काठमाडौं : १४ दिनदेखि ११ वर्षीया बालिकाको बास राजापुर नगरपालिका वडा नम्बर ५ मा रहेको किसान माध्यमिक विद्यालयमा बनाएको क्वराइन्टाइन बनेको छ। उनको साथमा छिन्, उनकी हजुरआमा। आइतवार बर्दियाको राजपुर नगरपालिकाबाट स्वाब संकलन गरेर काठमाडौंको टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा पठाइयो। रिजल्ट पोजेटिभ कि नेगेटिभ भन्ने डरले उनीहरुलाई सताइरहेको थियो। सोमवार दिउँसो रिपोर्ट आयो। जे नसोचेको त्यही भयो। नातिनीमा कोरोनाको…
काठमाडौं : लकडाउनको आज ५० औँ दिन। आइतवारबाट काठमाडौंमा उपत्यकाभित्र हिँड्डुल गर्न केही सहज भएको छ। सर्तसहित केही व्यवसाय,संस्था लगायत खुल्दा मानिसले केही राहत अनुभूति गरेका छन्। तर, यसअघि भने मानिसलाई आवश्यक काममा पनि कसरी निस्कने भन्ने समस्या थियो। सडकमा सवारी लिएर निस्किए प्रहरीले समात्थ्यो। त्यसैले धेरै मानिसले अत्यावश्यक कामको लागि सवारी साधन लिएर निस्कनुपर्ने भए ट्राफिक प्रहरीलाई फोन गर्थे। त्यति मात्र…
काठमाडौँः नेपाल प्रहरीले पछिल्ला केही दिनयता साइबर सेक्युरिटीका लागि भन्दै प्रहरीको नाम लिएर ब्ल्याकमेलिङ भइरहेको भन्दै सचेत रहन अपिल गरेको छ। प्रहरीको नाम लिएर फोटो भिडियो माग गरी दूरुपयोग गरेको भन्दै सचेत रहन अपिल गरेको हो। सामाजिक सञ्जालमा त्यस्ता फोटो भिडियो पोस्ट गरी चरित्रहत्या गर्ने काम भइरहेको भन्दै आफ्नो सूचना कसैलाई नदिन सर्वसाधरणलाई आग्रह गरेको हो। प्रहरीले त्यस्ता सूचना कसैले मागेमा…
काठमाडौँः सर्वोच्च अदालतमा भारतले अतिक्रमण गरेर सडक निर्माण गरेको नेपालको भूभाग लिपुलेक फिर्ता गर्न माग गर्दै रिट निवेदन दायर भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, रक्षा, परराष्ट्र र भूमि व्यवस्था सहकारी मन्त्रालय गरी पाँच मन्त्रालयलाई विपक्षी बनाई अधिवक्ताहरू लोकेन्द्र ओली, दीपेन्द्र अधिकारी र केशरजङ्ग केसीले रिट दायर गरेका हुन्। निवेदनमा कूटनीतिक वार्ता, संवाद गरेर आफ्नो भूमि तत्काल फिर्ता…
काठमाडौं: नेपालमा अतिक्रमित भूमि कालापानी-लिपुलेकको मुद्दा चर्किँदा भारतले त्यस क्षेत्रमा आफ्नो उपस्थिति बढाएको छ। अहिले भारतीय सेनाका हेलिकोप्टर नेपाली आकाशमा उडिरहेका छन्। नेपाली भूमि कालापानी कब्जा गरेर सैन्य क्याम्प खडा गरेको भारतले सैनिक हेलिकप्टरबाट त्यहाँ ओहोरदोहोर बढाएको छ। सोमबारमात्रै चारपटक भारतीय सेनाको हेलिकोप्टरले ओहोरदोहोर गरेको दार्चुलाका पत्रकार भोजराज जोशीले बताए। ‘भारतीय सेनाको हेलिकोप्टर खेपका खेप उडिरहेका छन्। कालापानीमा समान पुर्याउन…
काठमाडौं: नेपालमा १७ हजार ८०९ जनाको पीसीआर परीक्षण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५८ हजार ५४६ जनाको आरडीटी गरिएको छ। पछिल्लो २४ घण्टामा दुई हजार ७९९ को कोरोना भाइरसको परीक्षण गरिएको छ। मन्त्रालयका अनुसार एक सय ५३ जना आइसोलेसनमा छन्। स्वमूल्याङ्कन फारममार्फत ३४ हजार ५६२ ले कोरोनाबारे जानकारी लिएका छन्। हाल १२ हजार ७०१ लाई क्वारेन्टाइनमा छन्। सोमबार…
काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सधैभरी विवाद गर्नुभन्दा भारतसँगको सिमानामा काँडेतार वा पर्खाल लगाउनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सोमवार नेता नेपालले भारतले नेपालको लिम्पियाधुरा कालापानी क्षेत्रमा सडक बनाएको प्रसंगमा सो कुरा बताएका हुन्। भारतले विभिन्न ठाउँमा सीमा मिच्ने, दशगजा क्षेत्रमा बाँध बाँध्ने, सुरक्षा फौज तैनाथ गर्ने एवं सडक बनाउने…
कलाकार पूर्णविक्रम शाह (पल)ले नेपाली चलचित्र क्षेत्रका पर्दा पछाडिको हिरोहरुलाई सहयोग गरेका छन्। उनले लकडाउन प्रभावित विपन्न प्राविधिक, नृत्यकर्मी एवं द्वन्द्वको दृश्यमा देखिने सहायक कलाकारहरुलाई खाद्यान्न सहयोग गरेका हुन्। कोरोना भाइरस एवं लकडाउनका कारण चलचित्र क्षेत्र ठप्प छ। फिल्मको छायाँकनदेखि प्रदर्शनसम्मका सबै कार्य रोकिएका छन्। जसका कारण प्रत्यक्ष असर परेको छ फिल्मको पर्दामा नदेखिने ज्यालादारी मजदूर वर्गमा। निम्न आय…
काठमाडौं: नेपाली काँग्रेसका नेता एवं दार्चुलाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद दिलेन्द्र प्रसाद बडूले नेपालतर्फ तिङ्कर सडक समयमै निर्माण नहुँदा भारतले नेपाली भूमिमा बाटो बनाएको बताएका छन्। बाटो नहुँदा नेपाली नागरिकको पहुँच नभएको र राज्यको उपस्थिति नहुँदा भारतले मौका छोपेको उनको विश्लेषण छ। संसदको आजको बैठकमा बोल्दै बडूले दार्चुलाको खलङ्गादेखि तिङकरसम्म सडक निर्माण नहुँदा भूमि अतिक्रमण गर्न भारतलाई सहज भएको जानकारी…
काठमाडौं : क्वारेन्टाइनमा बसेको १८ दिन पुगिसकेको थियो। परीक्षणका लागि लगिएको थ्रोड स्वाबको रिपोर्ट नआइ घर जाने कुरा थिएन। आइतवार रिपोर्ट पनि आयो - सबैको नेगेटिभ। रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई घर जाने बाटो खुल्यो। डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ का उनी पनि घर पुगे, कोरोनामुक्त भन्दै। लामो समय घरबाहिर रहेका उनी हिँडेरै पुगे पनि घर जान पाइहालेका थिएनन्। एक रात…
काठमाडौं : सप्तरीमा आज कोरोना संक्रमण पुष्टि भएका किशोर केही दिन पहिले चितवनबाट त्यहाँ पुगेको खुलेको छ। १२ जनाको समूहमा उनीहरु चितवनबाट सप्तरी हिँड्दै गएका हुन्। त्यहाँ पुगेपछि उनीहरुलाई क्वरेन्टाइनमा राखिएको थियो। उनीहरु हिँडेर नै सप्तरी पुगेको डाक्नेश्वर नगरपालिका मेयर शिवनारायण साहले बताए। 'उनीहरु चितवनबाट हिँडेर आएको थाहा पाएपछि प्रहरीको सहयोगमा नियन्त्रणम लिएर क्वारेन्टाइनमा राखेका थियौं,' मेयर साहले पहिलोपोस्टसँग भने…
काठमाडौं : परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतीय राजदूत विनय मोहन क्वात्रालाई सीमाको विषयमा कुटनीति नोट हस्तान्तरण गरेका छन्। परराष्ट्र मन्त्रालयमा डाकेर उनले भारतीय राजदूत क्वात्रालाई नेपालको धारणा प्रस्ट्याएका हुन्। परराष्ट्र मन्त्रालयले ट्विट गर्दै यसबारे जानकारी गराएको छ। Foreign Minister Hon. @PradeepgyawaliK conveyed Government of Nepal's position on boundary issues to Ambassador of India to Nepal H.E. Mr. Vinay Mohan Kwatra…
बलिउड अभिनेत्री तथा मोडल पुनम पाण्डे पक्राउ परेकी छन्। नग्न तस्विर र विवादित वयानले चर्चामा रहिरहने पुनम लकडाउन उल्लंघन गरेको आरोपमा पक्राउ परेकी हुन्। पुनमलाई मुम्बईको मरीन ड्राइवमा ४६ वर्षीय मित्र सैम अहमदका साथमा बीएमडब्लू कारमा सवार गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको समाचार संस्था पीटीआईले जनाएको छ। लकडाउनका नियम तोडेको आरोपमा पक्राउ परेका दुबै जनाविरुद्ध मुद्दा दर्ता गरिएको सिनियर पुलिस…
काठमाडौः लिपुलेकको विषयलाई लिएर आन्दोलनमा उत्रिएका विद्यार्थीहरु पक्राउ परेका छन्। कुनै पनि विद्यार्थी संगठनको व्यानरविना आन्दोलनमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। समातिएका विद्यार्थीहरु विभन्न संगठन आवद्ध छन्। ववरमहलमा अप्रत्यासित रुपमा भेला भएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको हो। प्रहरीले उनलाई पक्राउ गरेको छ। आज पक्राउ परेकाहरु हिजो पनि पक्राउ परेका थिए। उनीहरुलाई हिजो…
भारतमा महिलाहरु विरुद्ध यौन दुर्भावनासहित सन्देश आदानप्रदान गरेको आरोप लगाइएको 'ब्वाइज लकर्स रुम'को केसमा नयाँ ट्वीस्ट आएको छ। इन्स्टाग्रामको च्याट रुमको भन्दै सार्वजनिक भएको कयौं स्क्रिनसटमध्ये 'सिद्धार्थ' नाम गरेको अकाउन्टको एक किशोरीले संचालन गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। सिद्धार्थ तिनै हुन् जसले च्याटमा लेखेका थिए – 'उसलाई बोलाउ, म अरु एक दुई जना केटाहरुलाई पनि बोलउँछु र हामी सामूहिक बलात्कार…
काठमाडौं : सीमा अतिक्रमणको विरोधमा भारतीय राजदूतावास अगाडि प्रदर्शन गर्ने राप्रपाका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। भारतले नेपाली भूमि कालापानी-लिपुलेक क्षेत्रमा एकलौटी रुपमा मानसरोवर जाने सडक बनाएएको विरोधमा आज विहान प्रदर्शनमा उत्रिएका पूर्वराज्यमन्त्री कुन्ती शाहीसहित विद्यार्थी र महिला संगठनका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो। राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष प्रकाश रिमाल, विद्यार्थी संगठनका अध्यक्ष महेश बहादुर सिंह, महिला…
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद गजेन्द्रबहादुर महतले लकडाउनमा जनताले दु:ख पाएको बताएका छन्। जनता मात्र होइन सांसदले पनि दुःख पाएको र त्यो दुःख दिने काम जिल्ला प्रशासन कार्यालयदेखि गृह हुँदै प्रधानमन्त्री कार्यालय सम्मले गरेको उनको आरोप छ। सोमवार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै लकडाउनले सिडिओलाई टाकुरे राजा बनाएको आरोप लगाए। उनले आफूहरू जिल्ला जान समेत सिडिओको चाकरी गर्नु परेको…
काठमाडौं : सत्तारुढ दलका सांसद गजेन्द्र बहादुर महतले सिडिओहरु टाकुरे राजा बनेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सात प्रदेश राजा र गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालय महाराजा बनेको भन्दै आक्रोश व्यक्त गरे। उनले भने, 'लकडाउनको परिभाषा मैले बुझिन। लकडाउनले ७७ जिल्लाका सिडिओलाई टाकुरे राजा बनाएको छ। सात प्रदेश राजा बनेर बस्या छ। गृह मन्त्रालय र प्रधानमन्त्री…
काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै बाल कविता सुनाएका छन्। उनले प्रतिनिधिसभाको शून्य समयमा 'म त भाग्यमानी'शीर्षकको कविता सुनाएका हुन्। गगन थापाले कवितमा लिपुलेकदेखि ओम्नीसम्मको कुरा समेटेका छन्। उनले प्रधानमन्त्री ओलीलाई आशु कवि भन्दै कटाक्ष पनि गरेका छन्। राहत माग्न आउनेलाई कविता गीत सुनाउला भन्दै व्यङ्ग्य गरेका हुन्। थापाले…
नयाँ दिल्ली : भोलिबाट इन्डियन रेलवेजले आफ्नो सेवा क्रमिक रुपमा विस्तार गर्ने भएको छ। प्रारम्भमा ३० वटा रेल चल्न सुरु गर्ने आइतवार जानकारी दिइएको छ। नयाँ दिल्ली स्टेसनबाट यी रेलहरु दिवरुगढ, अग्रताल, होवार, पटना, विलाशपुर, राँची, भुवनेश्वर, सिकन्दरावाद, बैगलौर, चेन्नई, त्रिभुवन्थपुरम, मदगाउँ, मुम्बई सेन्ट्र, अहमदावाद र जम्मु तावीका लागि रेल छुट्नेछ। त्यपछि इन्डियन रेलवेजले नयाँ रुटहरुमा सेवा संचालन गर्नेछ। रिजर्भ…