PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

  • कोरोना रोकथामविरुद्ध लडाइका लागि चलचित्र कलाकार संघको आर्थिक सहयोग

    कोरोना रोकथामविरुद्ध लडाइका लागि चलचित्र कलाकार संघको आर्थिक सहयोग

    काठमाडौं : नेपाल चलचित्र कलाकार संघले कोरोना रोकथामका लागि आर्थिक सहयोग गरेको छ। संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले नेपाल सरकारले स्थापना गरेको कोरोना नियन्त्रण, रोकथाम तथा उपचार कोषमा एक लाख रुपैंया जम्मा गर्ने निर्णय गरेको हो। नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खडकाको निर्देशनमा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहमतिमा सो निर्णय भएको विज्ञप्तीमा जनाइएको छ। 'नेपालमा पनि कोरोना संक्रमण…

    विस्तृतमा पढ्नुस्

  • आज एकै दिन ७६ जनाको कोरोना परीक्षण, रिपोर्ट आउन बाँकी

    आज एकै दिन ७६ जनाको कोरोना परीक्षण, रिपोर्ट आउन बाँकी

    काठमाडौं : सरकारले ९ सय ९३ जनाको कोरोना परीक्षण गरेको जनाएको छ। आज ७६ जनाको टेस्ट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताए। टेकुमा ४ जना र पाटनमा ३ जना आइसोलेसनमा रहेको उनले बताए। प्रदेशमा ९३ जना आइसोलेसनमा र २ सय बढीको नमूना संकलन गरिएको मन्त्रालयले जनाएको छ।  कोरोना संक्रमितका आफन्तको कन्ट्याक्ट ट्रेसिङ भइरहेको उनले बताए। अहिलसम्म…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै पार्टीका नेतालाई काउन्टर दिँदै गगन थापाले भने: 'विपत्तिका बेला सरकार फेर्ने माग बेमौसमी बाजा'

    आफ्नै पार्टीका नेतालाई काउन्टर दिँदै गगन थापाले भने: 'विपत्तिका बेला सरकार फेर्ने माग बेमौसमी बाजा'

    काठमाडौं: नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले विपत्तिका बेला सरकार फेर्ने माग बेमौसमी बाजा भएको टिप्पणी गरेका छन्। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरस संक्रमणको विपत्तिका बेला राष्ट्रिय सहमतिको सरकारको आवश्यक रहेको बताएका बेला नेता थापाले सरकार फेर्ने कुरा बेमौसमी बाजा भएको टिप्पणी गरेका हुन्। उनले अहिले सरकारले काम गर्ने र प्रतिपक्षले सहयोग गर्ने बेला भएकोमा समेत जोड दिएका…

    विस्तृतमा पढ्नुस्

  • विदेशबाट आएका ४१ हजार १ सय ४० जनाको ट्रेसिङ भएको सरकारी दावी

    विदेशबाट आएका ४१ हजार १ सय ४० जनाको ट्रेसिङ भएको सरकारी दावी

    काठमाडौं : सरकारले विदेशबाट आएका ४१ हजार १ सय ४० नेपालीको ट्रेसिङ गरेको दावी गरेको छ। विदेशबाट आएकाहरुको सम्पूर्ण जानकारीसहित ट्रेसिङ गरिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। उनले नयाँ कोरोना पोजेटिभ केस नदेखिएको पनि बताए। चीनबाट ल्याइएका मेसिनबाट धनगढी, बुटवल र विराटनगरमा कोरोना परीक्षण थालिएको देवकोटाले बताए।

    विस्तृतमा पढ्नुस्

  • भारतमा कोरोना भाइरसबाट २९ जनाको मृत्यु, संक्रमितको संख्या १ हजार नाघ्यो

    भारतमा कोरोना भाइरसबाट २९ जनाको मृत्यु, संक्रमितको संख्या १ हजार नाघ्यो

    काठमाडौं : भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २९ जना पुगेको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकरी अनुसार कोरोना भाइरसबाट २९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ हजार ७१ जना पुगेको बीबीसी हिन्दीले जनाएको छ। महाराष्ट्रमा सबैभन्दा धेरै ८ जनाको मृत्यु भएको छ। कर्नाटकमा ३ जना, उत्तर प्रदेशमा १, गुजरातमा ५, दिल्लीमा २, तमिलनाडुमा १, पन्जाबमा…

    विस्तृतमा पढ्नुस्

  • काँधमा सिलिन्डर बोकाएर सजायँको भाइरल फोटोबारे प्रहरी : छानविन हुँदैछ कारबाही हुन्छ

    काँधमा सिलिन्डर बोकाएर सजायँको भाइरल फोटोबारे प्रहरी : छानविन हुँदैछ कारबाही हुन्छ

    काठमाडौं : सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल छ अहिले। फोटोमा एक महिला प्रहरीले एक पुरुषलाई सिलिन्डर काँधमा राखेर सडकमा यातना दिएको देखिन्छ। महिला प्रहरीले हातमा प्लेकार्ड पनि बोकेकी छिन्। लकडानको समयमा सडकमा देखिने मानिसलाई कारबाही गरिरहेको छ प्रहरीले। सडकमा भेटिएका मानिसलाई तीन घण्टासम्म सडकमा नै उभ्याएर घर फिर्ता पठाउँछ। तर, यसरी सिलिन्डरको भारी बोकाएरै सजायँ दिएको दृष्यले प्रहरी आलोचित हुन…

    विस्तृतमा पढ्नुस्

  • पाटन अस्पतालको आइसीयुमा रहेका एक पुरुषको गयो ज्यान, कारण खुलेको छैन

    पाटन अस्पतालको आइसीयुमा रहेका एक पुरुषको गयो ज्यान, कारण खुलेको छैन

    काठमाडौं : पाटन अस्पतालको आइसीयुमा रहेका एक पुरुषको मृत्यु भएको छ। धादिङ् खनियाँ गाउँपालिका ४ घर भएका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो। महानगरीय प्रहरी परिसर ललिपुरका एसपी दुर्गा सिंहले आइतवार पाटनमा भर्ना भएका पुरुषको मृत्युको जानकारी दिइन। 'मृत्यु भएको खबर आएको हो। तर मृत्युको कारण भने खुलेको छैन,' उनले भनिन्। तामाङ थर भएका पुरुष चैत १३/१४ गते भारतबाट फर्किएका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाले बनायो ५ मिनेटमै कोरोना जाँच्ने किट

    अमेरिकाले बनायो ५ मिनेटमै कोरोना जाँच्ने किट

    काठमाडौं: अमेरिकाको संघीय फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)ले विश्वकै प्रख्यात फर्मा तथा हेल्थ केयर कम्पनी एबटलाई कोरोना भाइरस संक्रमणको परीक्षणको विशेष पोर्टेबल किट उत्पादनको अनुमति दिएको छ। उक्त किटले परीक्षण गरेको पाँच मिनेटमा नतिजा समेत दिन्छ। 'आइडी नाउ' नाम दिइएको उक्त किटले कोरोना भाइरसको संक्रमण देखिएको खण्डमा पाँच मिनेट र संक्रमण नदेखिएको नतिजा १३ मिनेटमा देखाउँछ। यस विषयमा एबटको आधिकारिक…

    विस्तृतमा पढ्नुस्

  • कोरोना राहत कोषमा नेपाल क्रिकेट खेलाडी संघद्वारा ४ लाख ६२ हजार सहयोग

    कोरोना राहत कोषमा नेपाल क्रिकेट खेलाडी संघद्वारा ४ लाख ६२ हजार सहयोग

    काठमाडौं : नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान)ले नेपाल सरकारद्वारा स्थापना गरिएको कोरोना राहत कोषमा ४ लाख ६२ हजार रुपैयाँ सहयोग गर्ने भएको छ। सिप्यानले चैत २१ गते ‘एनसिसिएस सिप्यान अवार्ड २०२०’ आयोजना गर्ने तयारी गरेको थियो। तर, बढ्दो कोरोनाको कहरसँगै उक्त अवार्ड कार्यक्रम स्थगित गरिएको थियो। ‘अवार्डमा तय गरिएको ४ लाख ६२ हजार बराबरको रकम हालको परिस्थिति मध्यनजर गर्दै नेपाल सरकारले…

    विस्तृतमा पढ्नुस्

  • विदेशमा अलपत्र परेका विद्यार्थीलाई खर्च कसरी पठाउने?

    विदेशमा अलपत्र परेका विद्यार्थीलाई खर्च कसरी पठाउने?

    काठमाडौं : दुई दिनअघि साइप्रसमा रहेका नेपाली विद्यार्थीलाई पैसा पठाउनका लागि सहजीकरण गरेको सरकारले अब बाँकी देशमा रहेका नेपाली विद्यार्थीलाई पनि निर्वाह खर्च पठाउन दिने भएको छ। हिजोमात्र यसबारे सरकारले निर्णय लिएको हो। साइप्रसका लागि राष्ट्र बैंकले ३ सय युरो पठाउन दिने ब्यवस्था गरेको थियो। पठाएको रकमको बेनिफिसरी सम्बन्धित विद्यार्थी हुनुपर्छ। यसअघि उनीहरुले वार्षिक रुपमा एउटा निश्चित रकम पाउँथे। अब…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमणको डरले गाउँ पस्न नदिएपछि रुखमै क्वारेन्टाइन !

    कोरोना संक्रमणको डरले गाउँ पस्न नदिएपछि रुखमै क्वारेन्टाइन !

    काठमाडौं: कोरोना भाइरसको प्रकोप बढेसंगै मानिसहरु धमाधम गाउँ फर्किन थालेका छन्। चिकित्सकले गाउँ फर्किँदा सेल्फ क्वारेन्टाइनमा बस्न सुझाव दिएका छन्। क्वारेन्टाइनमा बस्दा आफू पनि कोरोना भाइरसको संक्रमणबाट बच्न सकिने र गाउँलेलाई पनि संक्रमणबाट बचाउन सकिने भएकाले बाहिरबाट आएकाहरु क्वारेन्टाइनमा पनि बसिरहेका छन्। तर, भारतको पश्चिम बंगालमा भने गाउँमा पस्न नदिएपछि केही युवाहरु रुखमै क्वारेन्टाइनमा बसेका छन्। सबैतिर मानिसहरु निर्माण गरिएका…

    विस्तृतमा पढ्नुस्

  • ५ सय ७० जना कोरोनाबाट प्रभावित हुँदा युएईमा रहेका पौने ३ लाख नेपाली कति प्रभावित?

    ५ सय ७० जना कोरोनाबाट प्रभावित हुँदा युएईमा रहेका पौने ३ लाख नेपाली कति प्रभावित?

    आइतवारमात्रै संयुक्त अरब इमिरेट्स (युएई) मा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको मृत्यु भयो। यहाँ हालसम्म ५ सय ७० जना कोभिड - १९ संक्रमित छन्। जसमध्ये १ सय २ जना नयाँ संक्रमित संख्या आइतबार मात्रै पुष्टि भएको हो। सुखद् नै मान्नुपर्छ आइतवार १ सय २ जनामा नयाँ संक्रमण थपिँदा नेपाली भने परेनन् भलै संक्रमित हुनेहरुमा विदेशीको संख्या उल्लेख्य रह्यो। पौने…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ खुला आकाशमुनिको 'सडक हिरासत'

    यस्तो छ खुला आकाशमुनिको 'सडक हिरासत'

    काठमाडौं : अहिले काठमाडौंका मुख्‍य चोकका सडक किनारमा मानिसहरु ठिङ्ग उभिएको अवस्थामा देख्न सकिन्छ। सबै करिव एक मिटरको दुरीमा उभिएका हुन्छन्। उनीहरुलाई उभिएको ठाउँबाट यता उता हिँड्न समेत अनुमति छैन।   वरपर घेरिएको प्लास्टिकको डोरी उनीहरुका लागि 'लक्ष्मण रेखा'जस्तै हो। जहाँबाट निस्कन पाउँदैनन्। त्यही हो प्रहरीको खुला आकाशमुनिको  सडक हिरासत। सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्नेलाई अहिले प्रहरीले बनाएको यस्तै सडक हिरासतमा राखिएको छ। उनीहरुलाई तीन घण्टासम्म त्यहीं राखिन्छ। 'गाडीमा ल्याएर राख्दा पनि संक्रमण हुने…

    विस्तृतमा पढ्नुस्

  • भारतीय भूमिमा नारावाजी गरेको भिडियो भाइरल भएपछि देउवाको प्रश्न : आफ्नो देशमा आउन पनि नारा जुलुश गर्नुपर्ने यो के हो?

    भारतीय भूमिमा नारावाजी गरेको भिडियो भाइरल भएपछि देउवाको प्रश्न : आफ्नो देशमा आउन पनि नारा जुलुश गर्नुपर्ने यो के हो?

    काठमाडौं : सुदूर पश्चिम प्रदेशको दार्चुला पारी भारतीय भूमि धारचुलामा रहेका नेपालीहरुले गरेको नाराबाजीको भिडियो भाइरल भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्काल उनीहरुलाई नेपाल भित्रने वातावरण बनाउन माग गरेका छन्। भारतका विभिन्न ठाउँमा काम गर्दै आएका नेपालीहरुको ठूलो संख्या यतिखेर महाकाली नदी किनारमा अलपत्र छन्। झोलुङ्गे पुलबाट नेपाल छिर्ने ठाउँमा ताल्चा लगाइएका कारण उनीहरु अलपत्र परेका हुन्। सूदूर पश्चिम,…

    विस्तृतमा पढ्नुस्

  • युएइमा आइतबार मात्रै १०२ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

    युएइमा आइतबार मात्रै १०२ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

    आइतबार युनाइटेड अरब एमिरेट्समा कोरोना भाइरस संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। ४७ वर्षीया अरबी महिलाको मृत्यु भएको हो। उनी कोरोना संक्रमणअघि अन्य स्वास्थ्य समस्याको उपचार गराइ रहेकी थिइन्। योसँगै मृत्यु हुनेको संख्या तीन पुगेको छ। युएइमा हालसम्म ५७० जना संक्रमित छन्। जसमध्य १०२ नयाँ संक्रमित संख्या आइतबार मात्रै पुष्टि भएको हो। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएकाहरुको…

    विस्तृतमा पढ्नुस्

  • सरकार डेरा नि:शुल्कको कुरा गर्छ, घरबेटीको चाहिँ प्रहरीलाई कल : विदेशबाट आएको मानिसलाई घरबाट निकाल्दिनुस्!

    सरकार डेरा नि:शुल्कको कुरा गर्छ, घरबेटीको चाहिँ प्रहरीलाई कल : विदेशबाट आएको मानिसलाई घरबाट निकाल्दिनुस्!

    काठमाडौं : 'मेरो घरमा विदेशबाट आएका मानिस बसिरहेका छन्। तपाईँहरु आएर निकाल्दिनु पर्‍यो।' महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा एक सय नम्बरको फोनमा कसैले भनिरहेको थियो। प्रहरी नै के गर्ने अलमलमा पर्‍यो। विदेशबाट आएको भन्दैमा कसरी निकाल्नु? अनि केही दिन अघिमात्र विदेशमा आएकालाई सम्पर्कमा ल्याउने जिम्मेवारी पनि प्रहरीकै काँधमा आएको छ। त्यसैले प्रहरी 'मुभ' नहुने कुरै भएन। प्रहरी फोनमा भनिएकै घरमा पुग्यो। फोन…

    विस्तृतमा पढ्नुस्

  • मानव सेवा आश्रमलाई डिआइजी पोखरेलले गरे खाद्य सामाग्री हस्तान्तरण, उपभोग्य सामाग्रीहरूको अभावमा प्रहरीलाई सम्पर्क गर्न आग्रह

    मानव सेवा आश्रमलाई डिआइजी पोखरेलले गरे खाद्य सामाग्री हस्तान्तरण, उपभोग्य सामाग्रीहरूको अभावमा प्रहरीलाई सम्पर्क गर्न आग्रह

    काठमाडौं : सामाखुसीस्थित मानव सेवा आश्रमलाई एन आइसी एसिया बैंकसँगको सहकार्यमा महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले खाद्य सहयोग गरेका छन्।  विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिने आशंकमा रोकथामको लागि सरकारले लकडाउन घोषणा गरेपछि संघ सस्था तथा दैनिक ज्याला मज्दुरी गरी खाने मजदुरहरुले दैनिक सामाग्रीको समस्या ब्याहोर्न नपरोस भनी यस अभियानको शुरुवात गरिएको डिआइजी पोखरेलले बताए।        …

    विस्तृतमा पढ्नुस्

  • भर्चुअल नाट्य महोत्सवको चौंथो दिन, नाटक 'पाँच' देखाइँदै

    भर्चुअल नाट्य महोत्सवको चौंथो दिन, नाटक 'पाँच' देखाइँदै

    काठमाडौं : शरीरको भाषाबाट कथा भन्ने शैलीमाथि गरेको थिएटर एक्स्पेरिमेन्टको हो नाटक 'पाँच।' नेपाली रङ्गमञ्चमा सम्भवतः पहिलो फिजिकल नाटक हो। यस नाटकमा पाँच जना कलाकारले केही नबोली कथा भन्छन्। पात्रहरुले भन्ने कथाले आशा निराशा, प्रेम घृणा, सुख दु:ख समेट्छ। राजनीतिक अस्थिरताले पारेको असर पनि यहाँ अटाउँछ। आफ्नो तरिकाले बाँच्न गाह्रो सामाजका मुद्दाहरू, यौन दुर्व्यवहार गर्ने र पीडामा पर्नेहरूको विषय पनि उठाउँछ।…

    विस्तृतमा पढ्नुस्

  • बिहानै काठमाडौंबाट ६ सय जना पक्राउ, मेट्रो प्रमुखले भने 'लकडाउन अवज्ञा गर्ने आज ३ घण्टा भोलि ४ घण्टा थुनामै' 

    बिहानै काठमाडौंबाट ६ सय जना पक्राउ, मेट्रो प्रमुखले भने 'लकडाउन अवज्ञा गर्ने आज ३ घण्टा भोलि ४ घण्टा थुनामै' 

    काठमाडौं : लकडाउनको सातौं दिन (आज) बिहानै सडकमा निस्कनेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहान ७ बजेसम्ममा काठमाडौंबाट मात्र ६ सय ५४ जना पक्राउ परेका छन्। त्यस्तै ललितपुरबाट ६८ जना र भक्तपुरबाट १८ जनालाई लकडाउन अवज्ञा गरेकोमा नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका डिआइजी विश्वराज पोख्रेलले बताए। भने,'आजबाट सडकमा निस्कनेलाई तीन घण्टा सडकमै राखिन्छ। अस्तिसम्म केहीबेर राखेर सम्झाइ बुझाइ गरेका थियौं।…

    विस्तृतमा पढ्नुस्

  • देशव्यापी बनाइँदै कोरोना परीक्षण, सातै प्रदेशमा प्रयोगशाला विज्ञ तोकिए

    देशव्यापी बनाइँदै कोरोना परीक्षण, सातै प्रदेशमा प्रयोगशाला विज्ञ तोकिए

    काठमाडौँः राष्ट्रिष्य जनस्वास्थ्य प्रयोगशालाले कोरोना परीक्षणका लागि सातै प्रदेशमा प्रयोगशाला विज्ञ तोकेको छ। प्रदेशमा एकदेखि तीन जनासम्म विज्ञ तोकिएका छन्। प्रदेश १ मा आइतबारदेखि नै परीक्षण सुरु भइसकेको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले परीक्षण सेवा सुरु गरेको छ। बागमती प्रदेशले हेछौँडामा आजदेखि परीक्षण सुरु गर्दैछ। जसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दुई विशेषज्ञ खटाएको छ। जसमा विष्णु उपाध्याय र निर्मल आचार्य…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell