काठमाडौं: नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय सिरिज अन्तर्गत आज सम्पन्न खेलमा नेपालले मलेसियामाथि विजय हासिल गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले ९ विकेटको सानदार जित निकालेको हो। जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले १ विकेटको क्षतिमा १२.१ ओभरमा लक्ष्य पुरा गर्यो। नेपालका…
काठमाडौं: नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय सिरिज अन्तर्गत आज जारी खेलमा मलेसिया र नेपाल प्रतिस्पर्धा गरिरहेका छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन बनाएको छ। जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनर द्वय कुशल भुर्तेल र आशिफ शेखले सानदार साझेदारी गरिरहेका छन्। सिरिजको पहिलो खेलमा डेभ्यु गरेका यी…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकलाई वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले बहिष्कार गरेका छन्। ओलीले बोलाएको बैठकलाई नेपाल-खनाल समूहले बहिष्कार गरे पनि उक्त समूहका नेता विष्णु रिजाल, सोम मिश्र लगायतका नेता भने सहभागी भएका छन्। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद उत्पन्न भएका बेला रिजाल ओलीका कट्टर आलोचकका रुपमा चिनिएका थिए। सर्वोच्च अदालतले फागुन…
काठमाडौं : नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय सिरिज अन्तर्गत आज जारी खेलमा मलेसियाले नेपाललाई ११० रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन बनाएको हो। मलेसियाका लागि सइद अजिजले सर्वाधिक २७ रन बनाउँदा शर्भिन मुनिएण्डीले २० रन जोडे। त्यस्तै शफिक शरिफले १५ रन बनाउँदा अन्य…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ। सोमवार १ बजेका लागि बोलाइएको बैठक केही बेर अघि सुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य विशाल भट्टराईले जानकारी दिए। 'बैठक केही बेर अघि सुरु भएको छ,' उनले भने। बैठकमा ओलीले पछिल्लो परिस्थितिमा सरकार कसरी अघि बढ्दा ठिक होला? भन्ने विषयमा सदस्यहरुबाट राय…
काठमाडौं : नेपाल, नेदरल्याण्ड्स र मलेसियाबिचको त्रिदेशीय टी २० सिरिज शनिवारदेखि कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा चलिरहेको छ। सोही बमोजिम आज नेपाल र मलेशिया आज भिड्दैछन्। दिउँसो सवा १ बजेबाट खेल सुरु हुने तय छ। तर, अघिल्ला दुई खेलमा दर्शकहरुको बाक्लो उपस्थिति भए पनि आज के हुन्छ? के खेल दर्शकसहित हुने हो? आज बसेको मन्त्रिपरिषदको बैठकले विद्यालय लगायत ठूलो भेला हुने सबैखाले…
काठमाडौं: नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपाल र मलेसिया भिड्दै छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेलमा नेपाल र मलेसिया दिउँसो सभा १ बजे आमनेसामने हुन लागेका हुन्। जारी प्रतियोगितामा दुबै टोलीले १/१ खेल खेलेका छन्। जसमा नेपालले पहिलो खेलमा नेदरल्याण्ड्समाथि ९ विकेटको सानदार जित निकालेको थियो भने मलेसियाले नेदरल्याण्ड्ससँग १५ रनको साँघुरो पराजय ब्यहोरेको थियो। प्रतियोगितामा…
वीरगंज : अफ्रिकन रुट्स एसोसियसन विश्वकर्मा ११ औँ जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा आइतवार राति भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-१ ले स्तब्ध पार्दै पाहुना टोली अफ्रिकन रुट्सले अन्तिम चारको यात्रा तय गरेको हो। अफ्रिकन रुट्सको जितमा नजिमिले दुई गोल गरे। आर्मीका लागि जर्ज प्रिन्स कार्कीले एक गोल फर्काए। खेलमा आर्मीविरुद्ध लिएको अग्रता जोगाउन नसक्दा अफ्रिकन…
इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आइतवार सम्पन्न दोस्रो खेलमा दिल्ली क्यापिटल्सले पञ्जाब किङ्समाथि जित निकालेको छ। मुम्बईको वाङ्खडे स्टेडियममा सम्पन्न खेलमा दिल्लीले पञ्जाबमाथि ६ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले ४ विकेट गुमाउँदै १० बल बाँकी छँदा लक्ष्य पूरा गर्यो। पञ्जाबका लागि…
जनकपुरधाम : मिथिलाञ्चलमा आइतवार चैती छठ अन्तर्गत अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिएको छ। गत शुक्रवारदेखि शुरु भएको चैती छठ पर्वको तेश्रो दिन आइतवार अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिएको हो। सोमवार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै पर्वको समापन हुनेछ। कात्तिक महिनामा मनाईने छठ पर्व जतिको संख्यामा श्रद्धालु भक्तजनहरु नभए पनि विस्तारै चैती छठ पर्व गर्नेहरुको संख्या पनि बढ्दै गइरहेको छ।…
वीरगंज : वीरगंजमा आइतवार ६१ जना कोरोना संक्रमित थपिएका छन्। नारायणी अस्पतालमा ९६ जनाको स्वाब परीक्षण गर्दा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पताल वीरगंजका कोभिड संयोजक डा सरोज रोशन दासले जानकारी दिए। उनका अनुसार ६१ जनामध्ये ४९ जना पर्साका, ११ जना बाराका र एक जना सर्लाहीका रहेका छन्। ६१ जना मध्ये १९ जना नारायणी अस्पतालमा भर्ना भएका छन्।…
वीरगंज : प्रदेश २ मा छात्राहरुको लागि निःशुल्क लोक सेवा आयोग तयारी कक्षा शुरु भएको छ। ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत निःशुल्क लोकसेवा तयारी कक्षा शुरु भएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नम्बर २ जनकपुरधामको आयोजनामा भएको कार्यक्रमको उद्घाटन वीरगंजको त्रिजुद्ध स्कुलबाट मुख्यमन्त्री लालबाबु राउतले गरेका छन्। आइतवार आयोजित समारोहमा मुख्यमन्त्री राउतले प्रदेश २ का छात्राहरुलाई आत्मनिर्भर…
काठमाडौंः नेकपा (एमाले) को माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले विस्तार गरेको महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिन माग गर्दै निर्वाचन आयोगमा लिखित ध्यानाकर्षण गराएको छ। केन्द्रीय कमिटीलाई आयोजक कमिटीमा रुपान्तरण गर्ने निर्णयलाई मान्यता नदिन नेपाल समूहले आइतबार आयोगलाई लिखित ध्यानाकर्षण गराएको हो। कमिटी बनेयताका निर्णय समेत अमान्य घोषितको माग पनि ध्यानाकर्षणमा गरिएको छ। आइतबार प्रमुख निर्वाचन आयुक्त दिनेश…
वीरगंज : कोरोना महामारी समुदायमा फैलिसकेको भन्दै वीरगंजका सम्पूर्ण प्राथमिक तहका विद्यालयहरु भोलिदेखि बन्द गर्ने निर्णय भएको छ। महानगरपालिकाका मेयर विजयकुमार सरावगीको आदेशमा निजी तथा सरकारी विद्यालयका बालविकासदेखि कक्षा ५ सम्मका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय भएको वीरगंज महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरबिन्दलाल कर्णले जानकारी दिए। पर्सामा पछिल्लो समयमा २६२ जना कोरोना संक्रमित देखिएपछि बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै महानगरले…
वीरगंज : वीरगंजमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगंज १० की ५१ वर्षीया महिला रहेकी छन्। उनको उपचारको क्रममा दिउँसो १:४० बजे नारायणी अस्पतालमा मृत्यु भएको थियो। ज्वरो, खोकी र श्वासप्रश्वासको समस्याबाट पीडित ती महिला हिजो राति अस्पताल भर्ना भएर राति नै उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो। नारायणी अस्पतालको आइसीयूमा १६ जना कोरोना संक्रमित…
काठमाडौं : किपालय प्रोडक्सनले प्लान इन्टरनेसनलसँग मिलेर १० जना महिलालाई डकुमेन्ट्री फिल्म मेकिङको प्रशिक्षण दिने भएको छ। प्लानको विश्वव्यापी अभियान ‘गल्स गेट इक्वेल रिप्रेजेन्टेसन’ अन्तर्गत महिलालक्षित डकुमेन्ट्री कार्यशाला हुन लागेको हो। नेपाली फिल्महरूमा महिलाको चरित्र चित्रण अस्वभाविक र यथास्थितिवादी रहेको टिप्पणी हुने गरेको छ। महिला सम्बन्धी थुप्रै ‘स्टेरियोटाइप’ चिर्न र फिल्म निर्माणमा महिलाको संख्या बढाउने उद्देश्यले कार्यशाला गर्न लागेको आयोजकले…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले कोलकता नाइट राइडर्समाथि जित निकालेको छ। चिदम्बरम् स्टेडियममा सम्पन्न खेलमा बेङ्ग्लोरले कोलकतामाथि ३८ रनको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कोलकता ८ विकेट गुमाउँदै १६६ रनमा समेटियो। बेङ्ग्लोरका लागि ग्नेन म्याक्स वेलले सर्वाधिक…
कैलाली : जिल्ला कोभिड संकट व्यवस्थापन समिति कैलालीले कोरोना महामारीको जोखिम बढेको भन्दै जिल्लाभरका विद्यालय १० दिन बन्द गराउन स्थानीय तहलाई आग्रह गरेको छ। स्थानीय तहका जनप्रतिनिधिको सहभागितामा आइतवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकबाट यस्तो निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिएका छन्। स्वास्थ्य मन्त्रालयले समेत कैलालीलाई कोरोना भाइरसको उच्च जोखिममा रहेका जिल्लाहरूको…
काठमाडौंः पछिल्लो २४ घण्टामा थप १ हजार १५ जनामा कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित ब्रिफिङका क्रममा थप भएका संक्रमितको बारेमा जानकारी दिएका हुन्। ५ हजार ८४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १५ जनामा सङ्क्रमण देखिएको हो। सबैभन्दा धेरै काठमाडौंमा संक्रमितको सङ्ख्या थपिएको छ। काठमाडौंमा ३२६ जनामा सङ्क्रमण देखिएको हो। त्यस्तै भक्तपुरमा…
काठमाडौं: नेपाल, मलेसिया र नेदरल्याण्डस् सम्मिलित त्रिदेशीय सिरिजको आज सम्पन्न दोस्रो दिनको खेलमा नेदरल्याण्ड्सले मलेसियामाथि जित निकालेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा नेदरल्याण्ड्सले १५ रनको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १९१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७६ रन बनायो। सुरुवाती ब्याटिङ…