PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

  • यूइएफए युरोपा लिग सेमिफाइनल: म्यान्चेस्टर युनाइटेडलाई रोमा र आर्सनललाई भिल्लारियलको चुनौती

    यूइएफए युरोपा लिग सेमिफाइनल: म्यान्चेस्टर युनाइटेडलाई रोमा र आर्सनललाई भिल्लारियलको चुनौती

    यूइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ। गएराति सम्पन्न क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेडले ग्रानडालाई, रोमाले आयाक्सलाई, आर्सनलले स्लाभिया प्राहलाई र भिल्लारियलले डाइनामो जाग्रेबलाई हराएसँगै सेमिफाइनलको समीकरण पुरा भएको हो। म्यानचेस्टर युनाइटेडलाई रोमाको चुनौती गएराति ओल्ड ट्राफोर्डमा सम्पन्न दोस्रो लेगको खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब ग्रानडामाथि २-० गोल अन्तरले जित निकालेको थियो। पहिलो लेगमा पनि २-० ले नै ग्रानडामाथि…

    विस्तृतमा पढ्नुस्

  • दिल्लीलाई हराउँदै जारी सिजन राजस्थानको पहिलो जित

    दिल्लीलाई हराउँदै जारी सिजन राजस्थानको पहिलो जित

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्समाथि जित निकालेको छ। मुम्बइको वानखेडे स्टेडियममा सम्पन्न खेलमा दिल्लीलाई ३ विकेटले हराउँदै राजस्थानले जारी सिजन पहिलो जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले १४८ रनको लक्ष्य १९.४ ओभरमा ७ विकेट गुमाउँदै पुरा गर्‍यो।…

    विस्तृतमा पढ्नुस्

  • सूर्यविनायकमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या, एक जना पक्राउ

    सूर्यविनायकमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या, एक जना पक्राउ

    काठमाडौं : भक्तपुरको सूर्यविनायकमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ। सूर्यविनायक नगरपालिका-८ सिपाडोल मुलबाटोस्थित कविराज बस्नेतको जग्गामा टहरा बनाई गोकुल बहादुर खुलालले सञ्चालन गरेको गाई फर्ममा युवकको हत्या भएको प्रहरीले जनाएको छ। हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले एक जनालाई प्रक्राउ समेत गरिसकेको छ। प्रहरीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ गोठाटार स्थायी घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका-८ सिपाडोल मुलबाटोस्थित…

    विस्तृतमा पढ्नुस्

  • ललितपुरबाट चोरी भइ अमेरिका पुगेको लक्ष्मी नारायणको मूर्ति फर्काइयो नेपाल

    ललितपुरबाट चोरी भइ अमेरिका पुगेको लक्ष्मी नारायणको मूर्ति फर्काइयो नेपाल

    काठमाडौं : नेपालबाट सन् १९८४ मा चोरी भएको लक्ष्मी नारायण (वासुदेव कमलाजा)को मूर्ति अमेरिकाबाट नेपाल ल्याइएको छ। आज एक कार्यक्रमकाबीच सो मूर्ति नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। उक्त मूर्ति सन् १९९० देखि अमेरिकाको डल्लास म्यूसियम अफ आर्ट्समा प्रदर्शनमा राखिएको थियो। मूर्ति स्वदेश फर्काउन सफल भएको भन्दै अमेरिकी राजदूत रेन्डी बेरीले खुसी व्यक्त गरेका छन्। अमेरिकी राजदूतावास, अमेरिकी सरकार, नेपाल सरकार,…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन माओवादी केन्द्रको सांसदहरुलाई अपिल

    मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन माओवादी केन्द्रको सांसदहरुलाई अपिल

    सुर्खेत : कर्णाली प्रदेशमा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारलाई विश्वासको मत दिन माओवादी केन्द्रले सांसदहरुलाई सार्वजनिक अपिल गरेको छ। शुक्रवार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन सत्तारुढ दल माओवादी केन्द्रले अपिल गरेको हो। माओवादी केन्द्रले स्थायी सरकार तथा कर्णालीको समग्र विकास र समृद्धिका लागि विश्वासको…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित दुई जना पक्राउ

    वीरगंजका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित दुई जना पक्राउ

    वीरगंज : पर्सा प्रहरीले वीरगंजबाट २ केजी गाँजा र १ हजार ४ सय ८८ एम्पुल लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ। पर्साबाट १ हजार ४ सय ८८ एम्पुल लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा बिहार मोतिहारीका २४ वर्षीय भोला दास रहेका छन्। उनको साथबाट प्रहरीले डाइजेपाम ४९६ एम्पुल, फेनारगन ४९६ एम्पुल र नुर्फिन ४९६ एम्पुल गरी…

    विस्तृतमा पढ्नुस्

  • बिना सम्झौता सञ्चालनमा रहेका बसपार्कका ११२ पसलमा महानगरको सिलबन्दी

    बिना सम्झौता सञ्चालनमा रहेका बसपार्कका ११२ पसलमा महानगरको सिलबन्दी

    काठमाडौं : लामो समयदेखि बिना सम्झौता सञ्चालन भइरहेका पुरानो बसपार्क नजिकै राष्ट्रिय सभागृहसँग जोडिएको सिटी मार्केटका १ सय १२ ओटा पसललाई काठमाडौं महानगरपालिकाले आज सिलबन्दी गरेको छ। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले लामो समयदेखि बिना सम्झौता सञ्चालन गरिरहेको र पटक-पटक ताकेता गर्दा पनि बेवास्था गरेपछि आज शिलबन्दी गरेको जानकारी दिए। ‘लामो समयदेखि सम्झौता पनि नभएको अवस्थामा हामीले अब…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'दुस्प्रयास' असार २५ मा रिलिज हुने

    फिल्म 'दुस्प्रयास' असार २५ मा रिलिज हुने

    काठमाडौं : फिल्म 'दुस्प्रयास' आगामी असार २५ गते रिलिज हुने भएको छ। महिला हिंसा, हत्या, अपहरणलगायतका समाजमा घटिरहेका आपराधिक गतिविधिविरुद्ध आवाज उठाइएको फिल्म 'दुस्प्रयास' को फस्टलुक सार्वजनिकसँगै फिल्मको रिलिज मिति तय गरिएको हो। काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै फिल्मका लेखक तथा निर्देशक दिनेश लिङ्देनले कोभिड महामारीको अवस्थामा पनि आफूले जोखिम मोलेरै भए पनि फिल्म रिलिज गर्ने बताए। रीता देवी मुभिजद्वारा निर्माण गरिएको…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य मन्त्रालयको अपिल : बेलुका सात बजेपछि मानिसको भीडभाड हुने स्थानमा सहभागी नहुनुहोला

    स्वास्थ्य मन्त्रालयको अपिल : बेलुका सात बजेपछि मानिसको भीडभाड हुने स्थानमा सहभागी नहुनुहोला

    काठमाडौँः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानिसको भिडभाड हुने सार्वजनिक स्थानहरूमा बेलुका सात बजेपछि सहभागी नहुन अनुरोध गरेको छ। बिहीबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै रात्रिकालीन व्यवसायहरू र भिडभाड हुने स्थानमा सहभागी नहुन अपिल गरेको हो। जिम हल, रेस्टुरेन्ट, सिनेमा हल, सपिङ मललगायत भीडभाड हुने स्थानमा सात बजेपछि सहभागी नहुन अनुरोध गरिएको हो। मन्त्रालयले कोभिड १९ कारण १४ वटा जिल्लाहरुलाई अति प्रभावित भएको…

    विस्तृतमा पढ्नुस्

  • सांसद रावल बस्ने घरमा ढुङ्गा हानेको अभियोगमा एक युवक समातिए

    सांसद रावल बस्ने घरमा ढुङ्गा हानेको अभियोगमा एक युवक समातिए

    काठमाडौंः नेकपा एमालेका सांसद झपट रावल बसेको घरमा राति ढुङ्गा हानेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले रामेछाप घर भएका २२ वर्षीय मनोज तामाङलाई नियन्त्रणमा लिएको हो। प्रहरीले नियन्त्रणमा लिएका युवकले  सांसद रावललाई लक्षित गरेर नहानेको र घरबेटीको रिसले ढुङ्गा हानेको बताएका छन्। 'उनीहरूले सांसद ज्युलाई लक्षित गरेर हानेको देखिदैंन। जुन घरमा बस्नुहुन्छ त्यहाँको घरबेटीसँगको रिसले हानेको…

    विस्तृतमा पढ्नुस्

  • पत्रकार मिश्रको कोरोना भाइरसका कारण मृत्यु

    पत्रकार मिश्रको कोरोना भाइरसका कारण मृत्यु

    काठमाडौ : कोरोना सङ्क्रमणका कारण गए राति एक पत्रकारको मृत्यु भएको छ। झापाका ४८ वर्षीय पत्रकार कमल मिश्रको कोभिड १९ का कारण भएको हो। उनको शुक्रराज ट्राफिल सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको थियो। चार दिन अघिमात्रै फेसबुक स्टाटस लेख्दै मिश्रले कोरोना जितेर फर्कने जनाएका थिए। विर्तामोड नगरपालिका–८ निवासी पत्रकार केही समयअघि भारतको धार्मिक कार्यक्रममा गएर फर्किएका थिए। भारतबाट फर्किए लगत्तै बिरामी…

    विस्तृतमा पढ्नुस्

  • एनएसएल : धनगढी एफसीको 'आइकोनिक प्लेयर' मा किरण चेम्जोङ

    एनएसएल : धनगढी एफसीको 'आइकोनिक प्लेयर' मा किरण चेम्जोङ

    काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम धनगढी एफसीले आइकोनिक प्लेयर र मुख्य प्रशिक्षक घोषणा गरेको छ। धनगढीले नेपाली राष्ट्रिय टोलीका कप्तान समेत रहेका किरण कुमार लिम्बु (चेम्जोङ) लाई आइकोनिक प्लेयरका रुपमा भित्र्याएको हो। त्यस्तै प्रशिक्षकको रुपमा नेपाली राष्ट्रिय टोलीका सदस्य समेत रहिसकेका ३७ वर्षे युगल किशोर राईलाई भित्र्याएको छ। राई एएफसी ए लाइसेन्स प्राप्त प्रशिक्षक हुन्। उनले नेपाली…

    विस्तृतमा पढ्नुस्

  • संसदमा एमसीसी अगाडि बढाए २३ दलीय मोर्चाले सडक तताउने

    संसदमा एमसीसी अगाडि बढाए २३ दलीय मोर्चाले सडक तताउने

    काठमाडौं : विभिन्न २३ राजनीतिक दलको मोर्चाले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई संसदमा अगाडि नबढाउन चेतावनी दिएको छ।  प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरुले एमसीसीलाई अगाडि बढाउन माग गरेसँगै २३ दलीय मोर्चाले विरोध गरेको हो। मोर्चाले देशको राजनीतिक संकटको मौका छोपेर संससदबाट एमसीसी पारित गराउन लागिएको भन्दै विरोध गरेको हो।  २३ राजनीतिक दलको मोर्चाका तर्फबाट देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरुलेलले विज्ञप्ति जारी…

    विस्तृतमा पढ्नुस्

  • निफमा नेपालका ३ सहित ३१ देशका ६६ फिल्म प्रतिस्पर्धामा

    निफमा नेपालका ३ सहित ३१ देशका ६६ फिल्म प्रतिस्पर्धामा

    काठमाडौँ : नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) २०२१ मा यो वर्ष ३ नेपाली फिल्म छनोटमा परेका छन्। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गर्दै आइरहेको निफको चौथो संस्करणमा लाटोकोसेरो, सरिता ११ वर्ष र  आमाखाण्डो फिचर फिल्म प्रतिस्पर्धाको लागि छनोट भएको जानकारी आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले दिए। महोत्सबमा सहभागिताका लागि आवेदन दिएका विश्वका विभिन्न ५२ देशका…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा मोटरसाइकल दुर्घटनाः एक युवकको मृत्यु, एक जना घाइते

    भक्तपुरमा मोटरसाइकल दुर्घटनाः एक युवकको मृत्यु, एक जना घाइते

    काठमाडौंः मोटरसाइकल दुर्घटनामा हुँदा भक्तपुरमा एक युवकको मृत्यु भएको छ। बुधवार राति मध्यपुर ठिमी नगरपालिका ४ स्थिति एसएस चोक नजिकै भक्तपुरबाट काठमाडौँतिर आउँदै गरेको बा ५३ प ६९३८ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो। दुर्घटनाबाट घाइते भएका काभ्रेपलान्चोक धुलिखेल बस्ने ३२ वर्षीय महेश शाहको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिए। उनी मोटरसाइकलको पछाडि बसेका थिए। त्यस्तै…

    विस्तृतमा पढ्नुस्

  • डर्टमण्डलाई हराउँदै म्यानचेस्टर सिटी सेमिफाइनलमा

    डर्टमण्डलाई हराउँदै म्यानचेस्टर सिटी सेमिफाइनलमा

    यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया डर्टमण्डमाथि जित निकालेको छ। वेस्टफलेनस्टेडियनमा सम्पन्न खेलमा घरेलु टोली डर्टमण्डमाथि सिटीले २-१ गोलअन्तरले जित निकालेको हो। योसँगै एग्रिगेटमा सिटीले ४-२ गोलअन्तरले जित निकाल्दै सेमिफाइनलमा पीएसजीसँग भेट पक्का गरेको हो। सिटीको जितमा रियाद महरेज र फिल फोडेनले गोल गरे। खेलमा अग्रता भने डर्टमण्डले बनाएको थियो। जुड बेलिङ्घमको…

    विस्तृतमा पढ्नुस्

  • लिभरपुललाई हराउँदै रियल मड्रिड सेमिफाइनलमा

    लिभरपुललाई हराउँदै रियल मड्रिड सेमिफाइनलमा

    यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न क्वाटरफाइनलको दोस्रो लेगको खेलमा इङ्ग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब रियल मड्रिडल बराबरीमा रोकिएका छन्। एनफिल्ड स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लिभरपुल बराबरीमा रोकिँदा मड्रिडले एग्रिगेटमा ३-१ गोल अन्तरले जित निकाल्दै सेमिफाइनलको यात्रा सुनिश्चित गरेको छ। उत्कृष्ट पुनरागमनको खोजिमा रहेको लिभरपुलले पहिलो हाफमा केही राम्रा अवसरहरु बनाए पनि त्यसलाई सदुपयोग गर्न सकेन। च्याम्पियन्स लिगमा…

    विस्तृतमा पढ्नुस्

  • बेङ्ग्लोरको लगातार दोस्रो जित, हैदराबादको लगातार दोस्रो हार

    बेङ्ग्लोरको लगातार दोस्रो जित, हैदराबादको लगातार दोस्रो हार

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले सनराइजर्स हैदराबादमाथि रोमाञ्चक जित निकालेको छ। चेन्नइस्थित एमए चिदम्बरम् स्टेडियममा सम्पन्न खेलमा बेङ्ग्लोरले हैदराबादमाथि ६ रनले हराउँदै जारी सिजन लगातार दोस्रो जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले ग्लेन म्याक्सवेलको अर्धशतकको सहयोगमा निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनाएको थियो। १५० रनको लक्ष्य पछ्याएको हैदराबाद कप्तान…

    विस्तृतमा पढ्नुस्

  • स्वर्गद्वारीमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारी सवार जिप दुर्घटना, ५ जनाको मृत्यु

    स्वर्गद्वारीमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारी सवार जिप दुर्घटना, ५ जनाको मृत्यु

    काठमाडौं : प्यूठानमा जिप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपानेसहित ५ जनाको मृत्यु भएको छ। स्वर्गद्वारीको दर्शन गर्न गएका जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारीहरु सहित १७ जना सवार लु १ ज १६५५ नम्बरको जिप प्यूठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर २ रुमाले भन्ने स्थानमा दुर्घटना भएको हो। जिप सडकदेखि अन्दाजी १५० मिटर तल खस्न गई दुर्घटना…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली सरकारको छिनोफानो शुक्रवारको प्रदेशसभा बैठकमा हुने : विश्वासको मत लिने मुख्यमन्त्री शाहीको तयारी

    कर्णाली सरकारको छिनोफानो शुक्रवारको प्रदेशसभा बैठकमा हुने : विश्वासको मत लिने मुख्यमन्त्री शाहीको तयारी

    काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले शुक्रवार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री शाहीले शुक्रवारको प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका हुन्। उनले प्रदेशसभा सचिवालयलाई पत्र पठाएर विश्वासको मत लिने प्रयोजनका लागि आवश्यक व्यवस्था मिलाइदिन आग्रह गरेका छन्। नेपालको संविधानको धारा १८८ को (२) बमोजिम विश्वासको मत लिने प्रयोजनका लागि आवश्यक व्यवस्था मिलाउन उनको आग्रह छ। गएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell