PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

  • नर्थ म्यासोडोनियालाई हराउँदै युक्रेनको पहिलो जित

    नर्थ म्यासोडोनियालाई हराउँदै युक्रेनको पहिलो जित

    यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा युक्रेनले नर्थ म्यासाडोनियामाथि जित निकालेको छ। रोमानियास्थित नेशनल एरेना स्टेडियममा समूह सम्पन्न 'सी' को खेलमा युक्रेनले २-१ को रोमाञ्चक जित निकालेको हो। खेलको २९ औं मिनेटमा एन्ड्री यार्मोलेन्कोको गोलमा युक्रेनले अग्रता बनाएको थियो। त्यसको पाँच मिनेट नबित्दै रोमन यारेमछुकले गोल थप्दा पहिलो हाफमा युक्रेन दुई गोलले अघि रह्यो। दोस्रो हाफमा नर्थ म्यासाडोनियाका…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीमा ओली र देउवा दुबैको दाबी किन पुगेन? राष्ट्रपति कार्यालयले दियो ५ कारण

    प्रधानमन्त्रीमा ओली र देउवा दुबैको दाबी किन पुगेन? राष्ट्रपति कार्यालयले दियो ५ कारण

    काठमाडौं: संविधानको धारा ७६(३) अन्तर्गत नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले विश्वासको मत नपाउने आधार नभएको भन्दै मत नलिएरै जेठ ६ गते राष्ट्रपतिलाई ७६(५) अन्तर्गत नयाँ सरकार गठन आह्वान गर्न सिफारिस गरे। राष्ट्रपति विद्यादेवी भण्डारीले ६ गते राति २१ घण्टा समय दिएर सरकार गठनका लागि आह्वान गरिन्। ७६(५) अनुसार प्रतिनिधिसभाको कुनै पनि सदस्यले बहुमत जुटाउन सक्यो भने प्रधानमन्त्रीमा दाबी गर्न…

    विस्तृतमा पढ्नुस्

  • १० वर्षीया छोरीको बलात्कारपछि हत्या गरेको अभियोगमा ५१ वर्षीय पुरुष पक्राउ

    १० वर्षीया छोरीको बलात्कारपछि हत्या गरेको अभियोगमा ५१ वर्षीय पुरुष पक्राउ

    कैलाली : आफ्नै १० वर्षीया छोरीको बलात्कारपछि हत्या गरेको अभियोगमा ५१ वर्षीय पुरुष पक्राउ गरेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार जिल्लाको लम्किचुहा नगरपालिका-२ की १० वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा उनका ५१ वर्षीय बुवा पक्राउ परेका हुन्। ‘जेठ २७ गते दिउँसो घरमै मृत फेला परेकी ती बालिकाको दाहसंस्कार गर्ने तयारी गरिरहेको भन्ने सूचना…

    विस्तृतमा पढ्नुस्

  • शीतल निवासको सर्वोच्चलाई जवाफ: ‘विश्वासको मत पाउने आधार यकिन गर्ने अधिकार राष्ट्रपतिलाई छ’

    शीतल निवासको सर्वोच्चलाई जवाफ: ‘विश्वासको मत पाउने आधार यकिन गर्ने अधिकार राष्ट्रपतिलाई छ’

    काठमाडौं: राष्ट्रपति कार्यालयले प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्च अदालतलाई लिखित जवाफ बुझाएको छ। संवैधानिक इजलासले गरेको आदेश अनुसार बिहीबार राष्ट्रपति कार्यालयका तर्फबाट निमित्त सचिव रुपनारायण भट्टराईले महान्यायाधिवक्ता कार्यालयमार्फत जवाफ पठाएका हुन्। जवाफमा मुख्यतः संविधानको धारा ७६ मा निर्णय लिने अधिकार राष्ट्रपतिको भएकाले यसमा अदालतले पुनरावलोकन गर्न नमिल्ने र प्रतिनिधिसभा विघटन उपधारा ७ को  बाध्यात्मक व्यवस्थालाई मन्त्रिपरिषदको सिफारिसमा कार्यान्वयन मात्रै गरेको उल्लेख…

    विस्तृतमा पढ्नुस्

  • फिल्म ‘एक्स ९’मा बलिउड अभिनेता सुनिल सेट्टीलाई भिलेनको अफर 

    फिल्म ‘एक्स ९’मा बलिउड अभिनेता सुनिल सेट्टीलाई भिलेनको अफर 

    काठमाडौं : निर्देशक मुकुन्द भट्टले केहि समय अघि फिल्म ‘एक्स ९’ बनाउने घोषणा गरेका थिए। जुन फिल्ममा अभिनय गर्न बलिउड अभिनेता सुनिल सेट्टीलाई अफर गरिएको छ। निर्देशन मुकुन्द भट्टको आफ्नो फिल्म ‘एक्स ९’मा सेट्टीलाई भिलेनको भूमिकाका लागि अफर गरेका हुन्। एक महिना अगाडि फिल्म अभिनयको विषयमा सेट्टीसँग कुराकानी भएको समेत भट्टले जानकारी दिए। उनी खलपात्रमा देखिएपनि भूमिका भने सस्पेन्स नै…

    विस्तृतमा पढ्नुस्

  • सिद्धार्थ बाल तथा महिला अस्पताललाई कोभिड विशेष बनाउन बुटवल उपमहानगरको पहल

    सिद्धार्थ बाल तथा महिला अस्पताललाई कोभिड विशेष बनाउन बुटवल उपमहानगरको पहल

    बुटवल : कोभिड-१९ को महामारीका नयाँ र खतरनाक लहरलाई लक्षित गर्दै जनस्वास्थ्यका क्षेत्रमा प्रभावकारी पूर्व तयारी थाल्न बुटवल उपमहानगरले पहल थालेको छ। स्वास्थ्य विज्ञहरुले महामारीका नयाँ भेरिएन्ट आउन सक्ने र त्यसले जनस्वास्थ्यमा गम्भीर असर पुर्‍याउने बताइरहेका बेलामा बुटवलले महामारीको पूर्व तयारीलाई प्राथमिकता दिएको हो। महामारीमा बालबालिका र सुत्केरीका लागि लक्षित गरेर उपचारका सबै प्रबन्ध मिलाउन तथा पूर्व तयारीलाई प्रभावकारी बनाउन…

    विस्तृतमा पढ्नुस्

  • एकद्वार प्रणालीविपरित ओली निकट अनेरास्ववियुले राहत वितरण गरेको भन्दै नेपाल पक्षको विरोध

    एकद्वार प्रणालीविपरित ओली निकट अनेरास्ववियुले राहत वितरण गरेको भन्दै नेपाल पक्षको विरोध

    काठमाडौं : नेकपा एमाले केपी शर्मा ओली निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरणमा संगठनको झण्डा राखेको भन्दै माधव नेपाल पक्षले विरोध गरेको छ। अनेरास्ववियुको केन्द्रीय टोली राहत वितरणको लागि बुधवार सिन्धुपाञ्चोकको मेलम्ची पुगेको थियो। राहत वितरण भन्दा संगठनको झण्डा राखेर प्रचार मात्रै गर्न खोजेको भन्दै विरोध गरिएको बताइएको छ। सो क्रममा दुई पक्षबीच झडप समेत भएको थियो। झडपका भिडियोहरु सामाजिक…

    विस्तृतमा पढ्नुस्

  • तीन दिनपछि खुल्यो पाल्पा-बुटवल सडक

    तीन दिनपछि खुल्यो पाल्पा-बुटवल सडक

    बुटवल : पहिरो खसेर बन्द भएको पाल्पा-बुटवल सडक सञ्चालनमा आएको छ। गएको मङ्गलवारदेखि बन्द भएको सडक अहिले केहीबेर अघिदेखि सञ्चालनमा आएको हो। सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा-बुटवल सडकको दर्जनौँ ठाउँमा पहिरो गएपछि बाटो बन्द भएको थियो। पहिरोले बाटो नै बगाएपछि सञ्चालनमा ल्याउन समस्या भएको थियो। बाढी-पहिरोका कारण अहिले देशका विभिन्न राजमार्गमा अवरोध आएको छ। केही राजमार्ग पूर्णरूपमा बन्द छन् भने केही…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चले 'कोल्याप्स' हुनबाट जोगाइदियो कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, जेठ १८ मै सकिएको थियो थपिएको पदावधि

    सर्वोच्चले 'कोल्याप्स' हुनबाट जोगाइदियो कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, जेठ १८ मै सकिएको थियो थपिएको पदावधि

    काठमाडौं : सर्वोच्च अदालतले नेपाल निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जोगाइदिएको छ। जेठ १८ सम्मको अतिरिक्त समय समेत गुजारेर निर्वाचन गर्न नसकेर विघटनको अवस्थामा पुगेको युनियनलाई सर्वोच्चले निषेधाज्ञाको समयलाई शून्य मानेर जोगाएको हो। ट्रेड युनियनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाई दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले निषेधाज्ञा अन्त्य नहुञ्जेलसम्मका लागि वर्तमान कार्यसमितिकै कार्यकाल निरन्तर रहने…

    विस्तृतमा पढ्नुस्

  • बाढी पीडित जनतालाई तत्काल सहयोग गर्न सरकारसँग माधव नेपाल समूहको माग

    बाढी पीडित जनतालाई तत्काल सहयोग गर्न सरकारसँग माधव नेपाल समूहको माग

    काठमाडौं : नेकपा एमालेको माधव नेपाल समूहले बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई तत्काल आवास, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, घाइतेहरुको उपचार र मृतकका परिवारलाई आर्थिक सहयोग गर्न सरकारसँग माग गरेको छ। नेपाल समूहले एक विज्ञप्ति जारी गर्दै उद्धार र राहतका कार्यहरु प्रभावकारी, निष्पक्ष र पारदर्शी रुपमा उपलब्ध गराउन समेत माग गरेको छ। वर्षा याममा प्रत्येक वर्षजसो जनताले व्यहोर्दै आएको बाढी, पहिरो र…

    विस्तृतमा पढ्नुस्

  • मेलम्चीका बाढी प्रभावितलाई कलाकारहरुको राहत

    मेलम्चीका बाढी प्रभावितलाई कलाकारहरुको राहत

    काठमाडौं : लगातार वर्षाका कारण नेपालका विभिन्न ठाउँमा बाढीपहिरोका कारण निकै जनधनको क्षति भएको छ। अझ सिन्धुपाल्चोकको मेलम्ची बजार निकै प्रभावित बनेको छ। बाढी र हिलोले घरहरु पुरिनुका साथै खेतीपाती पनि समाप्त पारेको छ। जनधनको क्षति भएको छ। मेलम्ची बजार नै बगरमा परिणत भएको छ। जसकारण धेरै मानिसहरु घरविहीन भएका छन्।  मेलम्चीमा बाढीका कारण प्रभावित भएकाहरुलाई सहयोग वितरण गर्न नेपाली…

    विस्तृतमा पढ्नुस्

  • हेलिकोप्टरमा राहत सामग्री लिएर गण्डकीका मुख्यमन्त्री मनाङतिर, दीपक मनाङे पनि उडे

    हेलिकोप्टरमा राहत सामग्री लिएर गण्डकीका मुख्यमन्त्री मनाङतिर, दीपक मनाङे पनि उडे

    पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल राहत सामग्रीसहित मनाङ प्रस्थान गरेका छन्। औषधि, खाद्य सामग्री र टेन्ट लिएर मन्त्री राजीव गुरुङसहितको टोली मनाङ प्रस्थान गरेको हो। टोलीमा मुस्ताङका सांसद चिन्तबहादुर घले र सञ्चारकर्मी पनि छन्। गृह मन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकोप्टर व्यवस्थापन गरिएको हो। मनाङमा मुख्यमन्त्री पोखरेलले बाढीबाट प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ।  विपद् कोषमा ५ करोड…

    विस्तृतमा पढ्नुस्

  • २०५२ सालमा संसद पुनर्स्थापना हुँदा सशस्त्र द्वन्द्व जन्मेको तर्कसहित ओलीको दावी : अदालतले अवधि निरर्थक बढाए परिणाम डरलाग्दो

    २०५२ सालमा संसद पुनर्स्थापना हुँदा सशस्त्र द्वन्द्व जन्मेको तर्कसहित ओलीको दावी : अदालतले अवधि निरर्थक बढाए परिणाम डरलाग्दो

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना भए मुलुक थप अन्योल‚ अस्थिरता र राजनीतिक अराजकतामा धकेलिने बताएका छन्। प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्च अदालतलाई पठाएको लिखित जवाफमा प्रधानमन्त्री ओलीले २०५२ सालमा अदालतबाट संसद पुनर्स्थापना हुँदा १० वर्षे सशस्त्र द्वन्द्व जन्मिएको स्मरण गर्दै अब पनि प्रतिनिधिसभा पुनर्स्थापना भएमा परिणाम सुखद नहुने उल्लेख गरेका छन्। 'अब पनि प्रतिनिधिसभाको पुनर्स्थापनाको कुरा गर्नु मुलुकलाई…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरले मेलम्चीका बाढी पीडितका लागि २ करोड सहयोग गर्ने

    काठमाडौं महानगरले मेलम्चीका बाढी पीडितका लागि २ करोड सहयोग गर्ने

    काठमाडौं : काठमाडौं महानगरपालिकाले मेलम्ची र हेलम्बुका बाढी पीडितहरुलाई सहयोग गर्न राहत घोषणा गरेको छ। राष्ट्रिय सभागृहमा महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा महानगर प्रमुख विद्यासुन्दर शाक्यले मेलम्ची नगरपालिकालाई २ करोड रुपैयाँ सहयोग गर्ने बताएका हुन्। मेलम्ची नै काठमाडौंको पानीको प्रमुख स्रोत भएको र सोही स्थानमा विपद् पर्दा महानगरले सक्दो सहयोग गर्ने महानगर प्रमुख शाक्यले बताए। मंगलबार राति आएको बाढीका…

    विस्तृतमा पढ्नुस्

  • कोपा अमेरिकामा दुई खेल: ब्राजिलको प्रतिस्पर्धी पेरु, कोलम्बियालाई भेनेजुएलाको चुनौती

    कोपा अमेरिकामा दुई खेल: ब्राजिलको प्रतिस्पर्धी पेरु, कोलम्बियालाई भेनेजुएलाको चुनौती

    कोपा अमेरिकामा भोलि बिहान दुई खेल हुँदैछन्। भोलि बिहान हुने पहिलो खेलमा कोलम्बिया र भेनेजुएला भिड्दैछन्। प्रतियोगिताको उद्घाटन खेलमै आयोजक राष्ट्र ब्राजिलसँग पराजय ब्यहोरेको भेनेजुएला पहिलो जितको खोजीमा उत्रने छ। अर्कोतर्फ कोलम्बियाले आफ्नो पहिलो खेलमा इक्वेडरमाथि १-० को जित निकालेको थियो। यी दुई टोलीबीचको खेल भोली बिहान पौने ३ बजे शुरु हुनेछ। त्यस्तै भोलि बिहान नै हुने अर्को खेलमा ब्राजिल…

    विस्तृतमा पढ्नुस्

  • ओलीको प्रश्न : कथंकदाचित देउवा प्रधानमन्त्री हुनुभयो भने एमाले सत्तापक्ष हुन्छ कि प्रतिपक्ष?

    ओलीको प्रश्न : कथंकदाचित देउवा प्रधानमन्त्री हुनुभयो भने एमाले सत्तापक्ष हुन्छ कि प्रतिपक्ष?

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई लिखित जवाफ बुझाएका छन्। प्रतिनिधिसभा विघटन मुद्दामा संवैधानिक इजलासले २६ जेठमा लिखित जवाफ पेश गर्न ७ दिनको समय दिएको थियो। १८ बुँदे लिखित जवाफमा रिट निवेदकले उठाएका एक एक प्रश्नको जवाफ ओलीले दिएका छन्। लिखित जवाफको ६ नम्बर बुँदामा एमाले अध्यक्ष समेत रहेका ओलीले अदालतमाथि प्रश्न उठाएका छन्, 'विपक्षीको माग पूरा भयो…

    विस्तृतमा पढ्नुस्

  • रियल मड्रिडसँग १६ वर्षे यात्रा टुंग्याउँदै बाहिरिए कप्तान रामोस, अब कता जाँदैछन्?

    रियल मड्रिडसँग १६ वर्षे यात्रा टुंग्याउँदै बाहिरिए कप्तान रामोस, अब कता जाँदैछन्?

    स्पेनिस क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोसले आफ्नो करार सकिन दुई हप्ता बाँकी रहँदा मड्रिड छाडेको घोषणा गरेका छन्। जुन ३० मा करार सकिँदै गर्दा क्लब र उनीबीच सम्झौता बढाउनेमा सहमति बन्न सकेको थिएन। मड्रिडले उनको तलब १० प्रतिशत घटाएर १ वर्षको लागि करार बढाउने प्रस्ताव गरेको थियो भने उनी दुई वर्षको करारका लागि इच्छुक थिए। १६ वर्ष रियल मड्रिडमा…

    विस्तृतमा पढ्नुस्

  • अदालतले प्रधानमन्त्री नियुक्त गर्न सक्दैन भन्दै ओलीको जवाफ : देउवाले मागेअनुसार सरकार बने पञ्चायत ब्युँतिने

    अदालतले प्रधानमन्त्री नियुक्त गर्न सक्दैन भन्दै ओलीको जवाफ : देउवाले मागेअनुसार सरकार बने पञ्चायत ब्युँतिने

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गर्दै संसद पुनर्स्थापना र सरकार संचालन हुने हो भने त्यसले पञ्चायतीजस्तै निर्दलीय व्यवस्था व्युँताउने दावी गरेका छन्। सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनको विषयलाई लिएर विपक्षी गठबन्धनसहितको रिटलाई लिएर मागिएको जवाफमा ओलीले 'रिट निवेदकको दावी संविधान र लोकतन्त्रको आधारभूत मूल्य र मान्यता विपरीत' रहेको दावी गरेका छन्। अदालतले प्रधानमन्त्री नियुक्त गर्न…

    विस्तृतमा पढ्नुस्

  • युरो कपमा आज तीन खेल

    युरो कपमा आज तीन खेल

    यूईएफए युरो कपमा आज तीन खेल हुँदैछन्। आज हुने पहिलो खेलमा समूह 'सी' को खेलमा नर्थ म्यासोडोनिया र युक्रेन प्रतिस्पर्धामा उत्रनेछन्। रोमानियास्थित नेशनल स्टेडियममा हुने खेलमा दुबै टोली पहिलो जितको खोजीमा हुनेछन्। यसअघिको खेलमा नर्थ म्यासोडोनिया अस्ट्रियासँग ३-१ गोलअन्तरले पराजित भएको थियो भने युक्रेन नेदरल्याण्ड्ससँग ३-२ गोलअन्तरले पराजित भएको थियो। आज साँझ पौने ७ बजे हुने खेलमा दुबै टोली पहिलो…

    विस्तृतमा पढ्नुस्

  • एकहत्तर दिन यताकै कम 'एक्टिभ केस' : थपिए ६७ हजारभन्दा धेरै

    एकहत्तर दिन यताकै कम 'एक्टिभ केस' : थपिए ६७ हजारभन्दा धेरै

    भारतमा पछिल्लो २४ घन्टामा ६७ हजार २ सय ८ जना कोभिड १९ का संक्रमित थपिएका छन्। यस अवधिमा २ हजार ३ सय ३० जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ।  भारतमा चौबिस घन्टामा १ लाख ३ हजार ५ सय ७० जना संक्रमण मुक्त भएका छन्। यससँगै भारतमा कूल संक्रमितको संख्या २करोड ९७ लाख ३…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell