ह्वाइट हाउसले अमेरिकामा मृत्यु हुनेको संख्या एक लाखदेखि दुई लाख ४० हजार सम्म पुग्ने अनुमानसहित अर्को एक महिना थप चुनौतिपूर्ण रहेको चेतावनी दिएको छ। ह्वाइट हाउसको कोभिड-१९ सम्बन्धी टास्क फोर्सका दुई वरिष्ठ विज्ञहरुले यस्तो चेतावनी दिएका हुन्। उनीहरुले सामाजिक दुरी कायम गर्ने नीति सहयोगी भए पनि मानिसहरुमा लक्षण नदेखिएको र उनीहरु समाजमा हिँडिरहेको बताउँदै यसले थप संक्रमण बढाउने चेतावनी दिएको…
काठमाडौं: नेपाल बार एशोसिएसन मातहतको मानव अधिकार तथा जनसरोकार समितिले सीमामा अलपत्र परेको नागरिकलाई तत्काल स्वदेशमा प्रवेशको वातावरण मिलाउन सरकारसँग माग गरेको छ। समितिका संयोजक एवं बारका पूर्वमहासचिव सुनीलकुमार पोखरेलले विज्ञप्ति जारी गर्दै अलपत्र नागरिकलाई तत्काल देश प्रवेशको सुनिश्चितता गरी स्वास्थ्यको उचित प्रबन्धका लागि समेत आग्रह गरेको छ। लकडाउनको अवधिमा दैनिक ज्यालादारीको अवस्था दयनीय रहेको भन्दै हरेक नागरिकले बिना भेदभाव…
काठमाडौं : कोरोनाको बढ्दो कहरसँगै लकडाउन चलिरहेको छ। खेल गतिविधि ठप्प छ। खेलाडीहरु फुर्सदिला बनेका छन्। र, फुर्सदिला बनेसँगै सामाजिक सञ्जालमा खेलाडीहरु अलि बढी नै सक्रिय देखिन थालेका छन्। जसरी केही अघिसम्म खेलको मैदानमा देखिन्थे। सन्दीप लामिछाने। नेपाली खेलाडीहरु मध्ये एक व्यस्त रहने खेलाडी हुन। तर, विश्वभर खेल गतिविधि रोकिएसँगै लामिछाने फुर्सदिला बनेका छन्। ‘काम पनि खासै केही थिएन। त्यसैले…
काठमाडौं : 'आज यो अन्तिम हो। भोलिबाट खसीको मासु पाइँदैन।' नारायणटार शिवचोकमा वर्षौंदेखि मासु पसल चलाउँदै व्यवसायी विष्णु श्रेष्ठले भने। सरकारले लकडाउन घोषणा गरेपछि पनि हरेक दिन बिहानै दैनिक दुईदेखि ४ वटा खसीको मासु बेच्दै आएका थिए उनले। बिहानै ७ नबज्दै एक र आधा किलोका मासुको प्याक बनाएर लाइनमा बसेका ग्राहकलाई बिक्री गर्दै आएका छन् उनले। 'चैते दशैं भनेर राखेको थिएँ।…
काठमाडौं: कोरोना भाइरसको महामारीका कारण अस्ट्रेलियामा ६० वटा क्षेत्रीय पत्रपत्रिकाको प्रकाशन स्थगित गरिएको छ। न्यूज कोर्प नामक मिडिया ग्रुपले बुधवार सन् १९०६ देखि निरन्तर प्रकाशन हुँदै आएको न्यू साउथ वेल्सको 'म्यान्ली डेली'सहित ६० वटा पत्रिकाको प्रकाशन आउँदो हप्ताभर बन्द गर्ने निर्णय गरेको द गार्जियनले जनाएको छ। न्यूज कोर्पका कार्यकारी अध्यक्ष माइकल मिल्लरले उत्पादित सामग्री अनलाइनमा नियमित प्रकाशित हुने जानकारी दिएका…
काठमाडौः स्वास्थ्य मन्त्री भानुभक्त ढकाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। कोरोना भाइरस रोकथामको लागि चीनबाट ल्याएको सामाग्रीमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेको हो। विवेकशील नेपाली दलका नेता तथा वाग्मती प्रदेश सभाका सदस्य रमेश पौडेलले बुधवार उजुरी दिएका हुन्। उजुरीमा खरिद कार्यमा आफू निकट व्यापारीलाई सेटिङ मिलाएको, अनुभव नै नभएको कम्पनीलाई खरीद अनुमति दिएको जस्ता कुरा उल्लेख गर्दै उजुरी दिएको हो।…
लखनऊ: भारतको उत्तर प्रदेश राज्यमा कोरोना भाइरसको संक्रमणबाट पहिलोपटक एक जनाको मृत्यु भएको छ। उत्तर प्रदेश नेपालको कैलाली, नेपालगन्ज, दाङ, रुपन्देहीसम्म सीमा जोडिएको भारतीय राज्य हो। सोमबार गोरखपुरको बीआरडी मेडिकल कलेजमा मृत्यु भएका २५ वर्षीय युवकको लखनऊको किंग जर्ज मेडिकल युनिभर्सिटी (केजीएमयू)मा स्याम्पल जाँच गर्दा मंगलबार कोरोना भाइरस पोजेटिभ देखिएको हो। केजीएमयूका प्रवक्ता डा सुधीर सिंहले गोरखपुरमा मृत्यु भएका युवकको…
काठमाडौं : ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव’मा बुधबार भारतीय नाटक प्रसारण हुने भएको छ। सुभोजित बेनर्जी निर्देशित नाटक 'नथिङ टु से' (केही भन्नु छैन) देखाइने भएको हो। थिएटर साइन प्रस्तुति रहेको नाटक साँझ ५ बजे थिएटर मलको आधिकारिक फेसबुक पेजमार्फत् नाटकको भिडियो प्रसारण हुनेछ। भर्चुअल नाट्य उत्सव अन्तर्गत् 'मान भर्सेस मती', 'राजेन्द्रलक्ष्मी', ‘जालिनी’, 'पाँच' र 'एक बोली एक दाम' प्रसारण भइसकेका…
काठमाडौः आफैले बोकेको भरुवा बन्दुक पड्किँदा बारपाक सुलीकोट गाउँपालिका-७ अमले बस्ने ५८ वर्षीय तुल बहादुर गुरुङ घाइते भएका छन्। मंगलवार घर नजिकैको जंगलमा बाघलाई तर्साउन गुरुङ भरुवा बन्दुक लिएर गएका थिए। तर, आफैले बोकेको बन्दुक पड्किँदा गुरुङ घाइते भएका हुन्। गरुङलाई प्रहरी चौकी घ्याम्पेसालबाट खटिएको टोलीले उपचारको लागि जिल्ला अस्पतालतर्फ पठाएको छ। साथै घटनास्थलबाट प्रहरीले भरुवा बन्दुक १ थान बरामद गरेको…
दार्चुला : स्वदेश फर्कने क्रममा भारत उत्तराखण्डको मदकोट क्षेत्रमा मजदुरी गर्न गएका एक नेपालीको गए राती मृत्यु भएको छ। मार्मा गाउँपालिका वडा नम्बर २ ठुलथला घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो। लकडाउनका कारण घर फर्किन लागेका ठगुन्नाको मदकोट झोलुङ्गेपुलमा मृत्यु भएको परिवारले जनाएको छ। गत कात्तिकमा मजदुरीका लागि मदकोट गएका ठगुन्नाको झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको जानकारी…
लकडाउनका कारण शहरी क्षेत्रमा मानिसहरुको गतिविधि ह्वात्तै घटेको छ। राजधानीलाई अस्थायी मुकाम बनाउनेहरु त यहाँबाट गाउँतिरै पुगिसकेका छन्। शहर बन्द हुँदा गाउँघरमा रौनक चाहिँ बढेको छ। खेतीपाती गर्नेहरु खेतबारीमा भुलेका छन्। शहरबाट गाउँ पुगेकाहरु भलाकुसारीमा रमाइरहेका छन्। फुर्सद हुँदा खेलकूदतिर पनि उत्तिकै व्यस्त छन् गाउँका मानिसहरु। भक्तपुरको छालिङ र ठूलो गाउँ पुगेर पहिलोपोस्टका अमित मचामसीले शहरी क्षेत्र शून्य हुँदा गाउँमा…
युनाइटेड अरब एमिरेट्स (युएइ)मा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। यससँगै त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ। मंगलबार त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको जानकारी अनुसार एसियाली मुलका ६७ वर्षीय पुरुषको मृत्यु भएको हो। उनलाई मुटु र उक्त रक्तचापको समस्या थियो। त्यस्तै युएइमा थप ५३ जनामा संक्रमण देखिएको छ। जसमध्ये दुई नेपाली रहेका छन्।…
यो उनीहरुको जीवनको सबैभन्दा यादगार यात्रा हुने पक्का थियो। उनीहरुले यस यात्रामा निस्कनका लागि कसैले रोक्न सक्दैन थियो। विश्वभर कोरोना भाइरसको त्रास फैलिरहेको थियो। यता अमेरिकी नागरिकहरु पनि भाइरसबारे सचेत भइरहँदा टेक्ससका साइन पेन्टर सिन स्टारर र उनकी श्रीमती जेन्नी ब्याग प्याक गर्दै थिए। फेब्रुअरी २९ मा उनीहरुको फ्लाइट थियो। दुबई हुँदै उनीहरु नेपाल पुग्ने कार्यक्रम तय थियो। उनीहरुसँगै नेपालको…
काठमाडौं : उपत्यकाबाट लकडाउन उल्लङघन गर्ने ५ सय २२ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लडकाउनको अवधि थपिएपछि बढ्दै जाँदा सडकमा देखिने मानिसको संख्या पनि बढेको छ। प्रहरीले आज बिहान ७ बजेसम्ममा उपत्यकाभित्रबाट ५ सय २२ जनालाई नियन्त्रणमा लिएको छ। जसमा ४४२ जना पुरुष र ८० जना महिला रहेको प्रहरीले जानकारी दिएको छ। यसरी प्रहरीले नियन्त्रणमा लिएका मानिसलाई सडकमा नै होल्ड गराउँछ। त्यस्तै प्रहरीले ४४ वटा…
विराटनगर : प्रदेश नम्बर १ बाट कोरोना भाइरस (कोभिड-१९)को आशंकामा हालसम्म ४६ जनामा परिक्षण गरिएकोमा ३० जनाको रिपोर्ट नेगेटिभ आएको छ। अन्य १६ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मंगलवार साँझसम्ममा १० महिलासहित ४६ जनाको नमुना संकलन गरिएको प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सुरेश मेहताले जानकारी दिए। डा मेहताका अनुसार झापाबाट ५,…
काठमाडौँः सर्वोच्च अदालतले निजी स्वास्थ्य संस्था कोरोना संक्रमितको उपचारबाट पन्छिन नपाउने भन्दै सोही अनुसार प्रबन्ध गर्न अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालत बार एशोसिएशनका तर्फबाट अधिवक्ता पुष्पराज पौडेलले दायर गरेको रिटमा न्यायाधीश मनोजकुमार शर्माको इजलासले उपचारको दायित्वबाट पन्छन नमिल्ने आदेश गरेको हो। इजलासले आवश्यक व्यक्तिगत सुरक्षाको प्रबन्ध गरी उपचारमा संलग्न गराउन आदेश दिएको हो। कुनै नीतिगत प्रबन्धको आवश्यक परेमा तत्काल…
काठमाडौं : आजसम्म सरकारले १ हजार ६० जनाको कोरोना परीक्षण गरेको छ। टेकु र पाटन गरी १० जना तथा सबै प्रदेशहरुमा ७७ जना गरी कूल ८७ जनालाई आइसोलेसनमा राखेर उपचार गरिएको छ। उनीहरुमा संक्रमणको सम्भावना हुनसक्ने भन्दै आइसोलेसनमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मिडिया ब्रिफिङमा प्रवक्ता डाक्टर विकास देवकोटाले चार जना कोरोना संक्रमित मध्ये दुई जनाको आफन्तहरुको कनट्याक्ट…
विराटनगर : भारतको बिहार राज्यस्थित विभिन्न स्थानबाट नेपाल आउने क्रममा सीमा क्षेत्रमा अलपत्र परेका १५ जनालाई मोरङ प्रहरीले उद्धार गरेर जिल्लाको टाँडीस्थित क्वारेन्टाइनमा पुर्याएको छ। पूर्वको नाका विराटनगरसम्म हिँडेर आइपुगेका ती नेपालीहरू सबै दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। कार्यालयका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार उद्धार गरिएका सबै रुकुम जिल्लाका हुन्। उनीहरूमध्ये जोगबनी–विराटनगर नाकामा…
विष्णुकान्त घिमिरे - काठमाडौं : गएको चैत ५ गते नेपाल आइपुगिन् आर्या शाह। यसपटकको स्वदेश फिर्ता भने केही असहज थियो। उनलाई लिन अनिल आफैँ ड्राइभ गरेर विमानस्थल पुगेका थिए। आर्या र अनिलबीचको पुनर्मिलन धेरै फरक थियो, यसपाला। कोरोनाको कहरले यी बाबु र छोरीलाई पहिलेकै तरिकाले मिल्न दिएन। सन्दर्भ चर्चित ब्याङ्कर अनिलकेशरी शाह र उनकी छोरीको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छोरीलाई…
अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हनेको संख्या तीन हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीले प्रस्तुत गरेको तथ्यांक अनुसार अमेरिकामा हालसम्म ३ हजार आठ जनाको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ। जसमध्ये न्यूयोर्क सिटीमामात्र ९ सय १४ जनाको मृत्यु भएको छ। यो अमेरिकाका अन्य राज्यमध्ये सबैभन्दा बढी भएको बताइएको छ। त्यहाँका मेयर बिल डे ब्लासियोले केन्द्र सरकारबाट भएका प्रयासका बारेमा पटकपटक…