काठमाडौँः प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले लकडाउनको अवधिमा काठमाडौँबाहिर जान पैदल यात्रामा रहेका नागरिकलाई सुरक्षित तवरबाट घरसम्म पुर्याउन सरकारलाई सुझाव दिएको छ। समिति सभापति शशी श्रेष्ठले सदस्यहरुसँगको परामर्शपछि आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा लिखित सुझाव पठाएकी छन्। सचिवालयमार्फत सुझाव पठाइएको हो। समितिले बाटोमा अलपत्र परेका नागरिकलाई प्रदेश र स्थानीय तहको समन्वयमा घरसम्म पुर्याउन तथा उक्त प्रबन्ध नहुँदासम्म सम्बन्धित स्थानमा नै…
काठमाडौँः लकडाउनका बेला थप सेवा विस्तार गर्ने निर्णय पुनरावलोकनको माग गर्दै आएका न्यायपालिका सम्वद्ध कर्मचारी संगठनहरुले कार्यालयमा अनुपस्थित हुन सबै कर्मचारीलाई आग्रह गरेका छन्। आधिकारिक ट्रेड युनियन सर्वोच्च अदालतको उक्त आह्वानलाई महान्यायाधिवक्ता कार्यालय मातहतको ट्रेड युनियनले पनि समर्थन गरेको छ। दुबै युनियनले संयुक्त वक्तव्य जारी गर्दै निर्णय पुनरावलोकन नभएकोमा घरमै बसौँ, कार्यालय नजाऔँ अभियानमा सहयोग गर्न पनि अपिल गरेका छन्।…
काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउन उललंघन गर्ने ३ सय ८५ महिलासहित १ हजार ६१८ जना प्रहरीको कारबाहीमा परेका छन्। आइतवार बिहान ६ बजे देखि साँझ ६ बजेसम्म उक्त संख्यामा लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिएर छाडिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। यसैगरी, ३ सय ५६ वटा दुई पाङ्ग्रे र ४ वटा चारपाङग्रे गरी ३…
महेन्द्रनगर: कोरोना भाइरसको संक्रमण फैलिनसक्ने जोखिमले देश लकडाउनमा छ। मानिसको सबै जनजीवन ठप्प छ। यसबाट विवाह कार्यक्रम पनि प्रभावित भएको छ। वैशाख महिना विवाहको साइतका हिसाबले उत्तम महिना हो। तर, लकडाउनका कारण धेरै परिवार र जोडीले विहे गर्न पाएका छैनन्। उनीहरुले तय भइसकेको साइतको मिति सारिसकेका छन्। तर, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भने लकडाउनको अवधिमा पनि विवाह गर्न सशर्त छुट…
काठमाडौं : राष्ट्रिय मुस्लिम आयोगले कुनैपनि मस्जिद र मदरसाहरुमा जमाती लुकेर नबसेको निष्कर्ष निकालेको छ। आइतवार मुस्लिम आयोगको कार्यालयमा भएको सर्वपक्षीय छलफलले उक्त निष्कर्ष निकालेको हो। आयोगका अध्यक्ष समिम मिया अन्सारीले नेपालको सद्भावमाथि खलल पुर्याउने तत्वहरुले सामाजिक सञ्जालमा जमातीहरु लुकेर बसेको आरोप लगाएको बताए। यसअघि नै कुन ठाउँमा कति जमाती रहेका छन् भन्ने कुराको जानकारी गृह मन्त्रालय र प्रत्येक जिल्ला…
काठमाडौं: घरमा आमा बित्दा किरियाकर्म गर्न भारतीय क्वारेन्टाइनबाट नेपाल ल्याइएका दार्चुला शैल्यशिखर नगरपालिका १ का वासुदेव भट्टलाई आइतबार साझ स्वास्थ्य परीक्षण गरी घर पठाइएको छ। जिल्ला अस्पतालमा उनको ज्वरो तथा र्यापिड डाइनोस्टिक टेस्ट (आरडीटी) गरिएको हो। आरडीटी रिपोर्ट नेगेटिभ आएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले बताए। स्वास्थ्य परीक्षणपछि उनलाई नगरपालिकाको एम्बुलेन्समा राखेर घर पठाइएको कुँवरले जानकारी दिए। उनी…
रमेश लम्साल- काठमाडौः सरकारले कोरोनाको कहर रोक्नका लागि लकडाउन गरेको छ। नागरिक घरभित्र छन्। मुलुकमा आर्थिक गतिविधि ठप्प छ। यस्तो विषम अवस्थामा पनि केही भौतिक निर्माणका आयोजना भने आफ्नै रफ्तारमा अगाडि बढेका छन्। प्रगति पनि लोभलाग्दो देखिएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको र देशको आर्थिक समृद्धिमा समेत महत्वपूर्ण स्थान राख्ने माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम यतिखेर पनि जारी छ।…
कोरोना भाइरसको विश्वव्यापी संक्रमणमा सबैभन्दा अघिल्लो मोर्चामा रहेर खटिइरहेका चिकित्सक अहिलेको सन्दर्भमा सबैभन्दा सम्मानित लडाकु हुन्। पर्याप्त असुविधाका बाबजुद पनि उनीहरुले हात उठाएका छैनन्- संघर्षमा भिडिरहेका छन्। तर, यस्तो विषम परिस्थितिमा उनीहरुको व्यवहारलाई लिएर कसैले घोचपेच गर्छ भने, त्यो असहिष्णु चरित्रको पनि हद हुन जान्छ। कठिन परिस्थितिमा जनताको ज्यान बचाउन र संक्रमण फैलिन रोक्नका लागि सचेतना अभियानमा जुटेका सबै चिकित्सक…
काठमाडौं : आमा बितेर भारतमै क्वारेन्टाइनमा किरिया बस्न बाध्य दार्चुला शैल्यशिखर नगरपालिका १ का वासुदेव भट्टलाई नेपाल ल्याइएको छ। आइतबार दिउँसो वासुदेवलाई बलुवाकोटबाट सीमाको झोलुङ्गे पुलबाट नेपाल भित्र्याइएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिए। उनलाई प्रशासन र प्रहरीको समन्वयमा घर पठाउने तयारी भइरहेको छ। वासुदेवकी आमाको ६ दिनअघि मृत्यु भएको थियो। उनी ५ दिनदेखि बलुवाकोटमा किरिया बसेका…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डको सर्वदलीय संयन्त्र गठन गर्ने प्रस्तावलाई समर्थन गरेको छ। विज्ञप्ति जारी गर्दै सर्वदलीय संयन्त्र गठन गर्नु उपयोगी हुने बताएको हो। प्रचण्डले कोरोना भाइरसको प्रकोपपछि सर्वदलीय संयन्त्र गठनको प्रस्ताव गरेका थिए। नेकपाको सचिवालय वैठकमा समेत यस विषयमा छलफल भएको प्रचण्डले बताएका थिए। सार्वजनिक विज्ञप्तिमा राप्रपाले सरकारका काम प्रभावकारी नभएको…
रत्नबहादुर कार्की - नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेसको विशिष्ट स्थान छ। नेपालको हरेक परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गर्यो। नेपालमा पछिल्लो समयमा प्राप्त, आर्थिक, सामाजिक, राजनीतिक उपलब्धिमा नि:सन्देह नेपाली कांग्रेसको नेतृत्वदायी भूमिका र योगदान छ। नेपाली कांग्रेसका मेरुदण्ड भनेको नेपाल विद्यार्थी संघ हो। आफ्नो मातृ पार्टीले लिएका लक्ष्य, उद्देश्य र रणनीतिलाई प्राप्त गर्नका लागि नेपाल विद्यार्थी संघले महत्वपूर्ण योगदान पुर्याएको छ।…
काठमाडौं: नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्नेलाई नियन्त्रणमा लिन माग गरेका छन्। भाइरस रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई स्वास्थ्य मन्त्रालयले स्पष्टिकरण सोधेपछि चौतर्फी विरोध भइरहेका बेला प्रवक्ता शर्माले स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्नेहरुलाई नियन्त्रणमा लिन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका हुन्। विश्वप्रकाशले कोरोना भाइरसको संक्रमण आजको `तेस्रो विश्वयुद्ध´ जस्तै भएको र त्यसका कमाण्डर स्वास्थ्यकर्मीहरु भएकाले कमान्ड गर्नेले लड्ने र…
चीनले कोभिड-१९ बाट मृत्यु हुनेको संख्यालाई संशोधन गरेको छ। बिहीवारसम्म चीनमा मृत्यु हुनेको संख्या तीन हजार तीन सय ५२ थियो। शुक्रवार चीनले यो संख्या संशोधन गर्दै एक हजार दुई सय ९० बढाएको छ। यो संख्या सबै हुवेइमा बढेको हो। चीनमा मृत्यु हुनेको संख्या वुहानमा मात्र तीन हजार आठ सय ६९ पुगेको छ। चिनियाँ अधिकारीहरुले गत मार्चको अन्त्यमा कोभिड १९ बाट…
काठमाडौं : नाट्यकर्मी महासंघ नेपालले नेपाली रङ्गकर्मीहरुलाई राहत उपलब्ध गराउने भएको छ। महासंघले विज्ञप्ती जारी गर्दै उक्त सूचना दिएको हो। लकडाउनका कारण आर्थिक गतिविधि ठप्प भएको समयमा दैनिक वा अन्य कार्यक्रममा आधारित आयस्रोत भएका रङ्गकर्मीहरुलाई राहत दिन लागिएको हो। विज्ञप्तीमा लेखिएको छ,'काठमाडौंमा भएका रङ्गकर्मीहरु लकडाउनको चपेटामा परेको कुरा आउन थालेका छन्। जसले महासंघको ध्यानाकर्षण भएको छ।' महासंघले स्थानीय राहत वितरण…
काठमाडौं : अर्थ समितिको आज बस्ने बैठक स्थगित भएको छ। अभौतिक (भर्चुअल) बैठक बस्ने निर्णय भए पनि अवरुद्ध भएको हो। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बैठक स्थगित हुनुको विषयलाई लिएर कडा टिप्पणी गरेका छन्। 'अर्थ समितिको आज बस्ने तय भएको भर्चुअल बैठक फेरि स्थगित गरिएछ!,' भट्टराईले ट्विट गरेका छन्, 'सभामुख, सभापति, सचिव सबैजना सकारात्मक हुँदाहुँदै कसको भिटो लागेको हो?' उनले…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँको केही राज्य बिस्तारै खुल्दै जाने बताएका छन्। ह्वाइट हाउसको नियमित ब्रिफिङमा उनले केही राज्यहरूले सुरक्षानीति अपनाउँदै क्रमवद्ध रुपमा खुला गर्ने जानकारी दिएको बताएका हुन्। ट्रम्पका अनुसार टेक्सास र वर्माउन्टमा सोमबारदेखि केही व्यापार, व्यवसाय सञ्चालनमा आउँनेछन्। त्यहाँ सामाजिक दूरी भने कायम रहने उनको तर्क छ। उक्त खबर विहीबार ट्रम्पले कहाँ, कसरी खुला गर्न सकिन्छ? भन्ने…
काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउनको उल्लंघन गर्ने मानिसको सङख्या आइतवार एक्कासी आधाभन्दा बढीले घटेको छ। लकडाउन सुरु भएदेखि दैनिक बिहान ८ बजेसम्म प्रहरीको रिपोर्ट अनुसार औशत १४ सय मानिस पक्राउ पर्दै आएका थिए। तर, आइतवार बिहान भने ६ सय जना मानिसमात्र नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। यसरी पक्राउ पर्नेहरुमा ४ सय ७३ जना पुरुष र १ सय २७ जना महिला…
काठमाडौं : लकडाउनको समयमा मजदूर तथा विपन्न परिवारको लागि बाडिएको राहत लुटिएको छ। पर्साको पर्सागढी गाउँपालिका वडा नम्बर ५ पचमुखटी टोलमा राहत वितरण गर्दा लुटपाट तथा कुटपिट भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले सोही टोलमा बस्ने २८ वर्षीय श्याम कुमार शर्मा, १८ वर्षीय समम्सुल हवारी, ४० वर्षीय चन्द्रकिशोर साह, ४० वर्षीय चन्द्रिका पटेल र ५५ वर्षीय दर्शन रायभर रहेको प्रहरीले…
काठमाडौं : सरकारले लकडाउनको समयमा अत्यआवश्यक बाहेक अन्य सवारी साधनलाई गुड्न निषेध गरेको छ। तर अहिले काठमाडौं उपत्यकामा लकडाउन उललंघन गर्दै दैनिक ३ सय सवारी साधन चल्ने गरेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले दैनिक ३ सय सवारीलाई नियन्त्रणमा लिने गरेको छ। 'हामीले पटक पटक भनेका छौं। तर विभिन्न वहान बनाएर सडकमा निस्किएको भेटिन्छ।' महाशाखाका प्रमुख भीम ढकालले भने। प्रहरीले सवारी…
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकासँगको सीमा अझै एक महिना बन्द रहने घोषणा गरेका छन्। यस अवधिभर आपत्कालिन अवस्थामा बाहेक अन्य कामका लागि कसैले पनि एक देशबाट अर्कोमा यात्रा गर्न पाउने छैनन्। कोरोना भाइरस संक्रमण फैलिएसँगै दुई देश बीचको सीमा ठप्प थियो। यही मंगलबारसम्मका लागि सीमा बन्द गरिएको भएपनि क्यानडाले उक्त अवधि थप गरेको हो। जस्टिन ट्रुडोले ब्रिफिङमार्फत् भने,'दुबै देशका नागरिको…