PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

  • ऐरी र भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सलाई नेपालको २ सय ७ रनको लक्ष्य

    ऐरी र भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सलाई नेपालको २ सय ७ रनको लक्ष्य

    काठमाडौं: त्रिदेशीय टी २० सिरिज अन्तर्गत आज जारी खेलमा नेपालले नेदरल्याण्ड्सलाई २०७ रनको लक्ष्य दिएको छ। कीर्तपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा नेपालले कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीको अर्धशतकको सहायतामा  निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन जोडेको हो। टस जितेर ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६२ रन बनाउँदा अर्का ओपनर आशिफ शेख भने शुन्य रनमै…

    विस्तृतमा पढ्नुस्

  • कीर्तिपुरमा चम्किँदै कुशल भुर्तेल : सिरिजमा बनाए लगातार तेस्रो अर्धशतक

    कीर्तिपुरमा चम्किँदै कुशल भुर्तेल : सिरिजमा बनाए लगातार तेस्रो अर्धशतक

    काठमाडौं: त्रिदेशीय सिरिज अन्तर्गत आज जारी खेलमा कुशल भुर्तेलले नेदरल्याण्ड्स विरुद्ध अर्धशतक प्रहार गरेका छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा भुर्तेलले ४१ बलमा अर्धशतक पुरा गरेका हुन्। ६२ रन बनाएर कुशल आउट भए।  यही सिरिजमा डेब्यु गरेका कुशलको यो तेस्रो खेल हो। कुशलले आफ्नो तीनवटै खेलमा अर्शशतक बनाएका हुन्। टस जितेर ब्याटिङमा उत्रिएको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले २० रन बनाए भने आशिफ…

    विस्तृतमा पढ्नुस्

  • स्पष्टिकरणमा ओलीले नेपाल समूहका सांसदलाई सोधे प्रश्न : छुट्टै राजनीतिक दल किन गठन गरेको?

    स्पष्टिकरणमा ओलीले नेपाल समूहका सांसदलाई सोधे प्रश्न : छुट्टै राजनीतिक दल किन गठन गरेको?

    काठमाडौं : नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका ३२ सांसदलाई स्पष्टिकरण सोधेको छ। संघीय संसदका २७ र कर्णाली प्रदेशका ५ जना सांसदहरुलाई नेकपा एमालेको संसदीय दलले स्पष्टिकरण सोधेको हो। पार्टीको चिन्हको दुरुपयोग गर्दै फरक पार्टी गठन गरेको आरोप पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लगाएका छन्। राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार दल त्याग गरेकोमा कारवाही गरिने ओलीले चेतावनी…

    विस्तृतमा पढ्नुस्

  • कोभिशिल्डको दोस्रो डोज लगाउन सुरु, अस्पतालमा लाग्यो घुइँचो

    कोभिशिल्डको दोस्रो डोज लगाउन सुरु, अस्पतालमा लाग्यो घुइँचो

    काठमाडौं : कोरोना भाइरस संक्रमणविरुद्धको कोभिशिल्ड खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ। आजदेखि सुरु भएर वैशाख ११ गतेसम्म चल्ने खोप अभियानमा यसअघि फागुन अन्तिम सातासम्म पहिलो डोज लगाइसकेका सञ्चारकर्मी, राष्ट्रसेवक कर्मचारी र सबै कर्मचारीले दोस्रो डोज लगाउनेछन्। नयाँ बानेश्वरस्थित सिभिल अस्पताल, वीर अस्पताल, कीर्तिपुरको राष्ट्रिय आर्युवेद अनुसन्धान तथा तालिम केन्द्रलगायत उपत्यकाका विभिन्न अस्पतालमा दोस्रो डोज लगाउन सकिने छ। खोप…

    विस्तृतमा पढ्नुस्

  • कुशलको कौशल ‘ब्याक टू ब्याक अर्धशतक’, भन्छन् : हार्डवर्क गरेको थिएँ

    कुशलको कौशल ‘ब्याक टू ब्याक अर्धशतक’, भन्छन् : हार्डवर्क गरेको थिएँ

    काठमाडौं: नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीचको त्रिदेशीय सिरिज पछिल्लो शनिवारबाट कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी छ। सिरिजमा नेपाली टोलीले नेदरल्याण्ड्स र मलेसिया दुबैलाई हराउँदै सानदार जित निकाल्यो। नेपाली टोलीले लगातार जित निकालिरहँदा सबैको ध्यान तान्न सफल भए ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेख। कुशलले त दुबै खेलमा अर्धशतक प्रहार गरे। हुन पनि नेपाली राष्ट्रिय टोलीको कमजोर पक्षको चर्चा हुँदा सुरुमै ब्याटिङ…

    विस्तृतमा पढ्नुस्

  • दर्शकविहीन मैदानमा भिड्दै नेदरल्याण्डस् र नेपाल

    दर्शकविहीन मैदानमा भिड्दै नेदरल्याण्डस् र नेपाल

    काठमाडौं: नेपाली राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले मलेसियासँगको खेल सकिएपछि दर्शकलाई साथ र समर्थनको लागि धन्यवाद दिँदै भने: भोलिको खेलबाट तपाइँहरुलाई यहाँ देख्न पाइने छ छैन थाहा छैन। उनको तात्पर्य कोरोना र सरकारी निर्णयलाई लिएर थियो। सोमवारै सीसीएमसीको सिफारिसमा मन्त्रिपरिषदले स्वास्थ्य मापदण्डहरुलाई कडाइ गर्ने निर्णय गरेको थियो। जसमा विद्यालयदेखि रंगशालासम्म भिडभाड हुने क्षेत्रमा कडाइ हुने भएको छ। लगत्तै नेपाल क्रिकेट…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : चेन्नईसँग राजस्थान ४५ रनले पराजित

    आइपीएल : चेन्नईसँग राजस्थान ४५ रनले पराजित

    इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत सोमवार भएको खेलमा चेन्नई सुपर किङ्सले राजस्थान रोयल्समाथि जित निकालेको छ। मुम्बईको वाङ्खडे स्टेडियममा सम्पन्न खेलमा चेन्नईले राजस्थानमाथि ४५ रनको जित निकालेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८८ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको राजस्थान निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रनमा समेटियो। चेन्नईका लागि फाफ…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थापना गर्न सम्पूर्ण तयारी पूरा : मुख्यमन्त्री राउत

    वीरगंजमा विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थापना गर्न सम्पूर्ण तयारी पूरा : मुख्यमन्त्री राउत

    वीरगंज : मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकारले वीरगंजमा विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थापना गर्न सम्पूर्ण तयारी पूरा गरेको बताएका छन्। वीरगंजमा स्थापना हुने विश्वविद्यालयसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले उच्चस्तरीय जनशक्ति तयार गर्न प्रविधि एवं नवप्रवर्तनको अध्ययन तथा अनुसन्धानलाई समयसापेक्ष व्यापक तथा व्यवहारिक बनाउन विश्वविद्यालयको स्थापना हुन लागेको बताए। प्रदेश सरकारले यसअघि जनकपुरमा स्वास्थ्य प्रतिष्ठान, राजविराजमा कृषि विश्वविद्यालय तथा…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभाको अधिवेशन अप्रत्यासित अन्त्य गरिएको भन्दै कांग्रेसको आपत्ति

    प्रतिनिधिसभाको अधिवेशन अप्रत्यासित अन्त्य गरिएको भन्दै कांग्रेसको आपत्ति

    काठमाडौंः प्रतिनिधिसभाको अधिवेशन अन्त्य अप्रत्यासित र हठात् गरिएको भन्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ। सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले अधिवेशन अन्त्य गरेर सरकारले स्वेच्छाचारी प्रवृत्ति देखाएको पनि टिप्पणी गरेको छ।  केन्द्रीय कार्यसमितिको निर्णयमा भनिएको छ, ‘सरकारले प्रतिनिधिसभाको अधिवेशन अप्रत्याशित र हठात् अन्त्य गरेको विषयलाई बैठकले गम्भीरतापूर्वक लिएको छ। वैशाख ७ गते बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा १४१ जनाको स्वाब परीक्षण गर्दा ७८ जनामा कोरोना पुष्टि

    वीरगंजमा १४१ जनाको स्वाब परीक्षण गर्दा ७८ जनामा कोरोना पुष्टि

    वीरगंज : वीरगंजमा १४१ जनाको स्वाब परीक्षण गर्दा ७८ जनामा कोरोना पुष्टि भएको छ। नारायणी अस्पतालमा संकलित स्वाबलाई पीसीआर प्रयोगशालामा परीक्षण गर्दा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ। संक्रमण पुष्टि भएकामध्ये ५५ जना पुरुष र २३ जना महिला रहेका छन्। ४ देखि ७५ वर्ष उमेर समूहका ७८ जनामध्ये ७० जना पर्साका, ४ जना बारा, ३ जना…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरिवाना तिराउन शुरु

    वीरगंजमा मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरिवाना तिराउन शुरु

    वीरगंज : जिल्ला प्रशासन कार्यालय पर्साले सोमवारदेखि मास्क नलगाई हिँड्नेहरूलाई १ सय रुपैयाँ जरिवाना तिराउन शुरू गरेको छ। प्रशासनको आदेशमा पर्सा प्रहरीले मास्क नलगाई हिँड्नेहरूलाई जरिवाना तिराउन शुरु गरेको हो। कोभिड संकट व्यवस्थापन समितिले बारम्बार मास्क अनिवार्य लगाएर घरबाहिर हिँड्न अनुरोध गर्दै आएपनि मानिसहरुले अटेर गर्दै आएका छन्। उच्च अदालत वीरगंज इजलासले आइतवार मास्क अनिवार्य गर्न जिल्ला प्रशासन कार्यालयसमेतको नाममा…

    विस्तृतमा पढ्नुस्

  • त्रिदेशीय क्रिकेट सिरिजका बाँकी खेलहरूमा दर्शकलाई प्रवेश निषेध : क्यान

    त्रिदेशीय क्रिकेट सिरिजका बाँकी खेलहरूमा दर्शकलाई प्रवेश निषेध : क्यान

    काठमाडौं : नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय सिरिज अन्तर्गतका बाँकी खेलहरुमा दर्शक उपस्थित हुन नपाउने भएका छन्। सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक कार्यक्रममा २५ जना भन्दा बढी व्यक्तिहरू उपस्थित नहुन तथा दर्शक सहितको खेलकुद प्रतियोगिता सञ्चालन गर्न नपाइने आदेश जारी गरेसँगै नेपाल क्रिकेट संघ (क्यान)ले दर्शनबिना नै खेल खेलाउने भएको हो। क्यानद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल क्रिकेट संघले…

    विस्तृतमा पढ्नुस्

  • सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाइने, लामो दूरीका गाडीले बीचमा यात्रु चढाउन नपाउने

    सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाइने, लामो दूरीका गाडीले बीचमा यात्रु चढाउन नपाउने

    काठमाडौं: सरकारले कोभिड-१९ को संक्रमण बढ्दै गएसँगै स्वास्थ्य सुरक्षाका नयाँ मापदण्ड जारी गरेको छ। अब स्वास्थ्य मापदण्ड पालना नगरी सार्वजनिक यातायात सञ्चालन गर्न पाइने छैन।  मन्त्रिपरिषद्को सोमबारको बैठकले सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु चढाउन नपाउने गरी नयाँ स्वास्थ्य मापदण्ड जारी गरेको हो। सार्वजनिक यातायात चढ्ने सबैले अनिवार्य मास्क लगाउनु पर्नेछ। त्यस्तै सवारी साधनको ढोकामा र भित्र सेनिटाइजरको व्यवस्था पनि…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा शंकर पोखरेलमाथि अर्को झड्काः जसपाबाट नियुक्त मन्त्रीलाई पार्टीले बोलायो फिर्ता, नमाने कारबाहीको चेतावनी

    लुम्बिनीमा शंकर पोखरेलमाथि अर्को झड्काः जसपाबाट नियुक्त मन्त्रीलाई पार्टीले बोलायो फिर्ता, नमाने कारबाहीको चेतावनी

    काठमाडौंः अविश्वासको प्रस्ताव दर्ता गरेसँगै मन्त्रिपरिषद् पुनर्गठन गरेर संकट टार्ने प्रयत्न गरेका लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेललाई जनता समाजवादी पार्टी (जसपा) ले झड्का दिएको छ। पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका तीनसहित चार सांसदलाई उनले मन्त्रीको जिम्मेवारी दिएका थिए। तर, शपथको केही घण्टामै पार्टीले नवनियुक्त मन्त्रीलाई फिर्ता बोलाएको हो। पार्टी निर्णय विपरीत मन्त्रीको शपथ लिएको भन्दै फिर्ता बोलाइएको हो। शपथग्रहण गरेकोमा पार्टीले…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ नियन्त्रणका लागि सरकारको आदेशसँगै यी स्थानीय तहका विद्यालय हुनेछन् बन्द

    कोभिड-१९ नियन्त्रणका लागि सरकारको आदेशसँगै यी स्थानीय तहका विद्यालय हुनेछन् बन्द

    काठमाडौं: कोभिड-१९ को संक्रमण बढेसँगै सरकारले  संक्रमण नियन्त्रणका लागि कडा मापदण्ड जारी गरेको छ। सरकारले जारी गरेको मापदण्ड अनुसार  अब  काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका महानगरपालिका, नगरपालिकासहितका जोखिमपूर्ण जिल्लामा शैक्षिक संस्था वैशाख मसान्तसम्म बन्द हुने छन्।  सरकारले उपत्यकाका तीन जिल्लाका स्थानीय तहसहित विराटनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिका, इटहरी, धरान, जनकपुर, हटौँडा, बुटवल, घोराही, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिका, तथा मेची…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ का प्रत्येक स्थानीय तहमा १/१ वटा आइसोलेसन सेन्टर बनाइने

    प्रदेश २ का प्रत्येक स्थानीय तहमा १/१ वटा आइसोलेसन सेन्टर बनाइने

    जनकपुरधाम : प्रदेशस्तरीय कोरोना भाइरस संकट व्यवस्थापन समन्वय समितिको बैठकबाट हरेक स्थानीय तहमा कम्तिमा १/१ वटा आइसोलेसन सेन्टर बनाउनका लागि स्थानीय तहहरुलाई आग्रह गर्ने निर्णय गरिएको छ। जनकपुरधाम-१४ मुजेलियामा रहेको मणिपाल कलेजको भौतिक संरचनालाई कोरोना अस्पतालको रुपमा विकास गर्नका लागि प्रक्रिया शुरु गर्ने र यसका लागि आवश्यक बजेट आर्थिक मामिला तथा योजना मन्त्रालयले मागका आधारमा निकासा दिने निर्णय समेत बैठकले…

    विस्तृतमा पढ्नुस्

  • यसरी जोगियो लुम्बिनी प्रदेशमा शंकर पोखरेलको सरकार, अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीन सांसदले लिए मन्त्रीको सपथ

    यसरी जोगियो लुम्बिनी प्रदेशमा शंकर पोखरेलको सरकार, अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीन सांसदले लिए मन्त्रीको सपथ

    काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद् पुन: गठन गरेका छन्।  माओवादी केन्द्रसहित कांग्रेस र जसपाले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएसँगै उनले मन्त्रिपरिषद् पुन:गठन गरेका हुन्। अविश्वासको प्रस्ताव दर्ता गराएसँगै माओवादी केन्द्रबाट मन्त्री रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकास मन्त्री सुदर्शन बरालले राजीनामा दिएका थिए।  रिक्त रहेको पदमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने जसपा सांसदलाई…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपाल समूहका २० नेतालाई कारवाहीको तयारी, स्पष्टिकरण सोध्ने बालुवाटार बैठकको निर्णय

    माधव नेपाल समूहका २० नेतालाई कारवाहीको तयारी, स्पष्टिकरण सोध्ने बालुवाटार बैठकको निर्णय

    काठमाडौं : नेकपा एमालेले माधव नेपाल समूहका २० नेतालाई कारवाही गर्ने तयारी गरेको छ। बालुवाटारमा बसेको एमालेको महाधिवेशन आयोजक समितिको बैठकले यस्तो तयारी गरेको हो।  कर्णाली प्रदेशमा मुख्यमन्त्रीले लिएको विश्वासको मतमा 'फ्लोर क्रस' गरेका ४ जना नेतालाई कारवाही स्वरुप दुई दिन भित्र स्पष्टिकरण बुझाउन निर्देशन दिने बैठकले निर्णय गरेको छ। नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विशाल…

    विस्तृतमा पढ्नुस्

  • ओलीले बनाएका नेकपाका ११ सय बढी केन्द्रीय सदस्य नै एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य

    ओलीले बनाएका नेकपाका ११ सय बढी केन्द्रीय सदस्य नै एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटिको बैठक १० गते सम्मका लागि स्थगित भएको छ। बालुवाटारमा बसेको बैठक १० गते सम्मका लागि स्थगित गरिएको बैठकमा सहभागि एक केन्द्रीय कमिटी सदस्यले जानकारी दिए। बैठकमा ओलीले एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले कर्णाली प्रदेशमा मुख्यमन्त्रीको विश्वासको मतमा फ्लोर क्रस गरेर अक्षम्य अपराध गरेको बताएका थिए। नेपाल…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेशमा शंकर पोखरेललाई जसपाको साथ, अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकालाई मन्त्री पद उपहार

    लुम्बिनी प्रदेशमा शंकर पोखरेललाई जसपाको साथ, अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकालाई मन्त्री पद उपहार

    बुटवल : लुम्बिनी प्रदेशमा आफ्नो सरकार जोगाउन मूख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टी (जसपा)ले साथ दिने भएको छ। सरकार विरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी र जनता समाजवादी पार्टीले सोमवार दिउसो १:१५ बजे प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। अविस्वासको प्रस्ताव दर्ता भएसँगै मुख्यमन्त्री पोखरेलले नयाँ समिकरणको तयारी गरेका थिए। अब उनले जसपाका सांसदलाई आफ्नो पक्षमा ल्याएर मन्त्री पदको अफर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell