जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ४ हरैयामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। धनुषाको महेन्द्रनगरबाट जनकपुरतर्फ गइरहेको ज ३ प ७०४२ नम्बरको मोटरसाइकल हरैयामा अनियन्त्रित भएर दुर्घटना हुँदा आमा-छोराको मृत्यु भएको हो। मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० देवपुरा बस्ने ४५ वर्षीय धर्मादेवि शर्मा र २८ वर्षीय नविन शर्मा रहेको प्रहरीले जानकारी दिएको छ।
लस एन्जेल्स : हलिउडका चर्चित अभिनेता टम हङ्स कोरोनामुक्त भएका छन्। कोरोनामुक्त भएसँगै अभौतिक प्रेस मिट आयोजना गरेका उनले भने, 'हामी खराब अवस्थामा थिएनौं तर १० दिन असहज महसुस भएको थियो तर अवस्था जोखिमपूर्ण भने थिएन।' कोभिड १९ को संक्रमणपछिको अवस्थाबारे हलिउड अनभिज्ञ रहेको उनले बताए। 'कहिले फिल्म उत्पादनको काम सुरु हुन्छ हलिउडसँग कुनै आइडिया छैन,' उनले भने। फरेस्ट गम्प…
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको जारी स्थायी कमिटीको बैठकमा अप्रत्यासित रुपमा विषय प्रवेश पायो - नेकपा एमाले पार्टीको दर्ता प्रक्रिया। वामदेव गौतमले स्थायी कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी दर्ता गर्न लगाएको प्रमाण रहेको बताएका थिए। यसरी पार्टी दर्ता गर्नेहरु राजनीतिका पुराना खेलाडी होइनन्। निर्वाचन आयोगका अनुसार पार्टी दर्ताका लागि दिइएको निवेदनमा उल्लेख नामहरु यसअघि राजनीतिमा…
बलिउड अभिनेता सुशान्तसिंह राजपुतको भिसेरा रिपोर्ट सार्वजनिक भएको छ। धेरैले उनको हत्या गरिएको आशंका गरेका बेला भिसेरा रिपोर्ट सार्वजनिक भएको हो। यसअघि अन्तिम पोस्टमार्टम रिपोर्टले उनको निधन आत्महत्या अर्थात झुण्डिएर भएको प्रष्ट पारिसकेको छ। अब भिसेरा रिपोर्टले थप स्पष्ट पारेको छ। भिसेरा रिपोर्टमा मृतकको पेटभित्रबाट स्याम्पल लिइन्छ। जसबाट शरीरमा कुनै नशालु वा विषालु पदार्थ थियो कि थिएन भन्ने पत्ता लाग्छ।…
काठमाडौं : संघीय सदन अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ। नेपाली काँग्रेसबाट २०७४ सालको प्रतिधिनिसभा निर्वाचनमा समानुपातिक तर्फबाट निर्वाचित सांसद छन्त्यालको ६३ वर्षको उमेरमा आज बिहान निधन भएको हो। प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो। बैठकले उनको निधनप्रति शोक…
दोहा : कतारी अमिर शेख तमिम विन हमाद अलथानीको निर्देशन बमोजिम उपप्रधान एवम् परराष्ट्र मामिला मन्त्री शेख मोहम्मद विन अब्दुल रहमान अलथानीले सिरियालाई सय मिलियन अमेरिकी डलर प्रदान गर्ने घोषणा गरेका छन्। सिरिया लगायत त्यस क्षेत्रको सहयोग सम्बन्धी ब्रसेल्समा भएको भिडियो कन्फरेन्समा सहभागी भएका उपप्रधान एवम् परराष्ट्र मामिला मन्त्री अलथानीले सिरियन जनताको जीवनस्तर सहज बनाउन सहयोग गर्ने घोषणा गरेका हुन्।…
भोजपुरी अभिनेत्री रानी चटर्जी आत्महत्या गर्न बाध्य हुने धम्की दिएकी छन्। सुशान्तसिंह राजपुतको आत्महत्याले बलिउड शोकमा रहेका बेला मंगलवार फेसबुकमा लामो स्टाटस लेख्दै रानीले आफू डिप्रेशनबाट गुज्रिरहेको र अब सहने शक्ति नभएको उल्लेख गरेकी छ्न्। फेसबुकमा उनले एक पुरुषको तस्बिर सार्वजनिक गरेकी छिन्। उनको नाम हो धनंजय सिंह। सिंहले आफूलाई तनाव दिइरहेको र आफू डिप्रेशनमा जानुको कारण धनंजय नै भएको…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ। बुधवार पाँचजना सदस्यहरुले बोलेपछि बैठक स्थगित गरिएको हो। आज लीलामणि पोखरेल, मातृका यादव, योगेश भट्टराई , नन्द प्रसाईं, पेशल खतिवडाले बैठकमा आआफ्नो धारणा व्यक्त गरेका हुन्। कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएकोमा संसदमा शोक प्रस्ताव पारित गर्ने कार्यतालिका रहेको छ। त्यसैमा सहभागी हुन स्थायी कमिटी बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी…
काठमाडौं : नेपाली सर्ट फिल्म 'जुनुको जुत्ता' इटालीमा देखाइने भएको छ। निर्देशक केदार श्रेष्ठल फिल्म त्यहाँको 'सर्ट्स इन्टरनेशनल फिल्म फेस्टिभल'का लागि छनौट भएको पुष्टि गरेका छन्। फिल्मले 'इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहोउसेन'को ६६ औं संस्करणमार्फत् अन्तर्राष्ट्रिय प्रिमियर भएको थियो। ‘जुनुको जुत्ता’ जुत्ता’ चप्पल उल्टो लगाउने एक बालिकाको कथा हो। उनको वरिपरीका आमा, शिक्षक लगायतबाट चप्पल ‘सुल्टो’ नलगाउँदा गाली पाउँछिन्। र,…
काठमाडौं : दीपकराज गिरीले कलाकारहरुलाई अन्तर्वातादेखि होसियार रहन सुझाव दिएका छन्। पछिल्लो समय सामाजिक सञ्जालदेखि सञ्चार माध्यमसम्ममा कलाकारहरुको अन्तर्वाताका भिडियो ट्रोल बनिरहँदा उनले फेसबुक पोस्ट लेख्दै मिडियाको अन्तर्वाता लिने प्रस्तावलाई कहिले काही 'नाई' भन्न सक्नुपर्ने बताएका छन्। लकडाउन यता अनलाइन वा सेटमै गएर अन्तर्वाता दिएका, आफ्नो भनाइ राखेका कलाकारहरु विवादमा मुछिएका छन्। अभिनेत्री वर्षा राउतले भारत/नेपाल सीमा विवाद आवश्यक छलफल…
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वमन्त्री विक्रम पाण्डेले पार्टीका कुनै पनि बैठक तथा कार्यक्रममा सहभागी नहुने चेतावनी दिएका छन्। पाण्डे आज दिउँसो २ बजेको लागि बोलाएको पार्टीको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकमा पनि उपस्थिति नहुने बताए। 'मेरो मागको सुनुवाई नभएसम्म म पार्टीले गर्ने कुनै पनि बैठक तथा कार्यक्रममा सहभागी हुने छैन,' नेता पाण्डेले भने। कमल थापा नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टी र अध्यक्षद्वय पशुपति…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले नै दुवै पदबाट राजीनामा दिन माग गरेपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केही स्थायी कमिटी सदस्यसँग परामर्श गरेका छन्। आज बिहानको परामर्शमा पार्टी एकतालाई बचाउन र अन्तरविरोध को अन्य गर्न सुझाव दिएको स्थायी कमिटी सदस्य तथा पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए। 'पार्टीभित्र देखिएका समस्याका बारेमा परामर्श गर्न स्थायी कमिटीका…
काठमाडौं : भरतपुर अस्पतालमा परीक्षण गरिएकामध्ये २५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। १०१ नमुना परीक्षण गरिएका मध्ये २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। भरतपुरका विभिन्न अस्पतालमा उपचार गराइरहेका पाँच जनामा पनि संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। भरतपुर अस्पतालमा उपचाररत माडी ५ र ३ का २५ र ७३ वर्षका २ पुरुष, सेन्ट्रल अस्पतालमा उपचारमा रहेका…
काठमाडौं : पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाको घरमा बम विस्फोटमा संलग्न भएको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक नेतालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले भक्तपुर जिल्ला सेक्रेटरी ऐन बहादुर शाहीलाई पक्राउ गरेको छ। उनीबिरुद्ध मंगलवार नै अदालतबाट म्याद थप गरी अनुसन्धान भइहरेको परिसरका डीएसपी दिपक गिरीले जानकारी दिए। 'पूर्वमन्त्री बास्कोटाको घरमा विस्फोटमा…
काठमाडौं : कोरोना सङ्क्रमण देखिएका महानगरीय अपराध महाशाखामा कार्यरत प्रहरी उपचारपछि घर फर्किएका छन्। मङ्गलवार उनी टेकु अस्पतालबाट घर फर्किएको महाशाखाका एसपी ईश्वर कार्कीले जानकारी दिए। 'अन्तिम पटक गरेको परीक्षणमा नेगेटिभ आएपछि अस्पतालबाट घर फर्किएका हुन्,' एसपी कार्कीले भने। कार्यालय सहयोगीका रूपमा खटिएका प्रहरीमा कोरोना देखिएको थियो। पाँच दिनअघि उनलाई अस्पताल लगिएको थियो। लकडाउनअघि उनी खोटाङ गएर फर्किएका थिए। उनी…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट मन्त्री र स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका छन्। पार्टीभित्र घेराबन्दीमा परेपछि ओली छलफलमा जुटेका हुन। मंगलवार स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले ओलीलाई दुवै पदबाट राजीनामा दिन भनेका थिए। पछिल्लो परिस्थितिका विषयलाई लिएर ओलीले बिहानै छलफल थालेका हुन्। क्याविनेटका अधिकांश मन्त्रीबाहेक उनले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश ५ का…
काठमाडौं : गण्डकी प्रदेशका ६ जिल्लामा थप २८ जनामा कोरोना संक्रमित पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २८ जनामा कोरोना पोजेटिभ देखिएको हो। नवलपरासी,गोरखा, कास्की,स्याङ्जा, बाग्लुङ् र तनहुँमा संक्रमित बिरामी फेला परेका हुन्। नवलपरासीमा १२ जना, गोरखामा ३, कास्कीमा १,स्याङ्जामा ८, बाग्लुङ ३ र तनहुँमा १ जनामा कोरोना भेटिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका नेता तथा विश्लेषक प्रदीप नेपालले पार्टीका नेतृत्व लिने सबैलाई स्वेच्छिक अवकाश लिन आग्रह गरेका छन्। नेकपा स्थायी कमिटीभित्र चर्को विवाद जारी रहेकै बेलामा नेता नेपालले फेसबुकमा 'देश, जनता र पार्टीको माया छ भने तपाईँहरु सबै स्वेच्छिक अवकाश लिनुस्' भनेका छन्। पार्टी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र बाँकी नेताबीचको कलहको लगातार सार्वजनिक भइरहेको…
काठमाडौं : दक्षिण एसिया क्रमश: कोरोना संक्रमितको हट स्पट बन्दैछ। अत्याधिक संख्यामा कोभिड १९ का संक्रमित थपिँदै जाँदा भारत खराब मुलुकको शीर्ष ४ स्थानमा रहेको छ भने पाकिस्तान पनि छिट्टै विश्वका शीर्ष १० मुलुक भित्र अटाउने तरखरमा छ। दक्षिण एसियामा पाकिस्तानको पछिपछि छ बंगलादेश। कोरोना भाइरसको संक्रमणका कारण खराब मुलुकहरुको सूचीमा पाकिस्तान अहिले १२ औं स्थानमा आइपुगेको छ। पाकिस्तानमा संक्रमितको…
काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ। बुधवारदेखि लागू हुने गरी निगमले पेट्रोलमा लिटरमा पाँच रुपैयाँ बढाएको हो। डिजल र मट्टितेलको मूल्य भने दुई रुपैयाँले बढाएको छ। निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा लकडाउनकै अवधिमा पेट्रोल र डिजलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको थियो। नयाँ मूल्य अनुसार उपभोक्ताले पेट्रोल प्रति लिटर १ सय १…