PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

  • के लकडाउनपछि रोबोटको प्रयोगले बढी स्थान पाउँछ?

    के लकडाउनपछि रोबोटको प्रयोगले बढी स्थान पाउँछ?

    कोभिड १९ को महामारीका कारण चपेटामा परेको विश्वका लागि भविष्यमा रोबर्ट प्रयोग अर्को एउटा खतरा हो जसलाई कोरोना भाइरसको संकटबाट कसरी बच्ने भन्ने सोचले बिर्साएको छ। के कोरोना कहर सकिएसँगै विश्वमा रोबर्टको उदय हुनेछ ? विश्लेषकहरुका अनुसार राम्रो या नराम्रो जे भए पनि विभिन्न प्रकारका जागिरमा अब रोबर्टले व्यक्तिको स्थान लिन देखिन्छ। त्यस्तै कोरोना भाइरसबाट उत्पन्न संकटले पनि यस दिशातर्फ…

    विस्तृतमा पढ्नुस्

  • १९ एसपी एसएसपी बढुवामा सिफारिस, पहिलो नम्बरमा वीरेन्द्र वस्याल

    १९ एसपी एसएसपी बढुवामा सिफारिस, पहिलो नम्बरमा वीरेन्द्र वस्याल

    काठमाडौँः नेपाल प्रहरीका १९ एसपी एसएसपीमा बढुवाका लागि सिफारिस भएका छन्। गृह मन्त्रालयको बढुवा समितिले मंगलवार १९ एसपीको बढुवा सिफारिस गरेको हो। प्राप्त अंकको आधारमा पहिलो नम्बरमा ८२.०८३ अंक प्राप्त गरेका वीरेन्द्रकुमार वस्याल रहेका छन्। यस्तै जनक भट्टराई, विष्णुकुमार केसी, केदार ढकाल, दुर्गा सिंह लगायत एसपी बढुवाका लागि सिफारिसमा परेका छन्।

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरसको हटस्पट बन्दै उदयपुर, एकैदिन थपिए ११ संक्रमित

    कोरोना भाइरसको हटस्पट बन्दै उदयपुर, एकैदिन थपिए ११ संक्रमित

    काठमाडौं : उदयपुरमा कोरोना भाइरसबाट थप १० जना संक्रमित भएका छन्। आज मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उदयपुरकै एकजनामा भाइरस संक्रमण देखिएको बताइएको थियो। साँझसम्म आइपुग्दा त्यहाँ थप १० जनामा भाइरसको संक्रमण देखिएको हो। यसअघि उदयपुरमा १३ जनामा संक्रमण देखिएको थियो। यससँगै भाइरसबाट देशभर ४२ जना संक्रमित भएका छन्।

    विस्तृतमा पढ्नुस्

  • मंगलवार उपत्यकामा लकडाउन उल्लंघन गर्ने ३६५ जना प्रहरीको कारबाहीमा

    मंगलवार उपत्यकामा लकडाउन उल्लंघन गर्ने ३६५ जना प्रहरीको कारबाहीमा

    काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउन उललंघन गर्ने ७७ जना महिलासहित ३६५ जना प्रहरीको कारबाहीमा परेका छन्। मंगलवार बिहान ६ बजे देखि साँझ ६ बजेसम्म उक्त संख्यामा लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिएर छाडिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। यसैगरी, २ सय ६२ वटा दुई पाङ्ग्रे र २९ वटा चारपाङग्रे गरी २ सय ९१ वटा…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीले कुटपिट गर्दा मृत्यु भएको भन्दै फेसबुक लाइभबाट अफवाह फैलाउने पक्राउ

    प्रहरीले कुटपिट गर्दा मृत्यु भएको भन्दै फेसबुक लाइभबाट अफवाह फैलाउने पक्राउ

    सप्तरी : शान्ति सुरक्षा र प्रहरीको छविमा आँच आउने गरी झुठो अफवाह फैलाएको अभियोगमा राजविराज नगरपालिका ४ बस्ने २६ वर्षीय दिवाकर कुमार साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। खडक नगरपालिका ६ बीरपुर बस्ने ६५ वर्षीया महिलाको सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको सम्बन्धमा दिवाकरले सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत प्रहरीले कुटपिट गर्दा मृत्यु भएको भनी झुठो अफवाह…

    विस्तृतमा पढ्नुस्

  • कोरोना महामारीको विषम परिस्थितिमा संविधान, कानुन र पार्टी एकतामा आघात पुग्ने काम नगरौं: नेता नेपाल

    कोरोना महामारीको विषम परिस्थितिमा संविधान, कानुन र पार्टी एकतामा आघात पुग्ने काम नगरौं: नेता नेपाल

    काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोरोना महामारीमा संविधान, कानुन तथा तथा पार्टी एकतामा आघात पुग्ने गरी काम गर्न नहुने बताएका छन्। सरकारले हिजो राजनीतिक दल सम्बन्धी संशोधन र संवैधानिक परिषद सम्बन्धी संशोधन अध्यादेश ल्याएका बेला नेता नेपालले मंगलबार एक विज्ञप्ति जारी गर्दै सरकार र नेकपा तथा सम्पूर्ण पार्टीको ध्यान माहामारीको संक्रमणका विरुद्ध लड्नेतिर…

    विस्तृतमा पढ्नुस्

  • अध्यादेश खारेज गर्न संवैधानिक कानुन व्‍यवसायी मञ्चको अपिल

    अध्यादेश खारेज गर्न संवैधानिक कानुन व्‍यवसायी मञ्चको अपिल

    काठमाडौँः संवैधानिक कानुन व्यवसायी मञ्ले आवश्यकता र औचित्य बिना अध्यादेश जारी गरिएको भन्दै खारेज गर्न माग गरेको छ। राजनीतिक दललाई विभाजन सहज पार्ने प्रबन्ध र संवैधानिक परिषदको बैठकको कार्यविधि फेर्नु वर्तमान समयमा कुनै औचित्य नभएको भन्दै मञ्चले फिर्ता लिन माग गरेको हो।   मञ्चका बहालवाला र पूर्व पदाधिकारीले वक्तव्य जारी गर्दै अध्यादेश खारेज गर्न राष्ट्रपतिसमक्ष माग गरेका हुन्। अध्यादेशले कोरोना संक्रमण…

    विस्तृतमा पढ्नुस्

  • सरकारको निर्णयलाई बेमौसमी बाजाको संज्ञा दिँदै राजपाले भन्यो, ‘पार्टीलाई असर गर्दैन’

    सरकारको निर्णयलाई बेमौसमी बाजाको संज्ञा दिँदै राजपाले भन्यो, ‘पार्टीलाई असर गर्दैन’

    काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले  सोमवार जारी भएको राजनीतिक दलसम्बन्धी व्यवस्थाको संशोधन अध्यादेशलाई बेमौसमी बाजाको संज्ञा दिएको छ। राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीले एक विज्ञप्ति जारी गर्दै पार्टी विभाजन गर्न ल्याइएको अध्याध्देश तत्काल खारेज गर्न माग गरेका छन्। राजपाले विश्व नै कोरोनाको महामारीबाट थलिएको बेलामा गरिएको असामयिक र संवेदनहीन निर्णयले समग्र राजनीति नै कलंकित भएको निष्कर्ष पनि…

    विस्तृतमा पढ्नुस्

  • धमाधम हुँदैछ त्रिभुवन विमानस्थलको धावनमार्ग निर्माणको काम, ‘लकडाउनमा काम गर्न सहज भएको छ’

    धमाधम हुँदैछ त्रिभुवन विमानस्थलको धावनमार्ग निर्माणको काम, ‘लकडाउनमा काम गर्न सहज भएको छ’

    काठमाडौं : लकडाउनका कारण देशका अधिकांश आयोजनाका निर्माण कार्य ठप्प भएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणको काम भने रोकिएको छैन। कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले जारी गरेको लक डाउनमा सामाजिक दुरी कायम गर्दै निर्माणको काम भइरहेको हो। ३ हजार ५० मिटर रहेको विमानस्थलको धावनमार्गमा ३ सय मिटर बढाउने गरी काम भइरहेको छ। धावनमार्ग निर्माण कार्यको अनुगमन गर्दै संस्कृति पर्यटन तथा…

    विस्तृतमा पढ्नुस्

  • भारतमा र्‍यापिड टेस्ट किटबाट कोरोना परीक्षण रोकियो

    भारतमा र्‍यापिड टेस्ट किटबाट कोरोना परीक्षण रोकियो

    कोरोना भाइरसको र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्ने किटको नतिजामाथि प्रश्न उठिरहेका बेला भारतले यो किटबाट परीक्षण रोकेको छ। मंगलबार आयोजित केन्द्रीय गृह, स्वास्थ्य मन्त्रालय र इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)को संयुक्त पत्रकार सम्मेलनमा देशभर आगामी दुई दिनसम्म र्‍यापिड टेस्ट किटबाट कोरोना भाइरसको परीक्षण नहुने जानकारी दिइएको बीबीसी हिन्दीले जनाएको छ। यसअघि राजस्थान राज्य सरकारले कोरोना संक्रमितको नतिजासमेत र्‍यापिड किटले नेगेटिभ…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंका मस्जिदमा महानगर र मुस्लिम आयोगले गरे संयुक्त अनुगमन

    काठमाडौंका मस्जिदमा महानगर र मुस्लिम आयोगले गरे संयुक्त अनुगमन

    काठमाडौं : उदयपुरको मस्जिदमा रहेका जमातीहरुमा कारोना पोजेटिभ देखिएपछि अहिले देशभरीका मस्जिद र मदरसाहरुमा अनुगमन थालिएको छ। मुस्लिम आयोग आफैँले समिति गठन गरेर स्थानीय प्रशासनसँगको सहकार्यमा अनुगमन थालेको हो। मंगलवार उपत्यकामा रहेका मस्जिदहरुमा अनुगमन गरिएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सहित मुस्लिम आयोगको टोलीले मंगलवार काठमाडौंको घण्टाघरस्थित मस्जिद र मदरसामा अनुगमन गरेको हो। मस्जिदमा अनुगमनपछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाबाट मृत्यु भएका डाक्टरको अन्तिम संस्कारमा अवरोध गर्ने २० जना पक्राउ

    कोरोनाबाट मृत्यु भएका डाक्टरको अन्तिम संस्कारमा अवरोध गर्ने २० जना पक्राउ

    भारतको तमिलनाडुमा एक वरिष्ठ डाक्टरको अन्तिम संस्कारमा अवरोध गर्ने कम्तीमा २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। डाक्टर सिमन हर्क्युलसको कोभिड १९ को संक्रमणबाट आइतबार मृत्यु भएको थियो। सोही राती उनलाई अन्तिम संस्कारका लागि मसानघाट (कब्रिस्तान) लगिएको थियो। घाटमा जम्मा भएको भिडले डाक्टरको परिवारमाथि लाठी र रडले आक्रमण गरेको थियो। सो क्षेत्रका स्थानीयले डाक्टरको शव कब्रिस्तानमा गाड्दा कोरोना संक्रमण फैलिने अवरोध…

    विस्तृतमा पढ्नुस्

  • थपिए एक कोराना संक्रमितः उदयपुरका ३३ वर्षीय पुरुषको परीक्षण पोजेटिभ, कूल ३२ संक्रमित

    थपिए एक कोराना संक्रमितः उदयपुरका ३३ वर्षीय पुरुषको परीक्षण पोजेटिभ, कूल ३२ संक्रमित

    काठमाडौँः नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उदयपुरका ३३ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको। नियमित प्रेस ब्रिफिङमा प्रवक्ता विकास देवकोटा संक्रमण पुष्टि भएको बताए। योसँगै संक्रमितको संख्या ३२ पुगेको छ। चार जना उपचारपछि घर फर्किसकेका छन्। मन्त्रालयका अनुसार अहिलेसम्म पीसीर र आरडीटीबाट ३४ हजार ७१९ जनाको परीक्षण गरिएको छ। २७ हजार…

    विस्तृतमा पढ्नुस्

  • 'कोरोना नियन्त्रण तथा अलपत्र मजदुरको उद्धार गर्न छाडेर अध्यादेश ल्याउँदै विषम परिस्थितिको फाइदा उठाउने?'

    'कोरोना नियन्त्रण तथा अलपत्र मजदुरको उद्धार गर्न छाडेर अध्यादेश ल्याउँदै विषम परिस्थितिको फाइदा उठाउने?'

    काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको कार्यालयले संविधानविपरित बदनियतपूर्वक ल्याइएका अध्यादेशहरु तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ। प्रमुख सचेतक बालकृष्ण खाणले मंगलबार विज्ञप्ति जारी गर्दै कोरोना महामारीको विषम परिस्थितिको फाइदा उठाउँदै सरकारले हतारहतार ल्याइएको संवैधानिक परिषद सम्बन्धी संशोधन र राजनीतिक दल सम्बन्धी संशोधन अध्यादेश खोरज गर्न माग गरेका हुन्। 'कोरोना भाइरस नियन्त्रण र उपचारका लागि स्वास्थ्य सामग्री तथा उपकरणको…

    विस्तृतमा पढ्नुस्

  • मुम्बईस्थित एक सिनेमा हलका कर्मचारीलाई तलव दिने अक्षयको प्रस्ताव

    मुम्बईस्थित एक सिनेमा हलका कर्मचारीलाई तलव दिने अक्षयको प्रस्ताव

    भारतीय अभिनेता अक्षय कुमारले सिनेमा हलका कर्मचारीहरुका लागि आर्थिक सहयोग गर्ने प्रस्ताव राखेका छन्। मुम्बईस्थित गेइटी ग्यालेक्सी थिएटरका कर्मचारीहरुलाई लकडाउन अवधि भरको तलव दिने भन्दै अक्षयले हल मालिकलाई सम्पर्क गरेका हुन्।  गेइटी ग्यालेक्सीका सञ्चालक मनोज देसाइले आफ्ना कर्मचारीलाई तलव दिनका लागि ऋण लिएको खबर सार्वजनिक गरेपछि अक्षयले सहयोग गर्ने बताएका हुन्। उनले अक्षयले आफूलाई फोन गरेर सहयोगको प्रस्ताव राखेको बताए। भने,'तर…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकाका नेकपा सांसदहरुको एकै स्वर, 'लकडाउनको विकल्प खोजौँ'

    उपत्यकाका नेकपा सांसदहरुको एकै स्वर, 'लकडाउनको विकल्प खोजौँ'

    काठमाडौँः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरुले लकडाउनको विकल्प खोज्नुपर्ने सुझाएका छन्। मंगलबार उपत्यकाका सासदहरुले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँगको भिडियो संवादमा लकडाउन खकुलो बनाउनुपर्ने सुझाव दिएका हुन्। उपत्यकाका सांसदहरुले वरिष्ठ नेताको हैसियतमा नेपाललाई सबै क्षेत्रको अवस्थाबारे ब्रिफिङ गरेका हुन्। नेपाल काठमाडौँ २ बाट निर्वाचित सांसद् हुन्। नेपाल र सांसदबीच कोरोना उपचार रोकथाम र नियन्त्रणका बारेमा सम्वाद भएको थियो। भिडियो…

    विस्तृतमा पढ्नुस्

  • बालबालिकाका लागि 'स्वरमाला'को गीति कार्टुन

    बालबालिकाका लागि 'स्वरमाला'को गीति कार्टुन

    काठमाडौं : बालबालिकका लागि सांगीतिक 'स्वर्णमाला' सार्वजनिक भएको छ। सिकाइ सहज र मनोरञ्जनात्मक बनाउने उद्देश्यले पुस्तक प्रकाशक नेपालयले गीति कार्टुनसहितको स्वर्णमाला युट्युबमार्फत् सार्वजनिक गरेको हो। संगीतकार तथा गीतकार आभाससँगको सहकार्यमा तयार पारिएको सामाग्री लकडाउनका कारण घरमै रहेका बालबालिकाका लागि उपहार स्वरुप सार्वजनिक गरेको बताइएको छ। 'बालबालिकाहरू प्राकृतिक र रिदमिक हुन्छन्, त्यसैले उनीहरूलाई भाका र तालले छिट्टै आकर्षित गर्छन् र सजिलै…

    विस्तृतमा पढ्नुस्

  • कलैया उप महानगरपालिका मेयर यादव पक्राउ

    कलैया उप महानगरपालिका मेयर यादव पक्राउ

    काठमाडौं : बाराको कलैया उपमहानगरपालिका मेयर राजेशराय यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले मंगलवार दिउँसो मेयर यादवलाई नियन्त्रणमा लिएको हो। 'उहाँले गुणस्तरहीन सामाग्री बितरण गरेको गुनासो आएपछि नियन्त्रणमा लिएका हौं,' जिल्ला प्रहरी कार्यालय बाराका एसपी कृष्ण पंगेनीले भने। लकडाउनको समयमा विभिन्न तथा मजदुर वर्गलाई बाँडिएको राहत सामाग्रीमा गुणस्तरहीन भएको पाइएपछि अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो।

    विस्तृतमा पढ्नुस्

  • गोकर्णेश्वर नगरपालिकामा स्थानीयकै सक्रियतामा ठाउँठाउँमा नि:शुल्क खाना

    गोकर्णेश्वर नगरपालिकामा स्थानीयकै सक्रियतामा ठाउँठाउँमा नि:शुल्क खाना

    काठमाडौं : गोकर्णेश्वर नगरपालिकाका विभिन्न स्थानमा लकडाउनका कारण चरम समस्यामा परेका सबैखाले वर्गका लागि नि:शुल्क खाना खुवाउने क्रम जारी छ। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, ६ र ८ का विभिन्न संघ संस्थाहरुले विपन्न वर्गकालाई यसरी नि:शुल्क खाना खुवाएर उदाहरणीय कार्य गरेका छन्। गोकर्णेश्वर–५ स्थित सुन्दरटोलमा दुई हप्ताको अवधिमा निरन्तर बिहान र बेलुका गरी १० हजारभन्दा बढीलाई निःशुल्क खाना खुवाइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • अध्यादेश सत्ता, शक्ति र आर्थिक चलखेलमा पार्टी फुटाउने षड्यन्त्र: समाजवादी पार्टी

    अध्यादेश सत्ता, शक्ति र आर्थिक चलखेलमा पार्टी फुटाउने षड्यन्त्र: समाजवादी पार्टी

    काठमाडौं : समाजवादी पार्टीले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी व्यवस्था संशोधन अध्यादेशलाई सत्ता, शक्ति र आर्थिक चलखेलमा पार्टी फुटाउने अस्त्र भएको टिप्पणी गरेको छ। समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मंगलबार विज्ञप्ति जारी गर्दै लोकतन्त्र, संविधानको मर्म तथा भावनाविपरित र देश र जनताको हितविरुद्ध ल्याइएको अध्यादेशको उद्देश्य राजनीतिक पार्टीहरुलाई सत्ता–शक्ति, पद र आर्थिक चलखेल गरी फुटाउने रहेको र यसले लोकतन्त्रलाई समाप्त पार्ने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell