काठमाडौं : निर्वाचन आयोगले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा ४ लाख ९३ हजार जम्मा गरेको छ। कोरोना कोषमा प्रमुख आयुक्त र आयुक्तहरुले १५ दिनको पारिश्रमिक र कार्यरत कर्मचारीहरुको पारिश्रमिक गरी कूल ४ लाख ९३ हजार ९ सय ३५ जम्मा गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। 'प्रमुख आयुक्त तथा आयुक्तबाट १५ दिनको पारिश्रमिक ९८ हजार ५१० र…
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। राजनीतिक दल तथा संवैधानिक परिषद सम्बन्धी अध्यादेश खारेजपछि प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गरिरहेका बेला प्रचण्ड बालुवाटार पुगेका हुन्। अहिले तीनै नेताबीच समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। प्रचण्ड आउनुअघि ओली र…
काठमाडौं : सरकारले औषधिको मूल्य वृद्धि नभएको स्पष्ट पारेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा औषधिको मूल्य बढ्नुपर्ने कारण नभएको बताए। 'औषधिको मूल्य बढेको गुनासो आएका छन्। बजारमा औषधिको बिक्री वितरणबारे अनुगमन भइरहेको छ,' उनले अगाडि भने, 'औषधिको मूल्य बढ्नुपर्ने कुनै कारण छैन, बढाएको पाइएमा कडा कारवाही हुनेछ।' उनले व्यवसायीलाई सामान्य अवस्थाको जस्तै औषधि विक्री वितरण…
काठमाडौं: सरकारले शुक्रबारसम्म ४७ हजार भन्दा बढीको कोरोना भाइरस परीक्षण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा प्रयोगशाला विधि (पीसीआर) र र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)बाट ४७ हजार ४९६ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिए। उनका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७९१ जनाको परीक्षण भएको छ। देशभर १२ हजार ९८५ क्वारेन्टाइनमा छन् भने आइसोलेसनमा…
काठमाडौं : प्रधानमन्त्री केपीशर्मा ओली र प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। प्रधामन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी अध्यादेश खारेज भएपछि ओलीलाई भेट्न देउवा बालुवाटारमा पुगेका हुन्। ओलीले मन्त्रिपरिषद बैठक अघि नै देउवालाई फोन गरेर बालुवाटार बोलाएका थिए।…
काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा उठाएर ल्याउनेहरु माथि कारवाही गर्न माग गरेको छ। सरकारले राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिएलगत्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै भनेका छन्, 'अध्यादेश फिर्ता भए पनि यो प्रकरणसंग गाँसिएको अपहरणको शैलीमा समाजवादी पार्टीका एक सांसदलाई काठमाडौं ल्याइएको घटनाका दोषीलाई ‘बालुवाटारको जग्गा…
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश खारेज गरेकी छिन्। आज दिउँसो मन्त्रिपरिषद बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेलगत्तै राष्ट्रपति भण्डारीले खारेज गरेकी हुन्। मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम अध्यादेशहरु खारेज गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। चार दिनअघि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार…
विक्रम गिरी- काठमाडौं: पाँच वर्षअघिको कुरो हो। भारतमा हुन लागेको १२औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)को छनोट चलिरहेको थियो। नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका हिमाल टमाटा पनि ट्रायथलन तयारी गरिरहेका थिए। मेहेनत राम्रै गरेका थिए। १२औँ सागका लागि छनोट भए। टमाटा छनोट त भए तर भारतमा कसरी प्रतिस्पर्धा गर्ने भन्ने पिरलो पर्यो। कारण उनीसित गतिलो साइकल थिएन। थोत्रे साइकलका भरमा…
अमेरिकी अभिनेता टम ह्यांक्सले एक बालकलाई टाइपराइटर उपहार दिएका छन्। कोरोना नाम गरेका एक अस्ट्रेलियाली बालकले नामकै कारण मानिसहरुले आफूलाई गिज्याएको बताएका थिए। सोही बालकलाई टमले कोरोना ब्रान्डको टाइपराइटर दिएका हुन्। मार्चको दोस्रो साता अस्ट्रेलियामा भइरहेको फिल्म छायांकनका क्रममा उनीहरु अचानक बिरामी परे। र, परीक्षणपछि दुवैमा संक्रमण पुष्टि भएको थियो। अस्ट्रेलियाको ब्रिसबेनस्थित गोल्ट कोस्ट अस्पतालमा उपचारपछि ठीक भए। मार्चको साता…
काठमाडौँः अध्यादेश प्रकरणले सम्बन्ध चिसिएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवासँग परामर्श बैठक तय गरेका छन्। पार्टीभित्रको समीकरणमा समेत पेलिँदै गएका बेला ओलीले विपक्षी दलका नेतासँग परामर्श गर्न लागेका हुन्। शुक्रवार ३ बजे बालुवाटारमा दुई नेताबीच छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। शुक्रवार नै मन्त्रिपरिषदले यसअघि जारी दुई विवादास्पद अध्यादेश खारेजीको प्रक्रिया…
काठमाडौं : विश्व स्वास्थ्य संगठनले आगामी सतालाई विश्व खोप सप्ताहको रुपमा मनाउँदै छ। सबै उमेर समूहका मानिसमा रोग विरुद्ध लड्नका लागि दिइने खोप कार्यक्रम प्रवर्द्धनका लागि खोप सप्ताह मनाइँदै हो। यस वर्ष अप्रिल २४ देखि ३० सम्मका लागि खोप सप्ताहको रुपमा मनाइँदै छ। हरेक वर्ष करोडौं मानिसहरुलाई खोप दिइँदै आएको छ। यस कार्यक्रम स्वास्थ्य क्षेत्रमा सफल कार्यक्रम मानिन्छ। तर, पनि…
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अध्यादेश फिर्ता लिने निर्णय स्वागतयोग्य रहेको बताएका छन्। सरकारले चार दिनअघि ल्याएका राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश आज फिर्ता लिने निर्णय गरेको थियो। अध्यक्ष थापाले जनभावनाको सम्मान गर्दै गल्ती सच्याउने सरकारको प्रयासलाई सकारात्मक रुपमा लिनुपर्ने उल्लेख गरेका छन्। राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद सम्बन्धि अध्यादेशहरु फिर्तालिने सरकारको निर्णय…
आजको मन्त्रिपरिषदले आफैले सिफारिस गरेका दुई अध्यादेश फिर्ता गर्ने निर्णयसँगै नेपाली राजनीतिको एउटा घीनलाग्दो खेलमा तत्कालका लागि पूर्णविराम लागेको छ। हतारमा नीतिगत निर्णय लिइहाल्ने र फुर्सदमा पछुतो गर्ने रोगले यसपाली सरकारलाई नराम्ररी गाँज्यो। यसले सरकारको अपरिपक्वता र दुषित मानसिकतासँगै अर्को पक्ष पनि उजागर गर्यो। त्यो हो, राष्ट्रपतिको भूमिका। प्रधानमन्त्रीले आवेशमा अघि बढाएका दुई अध्यादेश हतारहतार पारित गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले…
काठमाडौं : सरकारले अध्यादेश फिर्ता लिए पनि नेपाल कम्युनिस्ट पार्टीकी नेता तथा सांसद रामकुमारी झाक्रीले नैतिकताको प्रश्न उठाएकी छन्। उनले सरकारले अध्यादेश फिर्ता लिए पनि राजनीतिक र नैतिक प्रश्न नसकिने दाबी गरेकी छिन्। प्रधामन्त्री केपी ओलीले अध्यादेश फिर्ता लिए लगतै उनले सरकरमाथि यस्तो प्रश्न गरेकी हुन्। झाक्रीले ट्वीटरमा अध्यादेश फिर्ता पछि अब के हुन्छ भन्ने प्रश्न पनि गरेकी छिन्। 'अध्यादेश…
काठमाडौं : समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली कुर्सीमा रहेसम्म लोकतन्त्रमाथि खतरा रहिरहने बताएका छन्। भट्टराई अध्यक्ष रहेको पार्टी फुटाउन अध्यादेश नै ल्याएका प्रधानमन्त्री केपी शर्मा ओलीले आजको मन्त्रिपरिषद बैठकबाट त्यो फिर्ता लिएका छन्। अध्यादेश फिर्ता पछि डाक्टर भट्टराईले उनीमाथि निसाना साँधेका हुन्। 'समाजवादीतर्फ हानेको अध्यादेशको गोली आफैँतिर फर्केर घाइते भएपछि श्री ७ खड्ग शमशेर बन्ने सपना…
माइकल लेन ब्रान्डिडले सोचेका थिएनन् एउटै पोस्टका कारण आफू पक्राउ पर्छु भन्ने। जागिर गुमाउने र हिरासतमा बस्नु पर्ने त उनले कल्पना समेत गरेका थिएनन्। मार्च महिनाकै एक साँझ उनी घरमै थिए। फेसबुक चलाउँदै। टाइमलाइनमा चर्चा थियो कोभिड-१९ को। विश्वभर माहामारी बनेर फैलिएको भाइरसविरुद्ध कसरी लड्ने? कसरी बच्ने उपाय पढ्दा पढ्दै उनले एक 'सोसल एक्सपेरिमेन्ट' गर्ने सोच बनाए। र, फेसबुकमा लेखे…
काठमाडौं : मन्त्रिपरिषदले हालै जारी भएका दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ। प्रधानमन्त्री ओलीकै जोडबलमा जारी भएका दुई अध्यादेश चार दिन वित्न नपाउँदै फिर्ता गर्ने निर्णय भएको हो। समाजवादी पार्टी फुटाउने रणनीतिसहित प्रधानमन्त्री ओलीले राजनीतिक दल सम्बन्धि अध्यादेश र संवैधानिक परिषद गठन सम्बन्धि अध्यादेश अघि सारेका थिए। सांसद अपहरण लगायतका विषयले सरकारको चर्को आलोचना भएपछि दुवै विधेयक फिर्ता गर्न…
काठमाडौं: सरकारले ल्याएका अध्यादेशविरुद्ध काठमाडौंको गोंगबुमा नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ। नेविसंघका महामन्त्री दीपक भट्टराईको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरुले अध्यादेश फिर्ता लिनुपर्ने लगायतका नारा लगाएका थिए।
काठमाडौं : काठमाडौं महानगरपालिकाभित्र आपूर्ति व्यवस्थालाई सहज बनाउन बिहान १० बजेसम्म पसल खोल्न दिने विषयमा महानगर र प्रशासन सकारात्मक देखिएका छन्। हाल विहान ९ बजेसम्ममात्रै खोल्न अनुमति छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन लम्बिएसँगै आपूर्ति व्यवस्थामा केही असहज भएकोले आपूर्ति सहज बनाउन महानगरपालिकाले गरेको सरोकारवालासँग छलफल गरेको थियो। ‘लकडाउनको अवधिमा आपूर्ति व्यवस्थालाई सहज बनाउँदै आर्थिक…
अमेरिकामा कोरोना भाइरस संक्रमण र संक्रमणकै कारण मृत्यु हुनेको संख्या बढ्दो छ। वर्ल्डोमिटर्सका अनुसार त्यहाँ संक्रमितको संख्या ८ लाख ८६ हजार ७ सय ९ पुगेको छ। त्यस्तै यो समाचार तयार पार्दासम्म ५० हजार २ सय ४३ जनाको मृत्यु भइसकेको छ। अमेरिकामा संक्रमणका कारण मृत्यु हुनेको उच्च संख्या न्यूयोर्कमा रहेको छ। बिहीवार त्यहाँको स्वास्थ्य अधिकारीहरुले सार्वजनिक गरेको जानकारी अनुहार हालसम्म १५…