितहरुले पनि धेरै सुविधा पाउने बताएका हुन्। ‘हामीले मृत्युपश्चातको अंग दान पनि गर्न सक्छौँ। मृत्युपश्चातको अंग दान गर्न सक्यौँ भने अझ मिर्गौला पीडितहरुले धेरै…
वीरगंज : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी स्थानीय निर्वाचनमा गठबन्धन दलसँग तालमेल गर्ने संकेत गरेका छन्। आज पर्सा कांग्रेसको नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिलाई प्रमाणपत्र वितरणपछि वीरगंजमा सम्बोधन गर्दै देउवाले निर्वाचनमा तालमेलको संकेत गरेका हुन्। आफू गठबन्धनकै कारण प्रधानमन्त्री बनेको उदाहरण पटकपटक दोहोर्याँदै देउवाले गठबन्धन दलका नेताहरुलाई अनावश्यक रुपमा नचिढ्याउन समेत आग्रह गरे। 'म प्रधानमन्त्री हुने नै थिइन…
भारतको पाँचवटा विधानसभा क्षेत्रमा भएको निर्वाचनको मतगणना आज भइरहेको छ। उत्तर प्रदेश, पंजाब, मणिपुर, गोवा र उत्तराखण्डमा भएको निर्वाचनको मतगणना भइरहेको हो। प्रारम्भिक मत परिणामका अनुसार उत्तर प्रदेशमा सत्तारुढ भारतीय जनता पार्टीले अग्रता कायम गरेको छ। भाजपालाई समाजवादी पार्टीले टक्कर दिइरहेको छ। बहुजन समाजवादी पार्टी र भारतीय राष्ट्रिय कांग्रेस भने केही सिटमा अघि देखिएको छ। पंजाबमा भने आम आदमी पार्टी (आप) ले…
काठमाडौं : बलात्कारको केसमा हिरासतमा रहेका पल शाहमाथि इलाका प्रहरी कार्यालय गैडाकोटले अनुसन्धान गरिरहेको छ। बुधवार सरकारी वकिल कार्यालय पूर्वी नवलपरासीमा लगेर शाहको बयान लिइएको छ। त्यस्तै, इलाका प्रहरी कार्यालय गैंडाकोटले पनि शाहको बयान लिने काम भइरहेको छ। बलात्कारको केसमा उनीसँग जोडिएका अन्य मानिसको पनि बयान लिने काम भइरहेको इलाका प्रहरी कार्यालय गैंडाकोटकी प्रहरी निरीक्षक लक्ष्मी पाण्डेले बताइन्। 'घटनासँग प्रत्यक्ष जोडिएका मानिसलाई…
काठमाडौं : नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको बैठकबाट स्थानीय तह निर्वाचनको रणनीति तय गर्न जुटेको छ। बुधवार सुरु भएको केन्द्रीय कमिटीको बैठकमा बिहीवार पनि समूहगत छलफल गरेर चुनावी अभियानबारे निर्णय हुने सचिव जीवनराम श्रेष्ठले जानकारी दिए। पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथि नौ वटा समूह बनाएर केन्द्रीय सदस्यहरुले छलफल गरिरहेका छन्। स्थायी कमिटी र पोलिटब्युरो सदस्यलाई भने उक्त समूहमा राखिएको…
काठमाडौं : संखुवासभामा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ। जिल्लाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस आज बिहान मादी नगरपालिका-६ को पुलुड्डस्थित सात घुम्तीमा दुर्घटना भएको थियो। घटनास्थलबाट प्रहरीले १३ जनाको शव निकालेको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीलाई उदृत गर्दै राससले जनाएको छ। दुर्घटनामा परी घाइते पाँच जनाको उद्धार गरी थप उपचारका लागि धरान पठाइएको…
काठमाडौं : संखुवासभामा भएको बस दुर्घटनामा १० जनाको मृत्यु भएको छ। ५ जना घाइते भएको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। बिहान झापातर्फ हिँडेको बस मादी नगरपालिकाको सातघुम्ती भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ। बस सडकबाट खसेको थियो। घाइतेलाई उपचारका लागि धरानतर्फ पठाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न अन्तिम १६ को दोस्रो लेगको खेलमा स्पेनिस क्लब रियल मड्रिडले फ्रेन्स क्बल पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराएको छ। सान्टीआगो बर्नेबेउ स्टेडियममा सम्पन्न खेलमा मड्रिडले पीएसजीमाथि ३-१ गोलअन्तरले जित निकालेको हो। मड्रिडको जितमा करिम बेन्जेमाले ह्याट्रिक पुरा गरे। पहिलो हाफमा भने पीएसजीले खेलमा अग्रता बनाएको थियो। खेलको ३९ औं मिनेटमा नेइमारको पासमा किलियन एम्बाप्पेले…
वीरगंजः नेपाली कांग्रेस बाराको जिल्ला अधिवेशन अन्तर्गत बुधबार दोस्रो चरणको मतदान सम्पन्न भएको छ। बिहान १० बजेदेखि राति ७ बजेसम्म कलैयामा मतदान सम्पन्न भएको हो। कूल २ हजार ४८२ मध्ये २ हजार ३९९ मत खसेको निर्वाचन अधिकृत राजकुमार उप्रेतीले बताए। बुधवार राति ९ बजेदेखि नै मतगणना प्रारम्भ गर्ने तयारी रहेको उप्रेतीले बताए। बारामा यसअघि सोमबार भएको मतदानमा धाँधली भएको भन्दै…
वीरगंजः नेपाली कांग्रेस सप्तरीको सभापतिसहित ८७ पदका लागि भएको मतदान सम्पन्न भएको छ। राजविराजस्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा मंगलबार राति मतदान सम्पन्न भए पनि मतगणना स्थगित भएको हो। बिहीबार मतगणना सुरु गर्ने सहमति भएको छ। कूल २ हजार ५२५ मतादातामध्ये २ हजार ३४२ मतदानमा सहभागी भएको निर्वाचन अधिकृत रुद्र शर्माले बताए। फागुन २१ गते भएको मतदानमा उपसभापतिका उम्मेदवार रामकुमार यादव…
जनकपुरधामः नेपाली कांग्रेस धनुषाको नेतृत्वका लागि दोस्रो चरणको निर्वाचनमा शेखर कोइराला समूहले विमलेन्द्र निधि समूहलाई समर्थन गर्ने भएको छ। कोइराला समूहका उम्मेदवार दिनेश प्रसैला यादवले निधि समूहका उम्मेवार योगेन्द्र पजियारलाई समर्थन गर्ने भएका हुन्। सर्वसम्मतिको प्रयाय विफल भएपछि सभापति पदका उम्मेदवार प्रसैलाले पहिलो चरणको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएका पजियारलाई समर्थन गर्ने भएका हुन्। कोइराला समूहका नेता रामकृष्ण यादवले पहिलो…
काठमाडौँः सरकारले रात्रिकालीन व्यवसाय सञ्चालनमा लगाएको समयसीमा हटाएको छ। अब रात्रिकालिन व्यवसाय चौबिसै घण्टा सञ्चालन गर्न पाउने भएका छन्। रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने विषयमा अध्ययन गर्न गृहमन्त्री बालकृष्ण खाणले १४ सदस्यीय समिति बनाएका थिए। समितिले दिएको सुझावका आधारमा व्यवसाय खुला गरिएको हो। समितिले शान्ति सुरक्षालगायतका विषयलाई अध्ययन गरेर चौबिसै घण्टा व्यवसाय खोल्न दिने सुक्षाव दिएको थियो। गृह मन्त्रालयले सबै जिल्लाका प्रहरी…
कैलालीः मनाङ मर्स्याङ्दी क्लब खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। धनगढी रङ्गशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै मनाङ फाइनल पुगेको हो। खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टीमा मनाङले बाजी मार्यो। पेनाल्टीमा मनाङका अञ्जन विष्ट, रुपेश केसी, मौसा अबागाना र पूजन उपरकोटीले गोल गरे।…
काठमाडौं : गृह मन्त्रालयले भिजिट भिसाबाट विदेश गएर अलपत्र हुने अवस्थालाई निरुत्साहीत गर्न कडाइ गर्न लागेको जनाएको छ। पछिल्लो समय खाडी मुलुकहरुमा भिजिट भिसा लिएर वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेको र त्यहाँ पुगेपछि काम नपाएर अलपत्र परेको गुनासो मन्त्रालयमा बढिरहेको छ। विदेशबाट गुनासाहरु आएपछि सरकारले भिजिट भिसा प्राप्तिका लागि शर्तहरु राखेर कडाइ गरेको हो। सरकारले भिजिट भिसाका लागि भ्रमणको उद्देश्य…