PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

  • कोरियामा गुम्यो पाँच लाखको रोजगारी, नेपाली पनि प्रभावित

    कोरियामा गुम्यो पाँच लाखको रोजगारी, नेपाली पनि प्रभावित

    जीवन खत्री- सउलः कोरोना महामारीको प्रभावका कारण दक्षिण कोरियामा झण्डै पाँच लाख रोजगारी गुमेको छ। यति धेरै रोजगारी गुमेको यो दुई दशकयताकै उच्च हो। कोरियाको एक तथ्याङ्कानुसार गत महिनामात्र चार लाख ७६ हजारभन्दा बढीले रोजगारी गुमाएका छन्। यो सङ्ख्या सन् १९९९ पछिको सबैभन्दा बढी हो। यसरी रोजगारी गुमाउनेमा अधिकांश अस्थायी तथा पार्टटाइम कामदार छन्। प्रायः सबै क्षेत्रमा यसको प्रभाव देखिए…

    विस्तृतमा पढ्नुस्

  • सीमा विवादमा प्रधानमन्त्री ओलीलाई बाबुराम सुत्र : फलामे हातमा मखमली पञ्जा लगाउनुपर्‍यो

    सीमा विवादमा प्रधानमन्त्री ओलीलाई बाबुराम सुत्र : फलामे हातमा मखमली पञ्जा लगाउनुपर्‍यो

    काठमाडौं : पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले सीमा विवादमा सरकार कुटनीतिक रुपमा कडा भएर प्रस्तुत हुनुपर्ने सुझाव दिएका छन्। आज प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारी निवास बालुवाटारमा डाकेको सर्वदलीय बैठकमा भट्टराईले जनतालाई साथमा लिएर सरकारले कुटनीतिक तवरले कदम चाल्नुपर्ने सुझाव दिएका हुन्। पछिल्लोपटक भारतले लिपुलेक क्षेत्रको नेपाली भूमिमा सडक बनाएपछि चर्किएको विवाद समाधानका उपाय…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देही, कपिलवस्तु र पर्सामा थपिए कोरोना संक्रमितः २४ जना एकैपटक थपिए, कूल २४३ मा संक्रमण

    रुपन्देही, कपिलवस्तु र पर्सामा थपिए कोरोना संक्रमितः २४ जना एकैपटक थपिए, कूल २४३ मा संक्रमण

    काठमाडौँः नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय ४३ पुगेको छ। स्वास्थ्य मन्त्रालयद्वारा जारी पछिल्लो विज्ञप्ति अनुसार आज थप २४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो।  रुपन्देहीमा १२ जनामा संक्रमण देखिएको छ। जसमा ९ जना पुरुष र ३ जना महिला छन्। कपिलवस्तुमा थप ८ जना…

    विस्तृतमा पढ्नुस्

  • कालापानीभन्दा १० किलोमिटर वर सशस्त्र प्रहरीको बीओपी स्थापना

    कालापानीभन्दा १० किलोमिटर वर सशस्त्र प्रहरीको बीओपी स्थापना

    काठमाडौं : कालापानीभन्दा १० किलोमिटर पूर्वमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना भएको छ। दार्चुलाको ब्यास गाउँपालिका १ छाङरुमा स्थापना भएको बीओपी बुधवारबाट सञ्चालनमा आएको हो। सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापा र दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलसहितको टोलीले बीओपीको उद्घाटन गरेका हुन्। नेपाली सेनाको हेलिकप्टरमार्फत बीओपीमा आवश्यक पर्ने सामान दार्चुला लगिएको थियो। फोटोहरु : सशस्त्र प्रहरी बल।

    विस्तृतमा पढ्नुस्

  • स्थायी कमिटी स्थगित गरेपछि रावलले भने: 'के निहुँ पाउँ कनिका बुकाउँ भन्ने उखान बालुवाटारका लागि रहेछ'

    स्थायी कमिटी स्थगित गरेपछि रावलले भने: 'के निहुँ पाउँ कनिका बुकाउँ भन्ने उखान बालुवाटारका लागि रहेछ'

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भीम रावलले कोरोनाका कारण देखाएर बैठक स्थगन गर्नु षड्यन्त्र मात्रै भएको आरोप लगाएका छन्। बुधबारका लागि तोकिएको बैठक स्थगन हुनु षडयन्त्रकारी र गैरजिम्मेवार राजनीतिको मुद्दा स्वरुप भएको रावलको टिप्पणी छ। उनले ट्वीट गर्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारले विष्णु रिमालले नै गलत हल्ला फैलाएको आरोप लगाएका छन्। 'के निहुँ पाउँ कनिका बुकाउँ भन्ने उखान बालुवाटारका…

    विस्तृतमा पढ्नुस्

  • सिंगापुरमा क्वारेन्टाइनमा बस्न नमान्ने अमेरिकी पाइलटलाई जेल सजायँ

    सिंगापुरमा क्वारेन्टाइनमा बस्न नमान्ने अमेरिकी पाइलटलाई जेल सजायँ

    सिंगापुरमा एक अमेरिकी पाइलटलाई क्वारेन्टाइनको नियम तोडेको भन्दै चार हप्ताका लागि जेल सजाय सुनाइएको छ। पार्सल र कुरियर कम्पनी फेडेक्सको विमान लिएर ४४ वर्षीय पाइलट ब्रायन डुगन इलेगन अप्रिलमा अस्ट्रेलियाबाट सिंगापुर आएका थिए। इलेगनलाई विमानस्थलभित्रै होटलमा क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको थियो। तर, उनी उल्लंघन गर्दै रेलबाट शहरका कही मुख्य क्षेत्रका केही पसलहरुमा गएपछि जेल सजायँ गरिएको बीबीसीले जनाएको छ। सिंगापुरमा…

    विस्तृतमा पढ्नुस्

  • ‘सादा पोशाकका प्रहरी हौँ’ भन्दै लुटपाट गर्ने तीन जना पक्राउ

    ‘सादा पोशाकका प्रहरी हौँ’ भन्दै लुटपाट गर्ने तीन जना पक्राउ

    काठमाडौं : ‘सादा पोशाकका प्रहरी हौँ’ भन्दै लुटपाट गर्ने तीन जना पक्राउ परेका छन्। बुधवार राति साढे १२ वजे काठमाडौंको चन्द्रागिरी नगरपालिका ४ पानिघाटस्थित जंगलमा काठमाडौंबाट मकवानपुरतर्फ गइरहेको प्र ३-०१-२३ च ११०९ नम्बरको एम्बुलेन्स जबर्जस्ती रोकेर लुटपाट गर्ने तीन जना पक्राउ परेका हुन्। पक्राउ पर्नेहरुमा चन्द्रागिरी नगरपालिका वडा नम्बर ४ का २४ वर्षीय सरोज कामी (विसी), सोही स्थानका ३१ वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • संक्रमणको जोखिम बढेपछि सीमा निरीक्षणमा सुदूरपश्चिम प्रहरी प्रमुख सुवेदी

    संक्रमणको जोखिम बढेपछि सीमा निरीक्षणमा सुदूरपश्चिम प्रहरी प्रमुख सुवेदी

    महेन्द्रनगर : सुदूरपश्चिमका प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदी सीमा निरीक्षणमा निस्किएका छन्। काठमाडौं प्रहरी प्रमुख एसएसपीबाट डीआईजीमा बढुवा भई वैशाख दोस्रो साता सुदूरपश्चिमको कमाण्ड सम्हाल्न आएका डीआईजी सुवेदीले सीमाबाट संक्रमण भित्रिन नदिन कैलाली, कञ्चनपुरसहित पहाडी जिल्लाका नाकासमेत निरीक्षण तथा जानकारी लिएका हुन्। नेपालमा देखिएका पछिल्ला संक्रमित अधिकांश भारतबाट आएकाहरु छन्। उनीहरु सीमा नाकाबाट लुकिछिपी आएको पाइएको…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले बढायो पीसीआर, २४ घण्टामा २ हजार बढीको परीक्षण

    कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले बढायो पीसीआर, २४ घण्टामा २ हजार बढीको परीक्षण

    काठमाडौं : सरकारले कोरोना भाइरसका संक्रमितको संख्या बढेसँगै पीसीआर परीक्षण पनि बढाएको छ। पछिल्लो २४ घण्टाभित्र २ हजार ३ सय ५७ को परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। केही दिन अघिसम्म पीसीआर परीक्षण न्यून थियो। मन्त्रालयको प्रेस ब्रिफिङका क्रममा प्रवक्ता विकास देवकोटाले अहिलेसम्म २१ हजार १ सय २१ को पीसीआर परीक्षण भएको बताएका छन्। पीसीआरको परीक्षण बढ्दा आरडीटी…

    विस्तृतमा पढ्नुस्

  • नेपाल भारत संकट : समाधानका लागि सर्वदलीय सहमति

    नेपाल भारत संकट : समाधानका लागि सर्वदलीय सहमति

    रत्नबहादुर कार्की - नेपालको माइक्रो म्यानेजमेन्टमा पछि नपर्ने भारत पछिल्लो राजनीतिक घट्नक्रमप्रति चुपचाप बसेको जस्तो देखिएको थियो। तर, यहीबीच गत २०७६ कार्तिक १६ गते भारतले लिपुलेक, कालापानी, लिम्पयाधुरा समेटेर नयाँ नक्साजारी गर्‍यो। अनि नेपाली भूमि मिचेर एकतर्फी बनाएको सडकको २०७७ वैशाख २६ गते उद्घाटन पनि गर्‍यो। नेपाल र भारतका जनता अहिले बन्दाबन्दीमा छन्। कोरोनाभाइरस माहामारी रोकथाम तथा उपचार गरेर छिटोभन्दा…

    विस्तृतमा पढ्नुस्

  • बाहुबलीका भल्लालदेवको लकडाउन लभस्टोरी, भन्छन् : 'उनले स्वीकार गरिन्'

    बाहुबलीका भल्लालदेवको लकडाउन  लभस्टोरी, भन्छन् : 'उनले स्वीकार गरिन्'

    चर्चित बलिउड फिल्म 'बाहुबली'का खलपात्र भल्लालदेवको भूमिका निभाएका राणा दग्गुबातीले इन्स्टाग्राममार्फत् एउटा खुशीको खबर साटे। जारी लकडाउनबीच उनले आफ्नी प्रेमिकासँगको तस्विर सार्वजनिक गरेका हुन्। लेखेका छन् - 'र, उनले स्वीकार गरिन्।' मंगलबार बेलुकी इन्स्टाग्राममा प्रेमिका मिहिका बजाजसँगको तस्बिर शेयर गरेका हुन्। यी दुई लामो समययता सेक्रेट रिलेसनसिपमा रहेका थिए। उनीहरुलाई एकसाथ रहेको तस्बिर पहिलोपटक सेयर गरेका हुन्। उनीहरुको तत्कालै विवाह गर्ने योजना नभए पनि 'भर्चुअल्ली इङ्गेज्ड'…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमणसँगै एउटा खुट्टा काट्न बाध्य अभिनेता निक कार्डेरो कोमाबाट बाहिरिए

    कोरोना संक्रमणसँगै एउटा खुट्टा काट्न बाध्य अभिनेता निक कार्डेरो कोमाबाट बाहिरिए

    क्यानेडियन अभिनेता निक कार्डेरो कोमाबाट बाहिर निस्किएका छन्। उनमा कोरोना भाइरस संक्रमण पुष्टि भए लगत्तै दायाँ खुट्टा काट्नु परेको थियो। कार्डेरोको मार्चको अन्तिम सातादेखि उपचाररत् थिए। हाल उनको स्वास्थ्यमा सुधार आएको र कोमाबाट निस्किएको उनकी श्रीमती अमान्डा क्लुट्सले पुष्टि गरेकी हुन्। भनेकी छिन्,'उसले स-साना निर्देशनहरुको पालना गर्न थालेको छ।' लस एन्जलसको सेडर्स सिनाए मेडिकल सेन्टरमा भर्ना भएदेखि नै उनको दायाँ…

    विस्तृतमा पढ्नुस्

  • ब्राजिलमा कोरोना : एकै दिन करिव ९ सयको मृत्यु र संक्रमणको ९ हजार नयाँ केस

    ब्राजिलमा कोरोना : एकै दिन करिव ९ सयको मृत्यु र संक्रमणको ९ हजार नयाँ केस

    ब्राजिलमा कोरोना भाइरस संक्रमणका कारण मर्नेको संख्या बढेको छ। मंगलबार त्यहाँको दैनिक मृत्युदर हालसम्मकै उच्च देखिएको हो। एकदिनमै ८ सय ८१ जनाको मृत्यु भएको ब्राजिलको स्वास्थ्य मन्‍त्रालयले पुष्टि गरेको छ। हालसम्म त्यहाँ संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १२ हजार ४ सय पुगेको छ। मृत्युदरको हिसाबमा ब्राजिल छैटौं प्रभावित देश हो। ब्राजिलमा परीक्षण अभावका कारण संक्रमित र संक्रमणकै कारण मर्नेहरु संख्या…

    विस्तृतमा पढ्नुस्

  • संसदमा कवितापछि कथा वाचन: चराको गुड, आगो/पानी र कोरोनाको कुरा

    संसदमा कवितापछि कथा वाचन: चराको गुड, आगो/पानी र कोरोनाको कुरा

    काठमाडौं: प्रतिनिधि सभाकी सांसद मनकुमारी जिसीले संसद बैठकमा कथा वाचन गरेकी छन्। विनियोजन विधेयकको छलफलमा भाग लिँदै सांसद जिसीले संसदमा कथा सुनाएकी हुन्। यसअघि सांसद गगनकुमार थापा र नवराज सिलवालले बजेट अधिवेशनमा कविता वाचन गरेका थिए। उनको कथा थियो: एउटा जंगलमा आगो लाग्छ, एउटा चराले गुड बनाएर बसेको हुन्छ। बचेराहरुलाई छोडेर उ जान सक्दैन। जब आगो दन्किँदै जान्छ। उसले एउटा आशा गर्छ…

    विस्तृतमा पढ्नुस्

  • स्पेनमा ११३ वर्षीया वृद्धाले जितिन् कोरोना भाइरसविरुद्धको लडाई

    स्पेनमा ११३ वर्षीया वृद्धाले जितिन् कोरोना भाइरसविरुद्धको लडाई

    स्पेनकी सबैभन्दा वृद्ध महिलाले कोरोना भाइरसविरुद्धको लडाइ जितेकी छिन्। त्यहाँकी १ सय १३ वर्षीया मारीया ब्रायास उपचारपछि कोरोना भाइरस मुक्त भएकी हुन्। उनलाई गत मार्चमा कोभिड-१९ पुष्टि भएको थियो। त्यस समय स्पेनमा भर्खरै लकडाउन जारी गरिएको थियो। केही साताको आइसोलेसन बसाइ र उपचार पछि ठीक भएकी हुन्। उनले यस अघि सन् १९१८/१९ मा फैलिएको फ्लू महामारी समेत भोगेकी थिइन्। उनकी…

    विस्तृतमा पढ्नुस्

  • कोरोना प्रकोपबाट नेपाललाई पशुपतिनाथले बचाएको छ : सांसद यादव

    कोरोना प्रकोपबाट नेपाललाई पशुपतिनाथले बचाएको छ : सांसद यादव

    काठमाडौं : प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद सीतादेवी यादवले कोरोना भाइरस संक्रमणको परीक्षण पर्याप्त रुपमा हुन नसकेको भन्दै यो प्रकोपबाट पशुपतिनाथले नै बचाएको बताएकी छिन्। आजको प्रतिनिधिसभा बैठकमा सांसद यादवले कोरोना महामारी कहिलेसम्म हुन्छ भन्ने अनिश्चित भएकाले लकडाउनलाई व्यवस्थित बनाउन पनि आग्रह गरिन्। उनले भनिन्, 'यो कोरोना प्रकोपलाई पशुपतिनाथले नै बचाइरहेको छ।' काँग्रेसकी कोषाध्यक्षसमेत रहेकी यादवले घुम्ती सेवाबाट गाउँगाउँमा स्वास्थ्य परीक्षण…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनका कारण यशराज फिल्मस्को ५० औं वार्षिक उत्सव विशेष 'प्रोजेक्ट' स्थगित

    लकडाउनका कारण यशराज फिल्मस्को ५० औं वार्षिक उत्सव विशेष 'प्रोजेक्ट' स्थगित

    सन् २०२० मा बलिउड फिल्म निर्माण कम्पनी यशराज फिल्म्सको ५० औं वर्ष पूरा हुन्छ। त्यसै खुशीमा कम्पनीले भव्य कार्यक्रमको योजना बनाएको थियो। तर लकडाउनका कारण वार्षिक उत्सव समारोह नहुने भएको छ। कार्यक्रममा हालसम्म यशराज ब्यानरबाट बनेका स्टार कलाकार अभिनित फिल्महरु एउटै 'स्लाइड'मा देखाउने बताइएको थियो। 'प्रोजेक्ट ५०' नाम दिएर शाहरुख खान, सलमान खान, रणवीर सिंह, दीपिका पाडुकोण, कट्रिना कैफ, ऋतिक…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

    प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ४:३० बजे सर्वदलीय बैठक बोलाएका छन्। भारतले लिपुलेक–कालापानीमा नेपाली भूभाग अतिक्रमण गरी सडक बनाएपछि छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन्। बालुवाटारमा हुने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल, पूर्वप्रधानमन्त्री, सीमाविदलाई बोलाइएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले जानकारी दिए। नेपालका तर्फबाट एकीकृत धारणा बनाउनका लागि बोलाइएको सर्वदलीय बैठक बोलाइएको हो। भारतले नेपालको…

    विस्तृतमा पढ्नुस्

  • लगातार थपिँदै संक्रमित : कपिलवस्तु र बाँकेमा थपिए एक एक जना, पुग्यो २१९

    लगातार थपिँदै संक्रमित : कपिलवस्तु र बाँकेमा थपिए एक एक जना, पुग्यो २१९

    काठमाडौं : नेपालमा कोरोनाको संक्रमितको संख्या २ सय १९ पुगेको छ। कपिलवस्तुमा थप एक संक्रमित भेटिएको हो। यससहित आज दिउँसो २ बजेसम्म २ जना नयाँ संक्रमित थपिएका हुन्। स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु नगरपालिका ५ का २२ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनमा कोभिड १९ पोजिटिभ देखिएको हो। केही बेर अघि मात्रै आज बाँकेमा…

    विस्तृतमा पढ्नुस्

  • सशस्त्रको प्रहरी टोली दार्चुलाको छाङरुमा

    सशस्त्रको प्रहरी टोली दार्चुलाको छाङरुमा

    काठमाडौं : नेपाली सेनाको हेलिकोप्टरबाट सुरक्षाकर्मी र बन्दोबस्तीका सामान लिएर दार्चुलाको छाङरु पुगेको छ। बुधवार बिहान ७ बजे गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा.डा. इन्द्रजीत राई र सशस्त्र प्रहरीका एआईजी नारायणबाबु थापा सहितको टोली दार्चुला गएको थियो। खलङगाबाट १० जनाको शसस्त्र प्रहरी टोली लिएर छाङरु पुगेको हो। छाङरुमा सशस्त्रको नाइट डेस्क क्याम्प बनाइने र बिओपी स्थापना गर्न टोली दार्चुला गएको हो।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell