काठमाडौं : नक्कली पीसीआर परीक्षणको रिपोर्ट लिएर बिदेश जान लागेको अवस्थामा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक तसलिम अहमदलाई पक्राउ गरिएको हो। साउदी अरेबिया जान लागेका भारतीय नागरिकको रिपोर्टमा शंका लागेर उनको पुनः पीसीआर परीक्षण गरिएको थियो। परीक्षण गर्दा रिजल्ट पोजेटिभ आएको प्रहरीले जानकारी दिएको छ। 'अहिले उसलाई कीर्तिपुरको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा…
काठमाडौं : कोरोना संकमण बढ्दै गएपछि लुम्बिनी प्रदेशको बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभरी आज राति १२ बजेदेखि लकडाउन हुने भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), बाँकेले एक हप्ता लकडाउन गर्ने निर्णय गरेको थियो। बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक हप्ता लकडाउन गर्नका लागि केन्द्रमा सिफारिस गरेको थियो। केन्द्रले अनुमति दिएपछि आज रातिबाट लकडाउन लागू हुने भएको हो। 'जिल्लाभरि नै गर्ने…
काठमाडौंः कोभिड १९ को दोस्रो लहर नियन्त्रणका लागि सरकारले विभिन्न क्षेत्रमा निषेध गर्न थालिसकेको छ। सङ्क्रमण दर बढ्दै गए लकडाउन हुन सक्ने चेतावनी पनि सरकारले दिइरहेको छ। त्यस्तै सार्वजनिक सवारी सिटभन्दा बढी यात्रु नराख्न निर्देशन समेत दिइसकेको छ। करिब एक वर्षसम्म सार्वजनिक सवारी साधन नचल्दा समस्या भोगेका व्यवसायीहरू फेरी पनि लकडाउन भए यातायात व्यवसायीले भने थेग्न नसक्ने बताउँछन्। जिल्ला प्रशासन कार्यालय…
काठमाडौंः भक्तपुरमा करेन्ट लागि घर माथिबाट खस्दा एक युवकको मृत्यु भएको छ। सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा नम्बर २ का २० वर्षीय सञ्जीव भारतीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मङ्गलवार दिउँसो भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारी आकाशे पुल नजिक ६ तले पक्की घरमा इन्टरनेट केवलको काम गर्न पुगेका भारती करेन्ट लागेको थियो। करेन्ट लागेर घरबाट खसेका उनको उपचारको क्रममा मृत्यु…
इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत मंगलवार भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्समाथि जित निकालेको छ। चेन्नईको चिदमबरम स्टेडियममा सम्पन्न खेलमा दिल्लीले मुम्बईमाथि ६ विकेटको जित निकालेको हो। टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्ली ५ बल बाँकी छँदा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। मुम्बईका लागि कप्तान रोहित शर्माले…
वीरगंज : फिनिसिङ लाइनअप नचल्दा एफसी विजय युथ हेटौँडा जीतपुरसिमरा गोल्डकपको क्वाटरफाइनलबाट बाहिरिएको छ। प्रतियोगिताको सातौँ संस्करणको विजेता समेत रहेको हेटौँडा संकटा क्लबसँग पराजित हुँदै एफसी विजय युथ उपाधि होडबाट बाहिरिएको हो। हेटौँडाको फितलो फिनिसिङको फाइदा उठाउँदै संकटाले खेलमा २-१ को जित निकाल्यो। संकटाको जितका लागि ओडे ग्लोरी र गणेश हमालले १/१ गोल गरे। खेलको नवौँ मिनेटमा ग्लोरीले पहिलो गोल…
वीरगंज : वीरगंजको नारायणी अस्पतालमा मंगलवार गरिएको १४० जनाको स्वाब परीक्षणमा ९१ जनामा कोरोना पुष्टि भएको छ। जसमा ५५ जना पुरुष र ३६ जना महिला रहेका छन्। संक्रमण पुष्टि भएकामध्ये पर्साका ७६, बाराका ९, सर्लाहीका ३, रौतहट, सप्तरी र मकवानपुरका १/१ जना रहेका छन्। पर्सामा संक्रमित भएकामध्ये सबैभन्दा धेरै सदरमुकाम वीरगंज महानगरको विभिन्न वडाका बासिन्दा रहेका छन्। वीरगंजका कुल ६८…
हेटौँडा : वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक अन्त्य गरिएको छ। वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइले एक सूचना जारी गर्दै मंगलवार रातको १२ बजे देखि प्रदेशसभाको चालु सातौँ अधिवेशन बैठक अन्त्य गरेका हुन्। उनले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको चालु सातौँ अधिवेशन बैठक अन्त्य गरेका हुन्। प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री डोरमणि पौडेको…
हेटौँडा : हेटौँडामा आज गरिएको २४ जनाको स्वाब परीक्षणमा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जसमा ५ जना पुरुष र ३ जना महिलामा कोरोना पुष्टि भएको हो। संक्रमण पुष्टि हुनेमा ७ जना हेटौँडा उपमहानगरपालिकाका र १ जना वाग्मती गाउँपालिकाका रहेका छन्। संक्रमण पुष्टि हुनेहरुमा हेटौँडा ४ की ३५ वर्षीया महिला तथा ४० र ४२ वर्षीय पुरुष रहेका…
काठमाडौंः देशभित्र कोरोना संक्रमण बढेसँगै यसले विभिन्न कालाबजारीदेखि ठगीका घटना समेत निम्त्याएको देखिएको छ। कोभिड परीक्षण र रिपोर्टमा समेत यस्ता घटना देखिएका छन्। कोभिड परीक्षण गर्ने ल्याबले नै नक्कली रिपोर्ट बनाउने गरेको समेत खुलेको छ। जसको पछिल्लो उदाहरण सिनामंगलमा रहेको सुरिया हेल्थ केयर प्रालि। महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार ल्याबमा छापा मारेको थियो। छापा मार्नुको कारण एउटै थियो -ल्याबले नक्कली…
काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाहलाई कोभिड-१९ संक्रमण देखिएको छ। भारतको उत्तराखण्डमा भएको कुम्भ मेलामा सहभागी भएर पूर्व राजारानी केही दिन अघि मात्रै काठमाडौं फर्किएका थिए। कोभिड-१९ संक्रमण देखिएपछि पूर्व राजारानी निर्मल निवासमै सेल्फ आइसोलेसनमा बसेका छन्। भारतमा भएको कुम्भ मेला अहिले कोरोना भाइरसको हटस्पट भएको छ। त्यहाँबाट फर्किएका धेरैमा कोरोना भाइरसको संक्रमण देखिएको छ। भारतमा…
विराटनगर : प्रदेश नम्बर १ मा मंगलवार ९७ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये मोरङमा ५५, सुनसरीमा २४, झापामा १२, खोटाङमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मोरङको विराटनगरमा १६ महिला र ३१ पुरुष सहित ४७, बुढीगंगामा ३, रंगेली र सुन्दरहरैचामा २/२, कानेपोखरीमा १, सुनसरीको इटहरीमा ११, धरानमा ७, इनरुवा र बर्जुमा…
काठमाडौं : राम नवमीको अवसरमा बुधवार प्रदेश नम्बर २ सरकारले सार्वजनिक बिदा दिएको छ। प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बुधवार प्रदेश भरी सार्वजनिक बिदा दिने जनाएको छ।
ओटीटी प्लेटफर्म ‘एमएक्स प्लेयर’मा आध्यात्मिक वेबसिरिज ‘रामयुग’ प्रसारण हुने भएको छ। सामाजिक सञ्जालमा शोको फस्ट लुक सार्वजनिक गर्दै शो आउने घोषणा गरिएको हो। सिरिजको फस्ट लुकको दृश्यमा अमिताभ बच्चनले हनुमान चालीसा पढेको सुन्न सकिन्छ। जुन सिरिजमा कुणाल कोहलीको निर्देशन रहेको छ। निर्देशक कुणालले २०१८ मा ‘रामयुग’लाई फिल्मको रुपमा घोषणा गरेका थिए। तर, अब भने वेबसिरिजमार्फत दर्शक सामु पुग्ने भएको छ।…
काठमाडौं : पछिल्लो २४ घण्टामा थप एक हजार ६६७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालाबाट भएको ८ हजार ५५ नमुनाको आरटी-पीसीआर परीक्षणका क्रममा ६२६ महिला र एक हजार ४१ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै, नेपाल प्रवेश गर्ने सीमा नाकामा स्थापित हेल्थ डेस्कमा गरिएको ६८३ एन्टिजिन परीक्षणका क्रममा ६९ जनामा संक्रमण…
जनकपुरधाम : कोरोना संक्रमणको दोस्रो लहर शुरु भएसँगै जिल्ला प्रशासन कार्यालय धनुषाले कडाइ गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय धनुषामा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले अत्यधिक भिड हुने स्थान हाट बजारमा कडाइ गर्ने निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए। बैठकमा जिल्लाका विभिन्न स्थानमा रहेका हाट बजारलाई बिहान ७ बजेदेखि १० बजेसम्म र दिउँसो ४…
फिल्म ‘बाबरी’को छायांकन शुरु भएको छ। जसमार्फत अभिनेत्री अदिती बुढाथोकीले फिल्म क्षेत्रमा कमब्याक गरेकी छिन्। यसअघि उनले ‘कृ’ फिल्ममा अनमोल केसीसँग काम गरेकी थिइन्। जसबाट उनले चर्चा पाएकी थिइन्। फेरि ३ वर्षपछि अदितीले फिल्म ‘बाबरी’मार्फत नेपाली फिल्म क्षेत्रमा कमब्याक गर्न लागेकी हुन्। उनले फेसबुकमा फिल्मको शुभमुहुर्त गरेको भिडियो हाल्दै शुरुवात भनेकी छिन्। बाबरी फिल्मको ब्यानरमा निर्माण हुने फिल्ममा पुष्पालता अधिकारी…
काठमाडौं: नेदरल्याण्डस्, नेपाल र मलेसिया सम्मिलित त्रिदेशीय सिरिज अन्तर्गतको आज सम्पन्न खेलमा नेपाल पराजित भएको छ। कीर्तपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल नेदरल्याण्ड्ससँग ३ विकेटले पराजित भएको हो। टस जितेर ब्याटिङमा उत्रिएको नेपालले कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकको सहायतामा २०६ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले १९.३ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो। सुरुवाती ब्याटिङ गरेको…
काठमाडौंः प्रहरीले काठमाडौंको सिनामंगलमा रहेको सूर्या ल्याबमा छापा मारेको छ। कोभिड १९ सङ्क्रमणको परीक्षण गर्ने ल्याबले स्वाब नै नलिई रिपोर्ट बनाएको उजुरी परेपछि प्रहरीले छापा मारेको हो। तर नक्कली बनाउने गरेको वा नगरेको भन्ने पुष्टी भइसकेको छैन। 'उजुरी परेपछि छापा मारेको हो। अहिले काम भइरहेको छ। कतिको नक्कली बनाएको हो वा होइन पुष्टी भइसकेको छैन,' महाशाखाका प्रमुख एसएसपी चन्द्रबहादुर खापुङले भने।…
काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेको संसदीय दलका नेता केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल सहित ३२ जना सांसदलाई अलग पार्टी गठन गरेको भन्दै स्पष्टीकरण सोधेका छन्। ओलीले 'सांसद पदबाट तपाईंलाई किन नहटाउने? ' भन्दै २७ जना संघीय संसका र ५ जना कर्णाली प्रदेशका सांसदाई स्पष्टिरकण सोधेका हुन्। 'राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १ (ग) बमोजिम तपाईँले छुट्टै राजनीतिक…