काठमाडौँः सरकारले ५० हजार डलरमाथिका गाडी आयातमा प्रतिबन्ध लगाएको छ। अत्यावश्यकीय आयातमा खुकुलो नीति लिएर वैदेशिक मुद्रा मौज्दातमा दबाब पर्ने भएकाले सरकारले महङ्गा गाडी आयातमा रोक लगाएको हो। अहिले अत्यावश्यकीय आयातलाई खुकुलो बनाइएको छ भने विदेशमा रहेका विद्यार्थीलाई थप पैसा पठाउन बाटो खोलिएको छ। सरकारले सुन आयातको कोटा पनि घटाएको छ। दैनिक २० किलो आयात गर्न पाइनेमा अब १० किलोमा झारिएको…
काठमाडौँः सरकारले असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई आग्रह गरेको छ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले घरधनीलाई यस्तो आग्रह गरेको हो। घरभाडा छुट बराबरको रकमलाई घरबाहल करमा मिलान गर्नेगरि सरकारले यस्तो प्रस्ताव गरेको हो। यसअघि कोरोनाका कारण मजदूर कामविहीन भएको भन्दै डेरावालहरुको संघले भाडा छुट दिन माग गरेको थियो।
काठमाडौँः सरकारले कोरोना (कोभिड–१९) संक्रमितको उपचारका संलग्न स्वास्थ्यकर्मीको २५ लाखसम्मको बीमा गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको आइतबार सम्पन्न बैठकले असार मसान्तसम्मको समयावधि कायम गर्नेगरी बीमाको व्यवस्था गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए। बीमा उपचारमा संलग्न चिकित्सक, नर्स, प्रयोगशालामा खटिने कर्मचारी, सरसफाइमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीका हकमा पनि लागू हुनेछ।
काठमाडौँः सरकारले कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि भएको लकडाउनको अवधिमा कामविहीन भएका दैनिक ज्यालादारीहरुका लागि राहतको घोषणा गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले दैनिक आवश्यक खाद्यन्न उपलब्ध गराउने गरी निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए। स्थानीय तहले व्यक्ति पहिचान गरी लगत तयार गर्ने र वडामार्फत राहत उपलब्ध हुनेछ। स्थानीय तहले दैनिक खाद्य अवस्थालाई मध्यनजर गरी लक डाउनको…
काठमाडौं: कोरोना भाइरसको जोखिमका कारण भारतबाट फर्किएका ६ सय नेपाली दार्चुलाजिल्लासँग जोडिएको धारचुलास्थित महाकाली नदी किनारमा अलपत्र परेका छन्। शुक्रबार राती दुई सय नेपालीको उद्धार गरेका बेला भारतबाट आएका थप ६ सय नेपाली सीमामा रोकिँदा अलपत्र परेका हुन्। अहिले धारचुलामा हावाहुरीसहित भीषण वर्षा भइरहेको छ। ओत लाग्ने ठाउँसमेत नहुँदा नेपालीहरु नदी बगरमा खुला आकाशमा पानीले भिजेका छन्। पानीमा भिज्दा विरामी…
काठमाडौँः सरकारले कोरोना महामारी फैलिन नदिन घोषित लकडाउनको अवधि बढाएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि चैत २५ गते राति १२ बजेसम्म सम्म थप गरेको हो। यसअघि सरकारले चैत ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म एक साताका लागि लकडाउन गरेको थियो। व्यक्तिको आवागमन रोकिए पनि ढुवानी लगायतका काम चालु रहनेछन्। आइतबार नै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा…
काठमाडौँः नेपाल राष्ट्र बैंकले पुनः कर्जा कोषको रकम १० अर्व रुपैयाँले बढाउँदै चालु पुँजी प्रकृतिका अल्पकालीन कर्जाको भुक्तानी अवधि दुई महिनालाई थप गरेको छ। कोरोना भाइरस संक्रमणसँगै उद्योग व्यवसाय समस्या परेका बेला राष्ट्र बैंकले राहत प्याकेज ल्याएको हो। चैतसम्म कुनै कर्जा नवीकरण नभए पनि त्यसलाई असल ऋणमै गणना गर्न पाइने छ। राष्ट्र बैंकले सूक्ष्म निगरानीमा नराखे पनि हुने व्यवस्था गरेको हो।…
काठमाडौं: त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका प्राध्यापकले एमफिलको भर्चुअल अनलाइन कक्षा सञ्चालन गरेका छन्। कोरोना भाइरसको विश्वव्यापी महामारीले विश्वविद्यालयका सम्पूर्ण पठनपाठन ठप्प भएपछि इन्टरनेटका माध्यमबाट प्राध्यापक र विद्यार्थी भेला भएर भर्चुअल कक्षा सञ्चालन गरिएको हो। प्राध्यापकद्वय डा महानन्द चालिसे र डा धुव्र कुमार गौतमले आइतबार व्यवस्थापन संकायको एमफिलका विद्यार्थीलाई भर्चुअल कक्षामार्फत पढाएका छन्। यो क्लास हप्तामा तीन पटकसम्म सञ्चालन हुने व्यवस्थापन…
पोर्चुगलका विश्वप्रसिद्ध फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले कोरोना भाइरसविरुद्धको लडाईंमा साथ दिँदै सहयोगको हात अगाडि बढाएका छन्। रोनाल्डोले फुटबल एजेन्ट एवं व्यापारी जोर्ज मेन्डेससँग मिलेर राजधानी लिस्बनस्थित सान्टा मारिया अस्पताललाई जीवनरक्षक उपकरणहरु प्रदान गरेका हुन्। दुबैले सान्टा मारिया अस्पतालमा दुई वार्डका लागि आवश्यक उपकरण सहयोग दिएको रोयटर्सले जनाएको छ। प्रत्येक वार्डमा १० वटा बेड, भेन्टिलेटर, हर्ट (मुटु) मोनिटर, इन्फ्युजन पम्प र…
काठमाडौं: प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद बैठकमा सामाजिक-भौतिक दुरीको सिद्धान्तलाई अवलम्बन गरिएको पाइएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार कोरोना भाइरसको संक्रमणविरुद्ध सतर्कता अपनाउँदै दुरी राखेर बैठक बसेको हो। बैठकको बीचमा प्रधानमन्त्री छन् भने मन्त्रीहरु दुरी राखेर बसिरहेका छन्। नागरिकलाई सन्देश दिनका लागि पनि मन्त्रिपरिषदले सामाजिक दुरी राखेर बैठक गरेको हो। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मास्क लगाएका छन्। अघिल्लो आइतबारको…
काठमाडौं : कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विदेशबाट फर्किएर सम्पर्कमा नआउने र क्वारेन्टाइनमा नबस्नेहरुलाई कैद सजाय हुने भएको छ। आज बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार सजाय दिने निर्णय गरेको हो। यस ऐन अन्तर्गत दिइएको आदेश अपहेलना गर्नेलाई एक महिनासम्म कैद र एक सय रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुनेछ।…
काठमाडौं : कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले एक/एक हजार थान पीपीई सबै प्रदेशमा पठाउने निर्णय गरेको छ। समितिका निर्णय सार्वजनिक गर्दै प्रधानमन्त्री कार्यालयका सचिव तथा समितिका सदस्य नारायण बिडारीले चीनबाट ल्याएको पोर्टेबल कोरोना परीक्षण मेसिन सबै प्रदेशमा पठाउने निर्णय भएको बताए। 'दुई नम्बर प्रदेशमा १ थान, ५ मा १ थान, कर्णाली प्रदेशको सुर्खेतमा रहनेगरी १ थान र…
काठमाडौं : आज बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले दुई साताको लागि अन्तराष्ट्रिय हवाइ उडान बन्द गर्ने निर्णय गरेको छ। समितिको बैंठकले अप्रिल १५ गते( बैशाख ३) सम्म हवाई उडान बन्द गर्ने निर्णय गरेको हो। त्यस्तै लकडाउनको समय पनि थप गर्ने भएको छ। लकडाउन कति समय थप्ने भन्ने चाहिँ मन्त्रिपरिषदको बैठकले गर्नेछ। यसअघि समितिले सात दिन लकडाउन गर्ने निर्णय…
हलिउड स्टार दम्पती टम ह्यांक्स र रीटा विल्सन कोरोना भाइरसको संक्रमण मुक्त भएका छन्। मार्चको दोस्रो साता अस्ट्रेलियामा भइरहेको फिल्म छायांकनका क्रममा उनीहरु अचानक बिरामी परे। र, परीक्षणपछि संक्रमण पुष्टि भएको थियो। अस्ट्रेलियाको ब्रिसबेनस्थित गोल्ट कोस्ट अस्पतालमा उपचारपछि क्वारेन्टाइमा बसिरहेका थिए। आइतबार पूर्ण रुपले स्वस्थ भएपछि यी दुई अमेरिका फर्किए। ह्यांक्सले सामाजिक सञ्जालहरुमार्फत् आफूहरु अमेरिका फर्किएको बताएका हुन्। उनले आफूहरुको…
काठमाडौं : मन्त्रिपरिषद कार्यालयमा आज बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि थप्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने भएको छ। तर कति दिन लकडाउन थप्ने भन्ने निर्णय मन्त्रिपरिषदले गर्नेछ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको समन्वय समितिको बैठकले आजै बस्ने मन्त्रिपरिषद बैठकमा लकडाउनको अवधि थप्ने प्रस्ताव लैजाने निर्णय गरेको हो। लकडाउनको भोलि अन्तिम दिन हो। त्यसैले…
काठमाडौं : चीनले सहयोग गरेका स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तातरण गरिएको छ। चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन्। आतवार बिहान नेपाल वायु सेवा निगमको विमानबाट एसियाली धनाड्य तथा चिनियाँ कम्पनी अलिवावाका संस्थापक ज्याक माको ज्याक मा फाउन्डेसनले सहयोग दिएको १.४ मेट्रिक टन बराबरको सामग्री नेपाल आइपुगेको हो। सो सामग्री करिब २०…
काठमाडौं : अभिनेत्री वर्षा शिवाकोटीले कोरोना भाइरसविरुद्धको लडाइमा एक आर्थिक सहयोग घोषणा गरेकी छिन्। उनले ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्नेहरुको दैनिकीमा लकडाउनले पारेको असरलाई मध्यनजर गर्दै एक लाख रुपैयाँ सहयोग गर्ने बताएकी हुन्। फेसबुकमार्फत् भिडियो सन्देशसहित उक्त जानकारी दिएकी छिन्। शिवाकोटीले लेखेकी छिन्,'सुरक्षाका लागि गरिएको लकडाउनले सबैलाई असर पारेको छ। विषेश गरी दिन रात मजदुरी गरेर जिविकोपार्जन गर्नेहरुलाई यो अवस्थामा…
काठमाडौं : बुटवलमा प्रदेश सरकारले तयार पारेको अस्थायी कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका एक जनाको मृ्त्यु भएको छ। ३४ वर्षीय उनी दुवईबाट फर्किएका हुन्। बुटवल धागो कारखानमा बनाइएको अस्पतालमा नै उनको निधन भएको हो। उनको स्वाब परीक्षणका लागि काठमाडौं ल्याइएको छ। त्यसले मात्रै मृत्युको कारण प्रष्ट हुनेछ। उनी चैत १३ गते आइसोलेसनमा भर्ना भएका थिए। मृतकको स्वाबसँगै त्यही आइसोलेसन वार्डमा रहेका अन्य…
जाजरकोट : जिल्लाका विभिन्न स्थानीय तहमा कोरोना भाइरसलाई गाउँमा आउन नदिन देउताका नाममा बलि चढाइएको छ। स्थानीय सरकारले प्रवाह गरेको सन्देश नमानेर गाउँलेहरु देवीदेवतालाई बलि दिन मन्दिर तथा थानमा पुगेका छन्। बारेकोट गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जिल्लाका अधिकांश पालिकामा यो समस्या देखिएको बताए। प्रहरी, कर्मचारी र स्वास्थ्यकर्मीहरुले लगातार गाउँगाउँमा माइकिङ गरिरहे पनि गाउँले स्थानीय सरकारले प्रवाह गरेको सन्देश…
काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अहिले पनि उपत्यकका विभिन्न स्थानमा सामानहरु बिक्री गरिरहेको छ। सरकारले घोषणा गरेको लकडाउनको समय थपिने भएपछि थापाथलीमा रहेको खाद्यमा इन्डक्सन चुल्हो किन्नेको भिड लागेको छ। रामशाहथपस्थित संस्थानको बिक्री काउन्टरमा इन्डक्सनको स्टक सकिएकाले मानिसहरु थापाथली केन्द्रित भएका हुन्। 'यहाँ भएको चुल्हो बिक्री भइसक्यो। अब साँझसम्म मात्र आउँछ,' बिक्री काउन्टरमा रहेकी कर्मचारीले भनिन्। यहाँ पुगेका ग्राहकहरु त्यसपछि थापाथली…