काठमाडौं : सशस्त्र प्रहरी बलका डिएसपी कुटिएका छन्। रुपन्देहीस्थित गुल्मपति डिएसपी मानबहादुर शाही ब्यारेक भित्र नै आफ्नै मातहतका प्रहरीबाट कुटिएका हुन्। प्रहरी निरीक्षक केशव भट्टराई र दयाराम पौडेलले डिएसपीलाई कुटपिट गरेका थिए। 'अनुशासनहिन काम गरेको पाइयो। घटनाको छानबिनपछि कारवाही हुन्छ', सशस्त्र प्रहरीका प्रवक्ता प्रविन कुमार श्रेष्ठले भने। मदिरा सेवन गरेर मंगलवार राति उनीहरुले डिएसपी शाहीलाई कुटपिट गरेको सशस्त्र प्रहरीले जानकारी दिएको…
अजय देवगण फिल्म 'रेड'को सिक्वेलमार्फत् पर्दामा देखिने भएका छन्। सत्य घटनामा आधारित उक्त फिल्मको हाल पटकथा लेखन जारी छ। अजयले क्राइम थ्रिलर रेडको पहिलो संस्करणमा आइआरएस अधिकारी अमय पटनायकको भूमिका निर्वाह गरेका थिए। मुम्बई मिररले जनाए अनुसार फिल्मले ती अधिकारीको कथा भन्नेछ जो अपराधी पत्ता लगाउनका लागि जासुसी एजेन्सीहरुसँग मिलेर काम गर्छन्। टि सिरिजका भुषण कुमारले पनि लकडाउन बीच 'रेड…
'न भोजपुरी बोल्न जान्छ, न अनुहार मिल्छ। मुसलमनको बच्चा जस्तो छैन यो। सानो भाइ त पहाडीया नै हो', नाजिर हुसेनकी दादी जी घरी घरी उनलाई पहाडिया भन्थिन्। अनि उनकी आमा थप्थिन्,'हो त सानोभाइ तँलाई त दुधौरा खोलामा भेट्टाएको।' दादीले पटक-पटक नाजिरलाई आफ्नो सन्तान होइन भन्नुको कारण थिइन् नाजिरकी आमा मिना बेगम। उनी काठमाडौँकी रैथाने थिइन्। त्यसमाथि हिन्दु। विवाह गरेर सिमरा…
काठमाडौं : निर्वाचन आयोगमा दल दर्ताका लागि यतिबेला जनता समाजवादी पार्टीका नेताहरु निर्वाचन आयोग पुगेका छन्। समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच बुधवार राति एकता गर्ने समझदारी भएको थियो। सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेसँगै समाजवादी पार्टी फुटको संघारमा पुगेको थियो। फुटलाई रोक्नका लागि रातारात पार्टी एकताको समझदारी भयो। पार्टी एकतापछि प्रस्तावित 'जनता समाजवादी पार्टी' निर्वाचन आयोगमा…
काठमाडौं : मध्यरातबाट सुरु भएको राजनीतिको लिगलिगे दौडको निर्णय अब निर्वाचन आयोगको पोल्टामा पुगेको छ। फुटको त्रासबाट जुटेका जनता समाजवादी पार्टी नेपालले दर्ताको प्रक्रिया अघि बढाएको छ। के हुन्छ प्रक्रिया एकीकृत दल दर्ताका लागि अन्य सरह नै प्रक्रिया छ। दर्ता प्रक्रियाका लागि घोषणापत्र, झण्डा, चुनाव चिन्हको नमूना, कम्तीमा पाँचसय जना मतदाताले दलको सदस्यता प्राप्त गर्न गरेको प्रतिबद्धता पत्र र नागरिकता वा…
आफ्नो अन्तिम तस्विरमा मोहम्मद हुसेन सिद्दिकीले किनारा नभएको टोपी लगाएका छन्। र खैरो कुर्ता लगाएरका उनी क्यामेरा तिर नजर लगाइरहेका छन्। यो तस्विर फेब्रुअरीको अन्तिम दिनको हो। सिद्धिकी आफ्ना कान्छा छोरासँग एक महिना विताएर साउदी अरेवियाको जेद्दाबाट भर्खरै भारत फर्किएका थिए। उनका छोरा त्यहाँ दन्त चिकित्सकको रुपमा काम गर्छन्। ७६ वर्षिय मुस्लिम विज्ञ तथा न्यायाधीश निकै थकित देखिन्छन्। फिका मुस्कानसहित…
काठमाडौं : नेपाल विद्यार्थी संघको एक समूहले सरकारविरुद्ध प्रदर्शन गरेको छ। बिहीवार बिहान नेपाल कमर्स क्याम्पसबाट निस्केको विद्यार्थीको समूहले सरकारले ल्याएको अध्यादेश खारेजीको माग गरेका छन्। नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष रञ्जित कर्णको अगुवाइमा निस्केको बिद्यार्थी समुहले प्रदर्शन गरेको हो। उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गरेका थिए। 'केपी ओली सत्ताको उन्मादमा! जनता कोरोनाको त्रासमा' लगायत नारा लगाएर विरोध जनाएका हुन्। नेपाल विद्यार्थी…
अस्ट्रेलियाले जी-२० देशरुसँग जंगली जनावरको व्यापारमा रोक लगाउन अपिल गरेको छ। मानिसको स्वास्थ्य र कृषि व्यवसायमा पर्न सक्ने प्रत्यक्ष असरलाई मध्यनजर गर्दै वन्यजन्तुको किनबेच रोक्न आग्रह गरेको हो। यस अपिलसँगै अस्ट्रेलिया र चीनबीचको कूटनीतिक सम्बन्धमा झनै दरार आउन सक्ने रोयटर्सले जनाएको छ। चीन अष्ट्रेलियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। तर, पछिल्ला वर्षहरुमा बेइजिङले गरेको साइबर अट्याक र क्यानबेराको घरेलु मामिलामा गरेको हस्तक्षेपका कारण कूटनीतिक…
नोवेल पुरस्कारबाट सम्मानित अर्थशास्त्री जोसेफ स्टिग्लेट्जले अमेरिकाले कुनै तेस्रो दूनियाँको देशले सरह कोरोना भाइसविरुद्धको लडाइ जारी राखेको बताएका छन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई व्यङ्ग्य गर्दै भने,'लाखौं अमेरिकी खानका लागि फुड बैंक बाहिर उभिएका छन्। पैसाको अभावका कारण धेरै बेरोजगारी भत्ताको आवेदन भर्दैछन्। स्वास्थ्य सेवामा असमानतका कारण मानिसहरु मरिरहेका छन्। जे होस् अमेरिका भाइरसविरुध लड्दै छ।' जोसेफका अनुसार भोक…
काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउन उललंघन गर्ने ८ सय ७२ जनालाई नियन्त्रणमा लिएको छ। आज बिहान ८ बजेसम्म २ सय २८ जना महिला सहित ८ सय ७२ जनालाई नियन्त्रणमा लिएको हो। सरकारले लकडाउन घोषणा गरेको आज एक महिना पुरा भएको छ। चैत ११ गते बिहान ६ बजेदेखि लकडाउन सुरु भएको थियो। त्यसयता प्रहरीले घरबाहिर हिड्नेलाई पक्राउ गर्दै आएको छ। लकडाउनको…
जर्मनीका सबै राज्यमा मास्कको प्रयोग अनिवार्य बनाउने घोषणा भएको छ। कोरोना भाइरस संक्रमणविरुद्ध लड्न उक्त निर्णय भएको हो। जर्मनी भरका सार्वजनिक सवारी साधनमा र सपिङ सेन्टरहरुमा मास्कको प्रयोग गर्नु पर्नेछ। १६ राज्य मध्य ब्रेमेनले मात्र यस निर्णयमा समर्थन जनाउन बाँकी रहेको छ। शुक्रबार यस विषयमा निर्णय हुने बीबीसीमा जनाइएको छ। कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नआएपछि विभिन्न देशले मास्कको प्रयोग फरक…
डा. सीताराम आचार्य - अहिले सारा विश्व कोभिड-१९ अर्थात जन जिब्रोको भाषामा भन्नुपर्दा कोरोना भाइरसको महामारीले आक्रान्त छl यो रोगको औषधी र सफल उपचार विधि बारे विभिन्न देशमा तिब्र गतिमा अनुसन्धानहरु भैरहेका छन्, यद्यपि हालसम्म खासै उल्लेखनिय सफलता प्राप्त भैसकेको छैनl विभिन्न मुलुकमा रोग प्रतिरोधात्मक खोपको परिक्षण पनि शुरु भैसकेको छ, तथापि यी खोपहरु प्रभावकारी ठहरिए भने पनि आम मानिसको …
काठमाडौं : बुधवार बसेको बढुवा समितिले २४ जना डिएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको छ। डिएसपी तुलकुमार कार्की ९० दशमलव २७६ अंक ल्याएर पहिलो नम्वरमा बढुवा भएका छन्। त्यस्तै ९० दशमलव ०५४ अंक पाएका डिएसपी होबिन्द्र बोगटी दोस्रो नम्बरमा बढुवा सिफारिस भएका हुन्। डिएसपी देव विष्ट,राकेश सिंह,राजिव बहादुर बस्नेत, प्रविणलाल श्रेष्ठ लगायत बढुवा सिफारिसमा परेका छन्।
काठमाडौँः समाजवादी पार्टीका सात सांसदहरुले नयाँ दल दर्ता गर्ने निर्णय गरेका छन्। समाजवादी पार्टीका सहध्यक्ष समेत रहेकी रेणु यादवको नेतृत्वमा नयाँ दल दर्ता हुने भएको हो। यादवकै अग्रसरतामा बुधबार साँझदेखि परामर्श भएको थियो। यादवलाई रोक्न समाजवादीका दुई अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादवले कसरत गरे पनि सम्भव भएन। फुट निश्चित भएपछि बुधबार राति नै समाजवादी नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकीकरणमा…
काठमाडौं : कोभिड-१९ का चीनमा मृत्यु हुनेको संख्या शून्यमा झरेको छ। लगातार साता देखि चीनमा कोरोना भाइरसका कारण कसैको पनि मृत्यु भएको छैन। यहाँ नयाँ संक्रमितको संख्या पनि घट्दै गएको छ। बुधवार यहाँ १० जना नयां संक्रमित फेला परेका छन्। जसमध्ये ६ वटा इम्पोर्टेड केस हुन्। यो संख्या मंगलवार ३० थियो। त्यस्तै लक्षणबिहिन संक्रमितको संख्या २७ छ। जुन अघिल्लो दिन…
काठमाडौं: मधेश केन्द्रित दुई दल राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच एकीकरण भएको छ। सरकारले दल विभाजन सहज हुनेगरि नयाँ अध्यादेश जारी गरेसँगै दुवै दल फुट्ने त्रासमा परेका थिए। फुट्ने त्रासका बीच बुधबार मध्यरातमा दुई दलले एकीकरणमा हस्ताक्षर गरेका हुन्। केही सांसदहरुले दल विभाजनको तयारी थाहा पाएपछि दुवै दलले मध्यरातसम्म बसेर एकीकरणको निर्णय लिएका हुन्। एकीकृत दलको नाम…
काठमाडौँः पूर्व सचिव भीम उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ। फेसबुकमार्फत गाली गलौज गरेको आरोपमा उपाध्यायलाई ललितपुरबाट पक्राउ गरिएको एक प्रहरी अधिकृतले जानकारी दिए। बुधबार साँझ निवासबाट प्रहरीको केन्द्रीय साइबर ब्यूरोले उनलाई नियन्त्रणमा लिएको हो। केही दिनअघि उपाध्याय र बहालवाला स्वास्थ्य सचिव यादव कोइरालाबीच फेसबुक दोहोरो गाली चलेको थियो।
काठमाडौ: अखिल नेपाल फुटबल संघ एन्फाले ए डिभिजन क्लबका खेलाडी र प्रशिक्षकलाई राहत वितरण गरेको छ। एन्फाले आज विभिन्न ए डिभिजन क्लबका २८ जना खेलाडी तथा प्रशिक्षकलाई राहत वितरण गरेको हो। पछिल्लो समय शहीद स्मारक ए डिभिजन लिग लगायत मोफसलका लिगहरु खेलिरहेका विदेशी खेलाडीहरु लकडाउनमा काठमाडौंमै रहेका छन्। एन्फाले यसअघि आफ्ना दुई एम्बुलेन्स ललितपुर महानगरपालिकालाई कोरोनाको कहर नसकिउन्जेलका लागि हस्तान्तरण…
बलिउडमा शाहरुख खान र कजोलको जोडी सुपरहिट जोडी हो। रियल लाइफमा पनि यो जोडीको मित्रता गहिरो छ, 'डिडिएलजी' को राहुल र अञ्जलीजस्तै। गहिरो मित्रता भए पनि प्रेमी/प्रेमिका र जीवन साथी भने होइन। शाहरुख गौरी खानका श्रीमान हुन भने काजोल अजय देवगनकी श्रीमती। तर, फ्यानको चाहना शाहरुख र काजोल पर्दाजस्तै वास्तविक जीवनमा पनि जोडी होस भन्ने चाहन्थे। काजोलले त अहिले पनि…
काठमाडौं : मुस्लिम संघ नेपालले तब्लिक जमातीहरुलाई स्थानीय तहको सम्पर्कमा गएर तत्काल र्यापिड डायग्नोस्टिक परीक्षण गराउन अपिल गरेको छ। जमातीहरुले कोरोना संक्रमण फैलाएको भन्ने हल्ला व्यापक भएपछि सबैलाई स्थानीय तहका सम्पर्कमा गएर परीक्षण गराउन संघले अपिल गरेको हो। संघका अध्यक्ष अब्दुल सतारले नेपालमा रहेका तब्लिक अगुवाहरुलाई जुन जिल्लामा भएपनि परीक्षण गराएर कोरोनामुक्त रहेको प्रमाणपत्र लिन आग्रह गरे। उनले भने, ‘अझै…