काठमाडौं : नेपालमा कोरोनाको संक्रमितको संख्या २ सय १९ पुगेको छ। कपिलवस्तुमा थप एक संक्रमित भेटिएको हो। यससहित आज दिउँसो २ बजेसम्म २ जना नयाँ संक्रमित थपिएका हुन्। स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु नगरपालिका ५ का २२ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनमा कोभिड १९ पोजिटिभ देखिएको हो। केही बेर अघि मात्रै आज बाँकेमा…
काठमाडौः थप एक जनामा कोरोना संक्रमण देखिएको छ। बाँके जिल्लामा थप एकजनामा कोरोना पोजेटीभ देखिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालगंजका ३६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। धुलिखेल अस्पतालमा स्वाब परीक्षण गर्दा उनमा कोभिड १९ पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन्। यससँगै नेपालमा संक्रमितको सङख्या २ सय १८ पुगेको छ।
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता लैजान अनुरोध गरेका छन्। श्रेष्ठले बुधवार ट्वीटरमा राज्यको आवश्यकताका लागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध गरेका छन्। नयाँ पत्रिकाले सुरक्षाकर्मी अभाव भइरहँदा सशस्त्र प्रहरी नेताको अगुवा पछुवा भन्ने समाचार प्रकाशित गरेको थियो। श्रेष्ठले आफ्नोभन्दा राष्ट्रको सुरक्षा महत्वपूर्ण हुने भन्दै पछुवा फिर्ता लैजान आग्रह…
काठमाडौं : राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले नेता, सांसद र मन्त्रीले कोरोना भाइरस सारिरहेको आरोप लगाएका छन्। बुधबारको राष्ट्रिय सभा बैठकमा उनले राहत वितरण गर्न गाउँगाउँमा मान्छे जम्मा पार्ने परिपाटीले कोरोना भाइरस सरेको तर्क गरे। सांसद मन्त्री र नेताहरुले जनता जम्मा पारेर राहत वितरण गर्दा कोरोना सरेको उनको भनाइ छ। 'नेता हुँ भनेर, टाइ सुट लाएर, जनता जम्मा पारेर राहत वितरण…
काठमाडौं : मंगलवार उपत्यकाभित्र कोरोना संक्रमण देखिएकी महिला अस्पतालमा कार्यरत भएको खुलेपछि उनी कार्यरत अस्पताल पूर्णरुपमा सिल गरिएको छ। ललितपुरस्थित आरोग्य फाउन्डेसनले संचालन गरेको निदान अस्पताल सिल गरिएको हो। संक्रमित युवती त्यही अस्पतालमा कार्यरत थिइन्। उनी २९ गते सुनसरीबाट फर्किएकी हुन्। उनको परीक्षण गर्न अस्पतालको गाडी प्रयोग भएको थियो भने त्यहीकै चालक लिन पुगेका थिए। 'अस्पतालको गाडी र चालक प्रयोग…
दीपक गजुरेल - नेपाल र भारतको सीमा समस्या कहिलेदेखि शुरू भएको हो भन्ने सार्वजनिक रुपमा आधिकारिक जानकारी छैन। समस्याको जरो के हो भने महाकालीको उद्गम स्थल दुई वटा देखाइएको छ। पश्चिम पट्टी भएको उद्गमस्थल हाम्रो सिमाना हो भनेर हामीले दावी गरिरहेका छौँ। अर्को तिर, भारतले पूर्व पट्टी भएको उद्गमस्थललाई हाम्रो सिमाना हो भनेको छ। अर्को विवाद भनेको त्यो क्षेत्रमात्र होइन,…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका नेता तथा राष्ट्रिय सभाका सांसद खिमलाल भट्टराईले कालापानीमा आवश्यक परे नेपालीले रगत बगाउने बताएका छन्। भट्टराइले भारतलाई चेतावनी दिँदै नेपालीले कालापानीका लागि रगत चढाउन तयार भएको बताए। उनले कालापानीमा सेनाको ब्यारेक राख्नुपर्ने र सीमामा पर्खाल लाउनुपर्ने प्रस्ताव गरेका छन्। भारतको हेपाह प्रवृत्तिले अहिलेको अवस्था सिर्जना गरेको भट्टराइको तर्क छ। 'भारतको बल मिचाइ जारी छ। के नेपालीले आफ्नो जमिनका…
काठमाडौः चिनिया एयरफोर्स एडले अनुदानमा पठाएको मेडिकल सामाग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको छ। चाइना एयरफोर्सको आइ १७६ सिरीजको विमानमार्फत् बुधवार बिहान ९:०० बजे अवतरण भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। चिनियाँ राजदूतावासको पहलमा मेडिकल सामाग्री ढुवानीका लागि एयरफोर्सको जहाजमार्फत् कार्गो उडान भएको प्रवक्ता क्षेत्रीले जानकारी दिए। उनका अनुसार आइ १७६ जहाज अन्य जहाजको टेक अफ क्षमता तुलनामा दोब्बर…
काठमाडौं : मंगलवार भक्तपुरमा दुई जना कोरोना संक्रमित भेटिएपछि भक्तपुरको दुई स्थानमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। संक्रमित बस्ने घरलाई पूर्णरुपमा सिल गरेर कन्ट्याक ट्रेसिङ गरिरहेको छ। दुवाकोट र मध्यपुर थिमिका एक पुरुष र महिलामा कोरोना संक्रमण देखिएको छ। 'अहिले हामी घर सिल गरिरहेका छौं। उहाँहरुसँग सम्पर्कमा को को आउनु भएको खोज्दै छौं,' महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानले…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ। बुधवार बिहान ११ बजेका लागि बोलाइएको बैठक तोकिएको समयभन्दा डेढ घण्टा अगाडिमात्रै स्थगित गरिएको नेकपा स्थायी समिति सदस्य हरिबोल गजुरेलले जानकारी दिए। उनका अनुसार सबै स्थायी समिति सदस्यलाई बैठक स्थगित भएको सूचना आएको छ। तर के कारणले बैठक स्थगित भयो भन्ने जानकारी नभएको बताए। 'बैठक स्थगित भएको सूचना…
काठमाडौं : भक्तपुरमा कोरोना संक्रमण देखिएका २७ वर्षीय पुरुष पूर्व गृहमन्त्री भीम रावलका सुरक्षागार्ड भए पनि उनी एक महिनाअघि देखि विदामा रहेको खुलेको छ। मंगलवार काठमाडौं उपत्यकाभित्र तीन जनामा कोरोना संक्रमण देखिएको हो। भक्तपुर दुवाकोटका २७ वर्षीय संक्रमित पूर्व गृहमन्त्री भीम रावलका सुरक्षा गार्ड हुन्। उनी सशस्त्र प्रहरीको नीलबाराही गणमा दरबन्दी रहेको छ। उनको स्थायी निवास भने रामेछाप रहेको छ।…
प्रताप सुवेदी - कोरोना भाइरसले अहिले संसारै लकडाउनमा छ। असर सबैको दैनिकीमा परेको छ नै। त्यसैले मलाई मात्र यस्तो पर्यो भन्ने सोचेर यो लेख्दै छैन। कहिले काहीँ आफ्नो शब्द धेरैको आवाज बन्ने अपेक्षासहित लेख्दैछु। तिनको आवाज जो विदेशी भूमिमा छन्। जसको दु:ख आफ्नै घर भित्र, परिवारको साथमा बस्दाबस्दै थाकेकाहरु भन्दा कम छैन। न आफ्नो भूमि, न भाषा। आफन्त त हुँदैनन्…
नयाँ दिल्ली : मे १ देखि भारतले श्रमिक स्पेसल रेल सेवा सुरु गरे यता ६ लाख ८० हजार आप्रवासी मजदुरलाई उनीहरुको गन्तब्यमा पुर्याएको छ। अहिलेसम्म ४ सय ६३ वटा रेल गन्तव्यमा पुगिसक्दा १ सय १२ वटा भने यात्रु बोकेर गुडिरहेका छन्। कोरोना भाइरसका कारण अलपत्र परेकाहरुलाई भारतले रेल मार्फत् उनीहरुको स्थायी ठेगानातिर पठाइरहेको छ। त्यसबाहेक भारतले अनलाइनबाट आंशिक रेल सेवा…
काठमाडौं : नेपाली सेनाको हेलिकोप्टरबाट सुरक्षाकर्मी र बन्दोबस्तीका सामान लिएर दार्चुलाको छाङरु उडेको छ। बुधवार बिहान ७ बजे गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा.डा. इन्द्रजीत राई र सशस्त्र प्रहरीका एआईजी नारायणबाबु थापा सहितको टोली दार्चुला गएको छ। छाङरुमा सशस्त्रको नाइट डेस्क क्याम्प बनाइने र बिओपी स्थापना गर्न टोली दार्चुला गएको हो।
काठमाडौँः काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ। मंगलवार राति ११:५३ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ५.३ म्यागनिच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। दोलखा आसपासका क्षेत्रमा लामो समयपछि धक्का महसुस गरिएको छ। An earthquake of ML 5.3 occurred around Jugu of Dolakha district at 23:53 @NEOCOfficial — NSC, Nepal (@NepalNsc) May 12, 2020
काठमाडौँः नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई सय जना नाघेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मंगलवार रातिसम्म संक्रमितको संख्या २१७ पुगेको छ। माघ १० गते काठमाडौंमा कोरोनाको पहिलो केस देखिएको थियो। त्यसको दुई महिनापछि काठमाडौंमा नै दोस्रो केस देखिएको थियो। त्यस लगत्तै भाइरसको संक्रमण नियन्त्रण गर्न भन्दै सरकारले लकडाउन गरेको थियो। लकडाउनको ५० औं दिन पुग्दा संक्रमितको संख्या दुईबाट दुई सय…
काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विष्णु रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कसले भ्रममा राख्छ भन्दै प्रश्न गरेका छन्। रिजालले मंगलवार ट्वीट गर्दै लिपुलेकमा सडक बनेको अरुलाई थाहा हुँदा प्रधानमन्त्रीलाई थाहा नदिइएको भन्दै कटाक्ष गरेका छन्। प्रधानमन्त्री ओलीले मंगलवारको मन्त्रीपरिषदमा लिपुलेकमा भारतले सडक बनाएको आफूलाई थाहा नभएको बताएका थिए। त्यस्तै रिजालले प्रधानमन्त्रीलाई विषादी परिक्षणको सम्बन्धमा भारतले पत्र लेख्दा पनि…
काठमाडौँः मंगबार राति पुनः २६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्यको प्रयोगशालामा भएको परीक्षणमा २६ जनाको नतिजा पोजेटिभ आएको हो। योसँगै संक्रमितको संख्या २१७ पुगेको छ। मन्त्रालयका अनुसार पर्साका मात्र १८ जना छन्। जसमा ६ जना महिला र १२ जना पुरुष छन्। यस्तै, महोत्तरीका दुई पुरुष, धुनुषमा एक पुरुष र एक महिला संक्रमित भएका छन्। यसतै,…
काठमाडौँः राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्रीसहित अतिविशिष्ट महानुभावको कोभिड–१९ स्वास्थ्य परीक्षण भएको छ। संघीय संसद्मा राष्ट्रपतिबाट आगामी जेठ २ गते नेपाल सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने समारोहलाई दृष्टिगत गरी उनीरुको पीसीआर विधिबाट परीक्षण गरिएको हो। संसद् सचिवालयबाट प्राप्त जानकारी अनुसार राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित ३७, उपराष्ट्रपति कार्यालयमा उपराष्ट्रपति नन्दबहादुर पुनसहित ६४ र प्रधानमन्त्री निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित १० जनाको पीसीआर…
काठमाडौं : गृह मन्त्रालयले लकडाउनलाई थप कडाइ गर्ने भएको छ। मंगलवार मन्त्रालयमा बसेको बैठकले विषेशगरी सवारी आवतजावतलाई कडाइ गर्न लागेको हो। लकडाउनको समयमा एउटा जिल्लाबाट अर्को जिल्लामा जान समेत रोक लगाइएको छ। विभिन्न निकायबाट जारी भएको सवारी पास लिएर मानिस एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने गरेका थिए। ‘१ गतेबाट लागू हुने गरी एक जिल्लाबाट अर्को जिल्ला जाने सबै पास खारेज गरिएको…