काठमाडौं : नेपाल नेदरल्याण्डस र मलेसिया सम्मिलित त्रिदेशीय सिरिज आजबाट सुरु भएको छ। आज जारी पहिलो खेलमा नेदरल्याण्डसले नेपाललाई १३७ रनको लक्ष्य प्रस्तुत गरेको छ। जवाफी ब्याटिङमा उत्रिएको नेपालको लागि कुशल भुर्तेल र आशिफ शेखले राम्रो सुरुवात दिएका छन्। भुर्तेलले आठौं ओभरको समाप्तिमा ३० बलमा ५ चौका र ४ छक्काको सहायतामा अर्धशतक बनाएका हुन्। उनले डेब्यु खेलमै अर्धशतक बनाएका हुन्। आजको…
काठमाडौं : उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुलुकको राजनीति गलत दिशामा गइरहेको भन्दै त्यसको प्रतिवादमा उत्रन आव्हान गरेका छन्। शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा पोखरेलले सरकार ढाल्ने खेल भइरहेको भन्दै त्यसविरुद्ध सबै जनता प्रतिकारमा उत्रनुपर्ने बताए। सही र गलत क्रियाकलाप छुट्याएर हर क्षेत्रमा देखिएका गलत कदम विरद्ध जनताले प्रतिवाद गर्नुपर्ने उनको भनाइ थियो। निर्वाचित सरकारले निश्चित समयावधि लिएर आएको भन्दै त्यसअघि नै…
काठमाडौं : आजबाट सुरु भएको त्रिदेशीय टी २० सिरिजको पहिलो खेलमा नेदरल्याण्डसले नेपाललाई १ सय ३७ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेदरल्याण्डसले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३६ रन बनाएको हो। सुरुवाती ब्याटिङमा उत्रिएका नेदरल्याण्डसका म्याक्स वो’डोउडलाई १.६ ओभरमा सन्दीप लामिछानेले आउट गराए भने २.४ ओभरमा सोमपाल कामीले बेन कुपरलाई एलबीडब्लु आउट गराउँदा नेदरल्याण्डस् सुरुमा…
कोभिड १९ को दोस्रो लहरले भारतमा कति असर पार्छ अन्दाज गर्न सकिने स्थिति छैन। यो पेन्डेमिकका कारण दई उद्योग सबैभन्दा बढी प्रभावित भएका छन् - भारतीय फिल्म र प्रदर्शन हल। खराबै खराबबिच फेरि अर्को खराब खबरले संकेत गरिरहेको छ यही क्षेत्रमा। केजीएफ च्याप्टर टू तोकिएको मितिमा रिलिज नहुने खबर सिनेमा उद्योगका लागि अर्को धक्का बन्दैछ। अक्षयकुमारको सूर्यवंशी त्यस्तै अवस्थाबाट गुज्रिसकेको…
वीरगंज: सुदुरपश्चिम ११ धनगढीलाई पराजित गर्दै विजय युथ क्लब हेटौंडा विश्वकर्मा सिमेन्ट ११औं जीतपुरसिमरा गोल्डकपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा शुक्रबार साँझ भएको खेलमा २-०को जित निकाल्दै सातौं संस्करणको विजेता समेत रहेको विजय युथ हेटौंडाले क्वाटरफाइनलमा प्रवेश गरेको हो। हेटौंडाको जितमा नवराज गुरुङ र विकास लामाले समान एक-एक गोल गरे। खेलको १६ औं मिनटमा नवराजको गोलबाट अग्रता लिएको हेटौंडा…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्र सहभागी नभएको भन्दै नेकपा एमालेका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आक्रोश ब्यक्त गरेका छन्। बैठकमा भएको छलफलबारे जानकारी गराउँदै उनले प्रधानमन्त्रीले माओवादीलाई बैठकमा सहभागी हुन निम्ता दिएको दाबी गरे। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रवार ओलीले आफूलाई फोन गरेको बताएको भए पनि उनको सचिवालयले शनिवार बिहान आफूलाई सर्वदलीय…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बालुवाटारको सर्वदलीय बैठकमा नेपाली कांग्रेसले निकास दिन ओलीसँग आग्रह गरेको छ। नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले ब्यवस्था बचाउन ओलीसँग आग्रह गरेका बताए। उनले उप निर्वाचन र उपसभामुखबारे पनि चर्चा गरेको जानकारी दिए। 'रिक्त पदहरुको निर्वाचनका बारेमा छलफल भयो। एमसीसीको बारेमा कसरी पास गर्ने भन्नेबारेमा छलफल भयो,' बैठकपछि उनले भने। कोभिड-१९ महामारी नियन्त्रणका लागि…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बसेको सर्वदलीय बैठकमा सभामुख अग्निप्रसाद सापकोटाप्रति कडा शब्दमा आक्रोश ब्यक्त गरेका छन्। सभामुखले संसदमा अवरोध गरेको आरोपसहित ओलीलै बैठकमा धारणा राखेका थिए। बैठकबाट बाहिरिने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ओलीले सभामुखप्रति ओलीले आक्रोश ब्यक्त गरेको जानकारी दिए। 'प्रधानमन्त्रीज्यूले सभामुखले असहयोग गरे भन्नुभयो। सभामुख अराजक र अनैतिक बन्नुभयो भन्नुभएको छ,'…
काठमाडौंः पछिल्लो समय काठमाडौं उपत्यकाभित्र रहेका गेस्ट हाउसमा बढेको यौनको धन्दा नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको छ। बालिकादेखि महिलासम्मलाई विभिन्न प्रलोभनमा पारेर यौन क्रियाकलापमा संलग्न गराउने गरेको पाइएपछि प्रहरीले सक्रियता बढाएको हो। मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले केही दिन अघि मात्र यस्तैखाले कारोबार गराउको अभिगोमा एक गेस्ट हाउसका ७२ वर्षीय सञ्चालकलाई नियन्त्रणमा लिएको छ। ब्युरोको टोलीले ललितपुर गोदावरी नगरपालिका घर भएका ७२ वर्षीय…
काठमाडौं: नेपाल, नेदरल्याण्डस् र मलेसिया सम्मिलित त्रिदेशीय सिरिज आजबाट सुरु हुँदैछ। आज हुने पहिलो दिनको खेलमा नेपालले नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा दिउँसो साढे १ बजे खेल सुरु हुनेछ। टिकट शुल्क १५० रुपैयाँ तोकिएको छ। क्यानले सिरिजको तयारी गरिरहँदा देशभर कोभिड संक्रमितको संख्या भने थपिँदो छ। स्वास्थ्य मन्त्रालयले बिहीवारमात्र विज्ञप्ति जारी गर्दै काठमाडौंलगायतका १४ जिल्लालाई अति प्रभावित क्षेत्र…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा चेन्नइ सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित निकालेको छ। वानखेडे स्टेडियम मुम्बईमा सम्पन्न खेलमा पञ्जाबमाथि ६ विकेटको सानदार जित निकाल्दै चेन्नइले प्रतियोगितामा पहिलो जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०६ रन बनाएको थियो। १०७ रनको सामान्य लक्ष्य चेन्नइले १५.४ ओभरमा ४ विकेट गुमाउँदै भेट्टाएको…
वीरगंज : नारायणी अस्पतालमा शुक्रवार ९४ जनाको स्वाब परीक्षण गर्दा २३ महिला र ३४ पुरुष गरी ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १२ देखि ७२ वर्षसम्मका व्यक्तिमा कोरोना पुष्टि भएको हो। जसमध्ये ८ जना १८ वर्ष मुनिका बालबालिका रहेका छन्। संक्रमण पुष्टि भएका ५७ जनामध्ये ५० जना पर्साका, ४ जना बाराका र ३ जना रौतहटका बासिन्दा रहेको नारायणी अस्पताल…
काठमाडौं : नेकपा एमालेका चार प्रदेश सभा सदस्यले फ्लोर क्रस गर्दा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ। प्रदेशसभामा एमाले एक्लैका २० सदस्य रहे पनि एमालेका माधव नेपाल समूहका चार सदस्यले पार्टीको ह्विप उल्लंघन गर्दै मुख्यमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गरेका हुन्। मुख्यमन्त्री शाहीको पक्षमा एमालेका वरिष्ठ नेता माधव नेपाल खेमाका ४ जनाले मतदान गरेका हुन्। यसरी मतदान गर्नेमा…
जनकपुरधाम : प्रदेश २ सरकार गठन भएको ३ वर्षभन्दा बढी समय भएपनि नाम र राजधानीको विषयमा निर्क्यौल लगाउन नसकेको भन्दै कडा आलोचना हुँदै आएको छ। प्रदेश सरकारको यो विषयलाई लिएर आलोचना भइरहेको समयमा प्रदेश २ को प्रदेशसभाले प्रदेशको नाम र राजधानीका लागि प्रस्ताव दर्ता गराउन आह्वान गरेको छ। प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै प्रदेशको नाम र स्थायी राजधानी तोक्ने…
काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले शुक्रवार प्रदेशसभामा विश्वासको मत लिँदै छन्। प्रदेशसभाको शुक्रवारको बैठकमा प्रस्ताव प्रस्तुत गर्दै मुख्यमन्त्री शाहीले आफ्नो पक्षमा विश्वासको मत आउने दावी समेत गरे। नेपाली कांग्रेसले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्ने भएको छ। नेपाली कांग्रेसका संसदीय दलका नेता जीवन बहादुर शाहीले प्रदेश सरकारको पक्षमा मतदान गर्ने घोषणा गरेका हुन्। कांग्रेससँग ६ मत रहेको छ।…
काठमाडौं: शनिवारबाट सुरु हुने नेपाल, नेदरल्याण्डस् र मलेसियाबीचको त्रिदेशीय टी २० सिरिजको ट्रफी सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले आज त्रिदेशीय सिरिजको ट्रफी सार्वजनिक गरेको हो। तीनै देशका टीमका कप्तानहरुले ट्रफी सार्वजनिक गरेका हुन्। भोलिबाट सुरु हुने सिरिजको पहिलो खेलमा नेपाल र नेदरल्याण्डस् दिउँसो साढे १ बजेबाट प्रतिस्पर्धामा उत्रनेछन्। चुनौती कोभिडको क्यानले सिरिजको तयारी गरिरहँदा देशभर कोभिड संक्रमितको संख्या…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। भोलि बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा उनले बैठक बोलाएका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल गर्नको लागि बैठक बोलाएको जानकारी दिए। त्यसो त आज नै प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका थिए। प्रचण्डले शुक्रवार ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटन कार्यक्रममा ओलीले…
काठमाडौंः भक्तपुरमा सवारी दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ। आज बिहान पौन ११ बजे भक्तपुर नगरपालिका वडा नम्बर १ चुनदेवी स्थित अरनिको राजमार्गमा सल्लाघारीबाट सुर्यविनायक तर्फ जाँदै गरेको प्रदेश नम्बर ३-०२-०११ प ८२५० को मोटरसाइकल दुर्घटना भएको थियो। मृत्यु हुनेहरूमा बाँके घर भएका २० वर्षीय सूर्य ओली र भोजपुरका १८ वर्षीय सुमन गिरी रहेको प्रहरीले जानकारी दिएको छ। उनीहरूको उपचारको…
काठमाडौंः बिहेको सिजन सुरु भएपछि बजारमा सुनको मूल्य क्रमिक उकालो लाग्न थालेको छ। अघिल्लो दिनको भन्दा तोलामा ७ सय रुपैयाँ बढेर शुक्रबारका लागि सुनको बजार मूल्य ९० हजार ५ सय रुपैयाँ भएको छ। गत साताको शुक्रबार सुन प्रतितोला ८९ हजार ९ सय रुपैयाँ थियो। आइतबार ३ सयले घटेर प्रतितोला ८९ हजार ५ सय रुपैयाँ भएको थियो। सोमबार तोलामा १ सय रुपैयाँले…
काठमाडौँः काठमाडौं महानगरपालिकाले कोभिड १९ सङ्क्रमण देखिएका विद्यालयहरू एक सातासम्म बन्द गर्न अनुरोध गरेको छ। कुनै पनि विद्यालयका शिक्षक, विद्यार्थी, कर्मचारीमा कोभिड १९ सङ्क्रमण देखिए अर्को सूचना जारी नभएसम्म एक साताको लागि विद्यालय बन्द गर्न अपिल गरेको हो। काठमाडौं महानगरपालिकाको शिक्षा विभागले महानगर क्षेत्रमा रहेका सबै बिद्यालयहरुलाई यस्तो सर्कुलर जारी गरेको हो। स्वास्थ्य मन्त्रालयले बिहीबार १४ वटा जिल्लालाई अति प्रभावित…