काठमाडौँः संघीय संसद्को छैटौँ अधिवेशनमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रममा सहभागी हुनका लागि उपराष्ट्रपति नन्दबहादुर पुनको स्वाबको नमुना सङ्कलन गरिएको छ। संघीय संसद् सचिवालयको समन्वयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आज कोभिड–१९ परीक्षणका लागि उनको स्वाबको नमूना संकलन गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए। राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ २ गते आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति…
काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बुधवारका लागि डाकेको स्थायी कमिटी बैठकमा सरकारको नीति तथा कार्यक्रमलाई मुख्य एजेण्डा बनाइने भएको छ। महासचिव विष्णु पौडेलले स्थायी कमिटीको मुख्य बिषय नीति तथा कार्यक्रम रहेको जानकारी दिए। स्थायी कमिटी बैठकमा धेरै विषयमा छलफल नहुने भएकाले त्यसको तयारीका लागि सचिवालय बैठक नबस्ने पौडेलले बताए। उनले भने, 'बैठकमा मुख्य रुपमा सरकारको नीति तथा कार्यक्रमका विषयमा…
काठमाडौँ : कोरोना संक्रमिति थपिएपछि जिल्ला प्रशासन कार्यालय बाराले लकडाउन थप कडाइ गर्ने निर्णय गरेको छ। आज बसेको सिएमसीको बैठकले निषेधाज्ञा जारी गरेको सूचना दिएको छ। स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारी भएको प्रशासनले जानकारी दिएको छ। पर्सा र बारा जिल्लामा बढ्दै गइरहेको कोरोना भाइरस सङ्क्रमित…
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी कमिटी बैठक बोलाएको छ। बैठक पार्टी कार्यालय धुम्बाराहीमा बुधवार ११ बजे बोलाइएको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जानकारी दिए। यसअघि २५ गतेका लागि बोलाइएको बैठक २४ गते स्थगित भएको थियो। एजेण्डा तय गर्न बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली थाँके भन्दै बीचमै उठेपछि बैठक स्थगित भएको थियो।…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद भीम राववले भारतले नेपाली भूमि अतिक्रमण गरिरहेको विषयमा पटक पटक आवाज उठाउँदा पनि सरकारले सार्थक पाइला चाल्न नसकेको बताएका छन्। प्रतिनिधि सभाको विशेष समयमा बोल्दै नेकपाका स्थायी समिति सदस्यसमेत रहेका रावलले लिम्पियाधुरा, कालापानी, लिपुलेकको अतिक्रमणबारे संसद र संसदको समितिमा आवाज उठाउँदा पनि सार्थक पाइला नचालिएको आरोप लगाए। 'देश र जनता सुरक्षित नभइ त्यहाँ…
काठमाडौं : संसदको बजेट अधिवेशन जारी छ। संसदमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पेश गरेको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफलमा सांसदहरु सहभागि छन्। छलफल जारी रहँदा अर्थमन्त्री खतिवडा संसद बैठकबाट बाहिरिए। बैठकमा सभामुख अग्नि सापकोटाले राप्रपाका सांसद राजेन्द्र लिङदेनलाई बोल्ने समय दिए। संसदको रोस्ट्रममा उभिएका लिङ्देनले अर्थमन्त्री खोजे। 'बजेट अधिवेशनबारे छलफल चलिरहेको छ। अर्थमन्त्रीलाई कुरा सुनाउँला भनेर…
काठमाडौं: चार जिल्लाका ५७ जनामा आज कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, पर्सा, रुपन्देही र बाराका ५७ जनामा संक्रमण देखिएसँगै नेपालमा संक्रमतिको संख्या १९१ जना पुगेको छ। मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार कपिलवस्तुका ८ जना, रुपन्देही ९, पर्साका ३९ र बाराका एक जनामा संक्रमण देखिएको हो। आज संक्रमण पुष्टि भएका सबै पुरुष हुन्।…
काठमाडौं : प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले प्रधानमन्त्री केपी शर्मा ओली संसदमा उपस्थित नहुनुको कारण माग गरेका छन्। सांसद बडूले प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै प्रधानमन्त्री उपस्थित नहुनुको कारण संसदलाई जानकारी दिन माग गरेका हुन्। सांसद बडूले प्रधानमन्त्री ओलीले आफैं आफ्नो उत्तराधिकारी घोषणा गरेको आफूले सुनेको पनि बताए। बडूले भने, 'उहाँले भावी उत्तराधिकारीकारुपमा भावी प्रधानमन्त्री घोषणा गरिएको…
भारतका औद्योगिक शहरहरुबाट उत्तर प्रदेश र बिहारतिर लागिरहेका श्रमिकको कथा भारतीय मिडियामा यतिखेर छरपस्ट छ। कोरोनाको संकटबाट बच्न कामदारलाई उनीहरुको थातथलोतिर पठाउने भारतीय रणनीतिको सोझो असर नेपालमा पनि पर्न थालेको छ। कपिलबस्तुमा हिजोमात्र थपिएका ६ जना कोरोना संक्रमितहरु यसैगरी मुम्बईबाट नेपालसम्म आइपुगेका थिए। उनीहरुमात्र होइन, पछिल्लो समय जति कोरोना संक्रमित थपिएकाहरु छन् - अधिकांश भारतबाट नेपाल छिरेका हुन्। कोरोनासँगै भारतबाट…
काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद नवराज सिलवालले संसद्मा भारतले गरेको सीमा अतिक्रमणका विषयमा कविता सुनाएका छन्। सांसद सिलवालले कविताको मौसम चलिरहेको भन्दै 'अतिक्रमण' शीर्षकको कविता सुनाएका हुन्। सिलवालले कवितामा भने, 'हाम्रो देश हिजो पनि अतिक्रमण नै थियो, सिमाना निरन्तर दुखिरहेकै थियो।' सिलवालले देशमाथि विस्तारवादी,भ्रष्ट्राचारी,दलालहरूको निरन्तर अतिक्रमण भएको पनि बताएका छन्। उनको कवितामा प्रतिपक्षी दल नेपाली काङ्ग्रेसमाथि…
कोरोना भाइरस संक्रमणका कारण अति प्रभावित छ युरोप। इटालीमा संक्रमणकै कारण मृत्यु हुनेको संख्या ३० हजार नाघिसक्यो। र स्पेन र फ्रान्समा २६ हजार बढी संक्रमितले ज्यान गुमाइसके। तुलनात्मक रुपमा जर्मनीमा संक्रमितको मृत्युदर कम छ। त्यहाँ हालसम्म ७ हजार ५ सय ३३ जनाको मृत्यु भएको छ। सोमबार भने जर्मनीमा नयाँ संक्रमितको संख्या ह्वात्तै बढ्यो। एकै दिन करिव १ हजार जना नयाँ…
काठमाडौं: भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घर फर्किन चाहने नेपालीलाई नेपाल-भारत सीमासम्म पुर्याउने व्यवस्था मिलाउन राज्यका अधिकारीहरुलाई निर्देशन दिएका छन्। रोजगारी तथा अन्य कामका सिलसिलामा उत्तर प्रदेशमा रहेका नेपालका नागरिकले घर फर्किन चाहे उनीहरुको व्यवस्था मिलाउन अधिकारीहरुलाई निर्देशन दिइएको मुख्यमन्त्रीको सचिवालयले ट्वीटरमार्फत जानकारी दिएको छ। त्यसैगरी योगीले लकडाउनका कारण उत्तर प्रदेशमै बस्न चाहने नेपालीका लागि पनि आवश्यक प्रबन्ध मिलाउन…
कमेडियन जेरी स्टिलरको निधन भएको छ। अमेरिकी टिभी सिरिज 'सेनफिल्ड'मा जर्ज कोस्टान्जाको बुबाको भूमिकाका लागि चिनिएका जेरीको ९१ वर्षको उमेरमा निधन भएको हो। उनी अमेरिकी कलाकार, निर्देशक एवं निर्माता बेन स्टिलरका बुवा हुन्। उनको मृत्युको जानकारी दिँदै बेन स्टिलरले ट्वीट लेखेका छन्,'म मेरो बुबाको मृत्युको खबर सुनाउनु पर्दा निकै दु:खी छु।' उनले आफ्ना बुबा कालगतीले निधन भएको जनाएका छन्। जेरी…
काठमाडौं : वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी १ सय १ वर्षका पुगेका छन्। १९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मेका थिए। गतवर्ष एक सय वर्ष पुगेको उपल्क्षयमा ललितपुर महानगरले जोशीको सम्मानमा नागरिक अभिनन्दन गरेको थियो। लकडाउनका कारण जोशीको जन्मदिनको उपल्क्षयमा यसपटक भने कुनै कार्यक्रम राखिएका छैनन्। जोशीले यसपटक आफूलाई शुभकामना दिनेहरुलाई धन्यवाद दिँदै कोरोना महामारीसँग लड्न गरिएको लकडाउन…
कट्रिना कैफ बलिउडमा चर्चामा रहने अभिनत्री हुन्। धेरै चर्चित फिल्ममा काम गरिसकेकी उनी अहिले परिवारसँग समय बिताइरहेकी छिन्। सामाजिक सञ्जालमा पनि उस्तै सक्रिय छिन् उनी। झाडु लगाएको देखि भाडा माझेकोसम्म तस्विर र भिडियोहरु सेयर गरेर रमाइ रहेकी छिन्। पछिल्लो समय उनको पोस्टसँगै चर्चामा छ उक्त पोस्टमा भारतीय क्रिकेट टिमका स्पिनर युजबेन्द्र चहालले गरेको कमेन्ट। केही दिन अघि मात्र केट्रिनाले इन्स्टाग्राममा एक च्याट सेसन सञ्चालन गरेकी थिइन्…
ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा एक चिनियाँ मुलकी अमेरिकी पत्रकारले प्रश्न सोधेपछि डोनाल्ड ट्रम्प आक्रोशित भएका छन्। सीबीएस न्यूजका ह्वाइट हाउस संवाददाता वेजिया चियाङको प्रश्नपछि विवाद भयो र उनी सम्मेलनबाटै बाहिरिए। चियाङले ट्रम्पलाई 'कोरोना भाइरस संक्रमणको परीक्षणलाई किन सधैं अरु देशको परीक्षणसँग तुलना गरेको? दैनिक हजारौं नागरिकले ज्यान गुमाइराख्दा यस विषयलाई विश्व प्रतिस्पर्धाका रुपमा हेर्नुको के अर्थ?' भन्ने प्रश्न सोधेकी थिइन्। उनको…
काठमाडौं : पूर्व डीआइजी रमेश खरेल नेतृत्वको हाम्रो नेपाल सुशासन अभियानले आज साँझ १ मिनेट बत्ती निभाएर भारतको विरोधमा ब्ल्याक आउट गर्न अनुरोध गरेको छ। कोरोना भाइरस महामारीको यो विपत्तीको बेला मौका छोपी भारतले नेपालको भूमि लिपुलेक हुँदै चीन जोड्ने सडक निर्माण गरी उद्घाट्न समेत गरेको विषयले सम्पूर्ण नेपालीलाई आक्रोशित र मर्माहत तुल्याएको भन्दै अभियानले साँझ बेलुका ठीक साढे ७ बजे एक मिनट बत्ती निभाउन…
नयाँ दिल्ली : कोरोनाको इपिसेन्टर मानिएको मुम्बईमा लगतार छैटौं दिन १ हजारभन्दा माथि नयाँ संक्रमित भेटिनु र तामिल नाडूमा पनि ह्वात्तै संख्या बढ्न जाँदा भारतमा संक्रमितको संख्याले ७० हजारको सीमा पार गरेको छ। दुई दिनअघि ६० हजार पुगेको भारतमा दुई दिनको अन्तरमा नै उल्लेख्य संख्या थपिएको हो। तामिल नाडूमा एकै दिन ७ सय ९८ नयाँ संक्रमित थपिए जुन अहिलेसम्मको सबैभन्दा…
ह्वाइट हाउसका सम्पूर्ण कर्मचारीलाई मास्क लगाउन अनिवार्य गरिएको छ। त्यहाँ कार्यरत् दुई सहयोगीमा कोरोना भाइरसको संक्रमण देखिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले अनिवार्य मास्क लगाउन निर्देशन दिएका हुन्। गत साता मात्रै ट्रम्पका सहयोगी रहेका अमेरिकी सेना र उपराष्ट्रपति माइक पेन्सकी प्रेस सल्लाहकार क्याटी मिलरमा संक्रमण पुष्टि भएको थियो। लगत्तै ह्वाइट हाउसमा दैनिक कोरोना संक्रमण परीक्षण सुरु भएको छ। त्यहाँ कार्यरत् सम्पूर्ण कर्मचारीहरुले…
नयाँ दिल्ली : तीन घन्टामा नै ५४ हजार प्यासेन्जरका लागि रेलको ३० हजार टिकट बुकिङ भएको छ। एक दर्जन रेलका लागि बुकिङ खुल्दा यति धेरै मानिसले टिकेट लिएका हुन्। टिकट बुकिङ खुलेको १ मिनेटमा मुम्बई सेन्टर-नयाँ दिल्लीको मे १८ सम्मका एयर कन्डिसन सुविधा भएका सबै टिकट बिक्री भएको थियो। रेलवे अधिकारीका अनुसार सोमवार ९ बजेसम्म एयर कन्डिसनवाला रेल टिकटबाटमात्रै करिब…