PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

  • मिडियाको विश्वसनीयताको अंक घट्ला है!

    मिडियाको विश्वसनीयताको अंक घट्ला है!

    राधेश्याम दाहाल - गलत ढङ्गबाट सूचना संप्रेषण भएका कारण दोस्रो विश्व युद्ध भएको पत्रकारिता अध्ययन गर्ने सन्दर्भमा अहिले पनि सान्दर्भिक छ। आजको दुनियाँमा कुनै पनि देश सबैभन्दा शक्तिशाली वा बलियो हुन सक्ने मुख्य आधार भनेकै उसँग भएको सूचनाको भण्डार नै हो। अहिले जेजस्तो रुपमा अगाडि बढेको छ त्यसको मुख्य कारक तत्व भनेको सूचनाको सार्वजनिकीकरण नै हो। चाहे त्यो सूचना वा…

    विस्तृतमा पढ्नुस्

  • भर्चुअल नाट्य महोत्सव अन्तर्गत् नाटक 'शकुन्तलाको औंठी' देखाइँदै

    भर्चुअल नाट्य महोत्सव अन्तर्गत् नाटक 'शकुन्तलाको औंठी' देखाइँदै

    काठमाडौं : 'क्वारेन्टाइन अभियान नाट्य महोत्सव'मा बिहीवार नाटक 'शकुन्‍तलाको औंठी' प्रसारण हुने भएको छ।  नाटकभित्र नाटक ‘अभिज्ञान शाकुन्तलम्’को रिहर्सल गरिरहेका रङ्गकर्मीहरुको कथा देखाइएको छ। पौराणिक कथा ‘अभिज्ञान शाकुन्तलम्’का पात्रहरु र व्यक्तिगत जीवनको जिम्मेवारी र बाध्यताहरुले बाधिएका रङ्गकर्मीहरुको कथा एकसाथ अघि बढ्छ। भारतीय नाटककार सुरेन्द्र वर्माको अस्तित्ववादी नाटकलाई नेपाली अनुवाद र निर्देशन सुरज मल्लले गरेका हुन्। कलाकारहरु सुरज मल्ल, आशीष श्रेष्ठ,…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकामा मृत्युको प्रमुख कारक बन्दै कोभिड १९

    अमेरिकामा मृत्युको प्रमुख कारक बन्दै कोभिड १९

    गत फेब्रुअरीको अन्तिम दिन, वासिङटनमा एक व्यक्तिको मृत्यु भयो। ५० वर्षीय उनी कोरोना भाइरस संक्रमणका कारण मर्ने पहिलो अमेरिकी थिए। महामारीका रुपमा विश्वभर फैलिएको यस भाइरसकै कारण अमेरिकामा मात्रै मर्नेको संख्या चार हजार सात सय पुगिसकेको छ। जोन होप्किन्स युनिभर्सिटीको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा २ लाख १३ हजार ३ सय ७२ मानिस कोरोनाबाट संक्रमित छन्। पहिलो मृत्यु देखिएको ठीक एक महिना…

    विस्तृतमा पढ्नुस्

  • डाक्टर बाबुराम भट्टराईले सोधे : के पूरै सरकार डिप्रेसनमा हो?

    डाक्टर बाबुराम भट्टराईले सोधे : के पूरै सरकार डिप्रेसनमा हो?

    काठमाडौं : पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले के पूरै सरकार डिप्रेसनमा गएको हो? भन्दै प्रश्न गरेका छन्। भट्टराईले ट्विट गर्दै उप प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवलीको अन्तर्वार्ता पढ्दा आफूलाई त्यसो लागेको बताएका हुन्। भट्टराईले रक्षा मन्त्री पोखरेलले अस्वस्थ प्रधानमन्त्री केपी ओलीको अनुपस्थितिमा डिफ्याक्टो प्रमको जिम्मेवारी सम्हालेको भन्दै उनले सरकार…

    विस्तृतमा पढ्नुस्

  • मेडिकल उपकरण खरिद सम्झौता खारेजपछि स्वास्थ्य मन्त्री नैतिक संकटमा, झाँक्रीको प्रश्न: तपाई अब के गर्नुहुन्छ?

    मेडिकल उपकरण खरिद सम्झौता खारेजपछि स्वास्थ्य मन्त्री नैतिक संकटमा, झाँक्रीको प्रश्न: तपाई अब के गर्नुहुन्छ?

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्रीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालमाथि नैतिकताको प्रश्न उठाएकी छिन्। कोरोना भाइरससँग सम्बन्धित स्वास्थ्य सामग्री खरिद ठेक्कामा अनियमितता भएको भन्दै चौतर्फी विरोध हुँदा सम्पूर्ण बल लगाएर बचाउमा उत्रिएका मन्त्री ढकालले अन्तत: बुधबार ओम्नी ग्रुपसँगको सम्झौता रद्द गरेपछि उनीमाथि नैतिकताको प्रश्न उठेको हो। सम्झौता रद्द हुँदा मेडिकल उपकरण खरिदमा भएको अनियमितताको…

    विस्तृतमा पढ्नुस्

  • न बोल्छ, न सुन्छ, न हेर्छ : खोई यो कस्तो सरकार?

    न बोल्छ, न सुन्छ, न हेर्छ : खोई यो कस्तो सरकार?

    भोजराज जोशी - मध्यरातमा मोबाइलको घण्टी बज्यो। अधकल्चो निद्रामै फोन उठाएँ। 'उद्धार गरिदिनु पर्‍यो हजुर। यहाँ मसुलधारे पानी पर्‍या छ,' फोन उठाउनसाथ सुनियो, 'हुरी बतासले खत्तम भो। बाँच्न गाह्रो भो।' मलिन स्वर। मध्यरातमा एकोहोरो बोलिरहेको। कसको फोन थियो, ठम्याउन सकिनँ। भर्खरै १२ बजेमात्रै सुतेको थिएँ। 'के भो? भो के? सोधेँ। कुरो बुझिएन अनि फोन राखिदिएँ। केही दिन यता यस्ता फोन…

    विस्तृतमा पढ्नुस्

  • के छ बजारमा फलफूलको अवस्था? केरा र खरबुजा धेरै भित्रिए, स्याउ छोइनसक्नु

    के छ बजारमा फलफूलको अवस्था? केरा र खरबुजा धेरै भित्रिए, स्याउ छोइनसक्नु

    काठमाडौं : कुलेश्वरस्थित फलफूलको सबैभन्दा ठूलो थोक बजारमा अहिले बाहिरबाट फलफूल भित्रने क्रम बढेको छ। लकडाउनका केही दिनमा सुनसानजस्तै रहेको फलफूल बजारमा अहिले भने बाहिरबाट आउने फलफूलको मात्रा बढ्दै गएको छ। आज बिहान यहाँ पुग्दा केरा र खरबुजा बोकेका ट्रकहरु अनलोड गर्न व्यस्त थिए। बजारका सबै पसल खुला छैनन् जति खुलेका छन् तिनमा फलफूलका भरिएका क्रेटहरु टन्नै देखिन्थे। फलफूल बजारमा…

    विस्तृतमा पढ्नुस्

  • गल्ली गल्लीमा सुरक्षाकर्मी : बिहानै १३ सय जनालाई सडकमा उभ्याइयो

    गल्ली गल्लीमा सुरक्षाकर्मी : बिहानै १३ सय जनालाई सडकमा उभ्याइयो

    काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने २ सय ७८ महिलासहित १ हजार ३ सय ७८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आज बिहान ८ बजेसम्म उनीहरुलाई नियन्त्रणमा लिएको हो। लकडाउन उल्लङ्घन गर्नेको सङख्या बढ्दै गएपछि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ। सडका खटिएका सुरक्षाकर्मीले सवारी पास लिएर हिँड्ने सवारीलाई पनि कागजपत्र भएको सवारीपास हो होइन भनेर चेक गरिरहेका छन्। नक्कली…

    विस्तृतमा पढ्नुस्

  • बिहानै ८ सय २३ जना सडकमै होल्ड

    बिहानै ८ सय २३ जना सडकमै होल्ड

    काठमाडौं: उपत्यकाबाट लकडाउन उल्लङघन गर्ने ८ सय २३ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले आज बिहान ८ बजेसम्म ६६३ जना पुरुष र १६० जना महिलालाई नियन्त्रणमा लिएको हो। उनीहरुलाई प्रहरीले सडकमा डोरीले बनाएको होल्डिङ क्षेत्रमा तीन घण्टासम्म राख्ने गरेको छ। प्रहरीले नियन्त्रणमा गरेका उनीहरुले दैनिक उपभोगिय बस्तुको किनमेलको लागि निस्किएको भन्दै आफ्नो बचाउन गर्ने गरेको प्रहरीले जानकारी दिएको छ।'…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकामा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिँदा पनि ट्रम्पले किन लकडाउन गर्न मानेनन्?

    अमेरिकामा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिँदा पनि ट्रम्पले किन लकडाउन गर्न मानेनन्?

    काठमाडौं: अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या २ लाख नाघेको छ। दिन दुई गुणा रात चौगुणाका दर संक्रमण बढिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने लकडाउन लगाउने पक्षमा छैनन्। जोन होप्किन्स युनिभर्सिटीको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा २ लाख १३ हजार ३ सय ७२ मानिस कोरोनाबाट संक्रमित छन् भने ४ हजार ७ सयभन्दा बढीको मृत्यु भइसकेको छ। न्युयोर्कमा सबैभन्दा धेरै संक्रमित छन्। प्रदेशका गभर्नर…

    विस्तृतमा पढ्नुस्

  • जर्मनीमा लकडाउनको अवधि अप्रिल १९ सम्म बढाइयो

    जर्मनीमा लकडाउनको अवधि अप्रिल १९ सम्म बढाइयो

    जर्मनीमा लकडाउनको अवधि बढाइएको छ। जर्मन चान्सलर एन्जेला मर्केलले कोरोना भाइरसका कारण जारी लकडाउनको अवधि १९ अप्रिलसम्म थपिएको घोषणा गरेकी हुन् । मर्केलले  नागरिकहरुलाई लकडाउन पालनाका लागि पनि आग्रह गरेकी छन्। जर्मनीमा तीब्र गतिमा कोरोना भाइरस फैलिरहेको छ। हालसम्म ७३२ जनाको कोरोना भाइरसका कारण ज्यान गइसकेको छ। ६७ हजार संक्रमित छन्।

    विस्तृतमा पढ्नुस्

  • सामाजिक मनोविज्ञानले नउठेको शव [सम्पादकीय]

    सामाजिक मनोविज्ञानले नउठेको शव [सम्पादकीय]

    पाल्पा रिब्दीकोटका बाबुराम थापा क्षेत्रीको मृत्युपछि गरिएको स्वाब परीक्षण ‘नेगेटिभ’ देखाएपछि दु:खकै बीच पनि एक किसिमले खुशीको अनुभूति गरायो सबैलाई। उनको दुखद् निधन एउटा पाटो हो, अर्को चाहिँ दुवईबाट फर्केका उनमा कोभिड -१९ को संक्रमण चाहिँ नदेखिनु सुखद्। विशेषगरि यतिखेरको मनोविज्ञानका लागि सान्त्वना दिने आधार बन्यो –कोरोनाका कारण ज्यान गुमाउने सूचीमा नाम नचढ्दा। ३४ वर्षका बाबुरामको मृत्युले नेपालको स्वास्थ्य क्षेत्र…

    विस्तृतमा पढ्नुस्

  • सीमामा अलपत्र परेका नागरिकको छिटो व्यवस्थापन गर्न मोहन वैद्यको माग

    सीमामा अलपत्र परेका नागरिकको छिटो व्यवस्थापन गर्न मोहन वैद्यको माग

    काठमाडौं : मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले नेपाल-भारत सीमामा अलपत्र परेका नेपालीहरुलाई आवश्यक व्यवस्था सहित भारतमा नै राख्ने या नेपालमा ल्याउने आवश्यक प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ। पार्टीका महासचिव वैद्यले बुधवार विज्ञप्ति जारी गर्दै यस्तो माग राखेका हुन्। विज्ञप्तिमा परीक्षणलाई विस्तार गरी संक्रमितहरु पत्ता लगाउने र तिनीहरुलाई आइसोलेसनमा राखी बाँकीलाई संक्रमित हुन नदिने तरीकाले मात्र…

    विस्तृतमा पढ्नुस्

  • ‘मझेरी लकडाउन कविता प्रतियोगिता’ हुँदै

    ‘मझेरी लकडाउन कविता प्रतियोगिता’ हुँदै

    काठमाडौं : ‘मझेरी द लकडाउन कविता प्रतियोगीता’ आयोजना हुने भएको छ। ‘एसआरविएन मिडिया’ले देश लकडाउनमा रहेको अवस्थामा केही सिर्जनात्मक एवं रचनात्मक प्रयोगका लागि यस प्रतियोगिता आयोजना गरेको हो। कोभिड – १९ को संक्रमणविरुद्ध सावधानी तथा रोकथामका लागि देश लकडाउन छ। जसका कारण अधिकांश मानिस घरमै छन्। त्यसैले प्रतियोगितामा संसारभरबाट नेपालीहरुले सहभागिता जनाउन पाउँनेछन्। त्यसका लागि प्रतियोगीले आफै रचना गरेको कविता…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीले ड्रोनबाट गर्‍यो लकडाउनको अनुगमन

    प्रहरीले ड्रोनबाट गर्‍यो लकडाउनको अनुगमन

    काठमाडौं : कोरोना भाइरस (कोभिड-१९)को सम्भावित संक्रमण फैलिन नदिन नेपाल सरकारद्वारा घोषणा गरिएको देशव्यापी लकडाउन अनुगमनको लागि नेपाल प्रहरीले ड्रोनको प्रयोग गरेको छ। विश्वव्यापी महामारीको रुपमा देखिएको उक्त भाइरसको कारण उत्पन्न विषम परिस्थितिमा घोषणा गरिएको लकडाउन अनुगमनको लागि २ वटा ड्रोनको प्रयोग गरी काठमाडौं उपत्यकामा अनुगमन शुरु गरिएको बताइएको छ।

    विस्तृतमा पढ्नुस्

  • महिला श्रमजिवी एवं सुरक्षाकर्मीका लागि प्रियंका चोपडाले एक लाख डलर दिने

    महिला श्रमजिवी एवं सुरक्षाकर्मीका लागि प्रियंका चोपडाले एक लाख डलर दिने

    बलिउड अभिनेत्री प्रियंका चोपडाले कोरोना भाइरस संक्रमणविरुद्धको लडाइका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेकी छिन्। उनले सामाजिक सञ्जालमार्फत् एक लाख डलर सहयोग गर्ने बताएकी हुन्। उक्त रकम श्रमजिवी महिला र सुरक्षा निकायमा खटिएका महिलाका लागि खर्च गर्ने भएकी हुन्। सहयोग घोषणासँगै उनले आफू अब हरेक साता प्रेरणादायी महिलाहरुको कथासहित प्रत्यक्ष प्रसारणमा हुने समेत जनाएकी छिन्। उनले 'टुगेदर वुमन राइज' भन्ने…

    विस्तृतमा पढ्नुस्

  • ११ सय ३१ को कोरोना परीक्षण हुँदा ५ जनामा मात्रै संक्रमण, देशभर ९९ जना आइसोलेसनमा

    ११ सय ३१ को कोरोना परीक्षण हुँदा ५ जनामा मात्रै संक्रमण, देशभर ९९ जना आइसोलेसनमा

    काठमाडौं : कोरोना (कोभिड १९) को आशंकामा गरिएको १ हजार १ सय ३१ टेष्टमध्ये अहिलेसम्म ५ जनाको मात्रै पोजेटिभ नतिजा आएको छ। यस्तै, देशभर कोरोनाको लक्षण देखिएको आशंकामा ९९ जनालाई आइसोलेसनमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए। मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा देवकोटाले कोरोना संक्रमितका आफन्तमध्ये ८४ प्रतिशतको ट्रेसिङको काम सकिएको बताए। 'हिजो मैले ८० प्रतिशत…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिलाई झाँक्रीको सुझाव: महामहिम! विकसित मुलुकका होइन लकडाउनमा अलपत्र नेपाली मजदुरको चिन्ता गरिबक्स्योस्

    राष्ट्रपतिलाई झाँक्रीको सुझाव: महामहिम! विकसित मुलुकका होइन लकडाउनमा अलपत्र नेपाली मजदुरको चिन्ता गरिबक्स्योस्

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्रीले लकडाउनका कारण अलपत्र मजदुरहरुको पक्षमा बोल्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाव दिएकी छिन्। लकडाउनका कारण नेपाल भारत सीमा तथा देशभित्रै विभिन्न ठाउँमा बाटोमा मजदुरहरु अलपत्र परेका बेला झाँक्रीले बुधबार ट्वीटरमार्फत राष्ट्रपति भण्डारीको ध्यानाकर्षण गराएकी हुन्। झाँक्रीले लेखेकी छिन्, 'सिधा कुरा: महामहिम! अमेरिका, क्यानडा, युरोप, अष्टेलिया, जापान, कोरियालगायत विकसित मुलुकका नेपालीको…

    विस्तृतमा पढ्नुस्

  • कोरोना परीक्षणका स्वास्थ्य सामाग्री ओम्नी ग्रुपसँग किन्ने सम्झौता रद्द, पाँच करोड धरौटी जफत

    कोरोना परीक्षणका स्वास्थ्य सामाग्री ओम्नी ग्रुपसँग किन्ने सम्झौता रद्द, पाँच करोड धरौटी जफत

    काठमाडौः सरकारले ओम्नी ग्रुपसँग कोरोना रोकथाम तथा नियन्त्रणका लागि ल्याउने सामानको खरिद सम्झौता रद्द गरेको छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सम्झौता रद्द गरिएको जानकारी दिए। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उनले कम्पनीले १० प्रतिशत मात्रै सामान ल्याएकोले सम्झौता रद्द गरेको बताए। सम्झौता रद्दसँगै कम्पनीको पाँच करोड धरौटी जफत हुनेछ। 'ओम्नी कम्पनीसँगको सम्झौता रद्द गरेका छौँ। हामीले टेण्डर गर्दैछौँ।…

    विस्तृतमा पढ्नुस्

  • चिकित्सकको लाइसेन्स खारेजी र थुन्ने अभिव्यक्तिविरुद्ध चिकित्सक संघ

    चिकित्सकको लाइसेन्स खारेजी र थुन्ने अभिव्यक्तिविरुद्ध चिकित्सक संघ

    काठमाडौं : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत र डोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले चिकित्सकलाई थुनामा राख्ने तथा लाइसेन्स खारेज गर्ने चेतावनी दिएको भन्दै नेपाल चिकित्सक संघले विरोध जनाएको छ। 'कोरोना भाइरसको संक्रमण रोक्नका लागि अहोरात्र खटिरहेका चिकित्सकहरुलाई बैठक बसिरहेकै अवस्थामा चिकित्सकहरुको लाइसेन्स खारेज गर्ने तथा चिकित्सकलाई थुनामा राख्न दिइएको आदेशप्रति नेपालचिकित्सक संघ घोर भत्सर्ना र निन्दा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell