काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काठमाडौं जिल्ला कमिटीले खान र बस्ने समस्या हल गर्न सघाउन सक्रिय भएको छ। कमिटीले समस्या परेका श्रमिकहरुलाई राहतका लागि समन्वय गर्ने भएको हो। जिल्ला कमिटीका अध्यक्ष कृष्ण राईले एक विज्ञप्ति जारी गर्दै समस्यामा परेकाहरुलाई सम्पर्क गर्न आब्हान गरेका छन्। उनले भने, 'स्थानीय तहबाट भइरहेको राहत घरवालाले मात्रै पाउने गरेको गुनासो आउन थालेको छ।…
काठमाडौं : लकडाउन पालन गराउने भन्दै बाटो तथा पुल बन्द गर्न नपाइने गृह मन्त्रालयले जानकारी दिएको छ। लकडाउनको कारण देश नै बन्दमा छ। मानिसलाई घरबाट बाहिर नै ननिस्कनु भनेर सरकारले घोषणा गरे पनि स्थानीयले टोल टोलमा बाटो बन्द गर्न थालेका छन्। यसको चपेटामा अत्यावश्यक कामको लागि हिँड्ने सवारी र मानिसमा परेको छ। गृह मन्त्रालयले सार्वजनिक बाटो बन्द गर्न नमिल्दै भन्दै कसैले…
काठमाडौं: बुढानिलकण्ठ नगरपालिकाको १० नम्बर वडाले लकडाउनका बेला बिना काम सडकमा निस्कनेलाई खादा लगाएर सम्मान गर्ने अभियान थालेको छ। लकडाउन उल्लंघन गर्नेहरुलाई सचेतना जगाउँदै खादा लगाएर सम्मान गर्ने अभियान सुरु गरिएको वडाध्यक्ष नवराज भट्टराईले जानकारी दिए। वडाले स्वयंसेवक परिचालन गरेर शनिवारबाट व्यंग्यात्मक रुपमा उक्त अभियान सुरु गरेको हो। भारतमा समेत यो अभियान चर्चित र प्रभावकारी देखिएको छ। 'लकडाउनको उल्लंघन गर्दै…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा र कान परीक्षण गर्न नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सुझाव दिएका छन्। प्रधानमन्त्रीले सरकारी मिडियामा दिएको अन्तर्वार्तापछि थापाले यस्तो सुझाव दिँदै कडा ट्विट गरेका हुन्। उनले लेखेका छन् - 'हप्तौँ हिँडेरै घर पुगेका अनि बाटोमा अलपत्र परेकाहरुलाई प्रायोजित,तिनलाई खुवाउने नागरिक,मद्दत गर्ने स्थानीय सरकार,व्यथा बताउने पत्रकार,आदेश दिने अदालतलाई परिचालित देख्ने,अनि तिनको पक्षमा उठेका…
चीन सरकारले सबैभन्दा पहिलो नयाँ खालको निमोनियाको बारेमा जानकारी गराउने 'व्हिसल ब्लोअर' चिकित्सकसहित ३३ जनालाई मे फोर्थ मेडलले सम्मान गर्ने भएको छ। चीनको वुहानका चिकित्सक लि वेनलियाङले नयाँ खालको भाइरसको संक्रमण फैलिएको भन्दै जानकारी पहिलोपटक जानकारी गराएका थिए। पछि यो भाइरसलाई नोवेल कोरोना भाइरस हुँदै कोभिड-१९ को रुपमा चिनिन थाल्यो। कोभिड-१९ विरुद्धको लडाइमा आहुती दिने चिकित्सक सहितका विभिन्न ३३ जनालाई…
प्रसिद्धि श्रेष्ठ - मार्च १७। हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा थियौं म र साथी ल्याम। हामी जहाँजहाँ पुग्दै थियौं, त्यहाँबाट नफर्किएसम्मका लागि अन्तिम भेट हुँदै थियो त्यो। उनी ठीक साढे २ बजे हो ची मिनतर्फ उड्दै थिए, म काठमाडौंतर्फ। छुट्टिनुको पीडासँगै डर अनि घर फर्कँदै गर्दाको खुशी पनि। हाम्रा संवेदनाहरु स्थिर थिएनन्। हामी जहाँ उभिएका थियौं, त्यस परिस्थितिको दोष कोरोना भाइरसको संक्रमणलाई…
काठमाडौं : विश्वमा देखिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्नका लागि सीमा नाकामा थप सुरक्षाकर्मी खटाइएको छ। सशस्त्र प्रहरीले सीमा नाकामा थप सुरक्षा कडाइ गरिरहेको छ। पछिल्लो समय गृहमन्त्रीको निर्देशनमा ८ हजार सशस्त्र प्रहरी थप परिचान गरिएको छ। त्यस्तै ८७ वटा 'बोर्डर आउट पोष्ट' (बिओपी) को सङ्ख्या थप गरेर १ सय २० पुर्याइएको छ। भारतसँग १ सय १९ वटा बिओपी भएको…
काठमाडौं : आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेको लागि बैठक बोलाइएको हो। आज बस्ने बैठकले लकडाउनको समयमा परेको समस्या, कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा केन्द्रित हुनेछ। यसअघि बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन समय १२ दिन थप गरेर वैशाख १५ गतेसम्मको लागि पुर्याएको थियो।
काठमाडौं : गायिका आस्था राउतको ट्रोल बनाउने व्यक्तिले नै पूर्व संचारमन्त्री गोकुल बास्कोटाको पनि ट्रोल बनाउने गरेको फेला परेको छ। लकडाउनमा २८ दिनदेखि देश लकडाउनमा छ। मानिस फुर्सदिला छन्। त्यसैले ट्रोलको बजार पनि बढेको छ। केही समय अगाडि विमानस्थलमा प्रहरीसँगको विवादका कारण चर्चामा आएकी गायिका राउतको यही विषयलाई लिएर विभिन्न ट्रोल बनेको थियो। उनका फोटोहरु जोडेर ट्रोल बनाएपछि उनले प्रहरीलाई…
काठमाडौं : प्रहरीले आइतवार गुहेश्वरी क्षेत्रमा बोरा भित्र शव फेला पारेको छ। गहेश्वरी क्षेत्रमा रहेका वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालय नजिकै झाँडीमा बोराले छोपिएको अवस्थामा शव फेला पारेको हो। शवको सनाखत भने हुन सकेको छैन। अन्दाजी ४० वर्षीय पुरुषको शव भेटिएको हो। निलो रंगको जिन्स पाइन्ट लगाएको, खुट्टामा कुनै पनि जुत्ता चप्पल नभएको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी परिसर…
काठमाडौं : २८ दिनदेखि देशक लकडाउनमा छ। धेरै मानिस फुर्सदिला बनेका छन्। त्यसैले पनि होला अहिले समाजिक सञ्जालमा लकडानदेखि विभिन्न खालका विषयमा ट्रोल धेरै बनेका छन्। यसको शिकार गायिका आस्था राउत पनि बनेकी छिन्। केही समय अगाडि विमानस्थलमा प्रहरीसँगको विवादका कारण चर्चामा आएकी गायिका राउतको यही विषयलाई लिएर विभिन्न ट्रोल बनेको थियो। विभिन्न फोटोहरु काटेर ट्रोल बनाएपछि लकडाउनको कारण घरमा नै…
काठमाडौं : सोमवार बिहानसम्म काठमाडौं उपत्यकामा लकडाउनको उल्लंघन गर्ने १२ सय २९ जना मानिसलाई प्रहरीले कारबाही गरेको छ। ८ सय ७६ जना पुरुष र ३ सय ५३ जना महिलालाई कारबाही गरिएको प्रहरीले जानकारी दिएको छ। गत चैत ११ गतेदेखि देशव्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई तीन घण्टा कोरोनाको बारेमा जनचेतना दिने गर्दछ। अत्यआवश्यक काममा घर बाहिर…
काठमाडौं : विश्व स्तरीय बाल कविता प्रतियोगिता आयोजना घोषणा भएको छ। शैली थिएटरले संस्थागत विद्यालय संघ, नेपाल (इसान)सँगको सहकार्यमा ‘विश्व बाल कविता महोत्सव–२०७७’ आयोजना गरेको हो। लकडाउनका कारण घरमै रहेका बालबालिकालाई सिर्जनशील बनाउनका लागि कविता प्रतियोगिता आयोजना गरेको कार्यक्रम निर्देशक नवराज बुढाथोकीले बताए। उनले भने, ‘विश्वका अधिकांश देशमा लकडाउन भएकाले त्यहाँ रहेका नेपाली बालबालिकालाई समेत जोड्नका लागि यस प्रतियोगितताको दायरा…
केदार वाशिष्ठ - सामाजिक वर्जना कन्डम सुन्ने वा पढ्ने बित्तिकै कतिपयले कान त कतिपयले आँखा थुन्नु वा छोप्नु होला, तर कान वा आँखा भने सावधानीपूर्वक त्यसलाई सुन्ने वा नियाल्ने अवस्थामा हुन्छन्। नेपाली समाज वर्जना वा निषेधमा विकास भएको छ अर्थात् यहाँ समाजिक अश्लीलता धेरै छन्। तीमध्ये यौन वर्जना एउटा हो र कन्डमलाई मान्छेले त्यही अनुसार लिन्छन्। संसारमा धेरै विधाका साहित्य…
काठमाडौं : प्रहरीले छोरीको हत्याको अभियोगमा एक जना बाबुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगंज महनगरपालिका वडा नम्बर १ छपकैया टोल बस्ने संजय सरार्फलाई नियन्त्रणमा लिएको हो। सरार्फले चैत ११ गते दिउँसो आफ्नी ७ वर्षीया छोरीको हत्या गरेको खुलेपछि नियन्त्रणमा लिएको थियो। चैत ७ गते ७ वर्षीया बालिकाले घरको माथिल्लो कोठामा रहेको भित्ताको किलामा सल कपडाको पासो…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ४१ लाख हजार अमेरिकी नागरिकमा कोरोना भाइरस संक्रमणको परीक्षण गरेको बताएका छन्। परीक्षणको हकमा अरु कुनै पनि देश अमेरिकाभन्दा अघि नभएको उनको दावी छ। शनिबारको ह्वाइट हाउस ब्रिफिङमा उनले कोरोना भाइरस संक्रमणविरुद्धको लडाइका लागि गरेको प्रयासहरुका बारेमा बताए। भने,'कोरोना रोकथाम तथा नियन्त्रणको लागि डेमोक्रेट पार्टीका नेताहरुसँग आर्थिक सहयोगको कुरा गरेको छु।' त्यस्तै ट्रम्पले कोरोना माहामारी रोक्न…
भारतको राजधानी दिल्लीमा शनिवार थप २ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भयो। यससँगै त्यहाँ मृत्यु हुनेको संख्या ४५ पुगेको छ। त्यस्तै दिल्लीमा १ सय १० जना नयाँ संक्रमित देखिए। हालसम्म त्यहाँ संक्रमितको संख्या २ हजार ३ पुग्यो। संक्रमित २ सय ९० जना भने उपचारपछि ठीक भएर घर फर्किएका एसियन न्यूज इन्टरनेशनलले तथ्याङ्क ट्वीटमार्फत् सार्वजनिक गरेको छ। With 110 new…
काठमाडौं : आफ्ना नागरिकलाई स्वदेश फर्काउनका लागि रुसी राजदुतावासको पहलमा सोमवार चार्टर उडान हुँदैछ। रसियाको जोइन्ट स्टक कम्पनीद्वारा संचालित चार्टर वायुसेवा कम्पनी रोयल फ्लाइट एयरलाइनसमार्फत एक सय ४३ यात्रु लिन आएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। ‘यो चार्टर उडान रसियन एम्बेसीले गरेको छ। रोयल फ्लाइट एयरलाइन्सको बोइङ ७५७ मार्फत रसियन नागरिक लिन आएको हो,’ प्रवक्ता क्षेत्रीले भने।…
काठमाडौं : राजदुतावासको पहलमा सोमवार नेपाल आएको विमान आफ्ना नागरिकलाई लिएर फिर्ता भएको छ। रसियाको जोइन्ट स्टक कम्पनीद्वारा संचालित चार्टर वायुसेवा कम्पनी रोयल फ्लाइट एयरलाइनसमार्फत एक सय १० यात्रु लिएर साढे दिउँसो १२ बजे स्वदेश फिर्ता भएको हो। ‘१ सय १० जना रसियन नागरिक लिएर विमान फिर्ता भइसकेको छ।' त्रिभुवन विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले भने। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार…
काठमाडौं : प्रहरी नायब महानिरीक्षक (डिआइजी)को बढुवा सिफारिस परेका प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। सोमवार प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। चैत २८ गते बसेको बढुवा समितिको बैठकले १० जना एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस गरेको हो थियो। एसएसपी धनश्याम अर्याल बढुवा सिफारिसमा पहिलो नम्बरमा छन्। एसएसपी प्रकाशजंग कार्की, बसन्तकुमार पन्त, इश्वरबाबु कार्की, सहकुल बहादुर…